मिठो बोली बोलेर मायाले फँसायो
आउंछु चाँडै भनेर पर्खाई बसायो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।
आँखाबाट आँशु झार्दै धुरुधुरु रुन्थ्यो
मरिजाने कसम खाँदै आगो पानी छुन्थ्यो
धेरै माया गर्छु भन्थ्यो
तिम्रै लागी मर्छु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।
यो आँखामा आँशु आए पुछिदिन्छु भन्थ्यो
दुनियांमा भएजति खुशी दिन्छु भन्थ्यो
पर्खि बस्नु आउंछु भन्थ्यो
सिंदुर पोते ल्याउंछु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।
धन्यवाद ! ....... ,
मैले देख्दै नदेखेकि भेट्दै नभेटेकि ई-साथी , जस्ले मेरो ब्लग हेरेर म संग मित्रता गरि आफ्नो पिंडा सेयर गर्दै त्यसमाथी यौटा गीत लेखिदिन अनुरोध गरिन र मैले उनको लागी यो गीत लेखेको हुँ ।
Showing posts with label आफ्नो रचना : नयाँ कलम ।. Show all posts
Showing posts with label आफ्नो रचना : नयाँ कलम ।. Show all posts
Tuesday, August 07, 2007
Thursday, August 02, 2007
गीत : एक्लै म भिजीरहें
रिमझिम झरी परिनै रहयो एक्लै म भिजीरहें
आफैं काँढा भै आफ्नै जीवनमा संधै म बिझीरहें ।
अधरमा रहर रोपेर पनि ओठमा हाँसो फूल्न सकिंन
सयौं खुशीलाई ओझेल पार्ने यौटै पिंडा भुल्न सकिंन
रिमझिम झरी........।
पैंचो लिएर केहि आशाहरु जिउने बहाना खोजीरहें
निमोठेर आफ्नै विश्वास संधै आँशु मात्रै रोजिरहें
रिमझिम झरी.........।
आफैं काँढा भै आफ्नै जीवनमा संधै म बिझीरहें ।
अधरमा रहर रोपेर पनि ओठमा हाँसो फूल्न सकिंन
सयौं खुशीलाई ओझेल पार्ने यौटै पिंडा भुल्न सकिंन
रिमझिम झरी........।
पैंचो लिएर केहि आशाहरु जिउने बहाना खोजीरहें
निमोठेर आफ्नै विश्वास संधै आँशु मात्रै रोजिरहें
रिमझिम झरी.........।
Monday, July 23, 2007
गीत : म के हुँ ?
म के हुँ , को हुँ , कहाँ छु ?
भनिदेउ मलाई ए मान्छेहरु हो
म मान्छे नै हुँ कि के हुँ ?
किन भुल्छ मलाई संधै दुनियाँले
हाँगैमा सुकेको पात जस्तै
अँध्यारो फैलेर बाटै नपाउंदा
ह्रदयमै दुखेको रात जस्तै ।
घाउ मात्रै दिएर छाड्यो समयले
बिर्षिएको पुरानो याद जस्तै
जति फैलाए नि केहि नपाउने
बेसाहाराको रित्तो हात जस्तै ।
भनिदेउ मलाई ए मान्छेहरु हो
म मान्छे नै हुँ कि के हुँ ?
किन भुल्छ मलाई संधै दुनियाँले
हाँगैमा सुकेको पात जस्तै
अँध्यारो फैलेर बाटै नपाउंदा
ह्रदयमै दुखेको रात जस्तै ।
घाउ मात्रै दिएर छाड्यो समयले
बिर्षिएको पुरानो याद जस्तै
जति फैलाए नि केहि नपाउने
बेसाहाराको रित्तो हात जस्तै ।
Tuesday, July 10, 2007
कविता : खहरे बाँधे पनि ।
सागरमै मिल्न जान्छ पानी खहरे बाँधेपनि
आँखिर नासिजान्छ देह रिसईवि साँधेपनि ।
तिमी फूल भएर फूल्दा काँढा पनि मित्र हुन्छ
असल र खराब दुबैथरी नै तिमी भित्र हुन्छ ।
घाउ अरुलाई लगाए पनि मुटु त तिम्रो दुख्छ
अहँकारले उठेको शिर एकदिन अवश्य झुक्छ ।
लेखिदेउ दुइ अक्षर मुटुमा माया फैलन सक्छ
मेटाउंदा माया मनको मानवता वैलन सक्छ ।
हटाएर मनको कालो तिमी शुद्ध बन्न सक्छौ
माया रोप मनमुटुमा तिमी बुद्ध बन्न सक्छौ ।
आँखिर नासिजान्छ देह रिसईवि साँधेपनि ।
तिमी फूल भएर फूल्दा काँढा पनि मित्र हुन्छ
असल र खराब दुबैथरी नै तिमी भित्र हुन्छ ।
घाउ अरुलाई लगाए पनि मुटु त तिम्रो दुख्छ
अहँकारले उठेको शिर एकदिन अवश्य झुक्छ ।
लेखिदेउ दुइ अक्षर मुटुमा माया फैलन सक्छ
मेटाउंदा माया मनको मानवता वैलन सक्छ ।
हटाएर मनको कालो तिमी शुद्ध बन्न सक्छौ
माया रोप मनमुटुमा तिमी बुद्ध बन्न सक्छौ ।
Saturday, July 07, 2007
गीत : बुझ्नेले बुझिहाल्छन
बुझ्नेले बुझिहाल्छन प्रेमको भाषा नबुझ्नेलाई बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।
धेरै छाल छन एकै प्रेमका छाल संगै म बगेर गएं कि
कतै छालैले हुत्याईदिंदा फेरी प्यासी म बगरै भएं कि
अझै जलेर प्रेम अग्निमा प्यासी मन कुनै बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।
भूल जीवनमा गरिनै रहें त्यही भूलले संधै रुवाईरहयो
आफ्नै आँशुले भिजीरहे पनि छाती मेरो अझै धुँवाईरहयो
आफैं अल्झेर प्रेम पासोमा फुत्कने उपाय सुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।
धेरै छाल छन एकै प्रेमका छाल संगै म बगेर गएं कि
कतै छालैले हुत्याईदिंदा फेरी प्यासी म बगरै भएं कि
अझै जलेर प्रेम अग्निमा प्यासी मन कुनै बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।
भूल जीवनमा गरिनै रहें त्यही भूलले संधै रुवाईरहयो
आफ्नै आँशुले भिजीरहे पनि छाती मेरो अझै धुँवाईरहयो
आफैं अल्झेर प्रेम पासोमा फुत्कने उपाय सुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।
Monday, May 07, 2007
गजल : जिउन जिन्दगी
जिउन जिन्दगी जब गाह्रो हुन्छ ।
सानो सानो खुशी पनि साह्रो हुन्छ ।
नबिकेर बोली , साथी छुटेपछि ,
एकान्त र अँध्यारो नै प्यारो हुन्छ ।
आँशु पिउंदा पिउंदै मातेपछि ,
आफ्नै खुट्टा बाटोको तघारो हुन्छ ।
कुविचारको जालो फैलिएसम्म ,
सुविचार त तातो न छारो हुन्छ ।
बुज्रुगहरुको माझ आजभोली ,
आदर्श मनोरञ्जन् को चारो हुन्छ ।
नबिराउनु नडराउनु तर ,
साँचो बोल्ने नै आँखाको तारो हुन्छ ।
सानो सानो खुशी पनि साह्रो हुन्छ ।
नबिकेर बोली , साथी छुटेपछि ,
एकान्त र अँध्यारो नै प्यारो हुन्छ ।
आँशु पिउंदा पिउंदै मातेपछि ,
आफ्नै खुट्टा बाटोको तघारो हुन्छ ।
कुविचारको जालो फैलिएसम्म ,
सुविचार त तातो न छारो हुन्छ ।
बुज्रुगहरुको माझ आजभोली ,
आदर्श मनोरञ्जन् को चारो हुन्छ ।
नबिराउनु नडराउनु तर ,
साँचो बोल्ने नै आँखाको तारो हुन्छ ।
Sunday, May 06, 2007
कविता : लेखुंला भनेको कविता
लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको
फक्रने अभिलाषा बोकी
यौटा अंध्यारो रात कटाएर
बिहानीको किरणसंगै लुछिन्छ
बलात्कृत हुन्छ
यसैगरी
उज्यालोले लखेट्न थालेपछि
रातसंग आजभोली
फूलहरु डराउंदैनन
फूल यौटा कविमन
दिउंसै लुटीएपछि
यौटा कविमन
टुहुरो आँशुमाथी कविता लेख्छ
सम्झेर आफ्नै शिरमाथी आकाश छैन
यौटा कविमन
उजाड सिउंदोमाथी कविता लेख्छ
अनुभुत गरेर आफ्नै संसार उजाडीएको छ
यौटा कविमन
झरेको फूलमाथी कविता लेख्छ
मानेर आफु स्वयं बलात्कृत भएको छ
लुछिएर पत्रपत्र फूलको
भुइँभरी छरिएपछि
आहत छ कविमन आज
नचलेर कलम
लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको ।
नेपालीपोष्ट डट कममा प्रकाशित ।
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको
फक्रने अभिलाषा बोकी
यौटा अंध्यारो रात कटाएर
बिहानीको किरणसंगै लुछिन्छ
बलात्कृत हुन्छ
यसैगरी
उज्यालोले लखेट्न थालेपछि
रातसंग आजभोली
फूलहरु डराउंदैनन
फूल यौटा कविमन
दिउंसै लुटीएपछि
यौटा कविमन
टुहुरो आँशुमाथी कविता लेख्छ
सम्झेर आफ्नै शिरमाथी आकाश छैन
यौटा कविमन
उजाड सिउंदोमाथी कविता लेख्छ
अनुभुत गरेर आफ्नै संसार उजाडीएको छ
यौटा कविमन
झरेको फूलमाथी कविता लेख्छ
मानेर आफु स्वयं बलात्कृत भएको छ
लुछिएर पत्रपत्र फूलको
भुइँभरी छरिएपछि
आहत छ कविमन आज
नचलेर कलम
लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको ।
नेपालीपोष्ट डट कममा प्रकाशित ।
Wednesday, May 02, 2007
क्रान्ती गीत : देशको लागी ।
उकालो त अझै साथी चढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
अझै शक्ती छ है साथी हाम्रो पाखुरीमा
पुग्न सक्छौ हामी सगरमाथा टाकुरीमा
पाईला त अघि साथी बढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
अरुमाथी भरोषामा बस्ने बेला गयो
उठौं जागौं साथी मुठ्ठी कस्ने बेला भयो
तानाशाही साङ्लो साथी चुंड्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
नभनेर हिमाल तराई सहर र गाउँ
करोढौं हात एकैचोटी उचालेर जाउँ
मंत्र एकताको साथी पढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
नेपालीकविता डट कममा प्रकाशित ।
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
अझै शक्ती छ है साथी हाम्रो पाखुरीमा
पुग्न सक्छौ हामी सगरमाथा टाकुरीमा
पाईला त अघि साथी बढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
अरुमाथी भरोषामा बस्ने बेला गयो
उठौं जागौं साथी मुठ्ठी कस्ने बेला भयो
तानाशाही साङ्लो साथी चुंड्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
नभनेर हिमाल तराई सहर र गाउँ
करोढौं हात एकैचोटी उचालेर जाउँ
मंत्र एकताको साथी पढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।
नेपालीकविता डट कममा प्रकाशित ।
Wednesday, April 04, 2007
कविता : जीवन र मन ।
जीवन सधैंभरी
यौटा परिक्षणको प्रकृया हो
र मन
जीवनको प्रयोगशाला
उठ अहिल्यै
र मनलाई
विचारको टेष्ट ट्युवमा हालीहेर
हिमशिला भै जमेको जीवन
पानी बनाएर पगालीहेर
बग्न सक्छ जीवन
सलल नदि भएर
आकार देउ यस्लाई
लाग्न सक्छ अर्थ
फेरी जीवन भएर
धुँवा गुम्सिएको छाती
विचारको तापमा गालीहेर
पग्लिन सक्छ जीवन
चुहिएला फेरी टालीहेर
खन्याउ फेरी जीवनलाई
विचारकै टेष्ट ट्युवमा
घोल ईच्छा शक्तीको मिश्रणसंग
मात्रा थपिन सक्छ
अग्लिन सक्छ जीवन
सगरमाथा भएर ।
यौटा परिक्षणको प्रकृया हो
र मन
जीवनको प्रयोगशाला
उठ अहिल्यै
र मनलाई
विचारको टेष्ट ट्युवमा हालीहेर
हिमशिला भै जमेको जीवन
पानी बनाएर पगालीहेर
बग्न सक्छ जीवन
सलल नदि भएर
आकार देउ यस्लाई
लाग्न सक्छ अर्थ
फेरी जीवन भएर
धुँवा गुम्सिएको छाती
विचारको तापमा गालीहेर
पग्लिन सक्छ जीवन
चुहिएला फेरी टालीहेर
खन्याउ फेरी जीवनलाई
विचारकै टेष्ट ट्युवमा
घोल ईच्छा शक्तीको मिश्रणसंग
मात्रा थपिन सक्छ
अग्लिन सक्छ जीवन
सगरमाथा भएर ।
Tuesday, April 03, 2007
कविता :: ईन्द्रेणी , आमा र म : प्रश्नोत्तर ।

'ईन्द्रेणी किन लाग्छ आमा ?'
-एकैछिन तिम्रो भोक तिर्खा मेटाउन
म सोध्छु
आमा जवाफ दिन्छिन
'ईन्द्रेणीमा कतिवटा रंग हुन्छ ?'
-जतिपनि हुन सक्छ
यसपाली आठवटा छ
म बुझ्दिंन
आमाले बुझेकि छिन सायद
'ईन्द्रेणी किन राम्रो हुन्छ ?'
-किनकी गरिबको सपना नराम्रो हुन्छ
ईन्द्रेणी , सपना
र गरिबको सपना
आमाले सबै बुझेकि छिनहोला
'ईन्द्रेणीमा हामी किन जान सक्दैनौ ?'
-किनकी हामी धर्तीमा बाँच्न आएका हौं
'ईन्द्रेणीमा को हुन्छन त आमा ?'
-मान्छेहरु नै
जो यहि धर्तीमा हामीलाई टेकेर बाँचेका छन
मलाई कसैले टेकेको थाहा छैन
आमालाई कसैले टेक्यो होला सायद
'ईन्द्रेणी कसरी लागेको आमा ?'
-गरिबको आँखाहरुमा सपना फुलाउन
जो ईन्द्रेणी संगै एकै छिनमा बिलाएर जान्छ
सधैं ब्युंझिएर बिलाउने मेरो सपना
र आमाले भनेको सपना भिन्दै होला सायद
'आमा ईन्द्रेणी किन आधामात्र लागेको ?'
-किनकि ईन्द्रेणी यौटा भ्रम हो
यहाँबाट हेर्दा छ जस्तो लाग्ने ईन्द्रेणी
त्यहाँ जाँदा हुंदैन
यहाँबाट हेर्दा भएको ईन्द्रेणी
त्याँहा पनि हुनु पर्ने हो
तर किन हुंदैन
आमालाई नै थाहा होला
'ईन्द्रेणी किन पर पर क्षितिजमा लाग्छ आमा ?'
-यहाँ पनि लागेको हुन्छ ईन्द्रेणी
तर हामी देख्न सक्दैनौ
पर पर देखिने ईन्द्रेणी
यहाँ पनि देखिनु पर्ने
आमाले बुझेकि होलिन किन देखिदैन
-आमा म ठुलो भएर ईन्द्रेणी छुन जान्छु
-हुंदैन बाबु
गरिबले ईन्द्रेणी छुन हुंदैन
ईन्द्रेणीको सपना पनि देख्न हुंदैन
गरिबले त यहि धर्ती छुनु पर्छ
यहि धर्ती कोतर्नु पर्छ
यहि धर्तीमा मर्नु पर्छ
बरु उ त्यो ऐंसेलु घारी छोउ बाबु
त्यो सिस्नुघारी छोउ
त्याँहा तिम्रो जीवन फुलेको हुन्छ
ईन्द्रेणीमा गरिबको केहि पनि हुंदैन ।
नेपाली कविता डटकममा प्रकाशित ।
Monday, April 02, 2007
फोटो कविता : तिमी जून आयौ ।

हटाई काला बादल सबै
मेरो जिन्दगीमा तिमी जुन आयौ ।
बनेर शुभ्र चन्द्रमा सरी
दिब्य ज्योतिले मलाई छुन आयौ ।। १
सुकेर नदी बगर हुँदा
रसाउंन घाँटी मरुद्यान आयौ ।
मेटेर श्राप शिरको सबै
मेरो जिन्दगीमा बरदान आयौ ।। २

बा बा फुटाई प्रथम बोली तोते
अलौकिक आनन्दले मन भरिदियौ ।
खित्खिताई मिठो त्यो अबोध हाँसो
कष्ट जीवनमा जति छन हरिदियौ ।। ३
फुलें खुशीमा फक्रिएर उमंग
अपूर्ब त्यो प्रेमले सिंचन गरिदियौ ।
टेकि हात पाउ चार बामे सर्दै
यो जीवनमा सुवास झन छरिदियौ ।। ४

उभिएर टेक्यौ पाईला पहिलो माग्दै मेरो सहारा ।
बर्षियो मानौं बसन्त जीवनमा भएं म हराभरा ।। ५
ताते भन्दै हिडाउंदा आँगनमा साना हात समाती ।
चिन्यौ पूतली र फूल बसेर डुलाउंदा काँधमाथी ।। ६

हिड्न थाल्यौ टुकुटुकु वरपर उज्यालो पार्दै घर ।
दगुर्दै नौ रंगी पूतलीको पछि नमानी केहि डर ।। ७
रोईदिंदा फुल्याउन तिमीलाई बनें म घोडा हाथी ।
दियौ खुशी अनन्त तोते बोलेर बनेर मेरो साथी ।। ८

सर्दैनन पाईला स्कूल जानलाई
त्यो झोला ठुलो बोकेर ।
सुंक्क सुंक्क गर्दै जानै पर्यो आँखाभरी
आँशुहरु रोकेर ।। ९
सुनाउन थाल्यौ मलाई कखहरा
सकेसम्मै लौ घोकेर ।
भन्थ्यौ भाँचियो ढाकिछोपी बदमाशी
पेन्सिल त्यो टोकेर ।। १०
साँवा अक्षर चिनाई तिमीलाई आफु
जिन्दगी म बुझ्दैछु ।
बटुलेर अकल्पनिय आनन्द म पितृ
स्नेहमा रुझ्दैछु ।। ११
.jpg)
फूलिरहोस मुस्कान तिम्रो अधरमा
यसैगरी हराएर जून तारालाई ।
लागीरहोस शुभाशिष तिम्रो शिरमा
हँसाउ तिमी आफु झैं जग सारालाई ।। १२
बाँचिरहनेछु म मेरो जीवन संधै
तिम्रो अधरको त्यही खुशीमा फूलेर ।
हाँसीरहनेछु म तिम्रै मुस्कान संधै
आफु भित्रको सबै छटपटी भुलेर ।। १३
.jpg)
शुक्लपक्षको चन्द्रमा उदाई
मेरो जिन्दगीमा तिमी जून आयौ ।
गाईरहनेछु म तिमीलाई
मेरो हृदयमा तिमी धून आयौ ।। १४
यो कविता ( फोटो कविता ) मैले मेरी प्यारी छोरीको निंती लेखेको हुं ।
Saturday, March 31, 2007
गीत : मुटु झिकी ।
मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ
तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ
खसेको छु तल तल आफ्नै मनको भिरैभिर
सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर ।
कति मनका घाउहरु समयले छोपिदिन्छ
कति मनमा घाउ अझै समयले खोपिदिन्छ
जे गरे नि भोग्नै पर्छ निधारमा लेखेजति
कहाँ पाईन्छ र खुशी मात्रै मनले देखेजति ।
सयौं मुटु तिमी र म भन्दा धेरै दुखेका छन
हजार जीवन हामी भन्दा झनै धेरै झुकेका छन
तिमीले जित्ने भए मेरो जिन्दगी म हारिदिन्थें
मेरै मनमा तिम्रा सबै दुखाईहरु सारिदिन्थें ।
तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ
खसेको छु तल तल आफ्नै मनको भिरैभिर
सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर ।
कति मनका घाउहरु समयले छोपिदिन्छ
कति मनमा घाउ अझै समयले खोपिदिन्छ
जे गरे नि भोग्नै पर्छ निधारमा लेखेजति
कहाँ पाईन्छ र खुशी मात्रै मनले देखेजति ।
सयौं मुटु तिमी र म भन्दा धेरै दुखेका छन
हजार जीवन हामी भन्दा झनै धेरै झुकेका छन
तिमीले जित्ने भए मेरो जिन्दगी म हारिदिन्थें
मेरै मनमा तिम्रा सबै दुखाईहरु सारिदिन्थें ।
Friday, March 30, 2007
गीत : मनले सोध्यो मलाई ।
आँखाले खोज्यो तिमीलाई
मुटुले रोज्यो तिमीलाई
माया गाँसु कि नगाँसु
मनले सोध्यो मलाई ।
सपनीमा रातैभरी
अंगालोमा तिमी थियौ
बिहानीमा ब्युँझाएर
कहाँ कता बिलाई गयौ
एकै छिनको यो खुशीमा
म हाँसु कि नहाँसु
मनले सोध्यो मलाई ।
सम्झिएर तिमीलाई
मुटु साह्रै दुखेको छ
भनिदेउ त्यो मुटुमा
माया कति लुकेको छ
यति धेरै ब्याथा बोकि
म बाँचु कि नबाँचु
मनले सोध्यो मलाई ।
मुटुले रोज्यो तिमीलाई
माया गाँसु कि नगाँसु
मनले सोध्यो मलाई ।
सपनीमा रातैभरी
अंगालोमा तिमी थियौ
बिहानीमा ब्युँझाएर
कहाँ कता बिलाई गयौ
एकै छिनको यो खुशीमा
म हाँसु कि नहाँसु
मनले सोध्यो मलाई ।
सम्झिएर तिमीलाई
मुटु साह्रै दुखेको छ
भनिदेउ त्यो मुटुमा
माया कति लुकेको छ
यति धेरै ब्याथा बोकि
म बाँचु कि नबाँचु
मनले सोध्यो मलाई ।
Wednesday, March 28, 2007
कविता : एक गह आँशु ।
पोखिएं धेरै पोखें आफुलाई घरीघरी
चुहिएर थोपा तप्तपी आफ्नै वरिपरी ।
डुबें आफैंभित्र कैले बनि दर्के झरी
कहिले बनें बाछिटा फाट्टफुट्ट गरी ।
बन्दै फुटें पानीफोका मनको छानोबाट झरी
बगीरहें मनको खोल्सै खोल्सा बलेंसीमा परी ।
टेकें पाईला त्यो मनमा यो मनको खोला तरी
नयाँ नौला खुशीहरु धेरै भेटने आशमा परी ।
चिरिए खुशीहरु परेर धाँजा चरचरी
चर्किएर खडेरीले सुकेको तलाउ सरी ।
झरे आँशु रित्तिउञ्जेल उहिबेला बरबरी
आजसम्म तर बाँचेको छु हजारौं मृत्यु मरी ।
अब मात्रै छ म संग एक गह आँशु प्यारी
पोखिदिउं कि सबै आजै राखौं मनैमा सारी ।
नेपाली पोष्ट डटकममा प्रकाशित ।
चुहिएर थोपा तप्तपी आफ्नै वरिपरी ।
डुबें आफैंभित्र कैले बनि दर्के झरी
कहिले बनें बाछिटा फाट्टफुट्ट गरी ।
बन्दै फुटें पानीफोका मनको छानोबाट झरी
बगीरहें मनको खोल्सै खोल्सा बलेंसीमा परी ।
टेकें पाईला त्यो मनमा यो मनको खोला तरी
नयाँ नौला खुशीहरु धेरै भेटने आशमा परी ।
चिरिए खुशीहरु परेर धाँजा चरचरी
चर्किएर खडेरीले सुकेको तलाउ सरी ।
झरे आँशु रित्तिउञ्जेल उहिबेला बरबरी
आजसम्म तर बाँचेको छु हजारौं मृत्यु मरी ।
अब मात्रै छ म संग एक गह आँशु प्यारी
पोखिदिउं कि सबै आजै राखौं मनैमा सारी ।
नेपाली पोष्ट डटकममा प्रकाशित ।
Saturday, March 10, 2007
गीत : कहाँ राख्यौ मलाई ।
कहाँ राख्यौ मलाई देखिनं तिम्रो आँखाको नानीमा
बगाई दियौ कि मलाई त्यही आँखाको पानीमा ।
म त भन्थें तिम्रो आँखामा सपना बनेर बसेको छु
अजम्बरी माया बनेर तिम्रो मुटुभित्र पसेको छु
थाहा पाएं आज तिम्रो नजरमा म त तल तल खसेको छु ।
दिन्छु भन्थ्यौ तिमी फूलै फूल काँढा बाहेक मैले केहि देखिंन
तिम्रो बाहेक मैले अरु कसैको मुटुभित्र कुनै नाम लेखिंन
सबको आफ्नो आफ्नो खुशी हुन्छ भनेरै त तिम्रो बाटो छेकिंन ।
बगाई दियौ कि मलाई त्यही आँखाको पानीमा ।
म त भन्थें तिम्रो आँखामा सपना बनेर बसेको छु
अजम्बरी माया बनेर तिम्रो मुटुभित्र पसेको छु
थाहा पाएं आज तिम्रो नजरमा म त तल तल खसेको छु ।
दिन्छु भन्थ्यौ तिमी फूलै फूल काँढा बाहेक मैले केहि देखिंन
तिम्रो बाहेक मैले अरु कसैको मुटुभित्र कुनै नाम लेखिंन
सबको आफ्नो आफ्नो खुशी हुन्छ भनेरै त तिम्रो बाटो छेकिंन ।
Thursday, March 08, 2007
कविता : फेरी आकाश मुस्कुरायो ।
दैब जानुन
कतिञ्जेल लाग्ने हो घाम
बादलहरु हराएर
चम्किलो सुर्य हाँस्दै
आजभोली
खुल्ने गर्दछ आकाश ।
बिहानीपख
पारीलो घाममा नाच्दै
समुह समुह
छिर्बिरे पुतलीहरु
रंगीबिरंगी फूलहरु संग
मितेरी गाँस्छन ।
दिनभरी तिमी डुल्छौ
मनैभरी उमंग गाउंदै
त्यो सडक - त्यो सहर
दिनभरी म हिंड्छु
आँखैभरी सपना गाउंदै
त्यो टार - त्यो पाखा ।
साँझ संधै
हामीले गाउंने सपनाको
मधुर लय समातेर
हामीले गाउंने उमंगको
पंखेटा फट्फटाउंदै
बथान बथान
साना ठुला चराहरु
बिदा हुन्छन एक अर्कामा ।
बुझ्नेहरु भन्छन
अर्को स्वर्गको कल्पना नगर
यो भन्दा सुन्दर
अर्को धर्ती कहिं छैन
हामी भन्दैछौं
धर्तीको यो स्वर्गलाई
अझै सुन्दर बनाउंदै जाउँ ।
समयले आकाशलाई सोध्यो
कहाँ गए आज
हिंजोका काला बादलहरु ?
आफैंमा सुन्य आकाश
जवाफमा हिंजो बिर्षिदिंदै
एक पटक फेरी मुस्कुरायो ।
नेपालीपोष्ट डटकममा प्रकाशित ।
कतिञ्जेल लाग्ने हो घाम
बादलहरु हराएर
चम्किलो सुर्य हाँस्दै
आजभोली
खुल्ने गर्दछ आकाश ।
बिहानीपख
पारीलो घाममा नाच्दै
समुह समुह
छिर्बिरे पुतलीहरु
रंगीबिरंगी फूलहरु संग
मितेरी गाँस्छन ।
दिनभरी तिमी डुल्छौ
मनैभरी उमंग गाउंदै
त्यो सडक - त्यो सहर
दिनभरी म हिंड्छु
आँखैभरी सपना गाउंदै
त्यो टार - त्यो पाखा ।
साँझ संधै
हामीले गाउंने सपनाको
मधुर लय समातेर
हामीले गाउंने उमंगको
पंखेटा फट्फटाउंदै
बथान बथान
साना ठुला चराहरु
बिदा हुन्छन एक अर्कामा ।
बुझ्नेहरु भन्छन
अर्को स्वर्गको कल्पना नगर
यो भन्दा सुन्दर
अर्को धर्ती कहिं छैन
हामी भन्दैछौं
धर्तीको यो स्वर्गलाई
अझै सुन्दर बनाउंदै जाउँ ।
समयले आकाशलाई सोध्यो
कहाँ गए आज
हिंजोका काला बादलहरु ?
आफैंमा सुन्य आकाश
जवाफमा हिंजो बिर्षिदिंदै
एक पटक फेरी मुस्कुरायो ।
नेपालीपोष्ट डटकममा प्रकाशित ।
Wednesday, March 07, 2007
गीत : च्यातीदेउ मेरा यादहरु ।
च्यातीदेउ मेरा यादहरु म त तिमीलाई भुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।
बाँझो मनको खेतैभरी रहरहरु रोपेको थिएं
त्यै मनको घाउहरु खुशी फूलाई छोपेको थिएं
चुंडाईदेउ मेरा रहरहरु म त खुशी फुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।
छेकिदियौ बाटो मेरो मैले हिंड्ने ठाउँ छैन
मेटाएर त्यो मुटुमा भन्यौ तेरो नाउँ छैन
रोकिदेउ मेरो पाईलाहरु म त्यो मनमा डुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।
बाँझो मनको खेतैभरी रहरहरु रोपेको थिएं
त्यै मनको घाउहरु खुशी फूलाई छोपेको थिएं
चुंडाईदेउ मेरा रहरहरु म त खुशी फुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।
छेकिदियौ बाटो मेरो मैले हिंड्ने ठाउँ छैन
मेटाएर त्यो मुटुमा भन्यौ तेरो नाउँ छैन
रोकिदेउ मेरो पाईलाहरु म त्यो मनमा डुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।
Tuesday, March 06, 2007
कविता : आगो , पानी र मान्छेहरु ।
आगो
सल्काए आगो
मान्छेहरुले जताततै
डढेलो बनेर
सल्कियो
गाउँ वस्ती सहर
डढे आँखिर
मान्छेहरु नै
चित्कार फैलिएर
डढेका अनुहारहरु
भन्न थाले
पानी
खन्याए पानी
मान्छेहरुले जताततै
भलबाढी बनेर
बग्यो
गाउँ वस्ती सहर
बगे आँखिर
मान्छेहरु नै
बोली हराएर
बगेका अनुहारहरु
मौन छन आज ।
सल्काए आगो
मान्छेहरुले जताततै
डढेलो बनेर
सल्कियो
गाउँ वस्ती सहर
डढे आँखिर
मान्छेहरु नै
चित्कार फैलिएर
डढेका अनुहारहरु
भन्न थाले
पानी
खन्याए पानी
मान्छेहरुले जताततै
भलबाढी बनेर
बग्यो
गाउँ वस्ती सहर
बगे आँखिर
मान्छेहरु नै
बोली हराएर
बगेका अनुहारहरु
मौन छन आज ।
Saturday, February 17, 2007
कविता : आवाजका अक्षरहरु पढ्न फेरी आउनेछु म ।
हिंड्दा हिंड्दै यात्रामा
थकित मन
कतिखेर कतिखेर
एक क्वारको उकालो नाघेर
तिमीसंगै बिसाएछ
त्यो शितल
पिपल चौतारीमा
मन्द बतास संगै
त्यो साँझ
बिस्तारै ओर्लिएको थियो
पिपल चौतारी, तिमी
र मलाई छोपेर
बिरक्त लाग्दोगरी
पश्चिम सगर
डढेको थियो सायद
अँध्यारोको त्रासदी बोकेर
पूर्ब क्षितिज हामीतिरै
बढेको थियो सायद
छेकिएर पहाडहरुले
वरिपरीबाट
शिरमाथीको खुल्ला आकाशमा
हामीले एकहुल चराहरु
गुन्गुनाउंदै
बास फिरेको देख्यौं
चराहरु गैसकेका थिए
हाम्रो आकाशभरी
आवाज छोडेर
तिमीले आकाशभरी
चराहरुको आवाजलाई
अक्षरमा कोर्यौ
मैले आकाशभरी
तिमीले कोरेको अक्षरहरुमा
तिम्रो हृदयको
चाहनाहरु पढें
एकाएक हाम्रो धर्ती
वर वर सर्यो
त्यो नीरब रातको अँध्यारोलाई
सानो आगोको उज्यालोले
अलिकती हटाएर
हामीले रातैभरी
बनफूल फूलाईरहयौं
लठ्ठीएर बनफूलको सुगन्धले
हामीसंगै बिहानीपख
पिपल पनि निदाएछ
घामको झुल्कोले
पिपलको शिर छोएपछि
चराहरु ब्युँझिएर
हामीलाई उठाए
उठेर तिमीले देख्यौ
रातभरी हामीले फूलाएको
बनफूल ओईलीसकेको रहेछ
उठेर मैले देखें
रातभरी हामीलाई पहरा दिने
सानो आगो निभिसकेको रहेछ
घामले हामीलाई
छुन नभ्याउंदै
तिमीले बिदा माग्यौ
म अर्कै बाटो लागें
समयले
आजसम्म हामीलाई
अलग अलग पोल्टोमा
लुकाईरहयो
त्यो रात फूलाएका
बनफूलको सुगन्धले
तिमीलाई पनि मलाई झैं
अझै लठ्याएको भए
त्यही आकाशमा तिमी फेरी
आवाजका अक्षरहरु कोरिराख
भावनामा तिमी फेरी
अक्षरका फूलहरु फूलाईराख
लठ्ठीएर अक्षरका फूलको सुगन्धले
तिमीलीई खोज्दै
त्यही चौतारीमा
आवाजका अक्षरहरु पढ्न
फेरी आउनेछु म ।
नेपालीपोष्ट डटकममा प्रकाशित ।
थकित मन
कतिखेर कतिखेर
एक क्वारको उकालो नाघेर
तिमीसंगै बिसाएछ
त्यो शितल
पिपल चौतारीमा
मन्द बतास संगै
त्यो साँझ
बिस्तारै ओर्लिएको थियो
पिपल चौतारी, तिमी
र मलाई छोपेर
बिरक्त लाग्दोगरी
पश्चिम सगर
डढेको थियो सायद
अँध्यारोको त्रासदी बोकेर
पूर्ब क्षितिज हामीतिरै
बढेको थियो सायद
छेकिएर पहाडहरुले
वरिपरीबाट
शिरमाथीको खुल्ला आकाशमा
हामीले एकहुल चराहरु
गुन्गुनाउंदै
बास फिरेको देख्यौं
चराहरु गैसकेका थिए
हाम्रो आकाशभरी
आवाज छोडेर
तिमीले आकाशभरी
चराहरुको आवाजलाई
अक्षरमा कोर्यौ
मैले आकाशभरी
तिमीले कोरेको अक्षरहरुमा
तिम्रो हृदयको
चाहनाहरु पढें
एकाएक हाम्रो धर्ती
वर वर सर्यो
त्यो नीरब रातको अँध्यारोलाई
सानो आगोको उज्यालोले
अलिकती हटाएर
हामीले रातैभरी
बनफूल फूलाईरहयौं
लठ्ठीएर बनफूलको सुगन्धले
हामीसंगै बिहानीपख
पिपल पनि निदाएछ
घामको झुल्कोले
पिपलको शिर छोएपछि
चराहरु ब्युँझिएर
हामीलाई उठाए
उठेर तिमीले देख्यौ
रातभरी हामीले फूलाएको
बनफूल ओईलीसकेको रहेछ
उठेर मैले देखें
रातभरी हामीलाई पहरा दिने
सानो आगो निभिसकेको रहेछ
घामले हामीलाई
छुन नभ्याउंदै
तिमीले बिदा माग्यौ
म अर्कै बाटो लागें
समयले
आजसम्म हामीलाई
अलग अलग पोल्टोमा
लुकाईरहयो
त्यो रात फूलाएका
बनफूलको सुगन्धले
तिमीलाई पनि मलाई झैं
अझै लठ्याएको भए
त्यही आकाशमा तिमी फेरी
आवाजका अक्षरहरु कोरिराख
भावनामा तिमी फेरी
अक्षरका फूलहरु फूलाईराख
लठ्ठीएर अक्षरका फूलको सुगन्धले
तिमीलीई खोज्दै
त्यही चौतारीमा
आवाजका अक्षरहरु पढ्न
फेरी आउनेछु म ।
नेपालीपोष्ट डटकममा प्रकाशित ।
Tuesday, February 13, 2007
गजल : धेरै पछि आज कोहि ।
धेरै पछि आज कोहि मित जस्तो लाग्यो ।
रुखो बोली पनि उस्को गीत जस्तो लाग्यो ।
बोलीचाली चिनारी नि केहि भा'को छैन
हेराईमै कुन्नि किन हित जस्तो लाग्यो ।
लामा लामा केशराशी बाटुलो मुहार
झिम्काउंदा परेली ति प्रित जस्तो लाग्यो ।
पहिले नि थिए धेरै अघिपछि लाग्ने
ऐले तिनिहरु सबै कथित् जस्तो लाग्यो ।
मख्खै छु है आज लौ न आफैं संग म त
यो पनि त पिरती कै रीत जस्तो लाग्यो ।
अझै पनि उस्को मन छुन बाँकी नै छ
नछोईनै यो मनको जीत जस्तो लाग्यो ।
मुटु मुटु एकार्कामा साटेको नि छैन
आफ्नो मुटु उस्लाई अर्पित जस्तो लाग्यो ।
रुखो बोली पनि उस्को गीत जस्तो लाग्यो ।
बोलीचाली चिनारी नि केहि भा'को छैन
हेराईमै कुन्नि किन हित जस्तो लाग्यो ।
लामा लामा केशराशी बाटुलो मुहार
झिम्काउंदा परेली ति प्रित जस्तो लाग्यो ।
पहिले नि थिए धेरै अघिपछि लाग्ने
ऐले तिनिहरु सबै कथित् जस्तो लाग्यो ।
मख्खै छु है आज लौ न आफैं संग म त
यो पनि त पिरती कै रीत जस्तो लाग्यो ।
अझै पनि उस्को मन छुन बाँकी नै छ
नछोईनै यो मनको जीत जस्तो लाग्यो ।
मुटु मुटु एकार्कामा साटेको नि छैन
आफ्नो मुटु उस्लाई अर्पित जस्तो लाग्यो ।
Subscribe to:
Posts (Atom)