Sunday, December 30, 2007

Poem : It is not a short love

The First day
When I saw you
You entered from my eyes
And stayed in my heart
My heart was happy
To feel you in each beat
It was like that
A dream of ages
Came true in my life
I was searching a true love
That starts from heart
And never ends
That was you ; My love
The First love in my life
Who gave me all the happiness
That I never had in my life before .
Who knows what happens tomorrow
So I didn't
When a tsunami came in my life
And swept away
All my happiness .
Time is crual
It's just a month
I had a good time in my life
And now you know it
Everything gone .
The last night
I was walking to you
Wearing those clothes
You picked to me a couple days ago
Eagerly I wanted to hear
"Nice" you saying to me
But it was not in my destiny
Just like this
I loose my love
I loose my life
I loose everything
Poor me : what could I do
I cried and still crying
Nobody cares me
It's okay
I just want to ask my mom
Why she gave me a flowery heart
Into my iron body ,
I can't but wish to commit sucide
So no grief can touch me .
I naver take my life as a joke
And today
My life made a big joke of me .
Now I knew ; it was never a love to you
But still it's a love to me
Thatswhy it's not my last poem of life
I'm not committing sucide the next morning
Still there is a hope
A new sun will arise on our love
It is not a short love .

Monday, December 10, 2007

कविता : र त म पागल

प्रत्येक पल्ट म
अँध्यारो कालो रात चिर्दै
जव पाईला बढाउंछु तिमीतिर
हतारिंदै भेट्न आतुर तिमीलाई
तानिएझैं कुनै चुम्बकिय पदार्थ
विशाल कुनै चुम्बक तर्फ
रात निदाउन लागेका फूलहरु
नजिकै झाडीबाट चिहाउछन
र भन्छन , " ए! पागल तिम्रो होस कहाँ छ ? "
झस्किएर एकपल्ट
म आफ्नो होस खोज्दछु
जो छैन म संग
र त म पागल
मध्यरातमा पैदल धाउने तिमीसम्म
तिमी सागर
तिमी महासागर
अथाह प्रेम छातीभित्र लुकाएर
अँगालो खोली मुस्कुराउंदै
जव निम्तो दिन्छौ मलाई प्रणयको
रोक्नै नसकेर म आफुलाई
हिंडाईदिन्छु तिमीतिर
भन्छन कोहि बिचबाटोमा
म मर्दैछु डुबेर तिम्रो प्रेममा
अहो ! कस्तो अलौकिक वचन तिन्को
म मर्नै चाहन्छु डुबेर
तिम्रो गहिरो प्रेममा
तिमी भन्छौ
प्रेममा कोहि मर्दैनन कहिल्यै
त्यसैले तिमी सक्दिनौ
डुबाउन मलाई त्यो गहिराईमा
म तिम्रो सामु
तिमी मेरो सामु
हाम्रो प्यास बालुवाले ब्यक्त गर्छ
मेरो खाली पाईतालामा
जव छुन्छौ तिमी मलाई
एक लहरले र पर भाग्छौ
उता बालुवा आफ्नो प्यास मेट्छ
यता तिम्रो स्पर्सको भोको म
फालहाल्छु तिम्रो अँगालोमा
र डुबुल्किन्छु तिम्रै असिम प्यारमा
जव किनारामा उभिएर
नियाँल्छु तिम्रो सौंदर्य
क्षितिज अँध्यारोमा अझै विलिन हुन्छ
मलाई देख्नेहरु भन्छन
उ त्याहाँ ए उटा पागल उभिएको छ
कोहि सोध्छन , " तिमी होसमा त छौ ?"
फेरी झस्किएर
म आफ्नो होस खोज्दछु
जो छैन म संग
र त म पागल
मध्यरातमा तिम्रो अँगालोमा डुब्ने ।

Friday, November 09, 2007

देवकोटा जयन्तीको कविता : तिहार


देवकोटा जयन्ती एक्लै मनाउंदा कस्तो हुन्छ ? मैले तिहार शिर्षकमा यहि यौटा कविता लेखेर स-सम्मान देवकोटाको सम्झनामा ९८ औं देवकोटा जयन्ती मनाएको छु _______

झिलीमिली अहो ! हेर तिहार आयो फेरी
घर घर चारैतिर उज्यालोले घेरी ।
ढोका झ्याल सजिएको सयपत्री माला
पटाका र झिर्झिरेमा रम्छन लालाबाला ।
लहर लगाई घरैभरी दियोबत्ती बाल्छन
आँगनमा भैलेनीले भाखा मिठो हाल्छन ।
देउसे आई भटट्याउछन कथा मिठो हाल्दै
रात कालो अँध्यारोमा पुल्ठो राँको बाल्दै ।
सेल पाक्यो गाँउघरै वास हरहरी
तयार छ घरघरै पाक थरी थरी ।
सप्तरंगी टिका लामो लाई निधारमा
चेली भेट्दा दाजुभाईको खुशी अधरमा ।
पूजी काग कुकुर पूजी पुजी गोरु गाई
बैनी दिदी कति खुशी पूजा गर्दा भाई ।
डिलैभरी आँगनमा मखमली सरी
फुलाईरहोस तिहारले खुशी सँधैभरी ।

तिहारको शुभकामना



शुभ दीपावली २०६४ को हार्दिक मंगलमय शुभकामना ।

त्यसो त नेपाल छाडेदेखि नै देउसी भैलो , देउसीनाच ईत्यादी तिहारको रमझम छाडेर आ ईसकियो तर पनि कोलोराडोमा रहंदा नेपाली समाज ठुलै भएकोले तिहारमा भाईटिका मनाउन समेत पाईन्थ्यो तर यसपाली भने म हवाईको Maui मा भएकोले तिहारको रमझम भन्दा धेरै टाढा भएको छु । Maui को हावापानी र बनस्पती भने झापाको संग मिल्दोजुल्दो रहेछ । हवाईको सौंदर्य तस्विरमा उतारेर मैले मेरो फोटो ब्लगमा राख्ने विचार गरेको छु । यहि ब्लगमा पनि मेरो फोटो ब्लगमा पस्ने लिंक छ अथवा http://deepakkophoto.blogspot.com/ मा पसेर हेर्न सक्नुहुन्छ ।

Tuesday, October 30, 2007

कविता : मैले दिएको मुक्ती

एकदिन ,
थाहा छैन खै कसरी
यौटा सानो भँगेरा
थुनिएछ मेरो कोठाभित्र
जव म थकित मन अनि शरिर लिएर
कोठाभित्र छिरें
मानौं कि उसको अगाडी
मृत्यु हाजिर भयो
भयले मृत्युको उ
यो कुना र त्यो कुना
ज्यान बचाउन उडिरहयो
विवस उसको
उम्कने कुनै बाटो थिएन
बन्द थिए कोठाका झ्याल अनि ढोका
उसको विवसताको फाईदा उठाउंदै
ओच्छ्यानमा पल्टिएर मैले
उसको भयमाथी आनन्द मानिरहें
छट्पटाएर उ
उडिरहयो यो छेउ र उ कुना
अनायास म मा विचार उठ्यो
उसलाई पिंजडामा कैद गर्ने
र मेरो एक्लोपनाको साथी बनाउने
उसको लाचारीको फाईदा लिंदै
नियन्त्रणमा लिएं मैले उसलाई
र आफ्नो हातको कला झिक्दै
निर्माण गरी यौटा सानो पिंजडा
प्रकृति प्रद्दत उसको
स्वाधिनता खोसेर
कैद गरें उसलाई पिंजडा भित्र
स्वाधिनता गुमाएको एक कैदी
पिंजडाभित्र संधै रोईरहन्थ्यो उ
मुक्ती याचित उसको बेदना
भाषामा बुझ्न नसके पनि
मैले महसुस गरें
लाग्थ्यो हरपल
उसले मलाई अनुनय गर्छ
केवल मुक्तीको लागी रोई रोई
अन्तत उसलाई मुक्ती दिने
निर्णय बोकेर म उ छेउ गएं
जव मैले पिंजडालाई स्पर्श गरें
तव लाग्यो
अरु केहि क्षण यसलाई
अझै आफ्नो साथी किन नबनाउं
पिंजडाबाट मुक्ती दिनुको शट्टा
पिंजडा सहित उसलाई मैले
बगैंचामा लगें र झुण्ड्याएर सानो बुट्टामा
तमाशा हेरिरहें उसको
केहि पर बसेर
विचरा ! त्यो सानो चरा
पिंजडा बाहिर टाउको झिकेर
गुहार माग्दै चिच्याउंदै थियो
हठात यौटा कागले
आक्रमण गरि मेरै उपस्थितीमा
उसको शिर छिनालेर लग्यो
पिंजडाभित्र लडेको
उसको शिरोच्छेदित शरिर हेर्न
अब म उ नजिक जानु नजानुको
त्याँहा कुनै अर्थ थिएन
मलाई घोर ग्लानिले
तत्काल गलाईदियो र थचक्क बसें
मैले गर्नु पनि के थियो र ?
आफैं हत्यारा भएर पनि
उसको हत्याको मलाई सजाय थिएन
दोषी मन बोकेर
सजाय स्वरुप मैले उसको
शिर विहिन शरिरको समाधि बनाई
साँसारिक बन्धनबाट मुक्ती दिंदै
एक अञ्जुली फूल अर्पण गरें ।

२४ पौष १०५१
झापा

Sunday, October 28, 2007

चर्चा राष्ट्रिय झण्डाको ।

नेपालमा केहि खराब तत्वहरु द्वारा हाम्रो राष्ट्रिय झण्डा जलाईयो । विरोध स्वरुप जस्को चर्चा उमेशजी को माई संसारमा बाहेक अन्यत्र कतै देखिएन न अहिले सम्म उक्त निन्दनिय कार्य गर्नेलाई हाम्रो सरकारले कार्यवाही गरेको नै समाचार आएको छ । यस सम्बन्धमा मैले यौटा कविता लेखेको थिएं र नेपाली पोष्टमा प्रकाशित भएको थियो । मेरो उक्त कविता हेरेर नेपाली पोष्टमै विचार स्तम्भ अन्तर्गत आफ्नो विचार लेख्नुहुने स्तम्भकार लेखनाथ भण्डारीले मलाई यौटा ईमेल लेख्नुभएको थियो । वहाँले लेख्नुभएको ईमेल र मैले लेखेको जवाफ यहाँ राख्दैछु ।


वहाँले लेख्नु भएको ईमेल
दीपक जी
नमस्कार
तेसो त म तपैलाई अहिले नामले बाहेक सम्झी रहेको छुईन तर पनि झंडाको कुरामा कुरा थप्न लागेको छू . थप कुरा पनि र चिनाजाना पनि गर्दै जौंला नि है. यो सवाललाई तपैले रास्ट्रीयताको कुरामा तुलना गर्नु हुने छैन .रास्ट्रीयताको सबैको उतिकई प्यारो हुन्छ र त्यों प्राण भन्दा पनि प्यारो हुन्छ . म यो सम्बंधमा पनि अर्को कुनै संदर्भमा चर्चा गर्ने प्रयाश गर्ने छू. शुभकामना सहित,
लेखनाथ

के हो राष्ट्रिय झण्डाको कुरा ?

रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो
जीउँदो रगत सरी बल्दो सान हाम्रो
जन्मन्दै यो जगतमा कैयौं प्रहार आए
हारे दुई साम्राज्य हारेन सान हाम्रो ...... तर यो रातो र चन्द्र सुर्य जंगी निसाना हाम्रो, भन्दा सम्झनु पर्ने अर्को कुरा पनि छ। त्यो हो, यो कुरा नेपालको अहिलेसम्मको राष्ट्रीय झन्डालाई नै भनिएको हो पक्कै पनि। तर हाम्रो राष्ट्रिय झन्डामा जुन प्रतीक छन , चन्द्र र सुर्य , यी ज्यादै राम्रो हो तर । तर के भने यो कति पनि व्यबहारिक र बैज्ञानिक छैनन । यो बिषयमा मकरे मानव अधिकार आयोगगमा पछिल्लो पटक राजा ज्ञानेन्द्रलाई साथ दिन राजपथको ओरालो मार्ग प्रस्थान गर्नु हुने डा . राम दयाल राकेशले खोई के लेख्नु भएको छ , उहाँको नेपालको राष्ट्रीय झन्डामा एउटा पुस्तक नै छ। तर मलाई लागेको कुरा हो , यो झन्डामा चन्द्र तल हुनु पर्छ र सुर्य माथि । किनकि हाम्रो यो धर्ती वा हाम्रो यो लोकबाट सुर्य भन्दा चन्द्रमा नजिक छ र सुर्य टाढा । टाढाको कुरा माथि वा नजिकको तल हुन्छ कि ? तर हाम्रो राष्ट्रीय झन्डामा सुर्य तल छ भने चन्द्र माथि छ। यस्तो नहुनु पर्ने हो भनेर सबैलाई लाग्नु स्वाभाबिक छ तर यहाँ पनि खास कारण छ । कारण रहेछ , नेपालका राजा श्री ५ र महाराज श्री ३ को । राजा महाराजले भने पछि कस्ले रोक्छ ? केल्ले छेक्छ ? कुरो परेछ गहिरो, सुनेको हो- नेपालका राजा परेछन, चन्द्र बंशका । अनी राणा परेछन , सुर्य बंशका । तेही राजा र राणाको प्रतिक राख्दा सुर्य तल र चन्द्र परेछ माथि। तर पनि यहाँ बाँकी प्रश्न ज्युउँदो छ नेपालको झन्डा बन्यो कहिले ? राणा र राजाको प्रतिक हो नै भनेर भन्नु पहिले यो त पता लाउनैपर्छ । तेस्तै यो जंगी पनि यिनै राजा महाराजको प्रतिक त होईन ? सबै कुरामा यो केटो कति जान्ने भा' भन्ने खस-खसा लाग्ला अग्रज बुढा-पाकालाई , तेसैले यो उहाँहरुकै जिम्मामा छोड्नु जाती होला कि ! तर देसैको नक्सा फेर्ने कुरा चलेको बेला यो जाबो (!?) एउटा झन्डासम्म फेर्ने कुराको भने चर्चा-चियो खोई किन हो सुनिएको छैन जस्तो लाग्छ ।

लेखनाथ भण्डारी


मैले लेखेको जवाफ


लेखनाथ सर
नमस्कार ।

चन्द्र सुर्यको कुरामा कुरा थपेर मलाई ईमेल लेख्नुभएकोमा धेरै धेरै धन्यवाद । मलाई जहाँसम्म लाग्छ तपाईंले मेरो नेपाली पोष्टमा गत अक्टोबर २६ मा प्रकाशित हाम्रो चन्द्र सुर्य कविता हेरेर नै ईमेल लेख्नु भएको हो किनभने तपाईंले मलाई नामले बाहेक चिन्नुहुन्न । मैले पनि तपाईंलाई नेपाली पोष्टमै बयान स्तम्भ मार्फत चिने बाहेक धेरै चिन्न सक्दिन ।

तपाईंले हाम्रो झण्डामा भएको चन्द्र र सुर्य तल र माथी हुनुलाई अब्यावहारिक र अवैज्ञानिक छ भन्नु भएको छ । यसरी चन्द्र सुर्यलाई तल र माथी भएको कुरालाई चन्द्र वंशी राजा र सुर्य बंशी राणाहरुको मान मर्यादा अनुरुप तौलिएर राखिएको भन्ने कुराको जानकारी मैले पनि पहिले नै पाईसकेको थिएं । त्यो हुन सक्छ अथवा नहुन सक्छ यो कुरामा म विवाद निकाल्नुको औचित्य देख्दिंन । जहाँसम्म सुर्य टाढा छ र चन्द्र नजिक छ त्यस अनुशार सुर्य माथी र चन्द्र तल हुनु पर्ने भन्ने तपाईंको पनि विचार छ त्यसमा पनि म बिमती राख्छु । हाम्रो धार्मिक प्रचलनहरुलाई जसरी गलत ब्याख्या गरिएको छ र हिन्दु धर्मलाई संकिर्ण बनाईएको छ त्यसरी नै हाम्रो झण्डाको पनि गलत ब्याख्या भएको ठान्छु म । हाम्रो झण्डामा चन्द्र माथी र सुर्य तल भएको कुरालाई धर्तीबाट कुन टाढा र कुन नजिक छ भन्ने कुरालाई हरेर अब्यावहारिक र अवैज्ञानिक भयो भन्नु भन्दा हाम्रो दैनिक जीवनमा चन्द्र र सुर्यले कसरी अनि कुन ग्रहले ज्यादा प्रवाभ पारेको छ भनेर हेर्दा कसो होला ? निश्चय नै सौर्यमंडलमा सुर्यको प्रवाभ सबै ग्रहको भन्दा ज्यादा छ । त्यसमाथी पनि नेपालजस्तो अविकशित मुलुक जहाँ अद्दावधी अधिकाँश मानिसहरु खेतीपातीमा निर्भर छन उनिहरुको दैनिक जीवनमा सुर्यले नै चन्द्रले भन्दा ज्यादा महत्व राख्छ त्यसैले पनि हाम्रो झण्डामा सुर्यलाई महत्वको आधारमा तल अर्थात हामीसंग नजिक राखिएको हो भनेर ब्याख्या गरिए कसो होला ? लेखनाथ सर , यो मेरो विचार है ।

तपाईंले अझै देशैको नक्सा फेर्ने कुरा भै रहेको बेलामा यो जाबो यौटा झण्डा सम्म फेर्ने कुराको चर्चा चियो सुनिएको छैन भन्नु भएको छ । मुटुमा हात राखेर भन्नु पर्दा तपाईंको यो कुराले मेरो मुटु विचलित भयो । हामीले आजको परिप्रेक्ष्यमा देशको मुहार फेर्ने कुराको कल्पना गर्न सक्छौं र लागि पर्न सक्छौं तर नक्सा फेर्ने कुरा दुरुह हो । अर्कोतिर तथाकथित श्री ५ को स्तुतीगान फेरियो र अन्य त्यस्तै औचित्य समाप्त भै सकेका केहि कुराहरु फेरियो भन्दैमा हामीले हाम्रो झण्डा फेर्नु पर्छ जस्तो मलाई त पटक्कै लाग्दैन । शाहहरु र राणाहरुको बंशको आधारमा हाम्रो झण्डामा चन्द्र र सुर्य राखिएको छ भनेरै झण्डा फेर्ने कुरा हुनुपर्ने भन्ने तपाईंको मान्यता हो कि के हो मैले बुझ्न सकिनं । यदी त्यस्तो हो भने शाह राजाहरुले नेपाल एकिकरण गरेको भनेर हामीले ईतिहासमा पढेका छौं के अब हामी हाम्रो देशको नामनै फेरेर अर्को नाम राख्ने ? लेखनाथ सर हामीले हाम्रो समाजमा भएका समयसंग अमिल्दा कुराहरु फेर्दै जाने हो । समयसापेक्ष रहुञ्जेल अनावश्यक रुपमा परिवर्तन खोज्नुको परिणाम घातक हुन जान्छ । लेखनाथ सरलाई थाहै होला ईतिहास लेख्नेले सधैं सहिकुरा मात्र लेखेका हुंदैनन । कुनैपनि मुलुकमा शाशकबर्गको प्रवाभ जमाउनको लागी ईतिहासको सत्यलाई झुटको रंगले छोपेर पनि प्रकाशमा ल्याउने गरिन्छ । जस्तोकि नेपाल एकिकरण गर्ने शाह राजाहरुले एकता र अखण्डताको प्रतिक भएर सदियौं नेपाल र नेपालीहरुलाई जोगाएका हुन भन्ने भ्रामक कुराको प्रचार एकातिर छ यस्तो कुराहरुलाई पनि हामी सचेत नागरिकले आफ्नो हिसाबले बुझ्नु पर्ने हुन आउंछ । यससम्बन्धमा मैले लेखेको यौटा कविता पनि हेर्नु होला । यहाँ छ http://jaditdeepak.blogspot.com/2006/07/blog-post_04.html/ लेखनाथ सर मैले आफुले बुझेसम्म तपाईंको सवालको जवाफ लेखे जस्तो लाग्छ । अझै यस्ता विषयहरु माथी छलफल गर्न पाईयोस । तपाईंलाई तिहारको शुभकामना सहित विदा माग्दछु ।

दीपक जडित

Friday, October 26, 2007

जंगी निशान हाम्रो

रातो र चन्द्र सुर्य जंगी निशान हाम्रो
जिउँदो रगत सरी यो बल्दो यो शान हाम्रो ।



आज नेपाल भित्र नेपालीहरुले चन्द्र सुर्य झण्डा जलाएको पनि देख्नु पर्यो । नेपाली भएर मैले हाम्रो राष्ट्रको शान जलाउनेलाई नेपाली भन्दा पनि अपराध गर्दैछु कि जस्तो महसुस भै रहेछ तिनीहरुले नेपाल आमाकै छातीभित्र हुर्केर कसरी नेपालको राष्ट्रिय झण्डा जलाउन सके होलान ? तस्विर सहित माई संसारमा देखिएका ति देशद्रोहीहरुलाई नेपाल सरकारले के कसरी कार्यवाही गर्ने होला ? जति निन्दा गरे नि कम हुने कार्य गर्ने तिनीहरुलाई राष्ट्रिय झण्डा जलाएको अपराधमा गोली ठोके पनि कम हुन्छ फाँसीमा लट्काए नि कम हुन्छ तर तिनीहरुले कस्तो प्रतिक्रिया जनाउलान भन्ने हेर्नलाई तिनीहरुको आगाडी भारतको झण्डा जलाउनु पर्ने भन्ने उमेश जी को धारणा चाँही गलत हो कि ? भलै भारतको यसकार्यमा हात रहेको होस तर नेपाल भित्रै नेपाली नागरिकले नै त्यो अक्षम्य अपराध गरेका छन र भारतसंग यो कुरालाई नमुछि तिनीहरुलाई सजाय दिनुपर्छ ।

माई संसारमा झंडा जलाएको तस्विर हेर्नासाथ कमेण्टमा लेखेको यो कविता -

चन्द्र सुर्य झन्डा हाम्रो

चन्द्र सुर्य झन्डा हाम्रो
शिर भन्दा माथी
हेर त्यही चन्द्र सुर्य
जल्यो आज साथी ।

मुटु भित्र हेर आज
चन्द्र सुर्य दुख्यो
न्याय मर्यो? कानुन गल्यो ?
सगरमाथा झुक्यो ?

कोही स्वार्थ बोकी आज
सगरमाथा ढाल्छन
शिरै छिनालेझैं कोही
चन्द्र सुर्य बाल्छन ।

चन्द्र सुर्य नेपाल हो
आमा समान ठुली
यस्तो कार्य गर्छौ किन
नेपाल आमा भुली ।

कस्को कस्तो ईशारामा
नाचेका छौ तिमी
यै झण्डाको शानले त
बाँचेका छौ तिमी ।

बञ्चरोले हानी आफ्नो
घुँडा नै छिनाली
पाउने केहि हैनौ चन्द्र
सुर्यलाई बाली ।

जस्ले आज प्रहार गर्यो
चन्द्र सुर्य लाई
चिहान खनौं त्यस्को पनि
आउ दाजुभाई ।

चन्द्र सुर्य जल्छ भने
आगो नि झेलिन्छ
कस्ले रोप्यो विषको रुख
जरै उखेलिन्छ ।

Thursday, October 25, 2007

कविता : नि:शब्द रोदन आमाको

एउटा छोरो
सिन्दुर पहिरिएर शिरमाथी
आमाको आँशु पुछ्न
हाँसी हाँसी छाती खोलेर
युद्ध भुमीमा अगाडी सर्छ
उ बिश्वास गर्छ
आमाको आशिर्वादमाथी
र धमाश छोड्छ दिग्विजयको
अर्को छोरो
विवषताको कात्रो बेह्रेर शिरमाथी
आमाकै आँशु पुछ्न
हाँसी हाँसी बन्दुक बोकेर
रणमैदानमा अगाडी सर्छ
उ पनि बिश्वस्त छ
आमाको आशिर्वादमाथी
र हाँक दिन्छ दिग्विजयको
युद्ध भडकिन्छ
दुबै वीर छोराहरु
आमाको ओठमा मुस्कान रोप्न
आमाको अधरमा खुशी फुलाउन
आफ्नो छातीमा गोली थापेर
युद्धभुमीमै ढलिदिन्छन
एक्ली ति रुग्ण बुढी आमा
नसकेर रुन आँखाहरुले
नि:शब्द रोईरहेकि छन मुटुले
छोराहरु आज पनि
मुख हेर्न आएनन भनेर
ए ! बाँकी बचेका वीर छोराहरु हो
तिम्री आमा अब शब्दमा रुन
कहिल्यै सक्ने छैनन
तर तिमीहरु वीर भएर पनि किन
आमाको नि:शब्द रोदन सुन्न सक्दैनौ ?

(यो कविता मैले २०५८ सालको मातातिर्थ औंशीको दिन लेखेको रहेछु । आज डायरीको पुराना पाता पल्टाउने क्रममा भेटेर यहाँ राखेको हुँ ।)

Wednesday, October 24, 2007

मेरो कविता यात्राको सम्बन्धमा

मेरो कविता यात्रा भनेर नाम दिंदै मैले आफुले लेखेका कविताहरु संकलन गरेर एकै ठाउंमा भेला गर्ने उद्देश्यले आज मसंग अहिले भएजति कविताहरु प्रिंट गरेर भेला गर्ने काम गरें । यसभन्दा पहिले मैले मेरी उ अझै मरेकी छैन भन्ने नाम दिएर यौटा कविता संगालो र खडेरीको खेती भन्ने नाम दिएर अर्को कविता , गीत तथा गजलहरुको संगालो बनाउदै जाने विचार गरेको थिएं । मेरी उ अझै मरेकी छैन भित्र मैले मेरी स्व . पत्नि मञ्जुको सम्झनामा लेखिएका कविताहरु मात्र संग्रहित गर्ने र खडेरीको खेती भित्र मैले जन आन्दोलन २ को बेला लेखेका कविता , गीत तथा गजलहरु एवं पहिले देखि नै लेखेका त्यस्तै क्रान्तिकारी तथा प्रगतिशिल धारका कविता , गीत तथा गजलहरु राख्ने विचार गरेको थिएं । आज आएर मैले विचार परिवर्तन गर्दै मैले लेखेका सबै कविताहरुलाई एकै ठाउँ संकलन गर्ने अठोट गरें। मैले आफ्ना कविताहरुलाई जे नाम दिएर संकलित गरेपनि हाललाई यो संकलन मेरो आफ्नै लागी मात्रै हुने भएकोले पनि मलाई धेरै संकलन बनाउनु उपयुक्त होला जस्तो लागेन । अहिले मेरो यो संकलन भित्र मेरा बिभिन्न खाले ७३ वटा कविता रहेका छन । मैले पहिले लेखेका तर अहिले म संग नभएका कतिपय कविताहरु यो संग्रहभित्र राख्न बांकी नै छ त्यस्तै मैले पछि सम्म लेख्दै जाने कविताहरु पनि मैले यसै संगालो मेरो कविता यात्रा भित्र थप्दै जाने विचार गरेको छु । यस संग्रहभित्र अहिले सम्म संग्रहित भएका मध्ये धेरैजसो कविताहरु नेपाली पोष्ट डटकम , नेपाली कविता डटकम , समुद्रपारी डट कम लगायत अन्य धेरै वेभ पत्रिकामा प्रकाशित भएका छन । फेरीपनि मैले आफ्नो कविताहरुको सम्बन्धमा भन्नुपर्दा मैले आत्मसंतुष्टीको लागी लेखिएका हुनाले मेरा कविताहरु कविता जस्तै पनि नलाग्लान ।

मलाई मेरा कविताहरुमा भएका कमिकमजोरी देखाएर भविश्यमा अझै सुन्दर कविता लेख्ने प्रेरणा दिनुहुनेछ भन्ने आशा राख्दछु ।


- दीपक जडित
(संगालोमा अगाडी राख्नको लागी लेखिएको)

Sunday, October 14, 2007

यस्तो गल्ती हुन्छ कसरी ?

मैले गत १२ अक्टोबरका दिन नेपाली कविता डट कमको लागी भनेर 'दशैं नेता ज्यू र हामी' शिर्षकमा यौटा कविता लेखेको थिएं र नेपाली कविता डट कम अनि नेपाली पोष्ट डट कममा पठाएको थिएं । नेपाली पोष्टमा भने लगत्तै भोली पल्ट प्रकाशित भएछ भने नेपाली कवितामा सायद क्यूमा होला । नेपाली कवितामा १३ अक्टोबरका दिन मैले झण्डै एक वर्ष अगाडी लेखेको 'आजका हामी युवाहरु ' भन्ने कविता प्रकाशित भएको रहेछ । झन्डै एक वर्ष अगाडी पठाएको कविता प्रकाशित भएको देख्दा खुशी लाग्यो तर उक्त कविताको अन्त्यमा दुई हरफ हराएर अपुरो प्रकाशित भएको पाउंदा भने नमज्जा लाग्यो । एकताका तन्नेरी डट कममा पठाएको गजल पनि त्यसरी नै अधुरो मात्र प्रकाशित भएको थियो भने एकाध पटक नेपाली पोष्ट डट कममा पनि त्यसरी नै अपुरो र उल्टोपाल्टो भएर प्रकाशित भएको छ । मैले हरेक पटक आफ्नो रचनाहरु संप्रेषण गर्दा कतै केहि छुट्ला कि भनेर अति नै ध्यान पुर्वक हेरेर गर्ने गर्छु तर प्रकाशित हुंदा भने मेरै मात्र धेरै पटक किन त्यसरी अपुरो भएर प्रकाशित हुने होला ? कतै मैले ईमेलमा पठाउंदा बाटैमा मेरो रचनाहरुको अंश हराउने हो कि ? त्यसरी मुख्य भागहरु गुम भएर अपुरो रचना प्रकाशित भएको देख्दा साह्रै खल्लो लाग्दो रहेछ अनि रचनाले लगाउनु पर्ने अर्थ पनि अनर्थ हुन जान्छ । हैरान छु म आँखिर त्यस्तो गल्ती हुन्छ कसरी ??

Saturday, October 13, 2007

दशैंको कुरा एक आलेख सहित

वडादशैं को मंगलमय शुभकामना ।



दशैं आयो
खाउंला पिउंला
कहाँ पाउंला ?
चोरी ल्याउंला
धत ! पापी म त छुट्टै बसौंला ।


बच्चै देखि हातका औंला भंचाई भंचाई माथीको कविता हो कि कुन्नि के बिता हो रटाएर हामीलाई दशैं गलत अर्थले बुझाईयो । अझै पनि दशैंको महिमा के हो बुझाउन छाडेर बच्चाहरुलाई यस्तै अनर्गल सिकाउने गरिन्छ । माथीको कवितामा दशैं आउनु भनेको खाने पिउने समय हो भनेर बुझाईएको छ अझ त्यसमाथी पाईएन भने चोरेर नै भए पनि दशैंमा त खानै पर्छ भन्ने मान्यता दर्शाईएको छ । त्यसो त चोर्ने कुरा आउंदा धत! पापी भनेर चोर्नु गलत हो सम्म त भनिएको छ तर दशैंमा खानु पर्छ भन्ने कुरालाई जोड दिईएको हुंदा हाम्रो समाजमा आफुसंग नभए दशैंमा ऋण गरेरै भए पनि खाने परम्परा बसेको छ तर दशैं को महत्व के हो ? दशैं किन मनाईन्छ ? दशैंमा पूजा किन गरिन्छ ? भन्ने जस्ता कुराहरु हामीलाई सिकाईएन । मलाई अझै सम्म पनि दशैं भनेको खसी मार हानेर टन्न मासु खाने मौका हो जस्तो लाग्छ । दुर्गाको पूजा गर्ने ब्याक्तीले सफा बस्त्र लगाउनु पर्ने मान्यता दशैंमा गच्छेले भ्याओस नभ्याओस सबैले नयाँ लुगा लगाउनु पर्ने मान्यतामा बदलिएको छ । अझै दशैंको बेलामा जुवा तास खेल्ने र जाँड रक्सी खाने आधुनिक प्रचलनको त कुरै के गर्नु र ?

दशैंको महत्व के हो रहेछ त भनेर बुझ्ने क्रममा यसपाली मैले फेला पारेका केहि तथ्यहरु को आधारमा यौटा सानो
आलेख तयार पारेर यहाँ राख्दैछु ।

नवरात्रि , नवदुर्गा र नवग्रहको सम्बन्ध ।

नवरात्रि अर्थात नवदुर्गा भवानीको पूजा शरद याममा असौज महिनाको शुक्लपक्षको प्रतिपदा देखि शुरु हुने गर्छ । हामीहरु यस्लाई नौरथा पनि भन्ने गर्छौं । यस समयमा ब्रम्हण्डका सबै ग्रहहरु सक्रिय हुने गर्छन र ग्रहहरुको दुश्प्रभाव प्राणीहरुमा नपरोस भनेर दुर्गाको शक्तीलाई जगाउन नवदुर्गाको उपासना गर्ने गरिएको हो । भनिन्छ शक्ती विना शिव पनि शब बराबर हुन्छ त्यसैले नवरात्रीमा दुर्गाको शक्तीको उपासना गरेर ग्रहहरुको शक्तीलाई नियन्त्रणमा राखिन्छ र ग्रहहरुको दुश्प्रभावबाट प्राणीहरुको रक्षा गरिन्छ । दुर्गाको शक्तीको नौ रुपहरु क्रमश: शैलपुत्री , ब्रम्हचारिणी , चन्द्रघंटा , कुष्माण्डा , स्कंदमाता , कात्यायानी , कालरात्री , महागौरी र सिद्धिदात्री हुन । नवरात्रिमा दुर्गाको नौ शक्तीलाई जगाउनको लागी नवार्ण मंत्रको जाप गर्ने गरिन्छ ।

नवार्ण भनेको नव वर्ण हो , नव वर्ण अर्थात नौ अक्षर को उक्त मंत्र ऐं ह्रीं क्लीं चामुंडायै विच्चै हो । नौ अक्षरको यस मंत्रको एक एक अक्षरको सम्बन्ध दुर्गाको एक एक शक्ती संग साथै नौ वटै ग्रहहरु संग हुने गर्छ । नौ अक्षरी मंत्रको पहिलो वर्ण (अक्षर) ऐँ को सम्बन्ध दुर्गाको पहिलो शक्ती शैलपुत्रीसंग रहेको हुन्छ भने उक्त अक्षरको जापले सुर्य ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्री (नौरथा)को पहिलो रातमा शैलपुत्रीको उपासना गरिन्छ । नवरात्रिको दोश्रो रातमा दुर्गाको दोश्रो शक्ती ब्रम्हाचारिणीको उपासना गरिन्छ भने नवार्ण मंत्रको दोश्रो वर्ण(अक्षर)ह्रीँ को सम्बन्ध ब्रम्हचारिणीसंग रहेको हुन्छ । यसले चन्द्र ग्रहलाई नियन्त्रण गर्दछ । त्यस्तै नवार्ण मंत्रको तेश्रो वर्ण क्लीँ को सम्बन्ध दुर्गाको तेश्रो शक्ती चन्द्रघंटासंग रहेको हुन्छ भने यसले मंगल ग्रहलाई नियन्त्रण गर्दछ । नवरात्रिको तेश्रो रातमा चन्द्रघंटाको उपासना गरिन्छ । त्यस्तैगरी नवार्ण मंत्रको चौथो अक्षर चा को सम्बन्ध दुर्गाको चौथो शक्ती कुष्माण्डासंग हुन्छ भने यसले बुध ग्रहलाई नियन्त्रण गर्ने गर्छ । नवरात्रिको चौथोरातमा कुष्माण्डाको उपासना गरिन्छ । पाँचौं अक्षर मुं ले ब्रिहस्पती ग्रहलाई नियन्त्रण गर्छ भने यसको सम्बन्ध दुर्गाको पाँचौं शक्ती स्कंदमातासंग रहेको हुन्छ जस्को उपासना नवरात्रिको पाँचौंरातमा गरिन्छ । नवरात्रिको छैठौंरातमा उपासना गरिने दुर्गाको शक्ती कात्यायानीको सम्बन्ध नवार्ण मंत्रको छैठौं अक्षर डा संग रहेको हुन्छ जस्ले शुक्र ग्रहलाई नियन्त्रण गर्ने गर्छ । त्यस्तै नवार्ण मंत्रको सातौं वर्ण यै को सम्बन्ध दुर्गाको सातौं शक्ती कालरात्रीसंग रहेको हुन्छ भने नवरात्रिको सातौं रातमा कालरात्रीको उपासना गरेर शनि ग्रहलाई नियन्त्रणमा राखिन्छ ।
नवार्ण मंत्रको आठौं अक्षर वि को सम्बन्ध दुर्गाको आठौं शक्ती महागौरीसंग रहेको हुन्छ भने नवरात्रिको आठौंरातमा महागौरीको उपासना गरेर राहु ग्रहलाई नियन्त्रण गरिन्छ । नवार्ण मंत्रको अन्तिम तथा नवौं वर्ण च्चै को सम्बन्ध दुर्गाको नवौं शक्ती शिद्धिदात्रीसंग रहेको हुन्छ भने नवरात्रिको नवौंरातमा शिद्धिदात्रीको उपासना गरेर केतु ग्रहलाई नियन्त्रण गरिन्छ ।

ब्रम्हा , विष्णु र महेश्वरलाई नवार्ण मंत्रका तिन देवताहरु मानिन्छ भने यसका तिन देविहरु क्रमश महाकाली , महालक्ष्मी र महासरस्वतीलाई मानिन्छ ।

( यो छोटो आलेख मैले वेवदुनिया डट कममा भएका भारतका केहि विद्वानहरुको लेख पढेर त्यसैको आधारमा तयार पारेको हुँ - दीपक जडित )

Friday, October 12, 2007

कविता : दशैं , नेताज्यू र हामी

ओ नेता ज्यू ,
एक फेर एता सुन
हामी जनता हौं
त्यही गरिव जनता
जस्को निंती तिमी युद्ध लड्दैछौ
हामी र हामी जस्तैको उत्थान गर्न
तिमीले लडेको युद्धले
हेर आज हामी विस्थापित भएका छौं
आफ्नै मुलुक भित्र
घरबार विहिन भई
आन्तरिक शरणार्थी बनेका छौं
तिमीले टेक्यौ हाम्रो छातीमा
र हाम्रो घरबास खरानी बनाई
आफु भब्य महलमा पुग्यौ
के देख्छौ तिमी आज हामीलाई ?
हेर त आज हामी
कतै बाँसको झाँगमुनी
पाल टाँगेर बसेका छौं
कतै स्कुलको छानोमुनी
छाक मागेर बसेका छौं
सँघारमा दशैं आएको छ
बडा दशैंको शुभ अवसरमा
फेरी तिमी हाम्रै नाममा
विज्ञप्ति निकाल्नेछौ
र सर्व साधारणको सुबिधाको लागी
बन्द फिर्ताको नाटक गर्नेछौ
युद्धविरामको छल गर्नेछौ
ओ नेता ज्यू ,
एक फेर हामीलाई भन
तिम्रो सर्व साधारण को को हुन ?
कस्को लागी तिमी युद्ध शुरु गर्छौ ?
कस्को लागी तिमी युद्ध विराम गर्छौ ?
तिम्रो एक बोलीले यातयात बन्द हुन्छ
तिम्रो एक बोलीले ब्यापार बन्द हुन्छ
सारा देश ठप्प हुने तिम्रो एक बोलीले
हुँदा हुँदा लौ हेर आज हाम्रो गाँस बन्द छ
ओ नेता ज्यू ,
सबकुरा रोक्न सक्ने सामर्थ्य छ तिम्रो
हाम्रै खातिर चलिरहेको
शान्ती वार्ता रोक्न सक्छौ तिमी
हाम्रै खातिर हुनेभनेको
संविधान सभा रोक्न सक्छौ तिमी
ओ नेता ज्यू ,
साँच्चै रोक्न सक्छौ भने
संघारमा आएको यो दशैं रोकिदेउ
बर्षौं देखि हामीले चाहेको
संबिधान सभा आउन नसक्ने देशमा
बर्षै पिच्छे यो दशैं किन आउंछ ?
आफन्तहरु सब गुमाएर
थातबास सब लुटाएर
देशभित्रै शरणार्थी बनेको बेला
हामी संग दशैं मनाउने गच्छे छैन
संविधान सभा रोक्ने ओ नेता ज्यू ,
लौ यसपाली यो दशैं रोकिदेउ ।

आफ्नै जिन्दगीको गज्याङमज्याङमा हराईरहंदा धेरै दिन सम्म मैले न त आफ्नो ब्लगमा केहि लेखें न त एउटा टुक्रा केहि रचना गरें । अन्यौल विच कुहिरोको काग भई हराईरहेको बखतमा नेपाली कविता डट कम बाट विक्रम दाईको ईमेल आयो । ईमेलमा सबैलाई झैं मलाई पनि दशैं कविता लेख्न अनुरोध थियो । दशैं हाम्रो महान पर्व , हामी सबैको खुशीको समय , वातावरणले नै पनि हाम्रो मन हर्षित बनाउने यो समयको लागी कस्तो कविता लेख्ने ? अन्यौल माथी अर्को अन्यौल थपियो । लेखनाथ पौड्यालले झैं रमणिय वातावरणको बयान गर्दै "हट्यो सारा हिलो मैलो हरायो पानीको वर्षा भवानीको भयो पूजा चल्यो....." जस्तै प्रकारको लेख्न सकिनं सायद त्यसरी कविता लेख्ने मेरो क्षमता नभएको पनि हुन सक्छ । मैले भने देशमा बिद्यमान अराजकता र अन्यौलको स्थितीलाई अनि हालसालै घटित कपिलवस्तु काण्डको सेरोफेरोलाई समेट्दै र जनतालाई संविधान सभाको लुकाछिपी खेलाउने धुन्धुकारी नेताहरु प्रति असंतुष्टीमा दशैं कविता लेखें । खै , विक्रम दाईले मेरो यो कवितालाई नेपाली कवितामा स्थान दिनुहुन्छ कि दिनुहुन्न त्यसैले तपाईंको लागी आफ्नै ब्लगमा पस्कंदैछु साथै यहिंनेर मेरा सम्पुर्ण बन्धुबान्धवहरुमा बडा दशैंको शुभकामना पनि ब्यक्त गर्दछु ।

Monday, August 27, 2007

गीत : आफ्नो आफ्नो बुझाई

आफ्नो आफ्नो बुझाई हो आफ्नो आफ्नो हेराई
मान्छे किन आफैंलाई दुखी ठान्छन धेरै ।

कुमालेको चक्र जस्तै जीन्दगानी हाम्रो
पालै संग भोग्नु पर्छ राम्रो र नराम्रो
कोमल त्यो फूल संगै काँढा पनि हुन सक्छ
नजिकैको मान्छे कैले टाढा पनि हुन सक्छ ।

आफ्नै खुशी हाँस्छ मान्छे आफ्नै दु:ख रुन्छ
अरु हाँस्दा ईर्श्या गर्छ रुँदा कान थुन्छ
आज झरी परेको छ भोली घाम लाग्न सक्छ
आज वैलिएको माया पनि भोली जाग्न सक्छ ।

Tuesday, August 07, 2007

गीत : मिठो बोली

मिठो बोली बोलेर मायाले फँसायो
आउंछु चाँडै भनेर पर्खाई बसायो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

आँखाबाट आँशु झार्दै धुरुधुरु रुन्थ्यो
मरिजाने कसम खाँदै आगो पानी छुन्थ्यो
धेरै माया गर्छु भन्थ्यो
तिम्रै लागी मर्छु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

यो आँखामा आँशु आए पुछिदिन्छु भन्थ्यो
दुनियांमा भएजति खुशी दिन्छु भन्थ्यो
पर्खि बस्नु आउंछु भन्थ्यो
सिंदुर पोते ल्याउंछु भन्थ्यो
त्यै मायाले रुवायो त्यै मायाले हँसायो
उचालेर माथी माथी भुईंमा खसायो ।

धन्यवाद ! ....... ,
मैले देख्दै नदेखेकि भेट्दै नभेटेकि ई-साथी , जस्ले मेरो ब्लग हेरेर म संग मित्रता गरि आफ्नो पिंडा सेयर गर्दै त्यसमाथी यौटा गीत लेखिदिन अनुरोध गरिन र मैले उनको लागी यो गीत लेखेको हुँ ।

Thursday, August 02, 2007

गीत : एक्लै म भिजीरहें

रिमझिम झरी परिनै रहयो एक्लै म भिजीरहें
आफैं काँढा भै आफ्नै जीवनमा संधै म बिझीरहें ।

अधरमा रहर रोपेर पनि ओठमा हाँसो फूल्न सकिंन
सयौं खुशीलाई ओझेल पार्ने यौटै पिंडा भुल्न सकिंन
रिमझिम झरी........।

पैंचो लिएर केहि आशाहरु जिउने बहाना खोजीरहें
निमोठेर आफ्नै विश्वास संधै आँशु मात्रै रोजिरहें
रिमझिम झरी.........।

Monday, July 23, 2007

गीत : म के हुँ ?

म के हुँ , को हुँ , कहाँ छु ?
भनिदेउ मलाई ए मान्छेहरु हो
म मान्छे नै हुँ कि के हुँ ?

किन भुल्छ मलाई संधै दुनियाँले
हाँगैमा सुकेको पात जस्तै
अँध्यारो फैलेर बाटै नपाउंदा
ह्रदयमै दुखेको रात जस्तै ।

घाउ मात्रै दिएर छाड्यो समयले
बिर्षिएको पुरानो याद जस्तै
जति फैलाए नि केहि नपाउने
बेसाहाराको रित्तो हात जस्तै ।

Wednesday, July 11, 2007

लास भेगास : मृगतृष्णा र वास्तविकता ।

त अप्रिल ५ तिर डुराङ्गो छोड्दा मैले एक महिना जति घुमेर फेरी डुराङ्गोमै फर्कने योजना बनाएको थिएं तर समयले के गराउन चाहेको छ मलाई कहाँ थाहा थियो र ? त्यसबेला भेटघाटको क्रममा म म डेन्भर गएको थिएं । डुराङ्गो जानुभन्दा पहिले म झण्डै ३ बर्ष जति डेन्भरमै बसेको हुनाले मलाई अन्यत्रै घुम्न जाने रहर थियो त्यसैले डेन्भरबाट फर्किएर म घुम्नकै लागी म नेभाडा राज्यको लास भेगास गएं । त्यहाँ रहनुहुने केहि साथीहरु संग बस्ने प्रबन्ध भएकोले पनि म लास भेगास गएको थिएं । लास भेगासमा जाने र फर्किने क्रम लगातार ३ पटक भयो यो पाली । यो भन्दा पहिले म २००५ तिर एक पटक गएको थिएं । त्यसबेला लास भेगासमा त्यहाँको प्रसिद्द पाँचतारे होटल भिनिसियनमा बसेर लास भेगास घुम्दा देवताका राजा ईन्द्र बस्ने सहर अमरावतीनै पुगेको भान भएको थियो । बत्ति नै बत्तिको सहर भनेर संसारमा प्रसिद्द सहर लास भेगास लाई चन्द्रमाबाट पनि देखिन्छ भनिन्छ तर यो कुरामा कति सत्यता छ भन्न सकिन्न । मैले कुनै प्रकारको प्रमाणिक आधार भेटेको पनि छैन ।

साँझदेखि रात अबेर सम्म देवताका राजा ईन्द्रकै अफ्सरा उर्वशी , रम्भा , तिलोत्तमाहरु झैं अनेक हाव भाव र कटाक्षले युक्त सुन्दरीहरु हातमा मदिरा लिएर अर्धनग्न बस्त्र पहिरिएर चहलपहल गरिरहेको देख्दा भानुभक्तले कान्तिपुर नगरलाई अमरावतीको संज्ञा दिंदै

चपला अवलाहरु एक सुरमा
गुनकेशरीको फूल ली शिरमा
हिंड्न्या सखीलिकन वरिपरी
अमरावती कान्तिपुरी नगरी ।
भनेर श्लोक रचना गरे समान भावमा द्रबिभुत भएको थिएं म तर तत्काल मैले कुनै कविता रचना भने गरिंन । भानुभक्त यदि मेरो ठाउँमा हुन्थे भने यसरी अर्को श्लोक रचना गर्थे होलान र गुनकेशरीको ठाउँमा मदिराको बयान हुन्थ्यो होला ।

झिकेछन शिरबाट कठै ! गुनकेशरी
लिई हातमा मदिरा अहो ! सुनकेशरी
हिंडन्याछन जोडीलीकन उचालेर उर
भेगास हो धर्तीकै अमरावती पुर ।


लास भेगास बस्ने क्रममा म क्यालिफोर्निया राज्यको लस एञ्जलस पनि पुगें । ए एन ए अर्थात एसोसिएशन अफ नेपलीज इन अमेरिकाको २५ औं बार्षिक भेलाको अवशर पारेर त्यहाँ गएको बेला नेपालबाट आउनुहुने कलाकारहरु न्यु बज्राचार्य , दीपक बज्राचार्य , सञ्जय श्रेष्ठ लगाएत चर्चित गीतकार तथा कवि नवराज लम्साल समेतलाई भेट्ने अवसर मिल्यो । लास भेगास रहंदाका रमाईला पक्षहरु निक्कै भएपनि त्यहाँ बस्न खोज्ने मेरो ईच्छा अन्तत मृग मारिचिका साबित भयो । बत्तिको रमझम जतिनै भएपनि एक सय सत्र डिग्री फरेनहाईट सम्म तापक्रम पुग्ने यो सहरमा म जति बस्दै गएं यो सहर प्रतिको मेरो मोह उति नै भंग हुँदै गयो । बिहान आठबजेको तापक्रम मैले झापामा अनुभव गरेको प्रचण्ड गर्मी बराबर हुन्छ भने रात २ बजे सम्म वातावरण सेलाईसकेको हुंदैन । यति बिघ्न गर्मी हुँदा पनि यो सहरमा मान्छे थपिने क्रम बढ्दो छ । पर्यटकिय उध्येश्यले मात्र नभएर यहाँ बस्नको लागी पनि बिगत केहि बर्षदेखि मान्छेहरु थपिने क्रम दोब्बर तेब्बर हुंदै गै रहेको छ । मेरो हकमा भने उपयुक्त काम नपाएकोले साथै अत्याधिक गर्मी भएकोले पनि यो सहर उपयुक्त भएन ।

आदीकाल देखि नै मानिसले बसोबास गर्दा कुनै नदी ताल आदीको किनारमा वा बातावरणिय हिसाबमा अनुकुल रहुञ्जेल सम्मको स्थानमा गएर मात्र बसोबास गर्ने तथ्यलाई चुनौती दिंदै सम्पन्नताकै धाकमा अमेरिकाले विकराल मरुभुमीमा जबर्जस्ती बसाएको सहर हो लास भेगास । यहाँ मानिसहरुको अथक मेहनतले नपाले / नहुर्काए सम्म मानिसहरु बाहेक अन्य कुनै बनस्पती या जीव जन्तु बस्न हुर्कन सक्दैन त्यसो त मानिसहरुको आडमा केहि पंक्षीहरु र जीब जनावारहरु नभएको त हैन । आधुनिक सुबिधा युक्त मोटरमा बसेर एयर कन्डिसन खोलेर यो सहर घुम्दा पट्टकै लाग्दैन कि यो कुनै मरुभुमी हो तर यथार्थ के हो भने पुर्वकालमा पुर्वीसमुन्द्र किनारा नजिक बस्ने मानिसहरुको लागी यो सहर भएकै स्थानमा फैलिएको अत्यन्तै बिकराल मायबु मरुभुमी पार गर्न कल्पना बाहिरको कुरा थियो । त्यो समय अमेरिकामा आजको जस्तो मोटरबाटो ईत्यादीको संजाल बिकशित भैसकेको थिएन त्यसैले भनिन्छ अमेरिकाको पश्चिमी समुन्द्र तटमा मानिसहरु निक्कै पछिमात्र पुगेका थिए र क्यालिफोर्निया राज्यमा निक्कै पछि मात्र बसोबास शुरु भएको थियो ।

हरेक क्षेत्रमा प्रक्रितीलाई मानिसले चुनौती दिईरहेको आजको परिप्रेक्ष्यमा लास भेगास सहर बसाउनु त्यसो त ठुलो कुरा पनि रहेन । यो सहरले प्रत्येक दिन लाखौं मानिसहरुलाई आफुतिर बत्तिले पुतलीलाई आकर्षित गरिरहे झैं तानिरहेको हुन्छ । जुवा , मदिरा र वेश्याको लागी यो सहर प्रसिद्द भए पनि वेश्याव्रित्ती यहाँ गैह्रकानुनी मानिन्छ । जुवाको हकमा पनि यो सहर मकाउ पछि विश्वकै ठुलो अखडा मानिन्छ र विश्वास गरिन्छ कि आउंदा केहि बर्षमै यो सहरले जुवामा मकाउलाई पनि उछिन्ने छ । बाहिरी मुलुकबाट घुम्न आउनेहरुको लागी साथै अमेरिकाकै अन्य भागहरुबाट घुम्न आउनेहरुको लागी पनि यो यौटा घुम्नै पर्ने हेर्नै पर्ने स्वप्नलोक हुन सक्छ । मैले चाहिँ यो सहरमा बस्ने संभावनाको खोजीक्रममा अनुभव गरेको मृगतृष्णा र वास्तविकतालाई मनन गरेर यो सानो अनुभव साट्ने प्रयास गरेको हुँ । अन्तत यो पंत्तीहरु लेखिरहंदा म बत्तीहरुको सहर लास भेगास छाडेर कोलोराडोको माईल हाई या नि की समुन्द्री सतह भन्दा एक माईल उचाईमा अवस्थित डेन्भर सहरमा आईपुगेको छु ।

नोट : यो ब्लग लेखिरहंदा मैले युनिकोडमा केहि शब्दहरु शुद्ध लेख्न कठिनाई महशुस गरेको छु । अनेक प्रयास गर्दा पनि मैले शुद्ध गरेर प्रक्रिती , क्रिपा , प्रिथ्वी , प्रक्रिया ईत्यादी शब्दहरु लेख्न सकिंन । तपाईँलाई यदि उपरोक्त शब्दहरु शुद्ध लेख्न आउंछ भने क्रिपा ( फेरी अशुद्ध ) गरेर मलाई सिकाईदिनु होला ।

Tuesday, July 10, 2007

कविता : खहरे बाँधे पनि ।

सागरमै मिल्न जान्छ पानी खहरे बाँधेपनि
आँखिर नासिजान्छ देह रिसईवि साँधेपनि ।
तिमी फूल भएर फूल्दा काँढा पनि मित्र हुन्छ
असल र खराब दुबैथरी नै तिमी भित्र हुन्छ ।
घाउ अरुलाई लगाए पनि मुटु त तिम्रो दुख्छ
अहँकारले उठेको शिर एकदिन अवश्य झुक्छ ।
लेखिदेउ दुइ अक्षर मुटुमा माया फैलन सक्छ
मेटाउंदा माया मनको मानवता वैलन सक्छ ।
हटाएर मनको कालो तिमी शुद्ध बन्न सक्छौ
माया रोप मनमुटुमा तिमी बुद्ध बन्न सक्छौ ।

Monday, July 09, 2007

नवराज लम्साल दाईलाई चिठ्ठी ।

चिनारी त पुरानै थ्यो मात्रै भेट नयाँ हाम्रो
छुटिजानु पर्यो तर नहुर्कंदै माया हाम्रो ।
बाँकी रहे धेरै कुरा सुनाउन अनि सुन्न
कस्ले सक्या छ र बग्दो समयको बेग थुन्न ।


माथीका यि नै चार हरफहरु सुनाउंदै नवराज दाईलाई प्रणाम ।

संसारकै सबैभन्दा ब्यस्त मुलुकको पनि सबै भन्दा ब्यस्त मानिने सहर अमेरिकाको लस एञ्जलसमा भएको हाम्रो आकस्मिक भेटले मलाई जीवनभरीको लागी पुग्ने मिठो सम्झना दिएको छ । झण्डै तिनदिन हामी एकै स्थलमा रहंदा पनि बिभिन्न कारणहरुले गर्दा रहुञ्जेलको समय त तपाईँसंग बिताउन नसकेकोमा न्यास्रो त लागेकै छ तर तपाईँसंग रहेजति समयको मिठासले त्यसलाई ढपक्कै ढाकिदिएको पनि छ । मैले तपाईंलाई दिनुपर्ने जति समय दिन सकिंन भनेर यहाँ याचनाका शब्दहरु लेख्न थालें भने त्यो बनावटी देखिएला त्यसैले सारा अफसोचहरु आफैंभित्र पचाएर म लेख्न चाहन्न । दु:ख भने अवस्य लागेको छ कि मैले तपाईंको लागी केहि गर्न सकिंन । तपाईंसंग छुटिएपछि म नेभाडा राज्यको लास भेगास सहर फर्कें । यो सहर मेरो लागी पनि नौलो भएको हुनाले यहाँ बस्ने सम्भवनाको खोजीमा थिएं तर समयले मलाई पुन हुत्याएर कोलोराडोकै डेन्भर पुर्याउने संकेत देखाईसकेको छ । केहि दिनमै म कोलोराडो जान्छु सायद । मलाई ईमेलको जवाफमा म संग छुटिएपछि अहिले सम्मको यात्रा विवरण ( संक्षिप्त नै सहि ) लेख्नुहोला ।

एक आधा घण्टा मात्रै भएपनि समय निकालेर मेरो अल्बम एक अञ्जुली माया मा केन्द्रित भई गफगर्ने योजना बनाएर पनि मौका हातबाट गुम्यो तर केहि छैन दाई लाख मानिसहरुले मलाई तेरो गीतमा शब्द राम्रो छ भनिदिए भन्दा धेरै हुने गरेर तपाईंले उ त ज्यानमारा गीतकार हो भनिदिनुहुंदा म् खुशीले गदगद छु । रह्यो कुरा मेरो गितीअल्बमको प्रचार प्रसार नभएको सम्बन्धमा - त्यसलाई त म यसैगरी पनि मन बुझाउन सक्छु ।

भै गो समयले नचिनोस मलाई
मैले त समयलाई चिनेको छु
निर्दयि दुनियाँमा स्वार्थीहरु माझ
म बिधवाको पोते भै छिनेको छु ।


त्यसो त एल ए मा केहि सि डी हरु बिक्री गर्नसक्ने सम्भावना देखेर पहिले देखि नै स्टल रिजर्भ गरेर केहि सि डी हरु लिएर गएको पनि थिएँ तर जसै त्यहाँको माहौल देखें मेरो मनबाट सि डी फिँजाएर ब्यापारी बन्ने लालसा त्यसै हराएर गयो । पहिलो कुरा त मलाई आफ्नो दुख पैसा लिएर अरुसंग ब्याक्तीगत अनुरोध गर्दै बाँड्नु नै उचित लागेन , दोश्रोकुरा नेपालबाट आउनु हुने गायक कलाकारहरुको सि डी बिक्री गर्ने भाग ओगटनेछु जस्तो पनि लाग्यो । जे होस , म ब्यापारी बन्न सक्दिनथें र सकिंन पनि । गिती अल्बमले मलाई लगाएको आर्थिक घाटा त मेरो पोहोर सालकै घाटा हो । जो पुरा हुन सक्दैन । यहाँनेर मलाई पहिले आफैंले कतै लेखेको गजल सम्झना भै रहेछ -

घाउ सुक्यो , अझै तर खाटा सहेको छु ।
हार भयो पिरतीमा घाटा सहेको छु । १

आफ्नो कुरा राख्ने मौका नै कहाँ पाएं र ?
बोल्नै नदिई बनायौ लाटा , सहेको छु । २

कति सहें मैले हिसाब कहाँ राखें र ?
धेरै चोटी वचनकै भाटा सहेको छु । ३

झिलीमिली,कोलाहल सबै तिम्रै भयो ,
अँध्यारो माथी मैले सन्नाटा सहेको छु । ४

सुख,खुशी,हाँसो सबै लग्यौ तिमिलेनै ,
दुखी जीवनको सबै पाटा सहेको छु । ५

मलजल,गोड्मेल तिम्ले राम्रै पाएछौ ,
मैले सबै आँतरमा राँटा सहेको छु । ६
( सन्दर्भ मिल्ला नमिल्ला तै पनि राखिदिएँ है दाई )

मैले तपाईंलाई झिंझो त लगाईंन ? लगाएछु भने क्षमाप्राथी छु । अब म तपाईंको धेरै समय लिन चाहन्न । म बेलाबेलामा ईमेल मार्फत तपाईंलाई सम्पर्क गरिरहनेछु र आवश्यक सल्लाह मागिरहनेछु । समय मिलेको बेला मेरो ब्लगमा पसेर मेरा रचना सामाग्रीहरु प्रति प्रतिक्रिया गरिदिनुहोला । अहिलेलाई बिदा चाहन्छु ।

तपाईंको भाई
दीपक जडित

Saturday, July 07, 2007

गीत : बुझ्नेले बुझिहाल्छन

बुझ्नेले बुझिहाल्छन प्रेमको भाषा नबुझ्नेलाई बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।


धेरै छाल छन एकै प्रेमका छाल संगै म बगेर गएं कि
कतै छालैले हुत्याईदिंदा फेरी प्यासी म बगरै भएं कि
अझै जलेर प्रेम अग्निमा प्यासी मन कुनै बुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।


भूल जीवनमा गरिनै रहें त्यही भूलले संधै रुवाईरहयो
आफ्नै आँशुले भिजीरहे पनि छाती मेरो अझै धुँवाईरहयो
आफैं अल्झेर प्रेम पासोमा फुत्कने उपाय सुझाउन सकिन्न
जति झारे नि आँशुको बर्षामा बैगुनीलाई रुझाउन सकिन्न ।

Tuesday, July 03, 2007

ब्लगिङ्गको एकबर्ष ।

'ब्लगर बन्ने रहर कसरी पलायो मनमा ?'

'खै थाहा छैन मैले पहिले नै कतै भने जस्तो लाग्छ आफ्ना रचनाहरुलाई एकत्र गर्ने उध्येश्यले ब्लगर बनें सायद ।'

हैन यो समय किन यस्तरी छिट्टो बित्छ ? अस्तिकोदिन देखि ब्लग शुरुगरे जस्तो लाग्छ आज एक बर्ष भै सकेछ । मैले एकबर्षको ब्लगिङ्गको अनुभव उत्पातै लेख्ने गरी केहि बटुलेको छैन । मेरो ब्लगमा पाठकको कमि भएर पनि त्यसो भयो होला सायद । यो कुरा पनि मैले पहिले नै कतै ब्लगमै स्विकारेको छु कि म आफ्नै सन्तुष्टीको लागी बनेको ब्लगर हुं र धेरै पाठकको अपेक्षा पनि गरेको थिईनं त्यसो त म मा धेरै पाठकलाई लोभ्याउने क्षमता नै पनि के छ र ?
ब्लगर बनेर बनाएका दुई चारसाथीहरु भने यति प्रगाढ भएका छन कि मानौं हामीले साथी बन्ने आजिवनको सक्रिय सदस्यता लिएका छौं त्यसपछि आफ्नो सन्तुष्टी त छंदैछ समग्रमा ब्लगले मलाई केहि क्षति पुर्याएको छैन बल्कि थोरै नै भएपनि फाईदा दिएको छ ।

रहर जहाँबाट पलाएको होस - मैले ब्लगर भएर ब्लगरको धर्म पुरा गरेको छु त ? आफैंले आफैलाई सोध्दा म संग यो प्रश्नको जवाफ छैन । समय पाउञ्जेल सम्म मैले केहि न केहि लेख्ने कोसिस गरेको छु । हुन सक्छ कतिपय अवस्थाहरुमा म असफल ब्लगर भएंहोला तर म आफुलाई त्यसो भन्दिनं । ब्लगलाई ब्यावशाय नै बनाउने मेरो पाईंन छैन । केवल मन बिसाउने देउराली भएको छ मेरो ब्लग मेरो लागी । म थाकेको बेला सुस्केरा फेर्छु , खुसी भएको बेला गीत गाउंछु ईत्यादी ईत्यादी जे होस समयलाई सदुपयोग गरेको बहानामा म आयु घटाएको लेखो राख्छु ।

हिजोआज म संग समयको अवाभ छ । लेख्न मनलागेका कुराहरु पनि लेख्न सकिरहेको छैन । बसाईं सराईको कारणले गर्दा समय निकाल्न सकिरहेको छैन । नयाँ ठाउंमा स्थान जमाउने र जीवन यापनको नियमित क्रम शुरु गर्ने अल्झोमा फंसेर त्यसै अल्मलिईरहेको छु । आशा छ अब एकाध साता भित्र नयाँ क्रमले जीवन चल्नेछ र आफ्नो ब्यक्तिगत कुराहरुको लागी थप समय निकाल्न सक्ने छु ।

बर्षदिन पार गर्दा अहिले यो समेत गरेर मैले १८४ वटा पोष्टहरु राखेको रहेछु । म आफैंलाई यो क्रमलाई निरन्तरता दिईनै रहने बचन दिन चाहन्छु ।

Wednesday, June 13, 2007

गीत : तिमी बिना...

तिमी बिना तिमी बिना ...
तिमी बिना यो जीवन अधुरो
दिनको उज्यालो भयो मधुरो
तिमी बिना तिमी बिना ...

जुनेली रातमा चन्द्र मुहार तिम्रो कल्पिन्छु
एक्लै तिमी बिना
तारा माझमा हराउंदा तिमीलाई झस्किन्छु
एक्लै तिमी बिना ...

चिसो बतासले मेरो मुटु छुँदा तर्सिन्छु
एक्लै तिमी बिना
मिलनको आशमा मेरो मन रुँदा तड्पिन्छु
एक्लै तिमी बिना...

Tuesday, June 12, 2007

कविता : फरक

समय एउटै थियो
तिमीलाई पनि मलाई पनि
फरक थियो केवल हाम्रो गति
एकै काण्डबाट छुटेका
हामी दुई शाखा
संगै हुर्किरहंदा
तिमी अगाडी भयौ
द्रुत तिम्रो गतिले
मेरो गतिसंग
बिस्तारै यौटा अन्तराल बनायो
समानान्तर अगाडी बढिरहंदा
हामी दुईको बैचारिक उचाईमा
गतिलै खाडल देखापर्यो
खाडलको गहिराई मेरो विचार
सतह तिम्रो विचार
द्रुत समयमा
द्रुत तिम्रो गतिको तारिफ
मन्द मेरो गतिको आलोचना
आँखिर द्रुत समय संगै सबै सबै
तिम्रै गति समाउन चाहन्थे
मलाई दुनियांको पर्वाह थिएन
तिनको गतिसंग झण्झट थिएन
फगत म चाहन्थें
तिमी आफ्नो गतिसंगै
साँसारिक बुझाईमा
कुनै तुष नछाडी अघि बढ
संधै मैले तिमीलाई
आफुसंगै दुनियाँदारी बुझ भन्ने चाहें
मेरो कामना
दुनियाँले बुझ्ने आशै थिएन
जब तिमीले नै बुझेनौ
म अझै गहिराईमा खसिरहें
तिमी सतहबाट पनि
माथी उठिरह्यौ
निरन्तर
यो निरन्तरता
यौटा क्रममा चलिरहयो
हामीविचको खाडलमा
मलाई अझै गहिराईमा डुबाउन
तिमीलाई झनै सतहमाथी उठाउन
यहि क्रमले निशुल्क मदत गरिरहयो
द्रुत समय संगै
द्रुत गतिमा
तिमी मलाई गहिराईमै छाडेर
सतह भन्दा माथी
धेरै माथी उडिरहयौ
तिम्रो उडानको बेग
भनेकै थिएं मैले
एकदिन समाप्त हुनेछ
खस्नेछ उहि खाडलभित्र
जहाँ समानान्तर हामीबिच
खनेको थियो विचारले खाडल
आँखिर सकेन थाम्न समयले
तिम्रो बेगलाई र झर्दैछौ तिमी
जब आईपुग्नेछौ म सगै
झरेर तल तल
र थाहा पाउनेछौ
अन्तरालले समयको
तिमी र म बिच दुरी हाल्दा
के के भाँजो हाल्यो विचारमा
र छुट्यो बुझाईहरु जीवनको
आज जीवन बुझ्दा
थाहा पायौ तिमीले
हामीबिचको खाडलमा
गहिराई र सतहको अन्तर के थियो ?
को माथी र को तल थियो ?
र यहि नै हामीबिचको फरक थियो ।
नेपालीपोष्ट डट कममा प्रकाशित ।

Saturday, June 09, 2007

क्रमभंगताको क्रम ।

मे ७ तारिख मैले मेरो ब्लगमा पछिल्लो पटक यौटा गजल राखेको थिएं । आज जुन ९ तारिख भै सकेछ । यो एक महिनाको अवधीभर मैले के के गरें ? अब त म आफैंलाई याद रहेन । म कहाँ हराएं ? किन हराएं ? मैले अप्रिल टुर भनेर अप्रिल महिना तिर घुम्न गएको ठाउंहरुको बारेमा ब्लग राख्दैथिएं त्यो क्रम पनि त्यसै भंग भयो । यौटा क्रममा चलिरहेको मेरो जीवनमा क्रमभंगताको क्रम शुरु भयो । गरिरहेको काम बन्द भयो । काम खोज्ने क्रम शुरु भयो । बसिरहेको ठाउं छोडें , नयाँ ठाउं पुगिरहने क्रम शुरु भयो । लेखिरहने क्रम भंग भएर २ महिना बित्यो नयाँ लेख्ने वातावरण बनाउने क्रम शुरु भयो । ऐजन ऐजन प्रकारले के के भयो भयो । यो अवधीमा केहि नयाँ सोचहरु मानसमा टुसाईसकेका छन जस्लाई लेख्ने क्रम शुरु गर्नुपर्ने भएको छ । जीवनमा चलिरहेको क्रम अचानक भंग भएर क्रमभंगताको क्रम शुरु हुंदा मैले आफु संक्रमणकालिन स्थितीमा रहेको महसुस गरेको छु । बल्ल आजदेखि मैले नयाँ शुरु हुंदै गरेका क्रमहरुलाई ब्लगमा राख्ने क्रमको शुरु गरेको छु । तथापी यो क्रम लाई शुरुवात नभनेर निरन्तरता नै भन्नु मुनासिव होला ।

यो क्रमभंगताको क्रमले निरन्तरताको नयाँ क्रम शुरु गरेपनि या नयाँ क्रमको निरन्तरता कायम राखेपनि मेरो लागी त्यहि नै उपलब्धी हुनेछ ।

Monday, May 07, 2007

गजल : जिउन जिन्दगी

जिउन जिन्दगी जब गाह्रो हुन्छ ।
सानो सानो खुशी पनि साह्रो हुन्छ ।
नबिकेर बोली , साथी छुटेपछि ,
एकान्त र अँध्यारो नै प्यारो हुन्छ ।
आँशु पिउंदा पिउंदै मातेपछि ,
आफ्नै खुट्टा बाटोको तघारो हुन्छ ।
कुविचारको जालो फैलिएसम्म ,
सुविचार त तातो न छारो हुन्छ ।
बुज्रुगहरुको माझ आजभोली ,
आदर्श मनोरञ्जन् को चारो हुन्छ ।
नबिराउनु नडराउनु तर ,
साँचो बोल्ने नै आँखाको तारो हुन्छ ।

Sunday, May 06, 2007

कविता : लेखुंला भनेको कविता

लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको
फक्रने अभिलाषा बोकी
यौटा अंध्यारो रात कटाएर
बिहानीको किरणसंगै लुछिन्छ
बलात्कृत हुन्छ
यसैगरी
उज्यालोले लखेट्न थालेपछि
रातसंग आजभोली
फूलहरु डराउंदैनन
फूल यौटा कविमन
दिउंसै लुटीएपछि
यौटा कविमन
टुहुरो आँशुमाथी कविता लेख्छ
सम्झेर आफ्नै शिरमाथी आकाश छैन
यौटा कविमन
उजाड सिउंदोमाथी कविता लेख्छ
अनुभुत गरेर आफ्नै संसार उजाडीएको छ
यौटा कविमन
झरेको फूलमाथी कविता लेख्छ
मानेर आफु स्वयं बलात्कृत भएको छ
लुछिएर पत्रपत्र फूलको
भुइँभरी छरिएपछि
आहत छ कविमन आज
नचलेर कलम
लेखुंला भनेको कविता
झर्यो आँखिर मानसमा नखेल्दै
जस्तो कि बनफूल हाम्रै डाँडापाखाको ।

नेपालीपोष्ट डट कममा प्रकाशित ।

Wednesday, May 02, 2007

क्रान्ती गीत : देशको लागी ।

उकालो त अझै साथी चढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अझै शक्ती छ है साथी हाम्रो पाखुरीमा
पुग्न सक्छौ हामी सगरमाथा टाकुरीमा
पाईला त अघि साथी बढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

अरुमाथी भरोषामा बस्ने बेला गयो
उठौं जागौं साथी मुठ्ठी कस्ने बेला भयो
तानाशाही साङ्लो साथी चुंड्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

नभनेर हिमाल तराई सहर र गाउँ
करोढौं हात एकैचोटी उचालेर जाउँ
मंत्र एकताको साथी पढ्न बाँकी छ
अन्तिम युद्ध देशको लागी लड्न बाँकी छ ।

नेपालीकविता डट कममा प्रकाशित ।

Sunday, April 29, 2007

कविता : ठिक पार्दै गर ।

ए ! आमा ,
हिजो अस्ती भर्खरै
तिमीले डाडु पन्यु लिएर
भाँडोमा डढेको कालो खुर्केर फाल्दै
देशमा डढेर बसेकाहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
भाँडै बिगार्ने माम्रीहरु
देशैभरी कालै देख्छु म ?

ए ! दिदी ,
तिमीले हिजो मात्रै
हातमा खरेटो लिएर
चोक चोकमा थुप्रिएको फोहोर बढार्दै
देशका कसिंगरहरुको
विरोध गरेकि हैनौ ?
किन अझै पनि
सहर , बजार , गाउँ , गल्ली
देशैभरी कसिंगर देख्छु म ?

ए ! दाजु ,
हिजो अस्ती भर्खरै
तिमीले छाडा राँगोलाई दाम्लोले बाँधेर
सडक सडक घुमाउदै
देशका छाडा राँगोहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
बन्दीछाडा राँगोहरु
देशैभरी बड्किएको देख्छु म ?

ए ! भाई ,
तिमीले हिजो मात्रै
किताबभित्रका धमिराहरु
सडकमा लगेर टक्ट्क्याउंदै
देशका धमिराहरुको
विरोध गरेका हैनौ ?
किन अझै पनि
देश खोक्रो पार्ने
धमिराहरु
देशैभरी सल्बलाएको देख्छु म ?

ए , आमा
नयाँ डाडु पन्यु ठिक पार्दै गर
फेरी भाँडोमा बचेखुचेका
माम्रीहरु खुर्केर फाल्नुपर्छ ।
ए ! दिदी ,
नयाँ खरेटो बाँध्दै गर
फेरी चोकमा छरिएका
कसिंगर बढारेर फाल्नुपर्छ ।
ए ! दाजु ,
नयाँ दाम्लो बाट्दै गर
फेरी बन्दी छाडा राँगोलाई
बाँधेर गोठमा हाल्नुपर्छ ।
ए ! भाई ,
नयाँ झोला ठिक पार्दै गर
फेरी धमिरा नलाग्ने किताब
नयां झोलामा राख्नुपर्छ ।
यो कविता मैले गत बर्षको जुन ५ मा लेखेको रहेछु र जुन ७ मा नेपाली पोष्टमा प्रकाशित भएको रहेछ । यस्लाई मैले आफ्नो ब्लगमा भने राखेको रहेनछु त्यसैले आज थोरै थपघट गरेर यहाँ राख्दैछु । आज फेरी देश जुर्मुराएर उठ्नु पर्ने भएको छ र यो कविता समय सापेक्ष भएको छ ।

Wednesday, April 25, 2007

अप्रिल टुर : मेसा भर्दे नेशनल पार्क ।

खाली समय तह लगाउनको लागी हामी डेन्भरबाट फर्केको लगत्तै अप्रिल ७ तारिख दिउंसो मेसा भर्दे नेशनल पार्क घुम्न गयौं । यो पाली हामीसंग ओखलढुँगाको भिम मगर दाई पनि सामेल हुनुहुन्थ्यो ।

डुराङ्गोबाट 160 Highway लिएर पश्चिम लागेपछि झन्डै डेढ घण्टाको ड्राईभमा मेसा भर्दे नेशनल पार्क पुगिने रहेछ र नेशनल पार्कको हेर्नुपर्ने कुराहरु भएको ठाउंमा पुग्न भने अरु थप आधा घण्टाको ड्राईभ रहेछ । झण्डै डेढ बर्षको डुराङ्गो बसाईमा म यहाँ गएको थिईनं ।
सन १९०६ को जुन २९ मा यो नेशनल पार्क स्थापना भएको रहेछ । रेड ईण्डियन ( अमेरिकाका आदिबासी ) हरुको बारेमा रहेछ यो नेशनल पार्क । रेड ईण्डियनहरुले प्रयोग गर्ने सामानहरुको निक्कै ठुलो संग्राहलय पनि रहेछ तर यहाँको आकर्षण भनेको चाहिं रेड ईन्डियनहरुको बस्ने ठाउँ रहेछ । ठुलो पहराको तल ओढार जस्तो ठाउँमा उनिहरुको बस्ती रहेछ । हेर्दा ढुँगे युगको सहर जस्तो लाग्ने ।

सन ६०० देखि सन १३०० सम्म ७०० बर्ष सम्म रेड ईण्डियनहरु यो ठाउँमा बसेका रहेछन र त्यसपछि दक्षिण तर्फ पर्ने न्यु मेक्सिको र एरिजोना राज्य तर्फ सरेर गएका रहेछन । त्यसो त कोलोराडोको दक्षिणी भेगमा अझै पनि बस्छन यिनिहरु , हेर्दा हामी नेपाली , जनजाती नेपाली , जस्तै देखिन्छन ।

मेसा भर्देमा मैले खिचेको केहि फोटोहरु (ठुलो पारेर हेर्न फोटोमा क्लिक गर्नुहोला)
:-

जाँदाजाँदै बाटोमा खिचेको सुन्दर View .तस्विरमा निक्कै पर तल कर्टेज भन्ने सानो सहर पर्छ ।
यो ठुला ठुला चट्टानका पहाडहरु नभएर सानो यौटा चट्टानमा निस्किएका साना चुच्चाहरु हुन । यहाँ पाईला राख्दा फोटोमा देखिए जति भाग एकै पाईलाले ओगट्छ ।
यो कुनै पहाड या हिमाललाई उल्टो पारेर खिचेको फोटो हैन । ओढारको माथिपट्टी छेउको चट्टान हो ।
ओढार भित्रका घरहरु : हेर्दै ढुँगे युगको स्मरण दिलाउने , सानो सहर जस्तै पनि लाग्ने ।
ओढार भित्रका घरहरु ।

ओढार भित्रका घरहरु ।

तल पस्ने दुलोमा पस्दै : यो दुलोको पस्ने मुख यौटा मान्छे मुश्किलले छिर्ने बर्गाकार रहेछ र त्यहाँ भर्याङ्ग हालेको रहेछ ।

तल पस्ने दुलोमा पस्दै ।

तल पस्ने दुलोमा पस्दै ।

दुलो भित्र पसेर माथि पस्ने मुख तिर खिचेको ।

दुलो भित्र त ३० जना मान्छे अटाउने ठाउं रहेछ । सायद जाडोमा बस्ने ठाउं होला ।

फर्किंदा पारी पट्टीबाट खिचेको तस्विरमा रेड ईण्डियनहरुको बस्ती ।

मेसा भर्दे नेशनल पार्क को बारेमा साथै अमेरिका भित्रका सबै नेशनल पार्कहरुको बारेमा जानकारी लिनको लागी वेभ साईट www.nps.com हो । यहि साईट भित्र मेसा भर्दे नेशनल पार्कमा गएर कपि गरेका केहि तस्विरहरु :-

SPRUCE TREE :


CLIFF PALACE :






BALCONY HOUSE :




LONG HOUSE :






STEP HOUSE :



Tuesday, April 24, 2007

फुर्सद र म ।

फुर्सद छ आजभोली , अझै १५/२० दिनको लागी । फुर्सद पाए यो गर्छु र त्यो गर्छु भन्थें । लेख्दालेख्दै अधुरा रहेका केहि कुराहरु पुरा गर्ने दाउमा पनि थिएं फुर्सद पाउंदा तर फुर्सद पाएपछि म फुर्सद मै ब्यस्त भएं । यत्रो फुर्सदमा अलिकति फुर्सद निकालेर फेरी लेख्ने क्रम शुरुगर्न सकेको छैन । आफ्नै संतुष्टीको लागी MANJUSMRITI लेख्दैथिएं , खण्डकाब्यको रुपदिने सोचाई छ तर लेखेको छैन । अरु पनि केहि त्यस्तै कुराहरु छन जो पुन लेख्न थाल्नु पर्ने हो तर लेख्न थालेको छैन ।

केहि दिन अगाडी घुम्ने क्रममा कोलोराडोकै मेसा भर्दे नेशनल पार्क घुम्न गएको थिएं त्याँहा खिचेको फोटोहरु आज राख्न खोजेको फोटो नै अपलोड भएन । मेरो ईन्टरनेट पनि ढिलो हुंदै गैरहेछ । Verizon को Wireless Internet चलाउंछु म । त्यस्लाई प्रतिमहिना $ 59.99 तिर्छु । पहिले मसंग T Mobile को Cell Phone हुंदा Internet लाई प्रतिमहिना $ 79.99 तिर्ने गर्थें तर अहिले Cell Phone पनि Verizon कै लिएको छु त्यसैले Internet लाई कम परेको छ । कैलेकाहिं Internet ढिलो भैदिंदा दिक्क लाग्छ । मेरो कम्प्युटर पनि ईन्टरनेट ढिलो हुनुको कारण हुनसक्छ । कम्प्युटरमा पोख्त नहुदाँ अनेकौं स साना समस्याले पनि सताउने गर्छ । अहिले मैले चलाईरहेको कम्प्युटर Sony को Vaio (LapTop) हो । यो भन्दा अगाडी म hp को LapTop चलाउंथें । $1500 मा यो ल्यापटप किनेको १५ महिना पनि भएको छैन । फेर्ने बेला हुन लागे जस्तो छ । यसैलाई बनाउन सके त हुन्थ्यो तर आफुले नजाने पछि बनाउने खर्च र नयाँ किन्ने खर्च उस्तै उस्तै हुन आउने रहेछ तर यो ल्यापटपलाई मैले अत्याधिक प्रयोग गरेको छु । हेर्दै पुरानो देखिन लागेको छ अब फेर्नु पर्दा पनि गुनासो हुंदैन । पैसा परे अनुशारको उपभोग गरेको छु ।

अस्तीको दिनहोला http://bloggers.com.np/ मा मैले मेरो यो ब्लग पनि समावेश गरें र त्यसदिन देखि त्याँहा भएका अन्य ब्लगहरु हेर्दा हेर्दै पनि समय बित्ने गरेको छ । त्यहाँ जम्मा २४२ वटा , पछिल्लो पटक मेरो ब्लग समावेश भएपछि , नेपाली ब्लगहरु छन । धेरैजसो नेपाली ब्लगहरु राजनीतिक बिषयमा नै लेखिएका छन त्यसो त ब्लगरको खुशी हो ब्लगमा केलाई बिषय बनाउने भन्ने । कतिपय साहित्यप्रधान ब्लगहरु पनि छन त्यस्तै मध्येमा यौटा मेरो पनि हो तर मैले आफ्नै मात्र रचनाहरु राख्ने गर्छु । आफ्नो ठाउँको परिचय सहित मैले हाम्रो गौरादह ब्लग पनि शुरु गरेको छु तर विविध कारणहरुले गर्दा त्यसलाई अघि बढाउन सकेको छैन । धेरैपछि अनामिकाको ब्लग से ना समथिङ्ग पनि पढ्न पाईने भएको छ । मलाई नेपाली ब्लगहरु मध्येमा सबै भन्दा मन पर्ने ब्लग हो त्यो जुन कुरा मैले पहिले पनि उल्लेख गरिसकेको छु । पछिल्लो पटक अनामिकाको ब्लगमा भएको जिन्दावाद ! जिन्दावाद !! भन्ने पोष्टमा मैले कमेण्ट लेखें । नेपालमा लोकतन्त्र दिवस मनाईएको छ । पोष्ट त्यही बिषयमा नै थियो । राजा हुँदाहुँदै लोकतन्त्र दिवस कसरी मनाउने ? यदी राजा हुँदा हुँदै लोकतन्त्र दिवस मनाउने हो भने गणतन्त्र दिवस नै मनाए भै हाल्यो नि । पोहोरसाल यतिखेर म भित्र खुबै जोस थियो । नयाँ नेपालको सपना थियो । रगत उमालेर मैले निक्कै कथा , गीत , गजल र कविता लेखें । तर यो एकबर्ष भित्रका राजनीतिक घटनाक्रमले म भित्रका हौसलाहरु निक्कै सेलाईसकेको छ । देशले नयाँ दिशामा गति लेला भन्ने आश मरिसकेको छ । अर्को आन्दोलनको आवश्यकता दिनदिनै हुंदैछ । माई संसारमा भर्खरै हेरेर थाहा पाएको , नेताहरुलाई खबर्दारी गर्न उपस्थित भएको नागरिक भेलाले पनि यो कुरा पुष्टी गरेको छ ।

फुर्सदले गर्दा आजभोलीको मेरो दिनचर्या पनि बदलिएको छ । कुनै कुरा पनि नियमित हुन छाडेको छ आजभोली । खाने , सुत्ने , उठ्ने आदी कुराहरु टुंगोमा हुन छाडेको छ । निश्चित समयमा निश्चित काम गर्नु पर्ने नभए पछि यसो भएको हुन सक्छ । यौटा नयाँ क्रम पनि थपिएको छ आजभोली मेरो दिन चर्यामा । हरेक दिन दिउँसो अढाई तिन बजेतिर Guam बाट फोन आउंछ । फोन गर्ने मेरै काली हुन्छे । मैले दिएको नाम काली , त्यसबेला उसको बिहान हुन्छ र उसले ब्युँझने बित्तिकै बेडबाटै कल गरेकि हुन्छे । फोन उठाएर मैले हरेक पटक एकै तरिकाले ' हजुर काली ' भन्न नभ्याउंदै " देव मैले तपाईंलाई आज पनि सपनामा देखिंन , मलाई मिस गर्नु भएन ? " भन्छे । देव मलाई मेरो फुपुको छोरा जो दार्जीलिङमा हुनुहुन्छ ले दिनुभएको नाम हो । प्रेममा यस्तो हुन्छ भन्ने थाहा थियो तर हाम्रो ( काली र मेरो ) प्रेममै यस्तो होला जस्तो लाग्दैनथियो । म कालीसंग बिहे गर्ने कुरामा ढुक्क भएको छु त्यसैले पनि म धेरै कुरै सोच्दिंन अनि अर्को कुरा सुतेर देख्ने सपना र बिपना ( भोग्नुपर्ने जीवन ) को भेद मैले निक्कै बुझिसकेको छु जस्तो पनि लाग्छ । अझ उमेरले पनि मलाई अब अल्लारे हुन दिंदैन । जे होस कालीले मलाई त्यसो भन्दा उसले मलाई अनन्त प्रेम गर्छे भन्ने कुरामा पनि म निश्चिन्त हुन्छु ।

फुर्सद छ । त्यसैले म साँच्चिकै फुर्सदमै ब्यस्त छु । कोलोराडोको आकाशमा काला सेता बादलहरु पनि हेर्न भ्याउंछु म । बादलमा बिभिन्न बस्तुहरुको आकार खोज्दा मलाई सानोको याद आउंछ । सानोमा बर्षातकै बेलातिर कुनै कुनै दिन खुला चौरमा गुन्द्रीमाथी फिंजाईएको बिष्कुन रुङ्नु पर्थ्यो । त्यसरी बिष्कुन रुङ्दा म आफु पनि बिष्कुनझैं झारमाथी लमतन्न परेर आकाशमा कुदीरहेका बादलहरु हेरिरहन्थें । बादलमा बिभिन्न बस्तुहरुको आकार खोजिरहन्थें ।

यस्तै छ फुर्सद र मेरो सम्बन्ध । म संग फुर्सदै फुर्सद छ र म त्यही फुर्सदमा ब्यस्त छु ।

Monday, April 23, 2007

गीत : आजभोली तिम्रै चर्चा ।

आजभोली तिम्रै चर्चा सुन्छु हर ओठमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।


ढलिसकेछन मेरा दिनहरु उज्यालो म कहाँ खोजुँ
जलिसकेछन सम्बन्धका पाना तिमीलाई कसरी रोजुँ
मलाई एक्लै छाडी तिमी गयौ कुन दौडमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।


सुनेर तिम्रो सफलताको चर्चा खुशी म भएको छु
गर्दिन गुनासो तर अझै मैले तिरस्कार सहेको छु
जाउ तिमी सबैलाई जिती जीवनका सब होडमा
भन्छन सबै छौ रे तिमी एक करोढमा ।

Sunday, April 22, 2007

अप्रिल टुर : भगवानको दर्शन ।

गत अप्रिल ४ तारिख हामीले अप्रिल टुर जाने फैसला गर्यौं । हामीहरु संगै काम गर्ने ३ जना थियौं बिरगञ्जको भाई मनोज अधिकारी र ईटहरीको अर्को भाई हेमन्त दंगाल र म । । नेपालमा ३ थरीको ३ टाउके यात्रामा निस्कनु हुंदैन भन्ने मान्यता थियो त्यसैले हामीले अर्को एकजना दाईलाई पनि यात्रामा सामेल गराउने उध्येश्यले वहाँको घर गयौं तर वहाँको कामबाट छुट्टी नमिलेकोले हामी तिनजना मात्रै हिंड्यौ । डुराङ्गो ( कोलोराडोको दक्षिण पश्चिममा पर्ने सानो सहर ) बाट हामीले दिउंसो ११ बजे शुरु गरेको यात्रा त्यो दिन सांझ ७ बजे डेन्भर पुगेर रोकियो । अलि हतारिएर हिंड्दा झण्डै ६ घण्टामा तय गरिने दुरी हामीले बिस्तारै गरेर पुरा ८ घण्टा लगायौं । त्यसो त रमाईलो भिउ हेर्दै जाने बिचारले हामीले अलि लामो र हिमाली बाटो रोजेका थियौं ।

यात्रामा सहभागी हामी ३ जना : बाँयाबाट क्रमश म (दीपक जडित) , मनोज अधिकारी र हेमन्त दंगाल ।

भोलीपल्ट अप्रिल ५ का दिन फेरी ११ बजेतिर हामी डेन्भरबाट पश्चिममा पर्ने अर्को सानो पर्यटकिय सहर निदरल्याण्ड तर्फ लाग्यौं जहाँ मलाई गौरादहकै मेरो साथी लिला कार्की ( नातामा मेरो काका ) भेट्नु थियो । साँढेबाह्र तिर हामी निदरल्याण्ड पुग्यौं र लिलासंग भेटघाट गरेर त्याँहाबाट नजिक पर्ने मन्दिर गयौं पहिले पनि दुई तिन पटक म निदरल्याण्ड गएको थिएं तर मन्दिर भने गएको थिईंन ।

अमेरिका जस्तो बिकशित मुलुकमा पनि भगवानलाई दुर्गम ठाउंमै बस्नु पर्ने रहेछ ; मन्दिर जाने कच्चिबाटो झन्डै ५ माईल थियो । हामीले सानो गाडी लगेका थियौं मन्दिर सम्म पुर्याउन निक्कै मुश्किल भयो खाल्टाखुल्टीले गर्दा ।

मन्दिर परिसर छिर्ने बेलामा देखिएको यो बोर्ड : SHOSHONI भनेको के हो मलाई थाहा भएन ।

त्याँहा भित्र मन्दिर घुमाउने मान्छेको पनि ब्यवस्था रहेछ । मेक्सिको बाट अमेरिका आएर ६ बर्षदेखि यस्तै मन्दिरहरुमा सरसफाईको काम गर्ने र धार्मिक पर्यटकलाई मन्दिर घुमाउने हुवाङ्ग नामका ब्याक्ती जो हाम्रो लागी सरस्वतीको मन्दिरको ढोका खोल्दै थिए । मैले उनको तस्विर खिच्न बिर्सेछु । मन्दिर भित्रपनि तस्विर लिन मनाहि रहेछ । यो मन्दिरमा सरस्वतीको ठुलो ( निक्कै ठुलो / यत्रो भन्न चाहिं सकिनं )
मुर्ती र ध्यान गरेर बस्ने ठाउं रहेछ ।

चिनियाँ पाराको घर भएको यो मन्दिर भित्र ठुला ठुला गणेश , शिव , हनुमान , राम आदीका मुर्तीहरु थिए र यहाँ भित्र भजन किर्तन गर्ने हल पनि रहेछ ।
अनि प्रवचनको लागी पनि छुट्टै हल बनाईएको रहेछ ।

यहाँभित्र चाहिं ठुलो हवन कुण्ड रहेछ र शिवलिंग अनि शिवको मुर्ती आदी पनि थियो ।
यहाँ भित्र मलाई तस्विर लिन मन थियो तर हुवाङ्गले पट्टकै अनुमति दिएनन ।

र यो चाँही मन्दिर परिसरमै बनाईएको यौटा मुर्ती बिष्णुको जस्तो छ । भएका मुर्तीमध्ये यसैको मात्र तस्विर खिच्न पाईयो ।त्यसदिन मन्दिरबाट फर्केर आएपछि बोल्डर र डेन्भरमा साथीभाईसंग भेटघाटमा मस्त हुंदै बिहान ३ बजाईएछ । ६ तारिख फेरी बिहान ११.३० तिर हामी डुराङ्गो फर्कियौं ।

Sunday, April 15, 2007

नयाँ बर्षको शुभकामना ।


नयाँ बर्ष २०६४ सालको हार्दिक मंगलमय शुभकामना ।

Monday, April 09, 2007

गीत : मरेको म मान्छे ।

उड्दा उड्दै अकाशिएर धेरै उचाईमा पुगेको म मान्छे
जटायु झैं पँख जलेर फेरि भुँईमै झरेको म मान्छे
विश्वास तिमीलाई सायदै नहोला तर हुँ त साँच्चै मरेको म मान्छे ।

अञ्जुलीमा पानी उठाएर हेर्छु त्याँहा तिम्रै माया पोखिएर जान्छ
ओभानो यो नयन नियालेर हेर्छु तिम्रो यादमा फेरी रुन लाज मान्छ
धिक्कार्छु आफुलाई सरापेर हेर्छु मरेको मन जिउंदो हुन चाहन्छ ।

गोधुलीमा आँखा चिम्लिएर हेर्छु तिमी मलाई फेरी अंगालेर रुन्छ्यौ
म भेटेर तिमीलाई आँखा खोलीदिन्छु पलमै अदृश्य तिमी भईदिन्छ्यौ
रेटेर मलाई तिम्रो सम्झनाले धुकधुकी छाड्छ्यौ न त प्राण लिन्छ्यौ ।

Wednesday, April 04, 2007

कविता : जीवन र मन ।

जीवन सधैंभरी
यौटा परिक्षणको प्रकृया हो
र मन
जीवनको प्रयोगशाला
उठ अहिल्यै
र मनलाई
विचारको टेष्ट ट्युवमा हालीहेर
हिमशिला भै जमेको जीवन
पानी बनाएर पगालीहेर
बग्न सक्छ जीवन
सलल नदि भएर
आकार देउ यस्लाई
लाग्न सक्छ अर्थ
फेरी जीवन भएर
धुँवा गुम्सिएको छाती
विचारको तापमा गालीहेर
पग्लिन सक्छ जीवन
चुहिएला फेरी टालीहेर
खन्याउ फेरी जीवनलाई
विचारकै टेष्ट ट्युवमा
घोल ईच्छा शक्तीको मिश्रणसंग
मात्रा थपिन सक्छ
अग्लिन सक्छ जीवन
सगरमाथा भएर ।

Tuesday, April 03, 2007

कविता :: ईन्द्रेणी , आमा र म : प्रश्नोत्तर ।



'ईन्द्रेणी किन लाग्छ आमा ?'
-एकैछिन तिम्रो भोक तिर्खा मेटाउन
म सोध्छु
आमा जवाफ दिन्छिन

'ईन्द्रेणीमा कतिवटा रंग हुन्छ ?'
-जतिपनि हुन सक्छ
यसपाली आठवटा छ
म बुझ्दिंन
आमाले बुझेकि छिन सायद

'ईन्द्रेणी किन राम्रो हुन्छ ?'
-किनकी गरिबको सपना नराम्रो हुन्छ
ईन्द्रेणी , सपना
र गरिबको सपना
आमाले सबै बुझेकि छिनहोला

'ईन्द्रेणीमा हामी किन जान सक्दैनौ ?'
-किनकी हामी धर्तीमा बाँच्न आएका हौं
'ईन्द्रेणीमा को हुन्छन त आमा ?'
-मान्छेहरु नै
जो यहि धर्तीमा हामीलाई टेकेर बाँचेका छन
मलाई कसैले टेकेको थाहा छैन
आमालाई कसैले टेक्यो होला सायद

'ईन्द्रेणी कसरी लागेको आमा ?'
-गरिबको आँखाहरुमा सपना फुलाउन
जो ईन्द्रेणी संगै एकै छिनमा बिलाएर जान्छ
सधैं ब्युंझिएर बिलाउने मेरो सपना
र आमाले भनेको सपना भिन्दै होला सायद

'आमा ईन्द्रेणी किन आधामात्र लागेको ?'
-किनकि ईन्द्रेणी यौटा भ्रम हो
यहाँबाट हेर्दा छ जस्तो लाग्ने ईन्द्रेणी
त्यहाँ जाँदा हुंदैन
यहाँबाट हेर्दा भएको ईन्द्रेणी
त्याँहा पनि हुनु पर्ने हो
तर किन हुंदैन
आमालाई नै थाहा होला

'ईन्द्रेणी किन पर पर क्षितिजमा लाग्छ आमा ?'
-यहाँ पनि लागेको हुन्छ ईन्द्रेणी
तर हामी देख्न सक्दैनौ
पर पर देखिने ईन्द्रेणी
यहाँ पनि देखिनु पर्ने
आमाले बुझेकि होलिन किन देखिदैन

-आमा म ठुलो भएर ईन्द्रेणी छुन जान्छु
-हुंदैन बाबु
गरिबले ईन्द्रेणी छुन हुंदैन
ईन्द्रेणीको सपना पनि देख्न हुंदैन
गरिबले त यहि धर्ती छुनु पर्छ
यहि धर्ती कोतर्नु पर्छ
यहि धर्तीमा मर्नु पर्छ
बरु उ त्यो ऐंसेलु घारी छोउ बाबु
त्यो सिस्नुघारी छोउ
त्याँहा तिम्रो जीवन फुलेको हुन्छ
ईन्द्रेणीमा गरिबको केहि पनि हुंदैन ।
नेपाली कविता डटकममा प्रकाशित ।

Monday, April 02, 2007

फोटो कविता : तिमी जून आयौ ।



हटाई काला बादल सबै
मेरो जिन्दगीमा तिमी जुन आयौ ।
बनेर शुभ्र चन्द्रमा सरी
दिब्य ज्योतिले मलाई छुन आयौ ।। १

सुकेर नदी बगर हुँदा
रसाउंन घाँटी मरुद्यान आयौ ।
मेटेर श्राप शिरको सबै
मेरो जिन्दगीमा बरदान आयौ ।। २



बा बा फुटाई प्रथम बोली तोते
अलौकिक आनन्दले मन भरिदियौ ।
खित्खिताई मिठो त्यो अबोध हाँसो
कष्ट जीवनमा जति छन हरिदियौ ।। ३

फुलें खुशीमा फक्रिएर उमंग
अपूर्ब त्यो प्रेमले सिंचन गरिदियौ ।
टेकि हात पाउ चार बामे सर्दै
यो जीवनमा सुवास झन छरिदियौ ।। ४



उभिएर टेक्यौ पाईला पहिलो माग्दै मेरो सहारा ।
बर्षियो मानौं बसन्त जीवनमा भएं म हराभरा ।। ५

ताते भन्दै हिडाउंदा आँगनमा साना हात समाती ।
चिन्यौ पूतली र फूल बसेर डुलाउंदा काँधमाथी ।। ६



हिड्न थाल्यौ टुकुटुकु वरपर उज्यालो पार्दै घर ।
दगुर्दै नौ रंगी पूतलीको पछि नमानी केहि डर ।। ७

रोईदिंदा फुल्याउन तिमीलाई बनें म घोडा हाथी ।
दियौ खुशी अनन्त तोते बोलेर बनेर मेरो साथी ।। ८



सर्दैनन पाईला स्कूल जानलाई
त्यो झोला ठुलो बोकेर ।
सुंक्क सुंक्क गर्दै जानै पर्यो आँखाभरी
आँशुहरु रोकेर ।। ९

सुनाउन थाल्यौ मलाई कखहरा
सकेसम्मै लौ घोकेर ।
भन्थ्यौ भाँचियो ढाकिछोपी बदमाशी
पेन्सिल त्यो टोकेर ।। १०

साँवा अक्षर चिनाई तिमीलाई आफु
जिन्दगी म बुझ्दैछु ।
बटुलेर अकल्पनिय आनन्द म पितृ
स्नेहमा रुझ्दैछु ।। ११



फूलिरहोस मुस्कान तिम्रो अधरमा
यसैगरी हराएर जून तारालाई ।
लागीरहोस शुभाशिष तिम्रो शिरमा
हँसाउ तिमी आफु झैं जग सारालाई ।। १२

बाँचिरहनेछु म मेरो जीवन संधै
तिम्रो अधरको त्यही खुशीमा फूलेर ।
हाँसीरहनेछु म तिम्रै मुस्कान संधै
आफु भित्रको सबै छटपटी भुलेर ।। १३



शुक्लपक्षको चन्द्रमा उदाई
मेरो जिन्दगीमा तिमी जून आयौ ।
गाईरहनेछु म तिमीलाई
मेरो हृदयमा तिमी धून आयौ ।। १४

यो कविता ( फोटो कविता ) मैले मेरी प्यारी छोरीको निंती लेखेको हुं ।

Saturday, March 31, 2007

गीत : मुटु झिकी ।

मुटु झिकी देखाईदियौ घाउ कति गहिरो छ
तिम्रै जस्तो मेरो पनि छातिभित्र पहिरो छ
खसेको छु तल तल आफ्नै मनको भिरैभिर
सक्ने भए रोईदिन्थें तिम्रो पनि सबै पिर ।

कति मनका घाउहरु समयले छोपिदिन्छ
कति मनमा घाउ अझै समयले खोपिदिन्छ
जे गरे नि भोग्नै पर्छ निधारमा लेखेजति
कहाँ पाईन्छ र खुशी मात्रै मनले देखेजति ।

सयौं मुटु तिमी र म भन्दा धेरै दुखेका छन
हजार जीवन हामी भन्दा झनै धेरै झुकेका छन
तिमीले जित्ने भए मेरो जिन्दगी म हारिदिन्थें
मेरै मनमा तिम्रा सबै दुखाईहरु सारिदिन्थें ।

Friday, March 30, 2007

गीत : मनले सोध्यो मलाई ।

आँखाले खोज्यो तिमीलाई
मुटुले रोज्यो तिमीलाई
माया गाँसु कि नगाँसु
मनले सोध्यो मलाई ।


सपनीमा रातैभरी
अंगालोमा तिमी थियौ
बिहानीमा ब्युँझाएर
कहाँ कता बिलाई गयौ
एकै छिनको यो खुशीमा
म हाँसु कि नहाँसु
मनले सोध्यो मलाई ।


सम्झिएर तिमीलाई
मुटु साह्रै दुखेको छ
भनिदेउ त्यो मुटुमा
माया कति लुकेको छ
यति धेरै ब्याथा बोकि
म बाँचु कि नबाँचु
मनले सोध्यो मलाई ।

Wednesday, March 28, 2007

कविता : एक गह आँशु ।

पोखिएं धेरै पोखें आफुलाई घरीघरी
चुहिएर थोपा तप्तपी आफ्नै वरिपरी ।
डुबें आफैंभित्र कैले बनि दर्के झरी
कहिले बनें बाछिटा फाट्टफुट्ट गरी ।
बन्दै फुटें पानीफोका मनको छानोबाट झरी
बगीरहें मनको खोल्सै खोल्सा बलेंसीमा परी ।
टेकें पाईला त्यो मनमा यो मनको खोला तरी
नयाँ नौला खुशीहरु धेरै भेटने आशमा परी ।
चिरिए खुशीहरु परेर धाँजा चरचरी
चर्किएर खडेरीले सुकेको तलाउ सरी ।
झरे आँशु रित्तिउञ्जेल उहिबेला बरबरी
आजसम्म तर बाँचेको छु हजारौं मृत्यु मरी ।
अब मात्रै छ म संग एक गह आँशु प्यारी
पोखिदिउं कि सबै आजै राखौं मनैमा सारी ।

नेपाली पोष्ट डटकममा प्रकाशित ।

Tuesday, March 27, 2007

गीत : कहाँ गयौ मलाई छाडी ।

कहाँ गयौ मलाई छाडी यो गाँउको विरानीमा
कति निदाउं तिम्रो तस्विर राखेर सिरानीमा ।

मेलापात अर्मपर्म गोठालो या हाट बजार
जताततै छाड्यौ केवल सम्झनाका पल हजार
हेरौं कती तिम्रो बाटो थाकीसके यि नजर ।

सम्झनाका हरेक पलमा याद बनि तिमी आउंछौ
साँझबिहान यो मनको मझेरीमा तिमी छाउंछौ
रात जब हुन्छ तिमी जुन बनि उदाउंछौ ।

Tuesday, March 20, 2007

अल्छि लागेपछि..........

आजभोली जाँगर त्यसै मरेको छ । न नयाँ कुरा केहि लेख्न सकेको छु न त लेख्दै गरेका कुराहरुलाई निरन्तरता दिन सकेकै छु । ब्लगमा राख्नुपर्ने कुराहरु धेरै छन तर जाँगर नै नचलेपछि के लाग्छ र ? त्यसो त प्रत्येकदिन कम्तीमा छ घण्टा (धेरैजसो राती) कम्प्युटरमा बस्ने म आजभोली मुश्किलले २ घण्टा बस्छु होला । मैले आफुले लेखिरहेको दुईवटा ब्लगहरु , यौटा यहि र अर्को हाम्रो गौरादह र अर्को यौटा मैले ईडिट गर्ने गरेको गरेर जम्मा ३ वटा ब्लगहरु देख्दा माया लागेर आउंछ - भक्तराज आचार्यले गाए जस्तै - हजार सपनाहरुको माया लागेर आउंछ बाँच्ने रहर जस्तै मनमा भएर आउंछ ..................

म लेख्नलाई त्यती अल्छि गर्ने मान्छे त हैन तर खै किन हो आजभोली त्यस्तै भै रहेछ । त्यस्तै भन्नाले त्यस्तै क्या । खासकुरा कम्प्युटरले मलाई नियमित टाउको दुख्ने ब्याथा दिएको छ । आजभोली खल्तीमै Aspirin नबोकी धरै छैन त्यसैले पनि कम्प्युटरमा कम बस्न थालेको छु र कम लेख्ने गरेको पनि हुँ यो क्रमको अन्त्य सायद आँखामा चस्मा नचढाई नरोकिएला ।

जहाँ सम्म जाँगरको कुरा छ अब भने नभएको जाँगरको सिला खोजेर भएपनि लेख्ने क्रमलाई निरन्तरता दिने बिचार गरेको छु । हेरौं लेख्छु होला ।

Tuesday, March 13, 2007

Haikus of this week.

_______


A group of sad clouds
Are taking the agonies of hills
Far and far with them . ( 13th March 2007 )
__________


--------------
------------------
----------------- . ( 12th March 2007 )
__________


--------------
------------------
--------------- . ( 11th March 2007 )
_______


Some familiar faces
Smiling their grief
From both side of river . ( 10th March 2007 )
________


What you looking at horizon
Feel the warmth of cold water
Every time the tide comes to your feet . ( 9th March 2007 )
_______


No body care where the hell
The root coming from and it
Was an attraction of youth. ( 8th March 2007 )
______


Entertainment goes
A lifetime adventure
Someway some time . (7th March 2007 )
____

I tried to write Haiku everyday in poetry.com but I missed two this time .