Thursday, February 01, 2007

कविता : फूलको आवाज ।

ए ! गुलाब
जुन माटोमा टुसायौ तिमी
किन बुझेनौ अझै
सयपत्री पनि त्यही माटोमा
टुसाएको हो
एकै फूलबारीमा
उही पानीले सिंचित भएर ।
उही गृष्मको
उस्तै ताप अनि
उही हिउँदको
उस्तै शीत सहँदै
संगै हुर्किएर
संगै फुल्दा
तिमी गुलाबी भयौ र
दुनियाँले तिमीलाई
गुलाबको संज्ञा दियो
किन मान्दैनौ आज तिमी
रंगको भेदले
अपहेलना गरेर
तिम्रो नाम राखेको हैन
यदी हुँदो हो त
पहेंलै फुल्ने सयपत्रीलाई
सयपत्रीको सट्टा
पहेंली भनिनु पर्थ्यो
एउटै फूलबारीमा
बराबर सौंदर्य छर्दै
सयपत्री संगै फूलीराख तिमी
अस्तित्व रक्षाको ढोँगमा
संगै हुर्किएको
सयपत्रीलाई
ब्यर्थै किन
काँढे अस्त्र प्रहार गर्छौ?
सुन ए! गुलाब
बनमाराले त आज
तिमीलाई मात्र हैन
सयपत्री लगायत
सबै फूलहरुलाई
पिरोलेको छ
फूलको आवाज सुन्यौ तिमीले
त्याँहा सयपत्री भन्दैछ
' ए ! गुलाब
काँढाले त घोच्यौ घोच्यौ
सहन्छु ; मलाई टाढा नपार
सुन्दर हाम्रो यो फूलबारीलाई
छुट्याएर बिचमा पर्खाल नबार । '


उमेश जी को माई संसारमा कमेण्ट लेख्ने क्रममा मेरो कमेण्टलाई गलत अर्थले बुझेर क्यानाडाबाट कमेण्ट लेख्नुहुने Rosy को लागी मैले यो कविता लेखेको हुँ र आशा गरेको छु हामी सारा नेपालीहरुको मनभित्रबाट साम्प्रदायिक द्वेष मेटिएर जानेछ र भोलीको नेपालमा हामी सबै संगै फुल्न पाउने छौं ।

No comments: