Monday, February 26, 2007

Haikus of this week .



No peace is there
In this world
Instead in your mind.



A butterfly and a flower
Kissing eachother and avoiding
The world including you and me.




Far in bright horizion
The ship not appeared yet
My world already got dark.

This entrie was selected to closest 20 entries on Sunday, February 25 , 2007 .




Do not worry dear
Baby sun will rise soon
Making your day.




I stayed for hours
On your lap
No feelings bloomed in my mind.




Standing on the beach
I saw S cube mathematically
And proved the sea , sun and sky.




1.

Oh ! high mountain
Take a look at me
I will show how proudy are you .

2.

If love is nature
Why I can't see
Myself in your eyes.




In the heat of midday
The lonley riverbank
Seeks the shadows of cloud.

Those haikus has been written this week in course of taking part in Haiku Contest in the Poetry.com.

Sunday, February 25, 2007

गीत : किन मान्छे माया भन्छन ।

किन मान्छे माया भन्छन मायालाई नै ईश्वर ठान्छन
ईश्वरको रुप भए माया किन यस्मै धोका खान्छन ।

म त भन्छु माया केवल एउटा झुठो नाटक हुन्छ
कसैले यसलाई चोखो सम्झे उसैले जीवन आँशुमा धुन्छ
यौटाको आँशु सागर बनेनि कस्को मुटुलाई त्यसले छुन्छ
त्यसैले माया बाजी जित्ने एउटा झुठो नाटक हुन्छ ।

माया पुर्णेको जून हो भन त्यसभित्र पनि दाग नै हुन्छ
समर्पण हो माया कस्ले भन्छ मायामा सधैं भाग नै हुन्छ
मायामा जीवन बलिदान गरेनि कस्को मनले त्यसलाई छुन्छ
त्यसैले माया बाजी जित्ने यौटा झुठो नाटक हुन्छ ।

Friday, February 23, 2007

गजल : मोहबत ने हमको यारों ।

मोहबत ने हमको यारों ईतना रुलाया है ।
फिर मोहबत ने हि सारे गमको भुलाया है ।

ये मोहबतको समझना है कठिन बडा हि ,
कभि पत्थर दिलमें भि ईसीने प्यार लाया है ।

लोग रखते हिसाब क्यों उन्होंने सिर्फ जो खोया ,
कभि तो सोचो मोहबतमें तुमने क्या पाया है ।

हम जाएं जिधर भि भूलकर मोहबतको ,
साथ हि चल आता मोहबत हमारा साया है ।

सबकुछ समझकर ईसीको दिप जलाकर ,
मोहबतको हमनें यारों गीत गुन्गुनाया है ।

पहिले नै कलेजमा हुंदा हिन्दीमा लेखेको यो यौटा गजल । भाषिक तथा ब्यैयाकरणिक हिसाबले यो शुद्ध त छैन होला तर पनि आफुले लेखेको कुरा माया लागेर यहाँ राखेको हुँ ।

Thursday, February 22, 2007

गीत : तिमी जून हौ ।

तिमी नै मेरो घाम हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

सावनको झरी जस्तै मेरो आँशु झर्दा
पिंजडाको चरी जस्तै मन यो छटपट गर्दा
आँशु पुछ्ने पिंडा बुझ्ने तिमी साथी हौ
तिमी नै मेरो प्राण हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

औंसीको झैं कालो रात्री मेरो जीवनमा छाउंदा
उज्यालोको आसै आसमा अन्धकार पाउंदा
झलमल उज्यालोदिने तिमी ज्योती हौ
तिमी नै मेरो मुटु हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

Tuesday, February 20, 2007

Poem : Contempletion

What you made me
In spite of my aim
I got sticked on your body
Creeping like a Virginia creeper.
Middle in the zebra cross of life
My dream got paused
And you are not there
To place it in the play mode.
How long can I wait you
In this creepy situation
Is this a contemplation of love ?
If not , apart me from your body
And cremate me
I can't live an attraction.

Publised on hamrodesh.com

Monday, February 19, 2007

गीत : मेरो सुखलाई सारा खुशीलाई ।

मेरो सुखलाई सारा खुशीलाई तिम्रो जिम्मा म छाडी जाँदैछु
आँखाभरी बोकेर सपना तिमीबाट म टाढा जाँदैछु ।


फर्किआउने कैले होला आफैंलाई थाहा छैन
आकंक्षाका खण्डहरहरु फेरी सजाउने कैले होला
म त जाँदैछु टाढा जाँदैछु तिमीबाट म टाढा जाँदैछु ।


यात्रा कहाँ हो जानु कता हो आफैँलाई थाहा छैन
थाहा छैन भोली फेरी मिलन हाम्रो हुन्छ हुंदैन
म त जाँदैछु टाढा जाँदैछु तिमीबाट म टाढा जाँदैछु ।

Sunday, February 18, 2007

poem : The single ray of your love .

What kept me alive
Until now I can't say
It might be your love
With the single ray .

I can feel the tide of your
Love in my heart's bay
And the joy blooms
In every step of my day .

What a grace ! you did
Already on me . Now may
I do something to you
As I wish to repay .

Let's decorat our world
Like a rainbow and stay
Always filling colourful
Wishes of dream spray .

The bless of God will
Be on us , make a pray
And walk further with
A faith and get a way .

This poem has been published in poetry.com and also published in sapanakosansar (Reecha's blog) .

Haiku with inspirational photos



Oh God! give my childhood
I want to run naked with pot belly
Under the coconut tree and pee.






Nobody knows me
As a king of jungle
And they says me a deer.


I have started to take part in haiku contest in poetry.com . Although I haven't wrote any haiku in english before. I'm thinking to take part regularly. I hope it will increase poetry skill. Everyday they place a inspirational pohto and people write haiku on it. They select a winner everyday and the winner wins a mouse pad featuring his haiku. I'll place next sunday another post of haikus and each sunday as a title haikus of the week .

Saturday, February 17, 2007

कविता : आवाजका अक्षरहरु पढ्न फेरी आउनेछु म ।

हिंड्दा हिंड्दै यात्रामा
थकित मन
कतिखेर कतिखेर
एक क्वारको उकालो नाघेर
तिमीसंगै बिसाएछ
त्यो शितल
पिपल चौतारीमा
मन्द बतास संगै
त्यो साँझ
बिस्तारै ओर्लिएको थियो
पिपल चौतारी, तिमी
र मलाई छोपेर
बिरक्त लाग्दोगरी
पश्चिम सगर
डढेको थियो सायद
अँध्यारोको त्रासदी बोकेर
पूर्ब क्षितिज हामीतिरै
बढेको थियो सायद
छेकिएर पहाडहरुले
वरिपरीबाट
शिरमाथीको खुल्ला आकाशमा
हामीले एकहुल चराहरु
गुन्गुनाउंदै
बास फिरेको देख्यौं
चराहरु गैसकेका थिए
हाम्रो आकाशभरी
आवाज छोडेर
तिमीले आकाशभरी
चराहरुको आवाजलाई
अक्षरमा कोर्यौ
मैले आकाशभरी
तिमीले कोरेको अक्षरहरुमा
तिम्रो हृदयको
चाहनाहरु पढें
एकाएक हाम्रो धर्ती
वर वर सर्यो
त्यो नीरब रातको अँध्यारोलाई
सानो आगोको उज्यालोले
अलिकती हटाएर
हामीले रातैभरी
बनफूल फूलाईरहयौं
लठ्ठीएर बनफूलको सुगन्धले
हामीसंगै बिहानीपख
पिपल पनि निदाएछ
घामको झुल्कोले
पिपलको शिर छोएपछि
चराहरु ब्युँझिएर
हामीलाई उठाए
उठेर तिमीले देख्यौ
रातभरी हामीले फूलाएको
बनफूल ओईलीसकेको रहेछ
उठेर मैले देखें
रातभरी हामीलाई पहरा दिने
सानो आगो निभिसकेको रहेछ
घामले हामीलाई
छुन नभ्याउंदै
तिमीले बिदा माग्यौ
म अर्कै बाटो लागें
समयले
आजसम्म हामीलाई
अलग अलग पोल्टोमा
लुकाईरहयो
त्यो रात फूलाएका
बनफूलको सुगन्धले
तिमीलाई पनि मलाई झैं
अझै लठ्याएको भए
त्यही आकाशमा तिमी फेरी
आवाजका अक्षरहरु कोरिराख
भावनामा तिमी फेरी
अक्षरका फूलहरु फूलाईराख
लठ्ठीएर अक्षरका फूलको सुगन्धले
तिमीलीई खोज्दै
त्यही चौतारीमा
आवाजका अक्षरहरु पढ्न
फेरी आउनेछु म ।

नेपालीपोष्ट डटकममा प्रकाशित ।

Friday, February 16, 2007

कविता : तिम्रो कसम म यस्तै चाहन्छु ।

आकाशले छोपेर धरती
हप्हप्ती गुम्सिएझैं
यौवनले पुर्ण तिम्रो बदनको
मादक सुगन्धलाई
पुष माघको तुषारो
सुर्य किरणले खोलेझैं
बलात्कारी भावमा
तिमीलाई सर्वस्व नंग्याएर
स-सौंदर्य पान गर्न चाहन्छु म
आफ्नै छातीभित्रको
अपरिमेय प्रेमलाई लुकाएर
भयंकर हिंस्रक जनावार भई
निरिह प्राणीको चोक्टा लुछेझैं
तिम्रा हरेक अंग प्रत्यंगको
अलग स्वाद र
अलग मिठास लिन चाहन्छु म
साँझको घामले डढेर
पश्चिम क्षितिजको
रक्तिम सगरझैं
प्रत्येक रजस्वला भएको रातमा
रगतले भिजेको बस्त्रादी
खोलेर फेर्न नपाउंदै
कामदेवको अर्को रुप लिएर
धर्म छाडेर बलात्कार गरी
अतृप्त बासना तृप्ती गराउन चाहन्छु म
तर को हौ ?
कहाँ छौ तिमी ?
तिमी मेरो मानसपटको धुमिल चित्र हौ कि ?
या फेरी मेरो समझको अलिखित कविता ?
तिमी जहाँ छौ र जो हौ
हौ त निश्चय पनि तिमी
म भित्र भएर पनि उजागर नभएकि कला हौ
आफ्नै गर्भभित्र खानी बोकेर
सतहमा मरुभुमी बाँच्न सक्दिनं म
कि त फुट तिमी मूल भएर
भिजाउ मलाई र उर्बर बनाउ
हैन भने सुन
तिम्रो कसम तिमीलाई म
पहिले जबर्जस्ती करणी र पछि
निर्मम हत्या गरेर
बलात्कार र हत्याको अभियोगमा
आफैंलाई मृत्युको दण्ड दिलाउन चाहन्छु म ।

Thursday, February 15, 2007

गीत : मेरी माया ।

मेरी माया मेरो रातमा जुन भई फुल्छिन
बतास भै सधैं मेरै वरिपरी डुल्छिन ।


शिरबन्दी ईन्द्रेणीको टिका चन्द्रमाको
लगाएकी मेरी उनलाई के साह्रै सुहाको
लाग्छ संधैभरी उनलाई आँखाभित्रै राखुँ जस्तो
सयौं जन्म आफ्नो पार्न देवी देउता भाकुँ जस्तो ।


झिमझिम गर्ने ति परेली बिजुलीकै बेग हो कि ?
लामो केशराशी उनको पानी झार्ने मेघ हो कि ?
कैले उनको सामु नौनी भई पग्लिदिउँ लाग्छ
प्यास मेट्न उनकै रुप घट्घटी पिउँ लाग्छ ।

Wednesday, February 14, 2007

प्रेम दिवशको शुभ कामना मेरी प्यारी कालीलाई । Happy Valentine Day to my sweetheart KALI


काली ,
तिमीले ईमेलमा पठाएको भ्यालेण्टाईन डे को ग्रिटिङ्ग कार्ड पाएर खुशी लाग्यो । मैले पनि ह्यापी भ्यालेण्टाईन भनेर यौटा ग्रिटिङ्ग कार्ड पठाएको छु मेरी कालीलाई । साँच्ची यो भ्यालेण्टाईन डे लाई नेपालीमा प्रेम दिवश नै त भन्ने होला नि हैन काली ? मैले यो ब्लग पोष्टको शिर्षकमै प्रेम दिवश लेखेको छु - ठिकै त होला नि । यो पोष्ट मैले केवल तिम्रो लागी लेखेको है काली । यसलाई प्रेमपत्र पनि नठान । प्रेमपत्र पनि हैन यो केवल मेरो मनमा फूलेका भावनाहरु हुन । यो पोष्ट लेख्ने विचार मनमा आएपछि मैले तिम्रो तस्विर पनि राख्ने विचार गरेको थिएं । फोनमा कुरा हुँदा मैले तिमीलाई सोधें पनि , तिमीले स्विकृती दिईनौ । प्रेम गरिन्छ भने खुल्लमखुल्ला गर्ने नि किन डराउने भनेर मैले बहस पनि झिकें । प्रेम गरिन्छ भनेर वेभ पेजहरुमा तस्विर सार्बजनिक गर्नु त बिज्ञापन गरेजस्तो हुन्न र ? आँखिर प्रेम बिज्ञापन पनि त हैन नि भन्दै तिमीपनि बहसमा सहभागी भयौ । मलाई मेरी कालीको तस्विर आफ्नो वेभ पेजमा राखेर देखाउन मन थियो तर तिम्रो कुरा सहि लाग्यो र मैले हारिदिएं । अँ साँच्ची , कतै कालीलाई आफु काली छु भनेर त तस्विर राख्न मन नलागेको हो कि ? हो भने पनि आफुलाइ काली छु , नराम्री छु भनेर नहेप ल काली ? तिमी काली छौ भन्ने थाहा छ नि मलाई । दीपक लिम्बुको यौटा गीत सुनेकि छौ ? ...मैले त्यही भएर मनपराको... भन्ने । मैले पनि मेरी कालीलाई काली भएरै मनपराएको नि ल ?

काली काली काली कति काली भन्न सकेको होला ? यो पढिरहंदा यस्तै सोच्छौ होला तिमी तर म तिमीलाई काली भन्न छाड्दिनं ल ? मलाई काली भन्न नै राम्रो लाग्छ । माया गरेर भनेको हुँ भन्ने त तिमीलाई थाहै छ नि हैन ? फोनमा कुरा हुंदा मेरो कालीले म काली छु , नराम्री छु , मलाई केहि आउंदैन , जात मिल्दैन भनेर चिन्ता गरिरहन्छौ । मेरो कालीले त्यस्तो फजुलको चिन्ता नगरे हुन्थ्यो । काली त भनेको मात्रै पो मैले मेरो काली राम्री छे नि । केहि गर्न नै नआउने पनि कहाँ हो र मेरो कालीलाई माया गर्न आउंछ नि । जात चाहिँ प्रकृतीले दिए अनुशार काली नारी हो र म पुरुष हुँ । त्यहाँ भन्दा अरु नसोच ल काली ? कुल गोत्र ईत्यादी त मान्छेले नै रचेको ढोंग हो । हामी हुर्के बढेको समाजले ठुलो र सानो , छुत र अछुत , पानी चल र अचल भनेर मान्छेलाई छुट्याएको छ । हाम्रै परिवारले पनि त्यही नीति नै अबलम्बन गर्दै आएको छ तर हामीले त हाम्रो समाजभित्रका संस्कार भनिने त्यस्ता कु संस्कारहरुलाई हटाउने पहल गर्नु पर्यो नि ? जातीय बिभेद अब युग असुहाउंदो कुरा हो भनेर परिवारमा पनि बिश्वास दिलाउन सक्नु पर्यो नि । त्यसैपनि प्रेम भनेको जाती , बर्ग , धर्म भन्दा माथी हुन्छ । अझ पश्चिमा मुलुकमा त कतै कतै प्रेमलाई कानुनी रुपमै लिँग भन्दा पनि माथी राख्ने गरिएको छ । यहाँ त्यसको खण्डन गर्न तिर नजाउं तर त्यो अप्राकृतिक भने निश्चय नै हो । हाम्रो प्रेम सम्बन्ध प्रति तिमी संधै सकारात्मक बन ल काली ? कति पनि संदेह नराख है मनभित्र । विश्वासले नै प्रेम सफल हुन्छ । प्रेम मात्रै हुनलाई त एकै नजरमा , एकै चिनारीमा पनि हुन सक्छ तर सफल हुन त्यसमा निरन्तरता हुन आवस्यक हुन्छ र विश्वास नभै निरन्तरता हुन सक्दैन । मेरो बारेमा कालीलाई भलिभाँती थाहा छ । भन्न भ्याए सम्मका कुराहरु कुनै पनि लुकाएको छैन । भन्न बाँकी कुराहरु पनि लुकाउने धृष्टता गर्दिनं । कालीको बारेमा मलाई धेरै जानीरहनु आवश्यक नै लागेन । जती जानें त्यो प्रयाप्त छ । म जस्तो यौटा असफल बैवाहिक जीवन भोगिसकेको मान्छेलाई निस्वार्थ प्रेम गरेर जीवन भरी साथ दिन्छु भन्ने हिम्मत भएकि काली मैले अरु कहाँ पाउंछु र ? त्यसमाथी पनि मेरो यौटि छोरी छे भनेर जान्दा जान्दै मेरी छोरीको आमा बनिदिन तयार हुने काली पाउनु मेरो लागी सौभाग्यको कुरा हो । बिहे गर्छु नै भन्दा म संग बिहे गर्न राजी हुनेहरु पनि भेटिएलान तर त्यसरी राजी हुनेहरुमा अमेरिकाको ऐस आराम र डलरको लालच नहोला भन्न कहाँ सकिन्छ र ? अमेरिकामा सामान्य जीवन बाँच्नेहरुको जीवन शैली कस्तो हुन्छ र डलरको सपना यथार्थमा कस्तो हुन्छ भनेर बुझीसकेकि कालीले मलाई गरेको मायामा मैले छलछाम देखेको छैन । त्यही नै मेरो लागी खुशीको कुरा हो ।

काली भौगोलिक दुरीले हामी निक्कै टाढा छौं । अहिले मैले यो पोष्ट लेखिरहंदा फेब्रुवरी तेह्र तारिख रातीको बाह्र बज्नै लागेको छ । बाह्र बजे पछि यहाँ फेब्रुवरी १४ लाग्छ । यतीबेला तिमी भएको ठाउंमा फेब्रुवरी १४ को दिउंसोको झण्डै ५ बज्यो होला ( ठ्याक्कै त भन्न सक्दिनं ) । हामीबिचको समयको अन्तर १७ घण्टाको छ । यतीबेला तिमी ड्युटीमा छौ र फोनमा कुरा गर्न सकिन्न अहिले । समयको तालमेल नै त्यस्तै छ । अब लगभग १० मिनेट पछि म यो पोष्टलाई publish गर्छु । तिमी ड्युटी सकाएर आउंदा मेरो बिहान भै सकेको हुन्छ । आशा छ तिमीले आएर यो ब्लग पढ्ने छौ र मलाई फोन गर्ने छौ । ( अहिले १२ बजिसक्यो र भ्यालेण्टाईन डे शुरु भै सक्यो ) तिमीले त हिजै मलाई Happy Valentine भनिसक्यौ , मैले त भन्नै बाँकी छ । तिमीले गरेनौ भने पनि म बिहान तिमीलाई फोन गर्छु ल काली ? Happy Valentine भन्नलाई । अहिले यो ब्लगमा पनि I wish you a very Happy Valentine Day ल काली ? Miss me है kali , I'm really missing you in this moment .

Tuesday, February 13, 2007

गजल : धेरै पछि आज कोहि ।

धेरै पछि आज कोहि मित जस्तो लाग्यो ।
रुखो बोली पनि उस्को गीत जस्तो लाग्यो ।

बोलीचाली चिनारी नि केहि भा'को छैन
हेराईमै कुन्नि किन हित जस्तो लाग्यो ।

लामा लामा केशराशी बाटुलो मुहार
झिम्काउंदा परेली ति प्रित जस्तो लाग्यो ।

पहिले नि थिए धेरै अघिपछि लाग्ने
ऐले तिनिहरु सबै कथित् जस्तो लाग्यो ।

मख्खै छु है आज लौ न आफैं संग म त
यो पनि त पिरती कै रीत जस्तो लाग्यो ।

अझै पनि उस्को मन छुन बाँकी नै छ
नछोईनै यो मनको जीत जस्तो लाग्यो ।

मुटु मुटु एकार्कामा साटेको नि छैन
आफ्नो मुटु उस्लाई अर्पित जस्तो लाग्यो ।

Sunday, February 11, 2007

कमेण्टमा कविता : नेपालको माया छ कि छैन ?

हे नेपाली
नेपाल बन्छ भने उठ
ब्युंझ अनि जाग
कसरी हुन्छ आफ्नो अधिकार माग
राम्रो मुखले माग्दा पाईन्न भने
तोडफोडमा लाग
टाउको फुटाउ त्यसको
त्यो आफ्नो बाउ नै किन नहोस
खुट्टा भाँच त्यसको
त्यो आफ्नो भाई नै किन नहोस
आगो सल्काउ टायर बाल
सार्बजनिक सम्पतीहरु
भत्काएर फाल
घरमा सुत्केरी भाउजु
प्रसव बेदनाले छट्पटीएकि छिन
तिमी यता हेल्थ पोष्ट र हस्पिटलमा आगो लगाउ
जेठो दाजु मजदुरी गरेर घर आउंदैछ
तिमी उसैको खप्पर फोरेर रगत बगाउ
उचाल त्यो पानीलाललाई
उठाउ त्यो झरीलाललाई
रामे , हर्के , शिबे
ओख्रे , बेर्ने , चाउरे
सबैलाई डाक
हातहातमा लाठी देउ
भाला तिर मुङ्ग्री देउ
मरे तेहि नाथे हर्के मर्छ
घाईते भए तेहि जाबो पानीलाल हुन्छ
तर नेपाल बनाउनु छ तिमीलाई
चाउरेको छोरोको के फिक्री
शिबेकि आमाको के चिन्ता
देश त कम्तीमा तिम्रो लागी बन्छ
त्यसैले उठाउ जुधाउ
तोड फोड
हे नेपाली
नेपालको माया तिमिलाई छ कि छैन ?
छ भने यो दंगा फसाद छोड ।

उमेश जी को माई संसार डट कममा कमेण्ट लेख्ने क्रममा तराई आन्दोलन संग सम्बन्धित पोष्टमा कमेण्टकै रुपमा लेखेको यो कविता शान्तीपुर्ण आन्दोलन गरेर आफ्नो अधिकार माग्नेहरुको समर्थन अनि आन्दोलनको नाउंमा अनवस्यक हिंसा फैलाउने तत्वको बिरोधमा ।

Saturday, February 10, 2007

गीत : अकेला हुं मैं कोहि नहिं है ।

अब ये घर हि तो है अकेले हुं मैं कोहि नहिं है
और ये सफर भि तो है तन्हां हुं मैं कोहि नहिं है ।

ये अंगना देखिए सुनि सुनि है जैसे मेरा मन
वो जुगनु देखिए धिमी धिमी है जैसा ये जीवन
सितारों तो है मगर दुर मेरे पास् कोहि नहिं है
और ये सफर भि तो है तन्हां हुं मैं कोहि नहिं है ।

एक हसिन वक्त था कभि मेरे ईन हाथोंमें भि
लोग थे सब अपने हि तो थे हमारे साथमें भि
फिर वक्तके साथ साथ सब चले कोहि नहिं है
और ये सफर भि तो है तन्हां हुं मैं कोहि नहिं है ।

कहिले काहिं यस्तै गर्न मन लाग्छ - आफ्नो प्यारो भाषा हुंदा हुंदै हिन्दीमा पनि लेख्न मन लाग्छ । हिन्दीमा राम्रो लेख्ने त परैको कुरा हो र पनि रहर लाग्छ र लेखिटोपलेको है भएन भने खिसी ट्युरी नगरिदिनु होला ।

Friday, February 09, 2007

गजल : ईन्द्रेणी फुटेर ।

ईन्द्रेणी फुटेर एक सानो टुक्रा खस्यो कि हाम्रो तराईमा ।
किन देख्छु भाग बण्डाको खेती बन्धु बान्धवको कराईमा । १

लडेरै लिनु पर्छ अधिकार हेपिएको छ हाम्रो तराई ,
तारतम्य तर मिलाउनै पर्छ भनाई अनि गराईमा । २

कस्ले बुझ्छ तराईको मर्म अनि कस्ले घाउ लगाउंदैछ ,
छुट्याउन सक्नु पर्छ हामीले आजै आफन्त र पराईमा । ३

तराई उज्यालो नै पार्ने हो भने आगो हैन विचार छरौं ,
को मर्छ कस्को घर जल्छ बुझौं आफ्नै गाउंमा आगो छराईमा । ४

मधेश आन्दोलनको बेलामा लेख्दालेख्दै छोडिएको यो सानो गजल । भलै हालको लागी मधेश शान्त देखिएको छ तर केहि यस्ता तत्वहरु हाम्रो तराईमा अझै छन जो तराईलाई नेपालबाट अलग पारेर आफु त्यहाँको भाई ( हिन्दी फिल्मी शैलीको ) बनेर अनि सरकार ( अमिताभ बच्चनले अभिनय गरेको सरकार फिल्ममा जस्तो ) बनेर बस्ने सपना देख्दैछन । हाम्रो तराई भित्रका त्यस्ता तत्वहरुलाई तराईबासीले नै चिनेर नेपालको अखण्डतालाई जोगाउंदै र शान्तीको बाटो अवलम्बन गर्दै तिनिहरुको प्रतिरोध गर्नुपर्छ ।

Thursday, February 08, 2007

गजल : कसम किन खुवाउंछौ ?

झूटो माया लाउनु रै'छ कसम किन खुवाउंछौ ?
त्यै कसमले घोचि घोचि मलाई किन रुवाउंछौ ? १

नाटक पनि कति गर्न सकेको होला तिमिले त ,
आगो झोसी मेरो छातीमा किन हँ तिमी धुवाउंछौ ? २

म भिजेको बाँस जस्तै तिम्रो अघिल्तिर नुहिरहें ,
भुईं छुन मात्रै बाँकी रह्यो अझै कति नुहाउंछौ ? ३

पग्लिएर तप्प तप्प तिम्रै मायामा म चुहिरहें ,
किन टाल्थ्यौ 'दीपु'को मुटु चुहाउ कति चुहाउंछौ ? ४

भन्थ्यौ अरे म त तिम्रो खुट्टामा राख्नै सुहाउंदिन ,
जाने हो त ? गए हुन्छ जाउ जहाँ तिमी सुहाउंछौ ? ५

माया पनि तिमीलाई छिनको छिनमा फेर्नु परे ,
मेरो पुरानो यो मायामा जिन्दगी किन कुहाउंछौ ? ६

गीत : झार्दछ आँशु आकाशले ।

झार्दछ आँशु आकाशले शीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले
सायद मलाई नै थाहा थिएन म गीतमा नै रोएको थिएं
मैले गीतैले अरुको पनि दुखेको मुटु छोएको थिएं ।


यो गीत हैन घाउ हो मेरो मुटुमा दुख्छ काँढा गाढेर
रुन चाहन्छु रुन देउ मलाई भक्कानो फुटाई डाँको छाडेर
हार स्विकारी हात उठाएं जीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।


प्रितीको बाटोमा आगो सल्कियो सागरमा हिडें नाउ चढेर
तुफान वैरियो सागरमा पनि डुब्न लाग्यो नाउ छाल बढेर
भुमरीमा फस्दा प्रेमको डुँगा प्रित भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।

Wednesday, February 07, 2007

poem : One day in to the photo album




One day ,
With bloomed roses on hand
Having a swear being touched to water
She had a look at me
From the picture
And said , " I'm not dead yet;
The each and every roses
planted by me
into your heart
When blooms and
Will be aromatic your life
With it's aroma
Just you feel
At the very time
I'll be at your heartbeat."
Unbelievably I saw her
Just saw her for hours
Fearlessly she saw me back
Till long without blinking
Meanawhile
With a bit agonies
I got hurt inner in to me
I kept my face down
Into her vail
And tried to find
The roses planted by her
Into my heart
I saw there
lots of ugly roses
They all were
About to wither
Being smellless
How sad !!
I felt
The beauty is in seignt
Instead of in rose
And the smell in fragnance
Loosing to which
I found
A secret that-
'The beauty of the roses
Is only an illution.'
And then
I turned over the page
Of my photo album .

This poem is a translation of my poem ALBUM KO PANABHITRA EKDIN , translated by myself , someday while not being busy . The original form is in Nepali language and already posted in this blog .

Tuesday, February 06, 2007

गजल : रातैभरी त्यो जुन रोयो ।

म रोएं म संगै लौ रातैभरी त्यो जून रोयो ।
देखेर जूनको आँशु खै त अर्को कुन रोयो ? १

माया लाउंदा बैगुनीलाई आँखा चिम्लिएछौ ,
दोष तिमीलाई दिंदै हेर आज गुन रोयो । २

समय शताब्दी फेरियो फेरिएन जिन्दगी ,
आफ्नो जिन्दगी देखेर आज आफ्नै खून रोयो । ३

बिज्ञान प्रबिधीले उता सारा संसार छोप्दा ,
देखेर बच्चाको गलगाँण ढिके नुन रोयो । ४

किन आ'हो चाड पर्ब जात्रामात्रा घरी घरी ,
बुझ्दा बजार भाउ , गोजीमा चानचुन रोयो । ५

तीज अरे गृहलक्ष्मी खुशीमा फूलेकी छिन ,
उन्को बुच्चो कान देखेर बन्धक सुन रोयो । ६

गाईने दाई आउनै छाडे सारङ्गी रेटेर ,
दुखी छ कि सारङ्गी ? गाइनेदाईको धून रोयो । ७

होली खेल्ने बगैंचामा रगत पोखिए पछि ,
नाङ्गेझार रुखहरु संगै फेरी फागुन रोयो । ८

लेखे लेख्नेले किताबमा नीति कानुन सबै ,
तिनैले धज्जी उडाए बबुरो कानुन रोयो । ९

(यो गजललाई ॠचा तिवारीले आफ्नो ब्लग http://sapanakosansar.blogspot.com मा राख्नु भएको छ ।)

Monday, February 05, 2007

गीत : भोक हो माया ।

भोक हो माया
महारोग हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शोक हो माया ।

सांघु हालेर मायाको कति त जंघार तरी जान्छन
चढ्न नसकी मायाको शिखर कोही फेदीमै झरी रन्छन
एउटाले जिते पनि मायाको बाजी अर्कोको हार हुने
पाप हो माया
सन्ताप हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
श्राप हो माया ।

खुट्किला बनाई मायालाई कति त सफलता टेकिदिन्छन
अरुको खुशीमा तघारो बनि कोही बाटो नै छेकिदिन्छन
थोरै होलान केहि मायामा पाउने धेरै छन गुमाउने
भूल हो माया
झरेको फूल हो माया
एकपल्ट सबैले भोग्नै पर्ने
शूल हो माया ।

Sunday, February 04, 2007

कविता : जवानी ।

हिँउ झरेर केशमा बसेछ
अहो ! केश त फुलेझैं लाग्यो मलाई
अझै पनि ऐनामा नियाँल्छु आफुलाई
खै त , बैंश झरेको थाहै पाईनं मैले
रहरहरु मात्र किन झर्छ यहाँ
पहेंलिएर रुखको पात झरे झैं
कतै जिन्दगीको रुप ऋतु त हैन ?
ऋतुहरु भोग्छ जीवनले
थाहा छ , तर जीवन
ऋतु बनेर दोहोरिन्न कहिले
आज साँझ पार्कमा
दुईचार युवतीहरु मस्किंदा
लागेथ्यो मेरो बैँश अझै जिउँदै छ
रात जब घरभित्र मलाई
आफ्नै कान्छि छोरीले
उसको प्रेमीसंग परिचय गराई
तब लाग्यो
मेरो केशमा हिउँ सांच्चै बसेछ
मात्र यो हिउँदको हैन
पत्र पत्र बनेर कयौं हिउँदको
जस्लाई केशबाट झार्न सकिन्न
ब्यर्थै अब जवानी किन कल्पिउं म
जस्लाई पोटिलो पार्न सकिन्न ।

Saturday, February 03, 2007

गजल : हातमा तिम्रो तरवार देखें ।

युद्ध विचारले लड्छु भन्थ्यौ हातमा तिम्रो तरवार देखें ।
झुप्रोको बास छ मेरो भन्थ्यौ तर मैले त दरबार देखें । १

सादा जिवन उच्व विचार पैदल जमिनमा हिंड्छु भन्ने ,
गान्धीवादी हुँ भन्नेहरुको आज पजेरोमा सवार देखें । २

खल्तीमा हनुमान चालिसा बोकी आवाल ब्रम्हाचारी हुँ भन्ने ,
महापुरुषको पनि आज गैह्र कानुनी घरबार देखें । ३

प्रेम नै एकमात्र धर्म हो भन्दै दुनियाँभरी माया बाँड्ने ,
कलीयुगमा त बुद्धको पनि मैले रुखो ब्यावहार देखें । ४

सेतो पर्दाले छोपेर मजाले कालो ब्यापार गरिरहेथे ,
पोल खुल्दा सुईंकुच्चा ठोक्ने तिन्को मैले पछिल्लो द्वार देखें । ५

आँखा छोप्न पनि नसकिने खोल्दा छ बाध्यता लौ हेर्नै पर्ने ,
आज सम्म नदेखेको मैले साँच्चै बिचित्रको संसार देखें । ६

नेपाली पोष्ट डट कममा प्रकाशित ।

Thursday, February 01, 2007

कविता : फूलको आवाज ।

ए ! गुलाब
जुन माटोमा टुसायौ तिमी
किन बुझेनौ अझै
सयपत्री पनि त्यही माटोमा
टुसाएको हो
एकै फूलबारीमा
उही पानीले सिंचित भएर ।
उही गृष्मको
उस्तै ताप अनि
उही हिउँदको
उस्तै शीत सहँदै
संगै हुर्किएर
संगै फुल्दा
तिमी गुलाबी भयौ र
दुनियाँले तिमीलाई
गुलाबको संज्ञा दियो
किन मान्दैनौ आज तिमी
रंगको भेदले
अपहेलना गरेर
तिम्रो नाम राखेको हैन
यदी हुँदो हो त
पहेंलै फुल्ने सयपत्रीलाई
सयपत्रीको सट्टा
पहेंली भनिनु पर्थ्यो
एउटै फूलबारीमा
बराबर सौंदर्य छर्दै
सयपत्री संगै फूलीराख तिमी
अस्तित्व रक्षाको ढोँगमा
संगै हुर्किएको
सयपत्रीलाई
ब्यर्थै किन
काँढे अस्त्र प्रहार गर्छौ?
सुन ए! गुलाब
बनमाराले त आज
तिमीलाई मात्र हैन
सयपत्री लगायत
सबै फूलहरुलाई
पिरोलेको छ
फूलको आवाज सुन्यौ तिमीले
त्याँहा सयपत्री भन्दैछ
' ए ! गुलाब
काँढाले त घोच्यौ घोच्यौ
सहन्छु ; मलाई टाढा नपार
सुन्दर हाम्रो यो फूलबारीलाई
छुट्याएर बिचमा पर्खाल नबार । '


उमेश जी को माई संसारमा कमेण्ट लेख्ने क्रममा मेरो कमेण्टलाई गलत अर्थले बुझेर क्यानाडाबाट कमेण्ट लेख्नुहुने Rosy को लागी मैले यो कविता लेखेको हुँ र आशा गरेको छु हामी सारा नेपालीहरुको मनभित्रबाट साम्प्रदायिक द्वेष मेटिएर जानेछ र भोलीको नेपालमा हामी सबै संगै फुल्न पाउने छौं ।