tag:blogger.com,1999:blog-305600172024-03-05T21:24:19.198-07:00 गफ ! .....
.........ह्रदयको ह्रदयहरूसँग ।Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.comBlogger448125tag:blogger.com,1999:blog-30560017.post-60912469735783612182013-06-27T06:36:00.000-06:002013-06-27T06:36:07.664-06:00पुस्तक गफ : कतै चर्चा नभएको उपन्यास 'इन्साफ'

जस्तो कि मैले फेसबुकमा भर्खरै हल्ला गरेको छु - २०२७ सालमा पहिलो पल्ट साझा प्रकाशनबाट प्रकाशित भीमनिधि तिवारीको 'इन्साफ' उपन्यास पढें । यो हल्ला तर अहिले पुन: किताब पढेको भएर मात्र भने गरेको थिइनँ । यसअघि पनि केही नजिकका साथीहरूसँग यस उपन्यासबारे खोजिनिती गरेको थिएँ । त्यसबेला दु:ख लागेको थियो कि जतिजनासँग यस उपन्यासको कुरा गरें वहाँ/उनीहरू कसैलाई पनि यसको बारेमा थाहा थिएन । परन्तु त्यो दु:ख मात्र यसकारणले थियो कि मैले सानैमा पढेको, त्यती राम्रो उपन्यासको बारेमा कसैलाई थाहा रहेनछ । त्यसभन्दा बढ्ता, मेरा साथीहरू साहित्य पढ्दैन रहेछन् वा नेपाली साहित्यमा राम्रा किताबहरूको चर्चा हुँदैन रहेछ भन्ने त कुनै आश्चर्य नै होइन । किनभने हाम्रोमा बल्ल बल्लमात्र किताबहरूको आवश्यक चर्चा हुन थालेको अवस्था छ- एउटा कुरा । र अर्को कुरा - मैले संयोगवस पढेको किताब अरूले नपढेको हुन सकिहाल्छ । जस्तो कि कति कति अरूले पढेका असंख्य किताबहरू मैले नपढेको हुँला !

नेपाली साहित्य पनि अब कहाँ सानो तलैया मात्र रह्यो र? यो त फैलँदो छ- सागर र अझ महासागर बन्दै ।

फेसबुकमा उपन्यासहरूकै विषयमा मन्थन गर्ने/गरिने मन्च 'उपन्यास कुनो'मा चर्चा भैरहेका उपन्यासहरूको कुरा गर्दैगर्दा एकदिन इन्साफको कुरा उठ्यो । उठ्यो के भन्ने; मैले उठाएँ - सानैमा पढेको, अत्यन्तै राम्रो भनेर । कुरामा सहभागी साथी ऋचा हुनुहुन्थ्यो । नेपाली, हिन्दी र अँग्रेजीका साहित्य, साहित्यकार र कृतिहरूका बारे थोर बहुत(थोर बहुत यहाँ मैले भन्ने कुरा हो अन्तरबाट मेरो भन्दा बहुत भनेर स्विकार्ने कुरा छँदैछ ।) जानकारी राख्नुहुने वहाँलाई पनि भीमनिधि तिवारीको उपन्यास इन्साफ बारे थाहा रहेनछ । त्यसो त वहाँसँग इन्साफको कुरा गर्दा म आफैंलाई पनि उपन्यासको नाम इन्साफ नै हो र लेखक भीमनिधि तिवारी नै हुन् भन्ने कुरामा धरमर थियो । एउटा हुन्छ नि, कुनै कुरा यही हो भनेर आफूभित्र विश्वास हुँदा पनि त्यो विश्वासले भर नदिएको अवस्था- ठ्याक्क त्यस्तै । त्यसैबेला मैले यो कुरामा प्रष्ट हुनको लागि दाजुलाई समेत सोधेको थिएँ र दाजुबाट पक्का गरेको थिएँ - भीमनिधिकै हो र इन्साफ नै हो भनेर ।

त्यसदिन इन्साफको कुरा हुँदा ऋचाले म पत्ता लगाउँछु भन्नुभएको थियो । त्यती सुन्दै हर्ष लागेको थियो मलाई । बजारमा पाइन्छ भनेर पत्ता लाग्यो भने कुनै हालतमा मगाएर फेरि पढ्छु भन्ने थियो । त्यो हर्ष त्यसबेला दोब्बर भयो जब वहाँले बागबजारको हिमालय बुक सेन्टरमा पाइने कुरा बताउनु भयो अनि त्यसबेला चौबर भयो जब मेरो लागि पनि त्यहाँ इन्साफ खरिद भयो ।

यत्तिका यत्नले पत्ता लागेको इन्साफ जब मेरो हातमा आयो त्यसबखत मेरो हर्षको वृद्धी अरू कति गुणाले भयो त्यो नभने पनि पुष्टी होला । साथमा आएका अरू नयाँ/पुराना झण्डै तीन दर्जन किताबहरू छोडेर म इन्साफ नै पढिहाल्न चाहन्थें । तर त्यसबेला वीएस नयपालको हिन्दीमा भएको 'हाफ ए लाइफ' भन्ने किताब, उपन्यास नै हो सायद, पढिरहेको थिएँ । हाफ ए लाइफ, नयपालको आत्म-कथात्मक लाग्ने किताब पढिरहँदा म यो सोचिरहेथें कि नेपालीमा किन किताबहरू यसरी लेखिंदैनन्? अक्सर नेपाली किताबहरू पढ्दा मलाई लामो दुरीमा चल्ने सवारीमा यात्रा गरे झैं लाग्छ । चानचुने स्थानहरूमा नरोकिइ द्रुत गतिमा गन्तब्यतिर अर्थात् समाप्तितिर दगुरे जस्तो ।

नयपालको किताब मलाई हरेक घट्नाक्रमहरू र परिवेशहरूको सुक्ष्मातिसुक्ष्म वर्णन गर्दै, हरेक मोड र परिस्थितीहरूको सजीब चित्र आँखामा उमार्दै अघि बढाउँदो थियो त्यसैले म त्यसलाई नसकी इन्साफ पल्टाईहाल्न पनि चाहन्नथें । अर्कोतर्फ एउटा डर जस्तो पनि बनेको थियो मनमा कि सानोमा इन्साफ पढ्दा जुन रोचकताका साथ, जति तन्मयताले पढेको थिएँ; के त्यही रोचकता र तन्मयता अहिले फेरि पढदा कायम रहला? आँखीर पठनमा पनि उपयोगिताको ह्रास नियम त लागु हुन्छ नै । भएन उमेरले पनि जिन्दगीमा ग्रहण गरिने मजाहरूमा फरक पारेर ल्याउँछ ।

सानोमा इन्साफ पढेको बेला म निश्चय पनि अहिले जत्तिको साहित्यमा प्रयुक्त विम्बहरू, कलात्मकता, साहित्यिकता, भाषिक सौंदर्य आदिको रस लिँदै पढ्न सक्ने थिइनँ । तर त्यस बखत पढ्दाको चित्र मेरो मगजमा यस्तरी टाँसिएको थियो कि यस पटक पढ्दा पनि उपन्यासका पात्र, स्थान र घट्नाहरू त्यसैगरि उपस्थित भए जसरी मेरो सानो मगजमा गढिएका थिए । अझ यसो भनौं सानोमा भेटेका सबै पात्रहरूलाई दुरुस्तै अहिले फेरि भेटें ।

बाहिरी खोल फाटेको, मोटो न मोटो(त्यो बेला खुपै मोटो लागेको थियो ।) र अलि अलि धमिराले खान पनि भ्याएको इन्साफ पढ्दा म छ/सात कक्षातिर पढ्थें र उमेरमा तेह्र चौधको थिएँ । यो समय अनुमान गर्नलाई पनि मसँग सानो कथा छ मस्तिष्कको कुनै तन्तुमा गाढिएर रहेको ।

कक्षा सातमा, नेपाली विषयको परिक्षामा महाकवि देवकोटाको कविता-

'नटिप्नु हेर कोपिला
नचुँड्नु पाप लाग्दछ
नच्यात्नु फूल नानी हो
दया र धर्म भाग्दछ ।' भन्ने पाठबाट प्रश्न आएको थियो र मैले कत्ति न धेरै कुरा बुझेको छु भने झैं पारेर इन्साफ उपन्यासमै पढेको 'दैवी प्रवृति' र 'आसुरी प्रवृति' भन्ने दुईवटै शब्दहरू राखेर उत्तर लेखेको थिएँ । छ कक्षामा हुँदै पढेको थिएँ होला भन्ने चैं यसकारण लाग्छ कि कक्षा पाँचसम्म पढाईमा धेरै तगडा भनेर चिनिएको म कक्षा छमा भुसुक्कै भएर भुर्लुक्कै गुल्टेको थिएँ । गुल्टिनुका अरू पनि अनेक कारणहरू छँदैथिए यद्यपि स्कुलका किताब नपढी नपढी भेटेजति उपन्यासहरू पढ्नु पनि एक थियो । हुन पनि त्यैबेला अनेकओली उपन्यासहरू फेला पर्थे र फेला परेसम्म पढेरै छोड्थें म । हिन्दीका व्यावसायिक भुक्के उपन्याससम्म पढ्ने लत बसेको थियो । वसन्त, युधिर थापा, प्रकाश कोविदहरूको उपन्यासहरू पनि खुब रसले पढिन्थे त्यो बेला । अहिले रंग खुट्याइ खुट्याइकन नाम किन लेख्नु पर्यो र!, कोविदका हीट उपन्यास कस्लाई थाहा छैन र?

जे होस्, स्कुलका किताबहरू छोडि छोडि उपन्यास पढ्दा पनि कस्ता खाले उपन्यास पढे जीवनमा काम लाग्छ भनेर मलाई सिकाउने मध्येको एउटा उपन्यास हो इन्साफ ।

यसपटक पढ्दा इन्साफमा सायद मैले आफूलाई लेखकको भूमिकामा खोजेँ, लेखक सुत्रधारका रुपमा प्रष्ट भेटिन्छन् उपन्यासमा । तर सानोमा पढ्दा भने मैले आफूलाई उपन्यास भित्रकै एउटा पात्र 'आइते'को भूमिकामा उभ्याएको थिएँ । इन्साफ पढ्दा त्यसबेला म तेह्र,चौध वर्ष उमेरको हुनु र उपन्यासको आइते पात्र पनि त्यस्तै उमेरको हुनु प्रमुख कारण हुनुपर्छ त्यसबेला मैले आफूलाई आइते पात्रमा खोज्नुका पछाडी । त्यस बाहेक उपन्यासमा आइते भैंसी चराउँछ, खोलामा भैंसी आहाल बसाएर लुँडोले मिचि मिचि भैंसीलाई नुहाइदिन्छ, साँझ साँझ भैसीको दुध बेच्न लैजान्छ, बाग्मतीमा माछा मार्दै हिंड्छ र बगरमा माछा पोलेर खान्छ, बाग्मतीमा पौडी खेल्दै हिँड्छ । आइतेले गर्ने यस्तै यस्तै यावत कृयाकलापलाई सायद म आफूसँग दाँज्थें त्यो बेला र पढ्नुको आनन्द उठाउँथें । आइते बाहेक अर्को एकजना प्रमुख पात्र छन् इन्साफमा - शैलराज । उपन्यासमा जुवाडे भनेर कुख्यात पात्र शैलराजलाई दाँज्न पनि मसँग एक जिवित पात्र थिए सानोमा । अझै पनि छन् त्यसो त, त्यसैले उनको नाम उल्लेख गर्न आवश्यक ठानिनँ तर दुरुस्त शैलराज झैं अग्ला अग्ला, दुब्ला दुब्ला र श्रीसम्पती सकेर हरितन्नम् हुँदै गएका थिए ती पात्र । फरक कति थियो भने इन्साफका पात्र शैलराजको एउटै कमजोरी बाह्रमासे(जुवा) थियो भने शैलराजसँग मैले दाँजेका पात्र भने बाह्र मात्र होइन सत्रमासे नै थिए अर्थात् सत्रै अवगुणका थिए उनी । इन्साफका पात्रहरूमा आइते र शैलराज बाहेक मैले सानैमा पढेदेखि कहिल्यै नविर्षिएका अरू पात्रहरू बिरे खत्री, सेती, महन्तकाजी, नर्मदा, मैयाँनानी, हाकिम सानुमान, हाफिज अली र बुधे थिए । यी बाहेकका बाँकी पात्रहरू चैं मेरो विस्मृतिको गर्भमा छिपेर बसेका रहेछन् । यसपाली पढ्दा फुत्त फुत्त त्यसैगरी उफ्रिएर मेरो स्मृतिमा आए जसरी भल बाढीमा सानोतिनो छाँगो पर्दा आत्तिएका माछाहरू उफ्रिएर पाखा पाखा पुग्छन् ।

इन्साफको प्रस्तावनामा तिवारीले अनेक पटक उपन्यास लेख्न आएको अनुरोध र दवावलाई पन्साईरहे पनि पछि एकाएक भूकम्प भएको जस्तो गरेर उपन्यास लेख्ने उत्कट प्रेरणा आयो भन्दै अब म उपन्यास लेख्छु भनेर वैसाख २९, २०१६ को मिति उल्लेख गरेका छन् । यस अनुशार भन्न सकिन्छ उनले २०१६ सालमा यो उपन्यास लेखेका थिए । उपन्यासले पनि २००७ सालको परिवर्तन पछिको र २०१७ सालमा भएको परिवर्तन भन्दा अघिको समय इङ्गित गरेको छ । काठमाण्डौ र यस वरपरको परिवेशमा लेखिएको इन्साफमा तिवारीले त्यो समयको समाजमा उच्व अभिजात वर्गमा गनिने परिवार, मध्ययम वर्गको परिवार, निम्न वर्गको परिवार र परिवार नै नभएर वेवारिस बाँच्ने पात्रहरूलाई समेत उभ्याएका छन् । साथै अन्य धेरै पात्रहरूलाई उपर्युक्त वर्गहरूका माझ माझमा घुसासेर हेर्न सकिने हिसाबले पनि राखेका छन् । ३३ वटा खण्डहरू रहेको यस उपन्यासमा हरेक खण्डहरूको उठान साह्रै चित्ताकर्षक ढँगले गरेका छन् उनले । हरेक पात्रहरूको सुखको क्षण होस् या दु:खको घडी उनले पाठकहरू मुसुमुसु हाँस्दै पढ्न सक्ने गरेर प्रस्तुत गरेका छन् । पुरै उपन्यास राजनैतिक व्यङ्ग्यको पुट र हाँस्य रसले भरेका छन् भन्दा धेरै हुँदैन ।

बिरे खत्रीको परिवारबाट उपन्यासको कथा उठान् हुन्छ । शुरु यस्तरी गरेका छन् उनले -

कति टाढा?
काठ्माण्डौ या हनुमान ढोकाबाट नधापिईकन सुस्तरी हिँड्यो भने पनि करिब एक घण्टामा पुगिन्थ्यो । त्यहीँ उनिहरूको घर थियो- घर त भन्नुपर्यो नि । ठूलाठूला, सेतासेता विशालकायलाई मात्र घर भन्ने र काँचोइँटे, पराले छानोलाई नभन्ने हो भने कोदोलाई पनि अन्न भन्नु भएन, केवल मसिनुका लामालामा दाना भएका चामलाई मात्र । यस्तो फैसलाले के कोदोमाथि इन्साफ होला त?.........

उनी पाठकलाई यसरी बिरे खत्रीको घर पुर्याउँछन् । बिरे, उसको छोरो आइते र आइतेकी सौतेनी आमा सेती हुन्छन् परिवारमा । सानो पराले झुपडीमा बस्ने, निम्न बर्गको, सानो खेतीपाती भएको बिरे खत्रीको सामु परिवारको प्राण कसरी बचाउने भन्ने समस्या हुन्छ । सुख्खाले हुनुपर्ने जति अन्नबाली पनि भित्रिएको हुँदैन घरमा । यही चिन्तामा ऊ भैंसी पाल्ने निचोडमा पुग्छ तर भैसी किनेर ल्याउँन पनि दाम पैसाको समस्या हुन्छ उसलाई । तीनसय रुपैयाँ साहु काढेर बिरे दुहुनो भैंसी जोड्छ । साहु हुन्छ उही जुवाडे, मध्ययम बर्गको शैलराज, बिरेको घरबारी बन्धकमा तमसुक बनाएर भैंसी किन्न तीनसय दिने शैलराजलाई बिरेले तीनसय साँवा बुझाउनु पर्ने त यसै भैहाल्यो ब्याजको हकमा भने साँझ बिहान आधा आधा मानो दुध दिनुपर्ने शर्त हुन्छ । मध्ययम बर्गका शैलराजको आफ्नो धेरथोर जायजेथासँगै श्रीमती मैयाँनानी हुन्छिन् आम्दानीको गतिलो श्रोत । सगोलमा रहँदै बस्दै आएका शैलराजको परिवारमा आमा हुन्छिन् र दुई भाइहरू हुन्छन् । शैलराज जुवाको कुलतमा परेर सम्पती सक्दै जान लागेपछि परिवारले उनलाई अलग बनाइदिन्छन् र उनी मैयाँनानीलाई उनका धर्म आमाबाबुले दिएको बंगलामा बस्छन् । मैयानानी आफैं चै कुनै एक गरिव ब्रह्मणकि छोरी भएपनि त्यो समयमा दरबारिया भनिएर, अभिजात वर्गमा गनिएर बस्ने कुनै कर्णेल र उनकी मुमा रानीसाहेब भनिने श्रीमतीबाट पालिएर र कन्यादान भएर शैलराजको जीवनमा गाँसिएकि हुन्छिन् ।

उता अर्का जुवाले नै झण्डै जोगी बनेका पात्र महन्तकाजी हुन्छन् र उनकी गृहलक्ष्मी नर्मदा हुन्छिन् । कुनै जमानामा भएको हावामहल जस्तो घर जुवामा सकेर महन्तकाजीले बाङ्गेमुढाको कुनै एक गल्लीमा काठको चारतले घर किनेका हुन्छन् । देशमा प्रजातन्त्र आइसकेको र प्रजातान्त्रिक सरकारले जुवा बन्द गरिसकेको अवस्था हुन्छ र पनि जुवाले सकिएको जुवाले नै उँभो लाग्छु भनेर महन्तकाजीले आफ्नो घरमा जुवाको अखडा बनाउँछन् । राम्रोसँग घाम पनि नपर्ने गल्लीको घरलाई उनले जुवा खेलाउनैको लागी तिलस्मी रुप दिएका हुन्छन् ता कि कोही नयाँ मान्छे घरमा छिर्यो भने पनि कताबाट माथि जाने घरको भेउ पाउँदैन । जुवा खेल्न आमन्त्रित हुने र जुवाडे भनेर प्रख्यात भएका अरु पात्रहरू हाफिज अली, हाकिम सानुमान, गुरु धर्मनाथ र भान्जाराजा हुन्छन् । अर्को एउटा आइतेकै उमेरको आइते जस्तै देखिने बाबु आमा कोही नभएको पात्र हुन्छ बुधे, ऊ पेट पाल्नलाई कैले आइसक्रिम बेच्ने, कैले के गर्ने, कैले के गर्ने गर्छ । र एउटा मौकामा आइतेसँग भेट भएर मीत पनि बन्छ ।

कथानक अघि बढ्दै जाँदा बिरे खत्रिले दुहुना भैंसी ल्याइसकेपछि ईश्वरको आँखा नलागी सबै राम्रै चलुन्जेल अलि-अलि रुपैयाँ खेलाउन लागेको हुन्छ तर सर्वव्यापि, सर्वशक्तिमान ईश्वरलाई बिरे खत्रीको उन्नति असह्य हुन्छ सायद र भैंसी मर्छ । ३०० रुपैयाँ दाम तिरेर ल्याएको भैंसी ४५ रुपैयामा कसाहीलाई सुम्पेपछि बिरे खत्रीको झन् दुर्दिन सुरु हुन्छ । शैलराजले किनेर भएपनि ब्याजको दुध ल्याईदिनु पर्ने नत्र बन्धक राखेको घर छोड्नुपर्ने उर्दी लगाउँदै जान्छ । बिरे नटेरी अनेक उपायहरूको खोजीमा बसिरहेको हुन्छ तर शैलराज आफैंलाई पनि दुर्दिनले घेरेको हुन्छ । जुवाले भएभरको श्रीसम्पती सिध्याएपछि उनकी श्रीमती, मैयाँनानीले पनि छोडेर जान्छिन् । कुनै उद्दमा नगरी सोह्र श्रृंगार गर्दै दिन बिताउने दरबारिया अदब सिकेकी मैयाँनानीले छोडेर गएपछि शैलराजको गास बासको टुँगो हुँदैन । श्रीमतीले छोडेपछि कर्णेलको निगाहमा पाएको बंगला पनि छोड्नु पर्ने हुन्छ उनलाई । त्यसैले उनी बिरे खत्रीलाई कर्यापेर, उठीबास लगाउँछन् र भोग-बन्दक राखेको बिरे खत्रीको घरमा बस्न जान्छन् । बिरे खत्री गाउँको पुछारमा भएको पाटीमा शरण लिन पुग्छ ।

उता महन्तकाजीको घरमा एकदिन पुलिसले छापा मार्छ । उनको तिलस्मी घरको भेद थाहा पाउन नसकेर पुलिसले कसैलाई पकड्न त सक्दैन तर त्यसदिन देखि महन्तकाजीलाई त्यो जुवा खेलाउने काम छोडाउन उनकी श्रीमती नर्मदा लागिपरेकी हुन्छिन् । संयोगले बिरे खत्री र महन्तकाजीको भेट भएर महन्तकाजीले बिरे खत्रीलाई जुवा घरको पाले समेत राखेका हुन्छन् । पछि उनले जुवा खेलाउन छोडेपछि पुस्तक पसल खोल्छन् र पुस्तक पसलमा पनि कुनै उपायले बिरे खत्रीलाई भेटेर काम दिन्छन् । महन्तकाजीको पुस्तक पसलले महन्तकाजीलाई मात्र उँभो लगाउँदैन, बिरे खत्रीलाई पनि आफ्नो थातबास निखन्न सक्ने बनाउँछ र पाटी छोडेर बिरे खत्रीको परिवार आफ्नै घरमा फर्कन्छन् । बिरे खत्रीले आफ्नो घर निखनेपछि शैलराजको त्यही पाटीको बास हुन्छ जहाँ बिरे खत्रीले शरण लिएको हुन्छ । घरबारी निखन्दा बिरेले फिर्ता गरेको ३०० रुपैयाँले आफ्नो हुलिया केही ठीक गरेर शैलराज अदालत जान्छन् र मैयाँनानीमाथि मुद्दा हाल्छन् । अदालतमा शैलराजले स्वास्नीमाथि मानो चामल भराईपाउँ भनेर हालेको मुद्दा चलनमा नभएको कुरा भनेर त्यसै डिसमिस् हुन्छ र शैलराज पशुपतीतिर जोगीहरूको हूलमा बस्न थाल्छन् । अन्त्यतिर मैयाँनानीले शैलराज प्रति माया देखाउँछिन् र शैलराजलाई खोज्न पशुपतीतिर जान्छिन् तर शैलराज कहीँ टाढा कसैले नदेख्ने ठाउँतिर सन्यासी बनेर बस्न हिँडीसकेका हुन्छन् ।

....पशुपतिनाथ मन्दिरको नैऋत्य कोणको चौबाटोमा उनको (मैयाँनानीको) मोटर पुग्यो । यात्रुहरूले भरिएको एउटा लरी पनि पूर्वतिरबाट त्यहीँ आइपुग्यो । मोड परेको हुनाले दुवै ड्राइभरहरूले आफ्ना गाडीको गति केही धीमा गरेर हाँसे । यसकारणले उनीहरू हाँसेका होइनन् जसलाई खोज्न तिमी आइरहेका छौ, उसलाई लिएर म गइरहेको छु । यो वियोगात्मक रहस्य कसैलाई पनि थाहा थिएन ।

मैयाँनानी शैलराजलाई खोज्न उही मोटरमा पूर्वतिर गइन् । शैलराज चाहिँ सायद यो भौतिक जगतमा इन्साफ नपाएर हो कि आध्यात्मिक जगततिर उही लरीमा पश्चिमतिर गए !

अब परमेश्वरले मिलाउन् ती विकल दम्पतीलाई !

यसै गरेर अन्त्य गरिएको यो उपन्यासमा अनेक अनेक यस्ता रोचक घट्ना र प्रसंगहरू छन् कि २६४ पेज पढिसकेको पत्तै हुँदैन । आइतेले आफूजस्तै रूप र उमेरको साथी बुधे भेटेको, बुधेसँग मित लाएको र बुधेले ठगेर आइतेको हातको मोहोर पचाइदेको । शैलराजले घरखेत कब्जा गरेर पाटी बास भएपछि आइतेले गाउँका साथी गोरे र साइँलासँग मिलेर घरमा आगो लगाएर शैलराजलाई पनि सके जलाउने नभए पनि बेघर बनाउने योजना बनाएको, उसले यो योजना सुनाउँदा बाबुले स्याबासी दिन्छन् भनेर बाबुलाई सुनाएको र बाबुले गाली नगरी सम्झाएको । पछि त्यो घर निखनेर बस्न आउँदा आइतेले 'धन्न नकाम गरेनछु!' भनेर पश्चताप गरेको जस्ता अनेक रोचक घट्नाहरू छन् उपन्यासमा ।

सानै छँदा पढेर प्रभावित भएको यो उपन्यास यसपटक पढ्दा पनि मलाई पठनको रोचकतामा रत्तिभर कमी महसुस भएन बरू अझ बढ्ता नै मजा लाग्यो । अँ बरू नमज्जा लाग्ने केही कारणहरूमा चैं साझा प्रकाशनको किताबहरूमा हुने साझा दु:ख रह्यो । यो सारसौंदो किताबभित्र पनि पेज १३०, १३१, १३४, १३५, १३८, १३९, १४२ र १४३; जम्मा आठ पेजहरू खाली रहेछन् । र पेज १८८ र १८९ चैं तेलमा डुबाएर निकालेझैं मैलिएको, आधाउधि अक्षरहरू पढ्न नसकिने रहेछन् । पहिले नपढेको किताब भए मलाई थक्-थक् हुँदो हो तर पहिले पढेको कुरा मगजमा राम्रै छापिएर बसेको रहेछ र उस्तो विस्मात लागेन । त्यसो त बिरे खत्रीले दुहुनो भैंसी किन्न भन्दा धेरै रुपैयाँ, रु ३१०.००, हालेर किनेको किताब यस्तो पर्नुको नमज्जा त छँदैछ नि!

- होइन यो साझा प्रकाशनले किन सधैं किताबहरू यस्तरी हेल्चेक्र्याइँ गरेर निकालेको होला? कति गाली गर्नु हो साझालाई? भैगो छोडौं गाली गरेर नलाग्नेलाई के गाली गर्ने? बरू तपाईं पनि खोजेर पढ्नुहुन्छ भने इन्साफ उपन्यासले र भीमनिधि तिवारीको लेखनीले निराश विल्कुल बनाउँदैन है ।

अन्त्यमा, एउटा ठूलै खुल्दुली र जिज्ञासा छ मेरो मगजमा कि यति राम्रो र सशक्त सामाजिक उपन्यासको नेपाली साहित्यमा किन कतै पनि, कहीँ पनि र कहिल्यै पनि चर्चा भएन होला?

- के यसको नाम इन्साफ(इन्साफ शब्द कसो कसो हिन्दी शब्द हो जस्तो लाग्छ ।) भएको कारणले हो?

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com2tag:blogger.com,1999:blog-30560017.post-46966488217438013932013-06-09T04:53:00.002-06:002013-06-09T04:53:21.783-06:00कविता : विचारहरू

विचारहरू

अचेल कति भद्दा भएर देखा पर्छन्

जस्तो कि-

यो नितान्त नौलो हो,

यो कोही जान्दैनन्

अथवा

यो कसैले बुझ्नै सक्दैनन् ।

मूलबाटोमा

लावा-लस्कर जन्ती लिएर

धत्तेरी!

पोइला हिंडेका छन् विचारहरू

थेत्तरो भएर

तर हरेक दिन

त्यही बाटोमा मलाई

मलामी जानु परेको छ

कठै! विचराहरूको

कठै! विचारहरूको ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-50293831079802223212013-03-21T07:40:00.004-06:002013-03-21T07:40:57.727-06:00कविता : कुन हो असली कविता?

कोही पक्का छ
कहीँ अदृश्यमा
जो -
मलाई कविता सुनाइरहेछ
मलाई कविता पढाइरहेछ
मलाई कविता बुझाइरहेछ
मलाई कविता सिकाइरहेछ ।

म, मानौं कि
बहँदै बहँदै गइरहेछु नीदमा
सागरका मध्ययम् छालहरूसँगै
बतासका सम्पूर्ण सुसेलीहरू सुसेल्दै
नुतन काव्य रचेर
आफ्ना गोलाकार ओठहरूले ।

दाहिने हातले शिरमाथि पारेर
मैले कविताको शिर्षकमा चन्द्रमा उचालेको छु
मेरो वायाँ हात तानिरहेछ
प्रचण्ड झल्झलाइरहेको सूर्यको रथ
नछोडी भएजति रंगका विम्बहरू
नछोडी भएजति रंगका विचारहरू ।

स्वप्न सरी कविताका थुँगाहरू लिएर
पृथ्वीको धुरीबाट उचालिइरहेछु म
हलुका, पंक्षीहरूको मुलायम प्वाँख सरी
माथि माथि अनन्त, अगम्य नभमा
मेरा कविताहरू सहस्रदल कमलझैं
रंगहीन नभ-सागरमा फक्रिरहेछन्
चम्चमाउने ताराहरूका साथ ।

यस्तो माथि
जहाँबाट म देखिरहेछु
पृथ्वी - एउटा रुग्ण गँजेडीको टाउको
जो एकनासले सुल्फा तानिरहेछ
र फोक्सो भरेर उडाइरहेछ बादलको धुवाँ
म देखिरहेछु सेता हिउँका आलयहरू
मानौं चिन्ताले उसको केश फुलेको छ ।

त्यहीँनेरबाट
पवित्र माटोको महकदार सुवास भएका
निस्छल मानिसहरूको प्रेमको बोली भएका
मेरा कविताहरू
फैलँदाछन् उचाईमा
फैलँदाछन् आकाशमा
असङ्ख्य अनन्त ताराहरूमा
विचार बालेर झल्झली ।

कहीँ अदृश्यबाट कसैले
सुनाइरहेको कविता हो यो
पढाइरहेको कविता हो यो
बुझाइरहेको कविता हो यो
सिकाइरहेको कविता हो यो ।

कोही पक्का छ
कहीँ अदृश्यमा
जो भनिरहेछ
कविताहरू इन्धन हुन्
जो जल्छन् र तयार गर्छन्
हीतकारी मानसिक व्यञ्जनहरू ।

तब ताराहरूको लोकबाट
कृष्ण छिद्रमा निलिनु अगाडि
धर्तीमै झर्न बाध्य हुन्छन्
मैले उचालेका कविताहरू
तर के सक्लान् सप्तरंगी विचारहरूले
कुनै व्यञ्जन तयार गर्न
जस्ले शान्त पार्न सकोस्
धरती भरीको क्षुधा
गोबरको गुइँठाले पकाएको भोजनले झैं ।

साँच्ची, सोध्नु थियो
अदृश्यको कसैलाई
लौ न कोही भनिदिनोस्
कुन हो असली कविता?
गोबरको गुइँठा कि शब्दको?

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com1tag:blogger.com,1999:blog-30560017.post-68191287557485124542013-03-08T02:26:00.001-07:002013-03-08T02:40:13.882-07:00कविता : दु:खहरूलाई

सुन दु:खले रोइरहेकी ए ! सुन्दरी,

दु:खलाई आजैदेखि ह्याकुलाले मिचेर हिँड्नु

हिँड्दै जानु

यो बाटोमा अलिपछि सुन्दर फूलबारी आउने छ

त्यहाँ बहुरङ्गी पुतलीहरू हुनेछन्

एकजोडा रङ्गीन पुतलीहरू नाच्दै आएर

तिम्रो सुन्दर जोर आँखामा बस्नेछन्

मात्र तिमी अधरमा हिमाल खुलाएर हाँसिबस्नु

दु:खहरूलाई

हिमालयको शिरमा जमेको शुभ्र हिउँ जस्तै

सुन्दर भएर जम्न कर लाग्नेछ

र त्यसैमा परावर्तन भएर तिम्रो हाँसो

मेरो जस्तै धेरै अँध्यारो मनहरूमा

चम्किलो उज्यालो भएर खस्नेछ ।

०३/०८/२०१३

(नारी दिवसको शुभकामना सहित सम्पूर्ण नारीहरुमा समर्पण!)

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-54572176437940512652013-02-26T03:11:00.002-07:002013-02-26T03:11:58.694-07:00मुक्तक : पाँच मनोहर मुक्तकहरु

मुक्तक म खासै लेख्दिनँ । निक्कै पहिले लेख्थें मुक्तकको संरचना र मर्म नबुझी नबुझी, पछी मुक्तक लेख्नै छोडियो । झुक्किएर बिच-बिचमा लेख्नै पर्यो भनेर करले एकाध लेख्ने कुरा अर्कै हो । अचेल् फेरि मुक्तकले मन तान्न थालेको छ । फेसबुकको यौटा ग्रुप मुक्तक मनोहरमा केही परिचित र मुक्तक प्रेमी साथीहरुको संगतले मैले नयाँ पुराना केहि मुक्तकहरु फोटो सहित राखेको छु । तिनैबाट मनोहर मुक्तक भनेर पाँच वटा यता ब्लगमा ल्याएको छु । आसा गर्छु ब्लगमा पढ्नुहुनेलाई मुक्तकहरु र फोटोहरु मनपर्ने छ ।

१

अनायास याद आउँछ र मन लुटेर जान्छ
मुटु चसक्क हुन्छ सुस्केरा छुटेर जान्छ
बस्छ गढेर झन् झन् तिम्रो याद कलेजोमा
निठूर समयसँगै एक-एक चिनो फुटेर जान्छ ।

२

यो बेला गुलाफको राम्रो व्यापार हुनसक्छ
देखाउँनलाई एकैदिनको प्यार हुनसक्छ
हो, राम्रै हो प्यार भएको तर होस राख्नु
देखासिकी प्यारले जिवन अन्धकार हुनसक्छ ।

३

जाही फुलेन जीवनमा
चुवा फुलेर हेला भो
माया फक्रेन जीवनमा
वैंश फक्रेर खेला भो
त्यसैले,
गंभीरता छाएन जीवनमा
सर्वथा रेला रेला भो ।

४

सुन्थें चारैसुर तुनाले कसिएकी चोली हुन् तिनी
पहाड मैदान सब नाघ्दै बगिजाने खोली हुन् तिनी
एकदिन सुटुक्क आएर पसिन् मेरो आँखाबाट र
छाति भ्वाङ पारेर निस्किंदा बुझें गोली हुन् तिनी ।

५

सुक्छ घाममा, बग्छ पानीमा, उड्छ हावामा
भान्सेहरु अब पाक्छ मीठो भन्छन् दावामा
तर चर्को बल्छ यो देशको चुल्होमा आगो सधैँ
र शान्ति, सम्बृद्धी नामको रोटी डढ्छ तावामा ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com3tag:blogger.com,1999:blog-30560017.post-74290194278740895312013-02-13T02:36:00.000-07:002013-02-13T02:36:09.422-07:00कविता : फेब्रुवरी चौध

मेरो लागी तिमीले पकाएको सेलरोटी

तिम्रो लागी मैले पकाएको सेलरोटी
दुबै ढँग नपुगेर
जब ह्रदयको आकार लिन्छन्
म सम्झन्छु स्कूले ति दिनहरु
कागजमा कोरेर पानको पात बनाइरहेको
र कस्को कस्को नाम लेखिरहेको
त्यतिबेला, जति गरेपनि
पानको पात गोलो मात्र हुन्थ्यो ढंग नपुगेर
यतिखेर, जति गरेपनि
सेलरोटी ह्रदयाकार मात्र भएको छ ढंग नपुगेर ।

तिमी पनि सम्झनु आज एकैछिन
ढंग नपुगेका स्कूले ति दिनहरु
कागजमा पानको पात बनाइरहेको
त्यसमाथि कसैको नाम कोरिरहेको
भोग्नलाई त
यथार्थमा हामीसँग छँदैछ
हामीले बनाएको सेलरोटी जस्तै
ढंग नमिलेर पनि
प्यारो यो फेब्रुवरी चौध!
खुशीको यो प्रणय दिवस!
जो फर्केर आइरहन्छ जीवनमा
सेलरोटी बनाउने दिनहरु जस्तै
ल्याउँदैन तर फर्काएर
कागजमा पानको पात कोरिबस्ने दिनहरु
पानको पातमा कसैको नाम लेखिबस्ने दिनहरु ।

अब कि तिम्रो नाम हुन्छ लेख्नलाई
कि मेरो नाम हुन्छ लेख्नलाई
कुनै ठूलो हिसाबको भुक्तानी प्रमाणित गर्दै
हरेक फेब्रुवरी चौधमा ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-1233709743257215812013-02-09T06:45:00.000-07:002013-02-09T17:37:58.932-07:00पुस्तक गफ : घर फर्किरहेको मानिस

घर फर्किरहेको मानिस

च्यातुँ
चर्यात् चर्यात् पारेर
पाना पाना छुट्याउँदै पुस्तकबाट
र
जतनले पट्याएर गोजीमा बोकेर हिडुँ !
या त

एउटा अक्षर पनि नछोडिने गरेर

प्वाक् प्वाक् उखेलुँ मन परेका सबै पत्ताहरु
र
डल्लो पार्दै खाऊँ, चपाऊँ, निलुँ !

प्रिय कवि, म के गरुँ ?
मेरो वाल्यकाल, मेरो लक्का जवानी
मैले भोगेको जिन्दगी, मैले कल्पेको स्वर्ग
यि सबै सबै भन्दा
कता हो कता राम्रो
मेरो हातमा तिम्रो कविताको किताब छ ।

हो
घर छोडेको मानिसको हातमा
घर फर्किरहेको मानिस छ ।

रमेश क्षितिजको 'घर फर्किरहेको मानिस' कविता संग्रह खुरुखुरु दुईपल्ट पढें । पहिले शुरुदेखि अन्तिमसम्म, प्रत्येक पेजमा लेखिएका एक एक अक्षरहरु नछोडिकन पढें । विषय क्रम र त्यो भन्दा अगाडिका कुराहरु चैं पढ्न भनेर होइन तथापि पढें, छापिएका र लेखिएका अक्षरहरु समेत । हो, लेखिएका पनि छन् केहि अक्षरहरु कविकै हस्ताक्षर सहित मेरो नाम उल्लेख गरिएर । हरेक पाठकले कवि, लेखकको हस्ताक्षर सहित उसको नाम पनि उल्लेख गरिएर किताब पाउँदा जस्तो खुशी महसुस गर्छ मैले त्यस्तै नै महसुस गरें । कति प्रिय क्षण, कति गर्विलो पल किताब पल्टाएर लेखिएका अक्षरहरुमा पहिलो पल्ट नजर परेको क्षण ।

(यहाँ साथी सीमु श्रेष्ठलाई सम्झिइँन भने मलाई पापै लाग्ला । वहाँले भनेको, भनेको किताब खोजेर पठाई मात्र दिनुभएन यसरी सम्भव भएसम्म हस्ताक्षर समेत गराएर पठाइदिनुभयो । मैले किताबभित्र कविको हस्ताक्षर सहित लेखिएको अक्षरहरुमा कत्रो लोभ गरें भने किताबको तस्वीर खिच्दा समेत तिनै अक्षरहरु देखाउने त्यो लोभलाई सम्वरण गर्नै सकिनँ ।)

दोश्रोपल्ट अन्तिमदेखि पहिलोसम्म कविताहरु मात्र पढें । त्यसपछि पनि 'घर फर्किरहेको मानिस'लाई थन्क्याएर राखेको छैन अरु पढिरहेको किताबहरुको बिचबिचमा पढ्ने गरेर पायक पर्ने ठाउँमा राखेको छु र पल्टाएर जुन कविता पल्टिन्छ, तेहेर्याई चौहर्याई पढिरहेको छु ।

पहिलोपल्ट 'घर फर्किरहेको मानिस' पढ्दा म 'ताप' पढ्दैथिएँ । शारदा शर्माको 'ताप' पढ्दा विश्राम चाहिन्छ भन्ने महसुस भएको बखतमा अलिकति पढिहालुँ न भनेर पल्टाएको थिएँ 'घर फर्किरहेको मानिस' तर दुईपल्ट लगालग पढिनसकी म 'ताप'मा फर्केर गइनँ । 'घर फर्किरहेको मानिस'मा के छ त्यस्तो? आफैंलाई सोधेँ पनि मैले । धेरैदिन देखि 'घर फर्किरहेको मानिस' माथि केहि लेख्छु भनेर पनि राखें मनमा । तर के लेख्ने? के छ किताबमा? कविताहरुमा ? अन्यौल जस्तो भै रह्यो । कुनै कविता भेटिएनन् यो चैं अलि यस्तो भयो भन्नलाई । सबै राम्रा कविताहरु । राम्रै राम्रा र राम्रै राम्रा मात्र कविताहरु । सबै राम्रै राम्रो छ मात्र भन्नलाई के लेखिरहने जस्तो समेत भएको हो मलाई । तर पुरै किताबको रिभ्यू लेखे जत्तिकै कुरा मेरो मनमा भने कविता नै बनेर उम्रँदै थियो । पहिले त्यसैलाई उमारें र कविताकै अकारमा ल्याएपछि आज पुरै किताबको निजी हिसाबले चर्चा गर्न बसेको छु, उक्त कवितालाई यो चर्चाको सुरुमै राखेर ।

जम्मा ४५ थान कविताहरु संग्रह गरिएको यस किताबमा कुनै पनि कविता लामा छैनन् जो पढ्दा पढ्दै दिक्क लागुन् । बरु सबै कविताहरुमा यस्तो लाग्छ कि अझै अलिकति लामो किन भएनन् कविताहरु? कविताहरु शुरु हुनुभन्दा अगाडि 'पहिलो प्रेम र प्रिय कविताहरुको आत्मकथा' भनेर लेखकीय जस्तो या भनौं कविताको भूमिका जस्तो लेखिएको छ नौ पाता(१८ पेज)मा । कुनै राम्रै साहित्यिक उचाई भएको आख्यान पढ्दा जत्तिकै स्वाद र काव्यिक सन्तुष्टी दिने उक्त भूमिकामा कति धेरै कुरा अटाएका छन् भने सबैको मिहिन चर्चा गर्दा अर्को छुट्टै किताब बनाउन सकिन्छ । कविताहरुको मूल्य के हो? कविताको महत्व के? जस्ता गंभीर कुराहरुको गहिराई केलाइएको आत्मकथामा कवि भन्छन्, 'कविता अभौतिक वा पराभैतिक हो भन्ने थाहा हुँदाहुँदै हामी यसको बजार मूल्य निर्धारण गर्न खोज्छौं । समस्या यहीँनेर उत्पन्न हुन्छ ।' त्यसैमा कवि लेख्छन्, 'कवितामा प्रयोग गरिएका शब्दहरु भन्दा पनि पर केही हो, कविता । कैलेकाहीँ शब्दहरुबीचमा, स्पेसमा समेत लुकेको हुन्छ अर्थ र कहिलेकाहीँ प्रश्नचिन्ह, विश्मयादिबोधकमा पनि ।'

यो भूमिका जस्तै आएको कविताको आत्मकथाले मलाई कविता लेखिनुमा त कला छँदैछ, पढ्नु र बुझ्नुमा पनि कला चाहिन्छ भन्ने सिकायो । संग्रहभित्रका थुप्रै कविताहरुका पृष्ठभूमीहरु समेत फेला पर्छन् यो आत्मकथामा ।

लेख्न त म आफ्नै हातले लेख्छु
तर कस्ले सिकाउँछ मलाई कविता?
कस्ले दिन्छ नवीन र अक्षत विम्बहरु?
कस्ले दिन्छ एउटा मौन र अर्थपूर्ण भाषा? भन्दै आत्मकथामै कवि भन्छन्, 'कवितामा विचार वा कला? सरलता वा दुरुहता? लोकप्रियता वा स्तरियता? यो कुनैपनि प्रश्न मेरा लागि प्रश्न नै होइनन् । अल्झिन चाहन्नँ म कुनैपनि अनर्थहरुसँग, म त असली कविता लेख्न चाहन्छु । सिंगो कविता, सम्पूर्ण कविता ।'

वास्तवमै अचेल कविताहरु शहर जस्तै बनेका छन् । उँचा उँचा घरहरुले भरिएको, झिलीमिली, मन लोभ्याउँने तर भित्र पसेपछि शहरले जस्तै उकुशमुकुश पार्ने । यस्तोमा 'घर फर्किरहेको मानिस'भित्रका कविताहरु पढ्दा प्राकृतिक सौंदर्य यथावत रहेको कुनै गाउँमा वास वस्न गएझैं अनुभूत हुन्छ । सिङ्गो, सम्पूर्ण र असली कविता पढें भन्ने अनुभूत हुन्छ संग्रहका हरेक कविताहरु पढ्दा । मसँग कुनै यौटा मात्र कवितालाई टिपेर यो यस्तो र यसकारणले राम्रो भन्न सक्ने आधार नै छैन । हरेक कविताहरु रेटेर जान्छन् हाम्रो ह्रदयमा तह क्रम मिल्दामिल्दै बाँकि रहेका संवेदनाहरुलाई र यस्तरी दुरुस्त मिलाइदिन्छन् कि यस्तो लाग्छ, होइन यो कविता आज पढिरहेको भन्दा पर पनि केहि थियो; जो भोगिएको थियो, देखिएको थियो वा सुनिएको थियो । त्यसैले हरेक कविताहरु बस्छन् ह्रदयमा सानो सानो छाप्रो हालेर । ह्रदयको प्रिय भएर । कविता पढिसकेपछि पनि लामो समयसम्म ह्रदयमा रन्किरहन्छन् हरेक कविताहरु मानौं कसैले काँसे थालबटुकामा प्यारपूर्वक सानो छडीले हिर्काएको होस् झन्कार सुन्नलाई ।

पटक पटक पढिरहँदा कविताको चिरफार समेत गर्दै ब्लग लेख्छु भन्ने पनि थियो मेरो सुर । जुन यसरी कवितामै मठारियो -

चिर्नलाई पनि
कम से कम कप्टेरा चाहिन्छ बाँसको
ए नादान कर्द,
सिन्काहरु कुन आँटले चिर्न खोज्दैछौ तिमी
जो खिलीरहेछन्
पहिल्यैबाट
तिम्रो जस्तै ह्रदयका दुना टपरीहरु ।

कवितासँग कहीँ कतै अवश्य मेरो पनि प्रेम थियो । पहिलो प्रेम नै भने हुन्छ । साहित्य भनेर पढ्नलाई जे पढेको भएपनि लेख्नलाई मैले पनि धेरैले जस्तै कविता नै लेखेको हुँ पहिलोपल्ट । र कविता निरन्तर लेखिरहेँ, हिँजो अस्तीसम्म । तर पछिल्लो बेला(हिँजोआज) कविता लेख्न खोज्दा पनि म कविता लेख्न नसकेको अवस्थामा हुन्थें । लाग्थ्यो अब कविताको यूग फेरिइसकेको छ । मैले जेलाई कविता भनेर लेखें, लेखिरहेथें ति सब अब कविता हुन लायक रहेनन् । अब कविता बनाउन शहरको घडेरीमा जग खन्नुपर्छ, सिमेन्ट, ईँटा, बालुवा मिसाएर उठाउनुपर्छ आधुनिक विल्डिङ्ग । थप्नुपर्छ तलैतला आकाश छुवाउने गरेर । नत्र कविता हुँदैन । यस्तै बुझ्न, यस्तै स्विकार्न थालिसकेको थिएँ आजभोली म ।

'घर फर्किरहेको मानिस' पढेपछि लाग्यो - अझै पनि गाउँघरतिरै गएर कुनै पनि पाखो भित्तोमा आठ दशवटा डोविल्को खन्यो, खाँबोखुट्टी गाढ्यो र खर परालले छाएर धुरी मार्न सक्यो भने हुनेरहेछ घर जस्तो सुन्दर कविता । कविता त ऋषी मुनीहरुको छाप्रोझैं उभ्याउनु मात्र पर्ने रहेछ कतै प्रकृतिको काखमा । आफैं बनाउने रहेछ कविताले आफ्नो असली पहिचान । र लेख्न जोश आएको छ आफुले ह्रदयमा महसुस गरेजस्तै दुरुस्तै कविता । सायद अब लेख्न थाल्नेछु फेरि कविताहरु म ।

पुस्तकमा क्षितिजका कविताहरुको बारे वरिष्ठ कवि तुलसी दिवसले भनेका छन् - नवीन, मौलिक र जुठो नपारिएका निजी विम्बहरुको प्रयोग गर्छन् उनी । सत्य हो । 'मेरो गीत'मा कवि लेख्छन् -

मेरो गीतको पानामा
कस्ले निभायो जल्दै गरेको चुरोटको ठुटो?
हठात कुल्चेर गयौ तिमी मेरो गीतको पहिलो अन्तरा !!

'पिपलबोट'मा लेखेका छन् -

चौतारीमा बसेर सोचिरहन्छु म
कुनैदिन
कसैलाई पर्खिरहेको मान्छे त थिएन यो पिपल?

मैले माथिनै भनेको छु । कुन कविता टिप्ने यो राम्रो भनेर देखाउनलाई? कविताको कुन हरफ लेख्ने यो अहा! भन्नलाई? मैले आफ्नो तर्फबाट भन्नसक्ने त शुरु गरेको कवितामै भनेको छु ।

यतिखेर धरान शहरमा कविता सुनाइरहेका होलान् कवि रमेश क्षितिज । उनको 'घर फर्किरहेको मानिस' पढ्दैगर्दा फेसबुकले जानकारी दिइरहेको छ; क्षितिजका कविता प्रेमीहरुले धरानमा 'फ्यान क्लब अफ् रमेश क्षितिज' बनाएकाछन् । र तिनै प्रेमीहरुले बनाएको फ्यान क्लबको आयोजनामा क्षितिज यतिखेर धरानमा कविता सुनाउँदैछन् । यता म सुन्दैछु उनको आवाज, ह्रदयले, उनको किताबका पाना पानामा ।

क्षितिज यसरी 'जीवन गीत' सुनाइरहेछन् मलाई -

निस्कनु - आँसुको ऐना हेर्न छोडेर
कुल्चँदै सुकेका पातहरुजस्तो उदाशीको सुरुङबाट
आफैंले बनाएको निराशाको अध्याँरो
तारबारबाट निस्कनु र हेर्नु
पल्लोतिर भेटिनेछ इन्द्रेनीको स्वागतद्वार

डाली डालीमा उफ्रिँदै नाचिरहेका चराहरु
हजारौं ठेस सहेर सङ्लिँदै हिँडेको बटुवा नदी
विजय जुलुसमा सामेल
अबिरले रंगिएका आशावादी जनताजस्ता रंगीन फूलहरु
फैलिँदै गएको सपनाजस्तो निक्खर आकाश
वा मानिसको आशाजस्ता झिल्मिल ताराहरु

तिमीसँगै हुनेछ बाँच्नलायक
एउटा सिंगो र सुन्दर पृथ्वी

जसलाई तिमीले दुख भन्यौ
त्यो त तेजाबी गहना
तिम्रा मखमले आँसुका पत्रै-पत्रहरुले बुनेको
जसलाई तिमीले चोट भन्यौ त्यो त मायालु स्पर्श
कुनै महान कलाकारले रुखो ढुंगालाई
ताछ्दै मूर्ति बनाएजस्तो
तिम्रो जीवनलाई निखार्ने एक तिक्खर अनुभूति

साँच्ची एकपल्ट बाँच्न जानेपछि
जति निमोठ्यो उति पलाउँछ जीवनको मुना!

जुन दु:खले दुखें भन्छौ तिमी
त्यो आफैंले रोपेको बिरुवा - आफ्नै मनको गमलामा
बार्दली वा भर्याङमा
वा पस्ने ढोका छेउ आँगनको एक कुनामा

आफैंले उमारेको दु:खको क्याक्टस
बढ्दैजान्छ दिन प्रतिदिन
र त्यसैमा अल्झेर रगतपच्छे हुन्छौं हामी अचानक
र सराप्न थाल्छौं पुराना मित्रजस्ता दु:खहरुलाई व्यर्थै

समाचार वाचिकाले झैं मुस्काएरै झेलिदिनू दुखको खबर
नदुख्नू - माझेर राख्नु बरु त्यो पुरातात्विक दु:ख
प्रत्येक इमेलमा आएको तिम्रो आँसुको पारदर्शी टाटो
असह्य लाग्छ मलाई !

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com3tag:blogger.com,1999:blog-30560017.post-72082325864864437382013-02-03T03:39:00.000-07:002013-02-03T03:39:00.960-07:00लघुकथा : विज्ञापन

महानगरबाट निस्कने राष्ट्रिय दैनिक पत्रिकामा एकदिन यस्तो विज्ञापन छापियो -

"......म फलानो ठाउँ बस्ने, फलानो ठाउँ काम गर्ने, यति वर्ष उमेरको, यस्तो नाम भएको पुरुष वैवाहिक जीवनको झमेलामा पर्न नचाहने तर आफ्नै एउटा सन्तानको ईच्छा राख्ने भएकोले मेरो सन्तान प्राप्तिको ईच्छा पुरा गरिदिनको लागी मबाट गर्भधारण गर्न ईच्छुक यति देखि यति वर्ष उमेरभित्रका ईच्छुक महिलाहरुले मलाई फलानो फलानो माध्ययमबाट सम्पर्क गर्नुहोला । मेरो निमित्त नौ महिना गर्भ धारण गर्न ईच्छुक र योग्य महिलाको लागी मैले आफ्नो गच्छे अनुशारले साँढे पाँचलाख रुपैया पारिश्रमिकको व्यावस्था गरेको छु ।

पुनश्च: रकम लिएर सन्तान हस्तान्तरण गरे उपरान्त सन्तानमा कुनै पनि प्रकारको अधिकार रहने छैन भन्ने कुरामा पूर्व सहमती हुनुपर्ने प्रावधान छ ।....."

विज्ञापन मानौं कि वारुदको गोदाममा सल्केको आगो भयो । एकैसाथ देशभरी चर्चा चल्यो । धेरैले जिब्रो काढेर भने, 'मान्छे त ठीस हो कि के हो? यस्तो विज्ञापन पनि नाम ठेगाना तोकेर दिन्छन् कसैले?' कतिले मनमनै समस्या सल्टिने थियो भनेर पनि विचार गरे होलान् ।

कुरा त्यतिमै मात्र सीमित रहेन । देशभरीबाट बिभिन्न महिला सङ्घ सङ्घठनहरुको विरोध र्याली निस्कन थाल्यो र विरोधको स्वरुप बद्लिएर देशभर हड्तालको स्थिती बन्यो । उसले नारी अस्मिताको धज्जी उडाएको, मातृत्व किनबेच गर्न चाहेर सम्पूर्ण आमाहरुको खिल्ली उडाएको, समाजको विद्यमान सामाजिक संरचनामा गहीरो खलल पुर्याउन खोजेको जस्ता दर्जनौं आरोपहरु सहित देशभरका अनेक ठाउँमा उसको गिरफ्तारीको लागि उजुरीहरु परे ।

दशकौंदेखि स्थीर हुन नसकिरहेको देशको टालेटुले सरकार स्वयं त्यस विज्ञापनले एकैदिनमा धरापमा पर्न सक्ने परिस्थिती बनाईदियो ।

भोलीपल्ट, प्रत्येक दिन विभिन्न प्रलोभनमा परेर, डराईएर, धम्क्याईएर सयौं नारीहरु बलात्कृत भएर विना बाबुका सयौं बच्चाहरु जन्मने देशको आदर्श प्रशासनले ईमान्दारी साथ आफ्नो ईच्छा अनुशारको विज्ञापन छपाउने व्याक्तिलाई पक्राउ गरेर हिरासतमा लियो ।

भोलीपल्टै, उक्त व्याक्ति पक्राउ परेको खबरलाई महिला अस्मिताको रक्षाको निमित्त आफ्नो विजय ठानेर देशभरीका महिला सङ्घ सङ्घठनहरुले ठाउँ ठाउँमा विजय सभा आयोजना गरे । यता हिरासतमा लिइएको व्याक्तिको मानसिक अवस्था जाँच गराईंदैथियो । उता महिला सङ्घ सङ्घठनहरुको सयौं ठाउँमा भैरहेको विजय सभाहरुमा सयौं बलात्कारीहरु नारीहरुको पक्षमा वकालत गर्दै भाषण गर्दैथिए, हजारौं बलात्कारीहरु समर्थनमा ताली बजाईरहेका थिए ।

(केहि समय अघि नै लेखिएको यो कथा फेसबुकको लघुकथा कुनो नामक ग्रुपमा प्रकाशित भैसकेको हो ।)

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-30895187280006760222013-01-29T01:31:00.002-07:002013-01-29T01:47:23.200-07:00कविता : सपना र शहीद

सम्झिरहेथें

ज्ञात अज्ञात शहीदहरुलाई

लाग्दै थियो

एउटा कविता त लेख्नै पर्ला

आमा उभिनुभयो अगाडी

र सोध्नुभयो,

'ए कान्छा, यो सहिद भनेको के हो?'

सम्झाएँ

आमालाई र भनें

म तिनै शहीदको नाममा

यौटा कविता लेख्न खोज्दैछु

आमाले भन्नुभयो,

'जिउँदाहरुको दु:ख कसैले नबुझ्ने देशमा

मरेकाको नाममा स्वाङ्ग गर्न कस्ले सिकाएछ?'

आमा

आफ्नो घरधन्दामा लाग्नुभयो

म

कलम बन्द गरेर बसें

साँच्चि

आफ्नो सपना तुहिएको देखि देखि

मेरो कवितालाई

शहीदहरु के भन्दा हुन् स्वर्गबाट?

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com1tag:blogger.com,1999:blog-30560017.post-45012809921012615262013-01-26T05:11:00.001-07:002013-01-26T05:11:09.400-07:00गीत : तिमी आउँदाको भए हुन्छ

आज चन्द्रमा चाहिन्न मलाई
यो उज्यालो
तिमी आउँदाको भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।

म आफैं बादल जस्तै रहेछु
मेरो आफ्नो आकार केहि नै छैन
कुनै भ्रम वा झझल्को मनको
के यो जिन्दगी त्यहि नै हैन?
मलाई बुझ्न कुनै चित्र झैं
तिमीले मनमा
आफैं बना'को भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।

मैले प्रेमलाई कुनैदिन पनि
सबैथोक हो भनिंन जिवनमा
तर प्रेमले जस्तै उज्यालो
अरु केहिले सायद ल्यायो मनमा
स्विकार्छु आज यो उज्यालो
तिमीले प्रेममा
जसरी ल्या'को भए हुन्छ
नखानु कसम आज केहि पनि
पहिल्यै कतै
अरु कहिँ खा'को भए हुन्छ ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com2tag:blogger.com,1999:blog-30560017.post-23313871849386283902013-01-23T06:40:00.000-07:002013-02-01T04:34:27.579-07:00सकस : ठुलो किताबको सानो चर्चा

सकस बजारमा निस्किएर चर्चा हुनासाथ पढ्ने धोको पलाएको थियो । त्यो धोको तर किताबको चर्चा देखे सुनेर मात्र भने पलाएको थिएन । 'अन्तर्मनको यात्रा'मा हरेक पाठकहरुले जस्तै मैले पनि जगदिश घिमिरेलाई अन्तरसम्मै पढेको भएर पलाएको धोको थियो । हुनपनि अन्तर्मनको यात्रा जत्तिको जीवन ज्ञान भएको आख्यान मैले पढेको थिएन त्यस अघि र त्यसपछि पनि पढेको छैन ।

बजारमा सकस निस्किने बित्तिकै जस्तो एकदिन फेसबुकमा साथी सीमु श्रेष्ठसँग सकसकै कुरा भएथ्यो । र मैले सकस पढ्न मन लागेको कुरा गरेको थिएँ । त्यहि दिन सीमुले किनेर पठाइदिने कुरा तय भयो । पठाउनलाई मेरा अन्य सामानहरु कार्गोमा आउँदैथियो र सजिलो भयो । किताब किनेर पठाइदिने मान्छे फेला परेपछि मलाई पनि के थियो? मैले अरु पनि केहि नयाँ पुराना किताबहरुको नाम दिएँ, किन्ने नै भएपछि यि पनि किनिदिनुस् न भनेर । यसरी सकस आउँदा सकसले साथमा अरु ११ थान लिएर पुरा दर्जनको हुल बाँधेर आयो मसम्म ।

सबैभन्दा पहिले सकस नै पढ्नेथिएँ त्यसैले एकदर्जन किताबहरु पाउनासाथ सकसलाई निकालेर हातमै एकपल्ट फरर्र पल्टाएँ । नयाँ किताब हररर ज्ञानमय वासनाका साथमा फरर्र पल्टाउँदा किताबबाट २ पातो फुत्रुक्क भुईंमा खस्यो । उठाएर हेरें । किताबको अघिल्तिरको समर्पण लेखिएको लेखकका पिताजीको तस्वीर भएको पेज रहेछ । र किताबको नाम लेखिएको अर्को यौटा पेज रहेछ । दुबै पेजहरु सायद बाइण्डिङ्गमा नपरेका रहेछन् ।

हाम्रोमा निस्किने किताबहरुमा यो खालको समस्या चर्को छ । कतिपय किताबहरुमा यसैगरि किताबको बिच बिचका पेजहरु छुट्टिएर बसेका हुन्छन् । कतिपयमा कुनै कुनै पेजहरु नै हुन्नन् । कटिङ्ग नमिलेर पढ्दै जाँदा पेजहरु छुट्याउनलाई चक्कु खोज्नुपर्ने त लगभग सबै किताबमा हुन्छ । मैले यौटा पातलो चक्कु नै राखेको छु कलमहरु राख्ने टोकरीमा । र कतिपय किताबहरु चैं पढ्न थाल्दा सारसौंदै हुन्छन् तर पढिसक्दा बिच बिचका पत्ताहरु छुट्टिएर पुराणका किताब जस्तो हुन्छन् ।

मलाई झट्ट सम्झना भयो, गोविन्द गिरी प्रेरणाले फेसबुकको ग्रुप उपन्यास कुनोमा "क्या बोर भो । सकस पढ्दै थिएँ पेज नं २३५ देखि २४२ सम्म पानै गायब । त्यसको ठाममा त २२७ देखि २३४ पेज दोहोरिएको रहेछ ।............" भनेर लेख्नुभएको थियो । मलाई अगाडिको दुई पाता फुत्रुक्क खस्दा मसँग भएको सकसमा पनि यस्तो समस्याहरु थप होलान् कि भन्ने पिरलो थियो तर घाटा पर्ने गरेर केहि रहेनछ । बरु मसँग भएको सकसमा पेज १३० पछि १३१ न आएर १२३ आयो । पेज १२३ देखि १३० सम्म चार पातो दोहोरिएर फेरि १३१ सकुशल आयो र अरु कुनै कैफियत रहेनछ ।

जब पढ्न थालें । सकसले एकाग्रताको डोरीमा बाँधेर राख्यो । पढ्न सुरु गरेको अवस्था र उपलब्ध फुर्सदले गर्दा मैले तीनवटा विश्राम लिएर चार पटकमा पढिसकें । पढ्दापढ्दै हाई आउने, अल्छि लाग्ने र पढ्नै छोडेर किताब बन्द गर्ने स्थिती आएन । सकसको सबलता एउटा त्यो पनि हो भन्ने लाग्छ मलाई । नत्र कतिपय धेरै महत्वपूर्ण, उपयोगि र राम्रा कुरा(किताब)हरु पनि लेखन शैलीले दिग्दार लगाउँछन् ।

फुटकर (कथाहरु) बाहेक 'अन्तर्मनको यात्रा'मा मात्र पुस्तकमा पढेको भएपनि जगदिश घिमिरे Trusted Author नै थिए । मनोयोगले सकस पढ्नुमा त्यसको मनोवैज्ञानिक असर पनि परेको हुनसक्छ मलाई । सकसभित्र शाह वंशको इतिहासको कुरा आएजतिमा म ज्यादातर रत्तिएँ । इतिहासका किताबहरुमा समेत नलेखिएका थुप्रै कुराहरु आएका छन् शाह वंशका । र किताबले शिर्षकको धर्म थाम्दै शाह वंशको राजमा जनताले के कसरी सकस पाए भन्ने पनि राम्ररी देखाइएको छ । 'अनि जीबाले भने' यो अलि एकोहोरो भएको भएपनि र कतिपय कुराहरु इतिहासको रिपोर्टिङ्ग जस्तै भएपनि साह्रै रुचिकर छन् कथानकमा आएका तथ्यगत इतिहासहरु । पछिल्ला माओवादी युद्धकालका पनि कतिपय घट्नाहरु रिपोर्टिङ्ग जस्तै शैलीमा छन् । घरी यसले र घरी उसले घट्ना वयान गरेको भएर कथानक लामो दुरी चल्ने गाडी जस्तो द्रुत गतिमा बगेको छ । परन्तु हरेक कालखण्डमा सर्वसाधारणले भोग्नुपरेको 'सकस' भने सकसले आँखा सामुन्ने देखिएको घट्ना जस्तै स्पस्ट उतारेको छ ।

पात्रहरुमा भने लेखक हावी भएको पाएँ । जीबा पात्र जस्ले पृथ्वीनारायण शाहको पालादेखिका इतिहासका कुराहरु निकालेका छन् । तिनै जीबामा समेत लेखक आफैं देखिँदा म पाठकलाई त्यस्तो नभैदिएको भए हुन्थ्यो भन्ने लाग्यो । अर्को मुख्य पात्र शरदमा पनि लेखक हावि भएका छन् मन्थली, रामेछापतिरको कुरा आउँदा । सबभन्दा ठुलो विस्मात त यत्रो कालखण्डको सिंगै देशको कथा व्याथा समेटिएको किताबले मन्थली, रामेछाप र जनकपुरकै घुमी घुमी फन्को लगाउनुमा पनि लाग्यो मलाई । सिन्धुली गढीको लडाईंको वृतान्त र रामेछाप, मन्थलीका कतिपय कुराहरु, जो अन्तर्मनको यात्रामा पढिसकिएको थियो, सकसमा नलेखिएको भए नि हुने भने जत्तिकै लाग्यो ।

अन्तर्मनको यात्रामा लेखकको रामेछाप, मन्थली प्रतिको प्रेम र जनकपुरसँगको लगाव पढिसकेको भएर होला । पटक पटक मन्थली र जनकपुर नदोहोरिएर कथाका मुख्य पात्रहरु अन्त पुगेका भए वा अन्तैका भएका भएपनि हुन्थ्यो जस्तो लागिरह्यो । जीबा रामेछापका थिए । स्वामी राजाले खेदाएका प्रजाहरु मध्ये मुख्य कर्मलाल रामेछाप नै गयो । शरद र कुमारी काठ्माण्डौबाट टक्टकिएर रामेछाप गए । रामेछापबाट खेदिएपछि जनकपुर गए । यसरी कथानकले फन्को मार्ने स्थानहरु उहि उहि हुन पुगेको छ । हुनत एकै लेखकलाई निरन्तर पढिरहँदा तिनै तिनै कुराहरु एकाध कृतिमा दोहोरिएको पाउनुलाई सामान्य कुरा नै लिइन्छ होला । तर नेपालकै केहि चलेका लेखकहरुले तिनै तिनै कुराहरुलाई हरेक किताबमा ल्याएर अघाउंजी पारिसकेका भएर हो कि अन्तर्मनको यात्रामा भएका महत्वपूर्ण कुराहरु सकसमा नदोहोर्याएको भए हुन्थ्यो जस्तो मलाई लागेको ।

राजनैतिक दृष्टिकोणबाट हेर्ने हो भने अझै पनि, सकसले कथानकमा उठाएदेखि विसाएसम्मको कालखण्ड भरि, सकसको स्थितीबाट मुक्त रहेर आनन्द महसुस गर्ने परिस्थिती बनिसकेको छैन तथापि जनजीवनमा आइपर्ने हरेक सकसहरुलाई सामना गर्न र यौटा सुनिश्चित उज्यालो भविश्यमा दृष्टिपात गर्नको लागी परेला उघार्न वाध्य छौं मुलुकभरीका हामी एक एक व्याक्तिहरु । यस्तोमा सकसको कथानकले मुख्य पात्र शरदलाई कथानकको अन्त्यमा तन्त्र फन्त्रको अधिनमा नगराएको भए हुन्थ्यो जस्तो पनि लाग्यो । किताबको अन्त्यमा शरदलाई जीबाले भनेको कुरा छ, 'धैर्य गर्, जतिसुकै कालो र घना भएपनि मेघ स्थायी हुँदैन । ढिलोछिटो बढारिन्छ । उज्यालो आउँछ आउँछ । ऐले म शान्तिलाई रक्तमुछेल देखिरहेको छु । तर सकस जति भए पनि भविश्य शान्तिकै हो ।' किताब पढुन्जेल पाठकको मगजमा पर्ने सकसलाई राहत दिने यो कुरा आउँदा शरद तन्त्र फन्त्र जस्तो आम मान्छेको जीवनमा अनुपयोगि र अनुशरण गर्न दुश्कर लाग्ने कुराको अधिन भैसकेको हुन्छ । त्यसैले शान्ति अनिश्चित भएको अवस्था जान्दाजान्दै पनि यो उज्यालो कुरा यसरी आउनुले पाठकलाई एकप्रकार अनिश्चिततामै छाडेको भान् हुन्छ । जस्ले गर्दा किताब पढिसक्ने पाठकलाई जीबाको उपरोक्त कुराले जति उर्जा दिनुपर्ने हो त्यति दिन सकेको छैन ।

यो ऐतिहासिक आख्यान 'सकस'को बथख्वाँइ गर्नै चाहनु हो भने पनि म त्यसको निमित्त योग्य पात्र कदापि होइन त्यसैले सकस पढ्दा महसुस गरेका कुराहरु थपक्क लेखें । यत्ति अधिकार म तुच्छ पाठकमा होला भन्ने सम्झेको छु । र सकसलाई नराम्रो छ भन्ने देखाउन लेखिएको भन्ने भ्रम नरहला भन्नेमा ढुक्क छु ।

सकसको राम्रा पक्षको वर्णन गर्नलाइ पनि म सायद योग्य नहुँला । र गर्नुपर्दा पनि मैले के वर्णन गर्न सकुँला? फेसबुकको उपन्यास कुनोमा 'सकस'माथि आएका हरएक समीक्षाहरु पढिरहेको छु र राम्रा कुरा लेख्नुपर्दा मैले तिनै कुराहरु नदोहोर्याई सुख छैन । अत: सकसकै पछाडीको खोलमा लेखिएको आख्यानकार नयनराज पाण्डेको टिप्पणी दोहोर्याउन चाहन्छु - ".......यसमा कहाली लाग्दो इतिहास र मूल्यक्षय हुँदै गएको आजको राजनीतिक यथार्थ अनि त्यसले भित्र्याइरहेको डरलाग्दो भयावहता जीवन्त कथानकमा रुपान्तरित भएको छ ।..........."

साहित्य लेखनमा हुनुपर्ने निर्भयता र निश्पक्षता भने सकसको माध्ययमले जगदिश घिमिरेबाट नेपाली साहित्यले अवश्य सिक्नेछ र सिक्नु पर्छ भन्ने ठान्छु म । अन्त्यमा, सबैभन्दा मुख्य कुरा त यो नेपाली साहित्यमा ऐतिहासिक मूल्य राख्ने आख्यान पढेर र संग्रह गरेर राख्न समेत पाएकोमा गौरव गर्छु म । र मेरो ब्लगमा यो पोष्ट पढ्नुहुने सबैलाई सकस पढ्ने मात्र हैन संग्रह गरेर राख्न समेत लायक उच्वकोटिको आख्यान हो भन्ने जानकारी पनि गराउन चाहन्छु ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com3tag:blogger.com,1999:blog-30560017.post-71017327853410867672013-01-12T18:44:00.001-07:002013-01-12T18:47:52.505-07:00भक्तिगीत : ह्रदयमै भेट्छु मेरो राम कृष्ण

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

मेरो राम कृष्ण मेरो राम कृष्ण

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।।

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

असल त यहिँ छ सबैको मुखमा

म खराब खोज्दैछु कति छ दु:खमा ।

उचालेर पाऊ म जहाँ जहाँ जान्छु

साथैमा मेरो राम र कृष्ण लान्छु ।।

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

सब कर्म मानिसको सुकर्म नहोलान्

जानेरै पापकर्म रोज्ने पनि होलान् ।

सबैको हो राम कृष्ण मनले अँगाले

सबैले ह्रदयभित्र मैलो पखाले ।।

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

रामलाई मुक्तिको तृष्णा नबनाउँ

पापको शिर लुकाउन कृष्ण नभनुँ ।

राम कृष्ण खालि एक बाटो हो मनको

सुमार्ग चिनेर हिंड्न जीवनको ।।

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

ह्रदयले बोलाउ राम मनमा बोल्छ

मन्दिरमा मुर्तीले कहाँ मुख खोल्छ ।

मुर्ती मानिसकै विम्ब हो मनको

चिनौं राम कृष्ण मनकै आँगनको ।

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

रामले बनाउँछ मानिसलाई दाता

आउँछन् राम र कृष्ण फैलाउन हात ।

चिनेर खोल मन सेवामा नभाग

ए दाता! तिमी मुर्तिसँग नमाग ।।

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

मै जोगी भएर नछोडे नि तृष्णा

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।

मेरो राम कृष्ण मेरो राम कृष्ण

ह्रदयमै भेट्छु मेरो राम कृष्ण ।।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-92070721235927136302013-01-02T05:44:00.006-07:002013-01-02T05:45:59.608-07:00कविता : लाजको मर्नु

वर्षादी लगाएको मानिस

छाता ओढेर जुन सडकमा लमक् लमक् हिंडीरहेछ

त्यहि सडकमा निथ्रुक्क भिजेर

पिठ्युँमा पिउसो च्यापेकि आमा पनि हिंडीरहेकि छिन् ।

ओतमा हुनेहरुलाई

वर्षादी महोदयको पिरलो छ -

'ठुलो मान्छे, यो पानीझरीमा

यहि बस्तीकै चिन्ताले रुझेको हुनुपर्छ । '

बीस रुपैयाको घुम समेत नहुने आमा

यो देशभरी नै सस्तो भएकि छन्

मात्र यो बस्तीमा कसैले किन सोधखोज गरोस्?

यदि उनले,

यसै गरेर कुनै बखत पानीझरीमा जोगाएर

थुप्रै छातावालहरु,

थुप्रै वर्षादी महोदयहरु,

यहि सडकमा हुर्काएकि छु भनिन् भने

त्यो लाजको मर्नु मलाई पनि त हुन्छ ।

सबैलाई नयाँ वर्ष सन् २०१३ को हार्दिक मंगलमय शुभकामना !

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-74702423831139747612012-12-12T02:10:00.001-07:002012-12-12T02:10:36.742-07:00लघुकथा : कर

धूलो खेलिरहेको छ सातवर्षे बालकले माटोका डल्लाहरु तीनठाउँमा चाङ्ग लगाएको रहेछ । संयोगले ऊ त्यसदिन मैले काम गर्ने ठाउँमा खेल्दैरहेछ । जब म आफ्नो काममा पुगें । उसले अन्दाज लगाईहाल्यो कि अब उसले खेलमा निर्माण गरेको संसार म त्यसरी नै भत्काईदिन्छु जसरी ऊ वा उसका उमेरका बच्चाहरु कमिलाले दुलो छेउमा थुपारेको माटोको ढिस्को बिनाकारण भत्काउने गर्छन् ।

जसै म उसको छेउमा पुगें उसले आफ्नो सानो खेलक्षेत्रलाई साना हातहरु फैलाएर छोप्न खोज्दै भन्यो, 'केहि नगर्नु है याँ; अर्काले कस्तो दुख गरेर बना'को छ ।'

म उसलाई लखेटेर आफ्नो काम गर्न चाहन्थें त्यसैले थोरै झर्किएर भनें, 'के बनाइस्, माटाका डल्ला थुपारेर मैले काम गर्ने ठाउँमा?'

तब उसले एक एकवटा डल्लाहरुको चाङ्गलाई पालैपालो हातले देखाउँदै भन्यो, 'यो काठमाण्डुको धररा, यो ईन्ड्याको ताजमहल अनि यो चैं पेरिसको आफल टावर ।'

आफ्नो खेल तन्मयता र आफुसँग भएको ज्ञानका साथ जुन विश्वासले उसले मलाई त्यो कुरो भन्दै थियो - त्यो देखेर मलाई उसको कुरा पत्याउन कर लाग्यो |

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com1tag:blogger.com,1999:blog-30560017.post-80599073367686306042012-10-22T21:46:00.003-06:002012-10-23T00:00:06.951-06:00दशैं गफ : दशैं, फेसबुक र कविताहरु

उत्ताउलिनु केहि छैन । दशैं नै त हो आएको जो हरेक वर्ष आउने गर्छ ।

यसपाली दशैंको मेरो एउटा स्टाटस यस्तो थियो फेसबुकमा । भन्नलाई जे भनेपनि दशैं मनाउने परम्परा र संस्कृतिमा हुर्केका हामी मनुख्खेहरुलाई तर दशैंले नछोइ कहाँ छाड्छ ? हो छुने काइदा भने फरक फरक होला बरु; भूगोलको, मनको र ब्यावहारहरुको अवस्थाहरु अनुशार । म प्रशान्त महासागरले वेष्ठित धर्तीकै सूदुर पश्चिममा रहेको हवाईयन द्विपहरु मध्येको यौटामा छु । भाषा, संस्कृति लगायतका सामाजिक गतिविधीहरुको दृष्टिले म अनकण्टारमा छु भने हुन्छ । दशैं आयो है भन्ने सम्म अर्को कुनै नेपालीहरु वरपर छैनन् । त्यसैले दशैंको कुनै खास गतिविधीहरुमा सामेल हुने कुरा पनि छैन । आफ्नो यहि वास्तविकताको आधारमा पनि लेखेको हुँ मैले उपरोक्त फेसबुके स्टाटस । तर भनें नि, दशैंले भने जसरी भए नि छोएरै छाड्ने । जीवनमा आउन नसकेको दशैं यो सातसमुद्र पारीको गुप्तवासमा समेत मनमा भने आएको छ । र मनमा दशैं लिएर आउने माध्ययम चैं फेसबुक बनेको छ ।

सुर्ती, रक्सी जस्ता कुराहरुको महाअम्मलीले बरु अम्मल सेवन गर्न निक्कैबेरलाई छोड्ला तर यो फेसबुकको अम्मलीले छिनको छिनमा फेसबुकमा चिहाउन छोड्दैन । त्यै भएको छ मलाई । घरि पनि घरि पनि फेसबुकमा चिहाउँदै दशैं सम्बन्धि अरुका स्टाटसका विभिन्न कुराहरु पनि हेर्न भ्याएपछि मनभरी दशैंको उज्यालो भरिएको छ । मनभरीको यहि उज्यालोमा आज दिउँसो फुर्सद निकालेर दशैं केलाउन थालें । सानो छँदाको दशैं, अलि ठुलो हुँदाको र हालसालैका दशैंहरु काँसघारीमा कोटेरो जस्तै फित्रिक फित्रिक नाच्न थाले मनमा । सानाका कुरा छोडौं सबैसँग सानओ हुँदाको सम्झनाहरु थानका थान उपन्यास लेख्न पुग्ने गरेर हुन्छन् । हालसालैका दशैंहरुमा भने म बडा मौसमी कवि बन्ने गर्दो रहेछु र प्रायस सालहरुमा लेख्दो रहेछु दशैं शिर्षकमा मौसमी कविता । सम्झेर ल्याउँदा खुशी पनि लाग्यो । मौसमी नै सही, दशैंको मौसमले मलाई कविता लेखाउँदो त रहेछ । यो मौसमको रौनक फेसबुकमा अझ देख्न मिल्छ । दशैं कविता लेख्ने म जस्ता मौसमी कविहरु फेसबुकमा सायदै गनिसाध्य होला । नहोस् पनि किन आँखीर कविता पनि त दशैं जस्तै रमझम न हो । अथवा यसरी भनौं - कवि मनहरुलाई दशैं मौसमी कविता हो भने कविता सँधैंको दशैं हो । यहाँनेर दशैं चाडप्रति कारणवश पूर्वाग्रह राख्नुहुने मनहरुलाई म दशैंको शट्टामा अर्को आफुले मनपराउने वा मान्ने चाड राखेर बुझ्नुहुन सविनय अनुरोध समेत गर्न चाहन्छु । मैले चैं दशैं नै आफुले मान्ने विशेष चाड भएकोले दशैं नै लेखें ।

जे होस् । मैले प्रायस दशैंहरुमा कविता चैं लेखेकै हुँदोरहेछु र यसपाली पनि फूलपाती भन्दा अगाडिनै लेखिसकेछु दशैं कविता ।

शिर्षक छ - यो दशैं हो

भूमिका केहि थिएन
अचानक
खुकुरी सम्झिएँ
निरिह खसीको गर्दन सम्झिएँ
र सम्झिएँ - यो दशैं हो ।

- सायद भूमिका यहि थियो ।

हुनपनि -
अर्थोक केहिले बताओस् नबताओस्
आँगनबाट एकोहोरो आउने
खसीको म्याँ म्याँले बताउँछ - यो दशैं हो
घरमा केटाकेटिहरु भए
तिनकै उज्यालोले बताउँछ - यो दशैं हो
केटाकेटिहरु नभए
घरमूलीको घुँडामा कुहिनो अडिएर
खप्परमा टाँसिएको हातले बताउँछ - यो दशैं हो ।

दशैं न हो
यो रवाफले पनि आउन सक्छ
धेरथोर खुशी पनि ल्याउन सक्छ
सर्लक्क तिम्रो अनुहार पढेर
अदवले तिमीलाई सोध्न सक्छ
'खसीको गिदी जिब्रो भुटेर
कुन रक्सी खाने हो यसपाली?
हात पनि त चिलाउँदै होला कौडा फ्याँक्न
कुन खालमा जाने हो यसपाली?'
छोड नियमले दिँदैन भन्ने कुरा
दशैंले आफैं जन्दछ आफ्नो नियम - यो दशैं हो ।

दशैं नै त हो
तिमी हामीले शरम मानेपनि
यो दशैं नै भएर आउँछ
लाज पचाउँछ
र गाल पारेर जान्छ ।

कहाँ सक्थ्यौ तिमी ढोका थुनेर छेक्न यस्लाई?
साइत पारेर तिम्रो घरको ढोका
निधारले ढक्ढक्याउँछ - यो दशैं हो
तिम्रो गोजी, गल्ला, बाकस, थैली
प्यारले टक्टक्याउँछ - यो दशैं हो ।

मेरा दशैं कविताहरुमा दशैंले गरिवीमा पार्ने प्रभावहरु नै प्रमुखताका साथ लेखिँदा रहेछन् । आफ्नै नयाँ पुराना दशैं कविताहरुमा घोत्लिएपछि थाहा पाएँ । म कि त गरिवीको ब्याथा कि दशैंको विकृतिलाई निशाना बनाउँदो रहेछु । फेसबुकमा थुप्रै अरु दशैं कविताहरुमा पनि देख्न पाइन्छ यहि कुरा । अभाव सायद हामीले भोगेको साझा पीडा भएर हुनसक्छ यसो भएको । र दशैं चाड मनाउनेहरुलाई पनि दशैंमा हुने व्यापक काटमार जस्ता साँस्कृतिक बिकृतिहरु ठीक नलागेकोले चाहिँ दशैंका विकृतिहरु प्रति कवितामा व्यङ्ग्य कोरिएको हुनसक्छ । तर पछिल्ला दशैंहरुले यस्ता जायज व्यङ्ग्य भन्दा अलि धेरै व्यङ्ग्य सहन थालेको छ । प्रहार नै सहन थालेको छ भनुँ न । व्यङ्ग्य र प्रहार दुबै उस्तै लाग्ने कुराहरु भएपनि त्यसमा टड्कारो फरक देखिन थालेको छ आजभोलीको दशैंमा ।

दशैंलाई हिन्दुहरुको मात्र चाड हो भनेर प्रहार गर्ने धेरैसाथीहरु फेसबुकमा भेटिन्छन् । हो दशैं हिन्दु धर्मावलम्बीहरुले नै मनाउने चाड हो तर वर्तमानको हाम्रो समाजमा हिन्दुवादी चाड भएको भनिएरै दशैंमा हिन्दुहरुले कटाक्ष खपिरहनु पर्ने कुरा कतिको युक्तिसंगत देखिन्छ? अझ क्षेत्री बाहूनहरुलाई दशैं चाड मनाउने भएकैले प्रहार गर्नु कति न्यायोचित हुनसक्छ? जबकि अहिन्दुहरुले पनि सामाजिक सद्भाव राख्दै दशैं मनाएको देखेको छु मैले र त्यो सर्वथा सुन्दर देखेको छु । जानीजानी वा नजानेरै लहै लहैमा यसरी यौटा संस्कृतिलाई ढलाउन प्रहार गर्ने फेसबुकका साथीहरुलाई सम्झाउँन त सायदै सकुँला म; किनभने उनिहरु भित्र दशैं पर्व तथा हिन्दु संस्कृति प्रति गहीरो पूर्वाग्रह भरिएको छ तर अनुरोध के गर्न चाहन्छु भने आफ्नै तथा आफ्नै वरिपरीका संस्कृतिमा भएका विकृतिहरुलाई सुधार हुने गरेर प्रहार गरौं । त्यसबाट सबैको भलो होला तर समूल संस्कृतिलाई नै नष्ट गर्न प्रहार नगरौं त्यसले कसैको भलो गर्दैन ।

दशैं सम्बन्धि यो ब्लगको खुराक लेखिरहँदा मैले फेरि अर्को यौटा फुच्चे दशैं कविता लेखेर फेसबुकमा टाँसिसकेको थिएँ ।

दशैं
वनावटी अभावका गतिला कथाहरु
फेसबुकका भित्तामा भित्ताहरुमा
अद्वितिय कविता रुप धारण गरी
फैलंदो छ फैलंदो छ ।

दशैं
सुँगुर, हाँस, खसी, च्याँग्रा, राँगा
केहि नछोड्ने मैखासुरको सेतो दाँत जस्तै
शान्ति प्रियभै फेसबुकको पर्खालमा
टासिंदो छ टासिंदो छ ।

दशैं
चित्रका विचित्र अक्षता जमरा सहित
लाग्ने नलाग्ने, हुँदो नहुँदो आशिष भइ
फेसबुकका झ्यालबाट निधारहरुमा
थापिंदो छ थापिंदो छ ।

अन्त्यमा, दशैं २०६९ को हार्दिक मंगलमय शुभकामना सबै दशैं मनाउने नमनाउने मेरा साथीहरुलाई !

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com3tag:blogger.com,1999:blog-30560017.post-5479010385749635112012-10-12T17:00:00.001-06:002012-10-12T17:04:31.313-06:00लघुकथा : एकदिन

'आज के भो र किताब नलि' आइस्?' एकदिन उसको कानको जरी उखेल्दै हेडमास्टरले सोधे ।

'हेडसर, हाम्रो भर्याङको तीन्टा खुट्किलो भत्केको छ । म किताब लिन माथि जानै सकिंन ।' उसले आत्मविश्वासका साथ कहानी रचेर सुनायो ।

'घरका अरुलाई किताब झिक्देओ भन्नु पर्दैन त?' हेडमास्टरले कानमुन्तिर ठ्याम्का लगाए ।

'आमा पानी लिन ग'कि थि'न्, घरमा अरु क्वैपनि थे'नन् ।' रातो भएको अनुहारले उसले अर्को छोटो कहानी सुनायो ।

हेडमास्टर र उसको बिच भएको यो चलचित्रमय दृश्यले कक्षाकोठामा मनोरन्जनको वातावरण बनाईरहेथ्यो । अरु विद्यार्थीहरु हेडमास्टरको केरकार लम्बिए आफु सजायबाट बच्ने कुरामा मख्ख हुँदै मनोरन्जन लिँदैथिए । हेडमास्टरलाई पनि पढाउनु समेत नपर्ने गरेर मनोरन्जन प्राप्त भैरहेको हुँदो हो । सम्झिएझैं सोधे, 'अनि अस्ति किताब नल्याउँदा तैंले लिस्नो लडो' भनेको हैन? अस्तिको लिस्नो आज कसरी भर्याङ भयो?'

उसले पिर्लिक्क आँखा पल्टाएर हेडमास्टरको आँखामा जुधायो । चोर त यसै छँदैथिएँ पक्रा पर्ने भएँ भन्ने लागेको हुँदो हो उसलाई । हेडमास्टरले फेरि जोडले कन्सिरी उखेले ।

'अनि त्यो लिस्नो लडेपछि हाम्रो बाउले भर्याङ बनाए नि त ।' किन्चित डर नमानी उसले फेरि कहानी थप्यो ।

'तँलाई लठुवा! ढाँट्छस्? भर्याङको खुट्किला भत्केर किताब ल्याउन नसक्नेले त्यो झोला कसरी झिकेर ल्याइस्?' माझ टाउकोमा एक पड्याङ्ग भेट्यो उसले ।

'झोला त मैले हिँजै धो'को थें अनि सुका'को ठाउँमै विर्षेछु राती उठाउन ।' जवाफमा अर्को कथा अघि नै तयार गरेछ उसले फट्ट सुनायो ।

हरेकदिन जसो उ र सरहरु माझ मञ्चन हुने नाटक यस्तै हुन्थ्यो । किताब ल्याउन विर्षिन्थ्यो या जानी जानी ल्याउँदैनथ्यो तर झोला सँधै बोक्थ्यो उ । झोलामा पुराना टर्चलाइट, ब्याट्री, सलाईका डिब्बा ईत्यादि सामानहरु हुन्थे मानौं उ कुनै खुद्रा पसलको सेल्सम्यान हो र सामान बेच्न हिंडेको छ ।

सरहरुको हातको पिटाई नखाएको दिन सायद उसको जिन्दगीको सबसे लोदर दिन हुन्थ्यो । तर पढाईमा उसको तेज कक्षामा मन आँक्न मिल्ने थिएन । उ प्रथम, दोस्रो, तेसो कहिल्यै भएन तर फेल पनि कहिल्यै भएन । त्यहि स्कूलबाट एसएलसी दिउन्जेलसम्म उसको आदत साबिक नै थियो । गृहकार्य नगर्ने, किताब बोकेर नआउने, सामान्य उपध्रो गरिरहने ।

एसएलसीमा मुश्किलले एकाध विद्यार्थी प्रथम श्रेणीमा उतिर्ण गराउने त्यस स्कूलमा दोश्रो श्रेणीमा एसएलसी पास गरेर उ कता गयो कसैले थाहा पाएन ।

वर्षौंपछि एकदिन -

जिल्लाको एउटा साहित्यिक संस्थाले जिल्लाभरीका साहित्यकारहरुलाई बोलाएर अभिनन्दन गर्ने कार्यक्रम बनायो र त्यहि स्कूलको मञ्चलाई कार्यक्रम स्थल छानियो । उनै हेड मास्टरले जिल्लाभरीका कवि, लेखकहरुलाई सम्मानपत्र दिने र खादा पहिर्याउने जिम्मेवारी पाएका थिए ।

कार्यक्रममा सबभन्दा पहिले यसैवर्ष साहित्यमा देशकै सबभन्दा सम्मानित पुरस्कार पाएर चर्चाको शिखरमा रहेका युवा कथाकारलाई बोलाईयो । उनको बारेमा आयोजकका तर्फबाट कसैले मनग्गे चर्चा गरेपछि हेडमास्टरको बाहुलीबाट सम्मान पत्र र खादा अर्पण गरेर उनलाई केहि बोल्न लगाईयो ।

युवा कथाकारले आफ्नो गला अवरुद्ध पार्दै भने, 'म आज मलाई सानैदेखि कथा रच्न बाध्य बनाई प्रेरणा दिनुहुने गुरुवरको हातबाट यो सम्मानपत्र थाप्न पाउँदा भाग्यमानी बनेको छु ।............' कथाकार आफ्नो स्कूलको वाल्यकालका घट्नाहरु बताउँदै गए; हेडमास्टरको आँखा कहिल्यै किताब नल्याउने त्यो लठुवा विद्यार्थी पसेर भरिंदै आयो ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com3tag:blogger.com,1999:blog-30560017.post-56445094998710269422012-10-10T05:30:00.001-06:002012-10-10T05:33:42.017-06:00कविता : पुतलीपाखा

सालन्ने आउँथ्यो हूरी

र उडाएर लैजान्थ्यो मेरो घरको छानो ।

ल्यु सूनले जस्तै मैलेपनि

सालन्ने भेला गरेको छु

अलिकति करेसाको रुखबाट

अलिकति छिमेकीको आँगनबाट

अनि अलिकति आफ्नै मकैबारीबाट

आँधीहूरीमा छिरोलिएर भिजेको

मेरो घरधूरीको खरपराल ।

कस्ले निको मान्न सक्छ

मसमसी निदाएर मीठो सपना देख्न चाहँदा

धूरी चुहिएर कानमा पानी पसेको?

कतिञ्जेल थाप्न सकिन्छ

यो कुना र उ कुना ओच्छ्यान पल्टाउँदै

रातभरी जागेर सिह्रानीमा कसौंडी?

घुर्यानमा आउने एकविहानको घाममा

ओल्टाईपल्टाई सुकाएझैं गरेपछि

आफैं चढेर छाएको छु मैले

आँधीको थप्पडले रुँदै गरेको छानो

बाँधेको छु धूरी अलि कसेर

थिचेको छु पुतलीपाखा भाटा थपेर ।

कालान्तरमा -

खर पराल धूरीमा चढाउँनै छाडिए

चोयाबाताहरु काढ्नु परेन

दाँती काट्नु परेन

भाटा खिप्नु परेन ।

कालान्तरमा -

घर छँदैछ तर

छानो छाउँने चिन्ता मेटियो

धूरी हराएर गयो

पुतलीपाखाहरु बाँकि रहेनन् ।

आँधीहूरी आइरह्यो उसैगरी

सालन्ने तर

क्षति फरक पर्दै गयो

उड्दै जानथाले मनका धूरीहरु

बढ्दै जानथाले मनका दुरीहरु ।

पूर्वपश्चिम फर्किएको धूरी भएको

सिङ्गै देशमा म

सालन्ने आँधीले उधारेको धूरी मार्दै

सालन्ने हूरीले झारेको पुतलीपाखा छाउँदै

पूर्वको पुतलीपाखामा हुर्केको थिएँ ।

आज आँधीले मनहरु उडाउँदा

कसैगरे पत्तो पाउँदिंन

कता फर्केको छ मेरो मनको धूरी?

कहाँनेर छ मेरो मनको पुतलीपाखा?

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-58848889921903377152012-09-19T18:55:00.000-06:002012-09-19T18:55:06.249-06:00गजल : अस्ताउँछन् घामझैं उदाउनेहरु

होसियार आकाशमा छाउनेहरु ।
अस्ताउँछन् घामझैं उदाउनेहरु ।

भरिएपछि अवश्य पोखिन्छ भन्ने,
विर्षन्छन् सँधै प्रेम खन्याउनेहरु ।

मेरै सम्मानले झन् झन् बढेर गए,
यो देशमा ऐंजेरु पलाउनेहरु ।

उ आए ति ल हेर हौदामा बसेर,
हात्तीछाप चप्पल लगाउनेहरु ।

पानीझरीमा कहाँ गै ओतिँदा होलान्,
आफ्नै घरको छानो भत्काउनेहरु ।

नामी नामी कथाकार बनिसकेछन्,
मलाई मेरै कथा सुनाउनेहरु ।

अचानोलाई साथी हो भन्थ्यो खुकुरी,
रुँदैथिए सँधै चोट पाउनेहरु ।

भन्दैथिए हामी त हराउँनै सकेनौं,
धेरैपछि फर्केर आउनेहरु।

धेरैजसोले आजै हार मानिसके,
हिँजो मलाई रीस उठाउनेहरु ।

हाम्रोमा त अपवाद भै'गयो अन्त,
थपिथपि खाँदैनन् अघाउनेहरु ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-67034625265677066012012-07-18T05:08:00.000-06:002012-07-18T05:32:46.837-06:00पुस्तक गफ : 'क्यासल रककी अप्सरा'सँग म

सुन्दर जोशीका निक्कै कथाहरु मैले खसखसमा पढिसकेको छु । खसखसमै उनको जादुमय कथाकारिताको टुनामा बाँधिइसकेको पनि छु । फेरिपनि कथाकार सुन्दर जोशीको कथाकृति चाँडै निस्कँदैछ भन्ने जानकारी फेसबुकले दिएको दिन फेसबुकको खुट्टा भए म टुसुक्कै ढोगीदिन्थें भनेजत्तिकै हर्ष भएको थियो । यो जानकारी मैले कथाकृतिको नाम के रहन्छ र कृतिको आवरण कस्तो हुन्छ भन्ने समेत एकसाथ पाएको थिएँ ।

'क्यासल रककी अप्सरा' नाम जुरेको कथाकृतिको आवरण चित्र फेरि मेरा मनपरेका चित्रकार तथा 'अब्स्ट्रयाक्ट बैंकक'(हालै प्रकाशित उपन्यास)का लेखक खगेन्द्र पन्धाक लिम्बूले बनाएका रहेछन् । आवरणकलाको हिसाबले संग्रह स्वस्थ्य देखिएकै छ तरपनि मलाई आवरण चित्रमा भएको रकसँगै अस्पस्ट क्यासलको केहि हिस्सा पनि जोडिएको जस्तो भएको भए अझ राम्रो हुन्थ्यो जस्तो लागिरह्यो । त्यसो त आवरणमा भएको रक रकनै हो कि बोल्डर(Boulder)हो? भन्ने पनि लागेको छ ।

कथाकृति बजारमा आइसक्नु अगाडिनै मैले 'क्यासल रककी अप्सरा'लाई नेपालबाट मगाउने किताबहरुको लिष्टमा चढाइसकेको थिएँ । तर मेरो सौभाग्य एकदिन फेसबुकले कथाकार सुन्दर जोशीको म्यासेज ल्यायो । म्यासेजमा 'क्यासल रककी अप्सरा' मेरो निम्ती आउनु पर्दा कहाँ आउनुपर्ने हो? ठेगाना सोधिएको थियो । (यहाँ फेरि पनि एकपटक सुन्दर दाइलाई हार्दिक धन्यवाद!) यसरी कृतिकारहरुबाटै कृतिहरु सौगात प्राप्त गर्ने थोरैजसो मात्र अवसर पाएको मलाई यो ठुलो खुशीको क्षण थियो । सहर्ष, सधन्यवाद मैले तुरुन्तै आफ्नो ठेगाना लेखिपठाएँ र यता नेपालबाट मगाउने किताबहरुको लिष्टबाट 'क्यासल रककी अप्सरा' झिकें । शट्टामा अर्को एउटा किताब थप्न पाउने खुशी पनि थपियो ।

मेरो दैलोसम्म अप्सरा खुशी लिएर आउन हुलाक सेवालाई धेरैदिन लागेन । सम्भवत तेस्रो वा चौथो दिनमै 'क्यासल रककी अप्सरा' हात परिन् । संग्रहभित्र के के कथाहरु होलान् त? यहि थियो मेरो उत्पात कौतुहल । तसर्थ हत्तपत्त कथाक्रम हेरें । संख्यामा ११ वटा तर शिर्षकमा ७ वटा कथाहरु रहेछन् । शिर्षक कथा पढिहाल्ने ईच्छाले तुरुन्तै पेज १५९ मा गएँ र पढ्न थालें ।

दुई भागमा रहेको शिर्षक कथाको पहिलो भाग पढ्दै जाँदा पहिले पनि पढेको हो भन्ने थाहा पाउँदै गएजस्तो हुँदैथियो । लाग्यो पक्का खसखसमै पढेको हुनुपर्छ । शिर्षक कथाका दुबै भागहरु पढिसकेपछि भने यो संग्रह पढ्नलाई बिसाउने पर्ने सोचेको थिएँ मैले । किनभने म अर्कै पढ्दै गरेको किताबको पनि मध्यभागतिर पुगेको थिएँ । पढ्दै गरेको किताब सकेर मात्र पुन 'क्यासल रककी अप्सरा' समाउने विचार थियो मनमा । तर भूमिकाहरु र लेखकका कुरा चैं पढिहालौं न त भने भयो र मञ्जुल र वासु श्रेष्ठको भूमिका खरर सिध्याइहालें । वासु श्रेष्ठको भूमिकामा '..यस संग्रहमा समाविष्ट 'क्यासल रककी अप्सरा' बाहेक अन्य कथाहरु खसखस डटकममा प्रकाशन भैसकेका छन्..' भन्ने पढेपछि फेरि मैले 'क्यासल रककी अप्सरा'को पहिलो भाग कहाँ पढें त? भन्ने खुल्दुली उठ्न थाल्यो । कोलोराडोको पृष्ठभूमी बनाएर लेखिएको 'क्यासल रककी अप्सरा' पढ्दा परिचित स्थानहरुको वर्णन आएर कथाले ममा आत्मियताको अनुभुति उमारीरहेको थियो । कथामा वर्णित स्थान र दृश्यहरु मैले कथामै वर्णन गरिएझैं देखेको हुँ कि जस्तो समेत लाग्दैथियो । अमेरिका आएर म आफैं पनि पहिलोचोटी कोलोराडोमै बसेको थिएँ र झण्डै तीनवर्षको कोलोराडो बसाईमा कथामा वर्णित स्थानहरु बारे लगभग ज्ञात थिएँ । अझ मीठो संयोग त कोलोराडोमा मेरो पहिलो बसाई भएको अपार्टमेण्टको नाम समेत 'क्यासल अपार्टमेण्ट' थियो । कथाप्रति एकदम नै आत्मियपना उमार्नु त पक्कै यि नै कारणहरु थिए । कतै यि नै कारणहरुको कारणले गर्दा मलाई यो कथा पहिले कतै पढेको जस्तो लागेको त हैन भन्ने जस्तो पनि लाग्दैथियो । तर केहिपछि वासु श्रेष्ठ दाइसँग फोनमा कुराकानी हुँदा थाहा भयो 'क्यासल रककी अप्सरा'को पहिलो भाग पनि खसखसमा प्रकाशित भैसकेको रहेछ ।

मैले पढ्दै गरेको(आधा पुर्याएको) किताब डा गोविन्दराज भट्टराईको 'सुकरातका पाईला' थियो । अघिल्लो पटक 'सुकरातको डायरी' मगाउँदा भूलवश आएको 'सुकरातको पाईला' पनि मैले पढेको थिएन र पढ्दैथिएँ । डा भट्टराईको रोचक शैलीमा, तत्कालिन अवस्थाको देशको सजीव चित्रण भएको उपन्यास भएपनि एकोहोरो निराशापूर्ण कथानकले म दिक्दारिएको थिएँ । त्यसैले सोचें निराशाजनक कथानकले दिक्दारिएको बेला उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा "एब्सोलुट्ली अ गूड ब्रेक विद रिडिङ" हुनेछ । त्यसैले 'सुकरातका पाइला'लाई ब्रेक नै दिने निधो गरें ।

उत्साह र उमँग भर्ने उल्लासमय कथाहरु भएको जोशीको क्याशल रककी अप्सरा भन्दैमा मैले 'क्यासल रककी अप्सरा'भित्र केवल खुशीयाली मात्र लेखिएको छ । केवल उल्लास मात्र बयान छ । कथाकारले संग्रहमा दुख पीडाका नाम निशानै कोरेका छैनन् भन्न खोजेको होइन फेरि । उनले दुख, पीडा, निराशाहरु पनि लेखेका छन् त्यसो त । 'कार्लोस मेरो दर्पणछाया'मा पाठकलाई रुवाउने वा गहीरो चिन्तामा डुबाउने गरि एउटा जीवनको हार लेखेका छन् । 'टर्मिनल थ्री'मा देशको पीडासँगै विश्व व्याथा उतारेका छन् । 'बाह्र लाखको कविता'मा अमेरिकन सपना फुटेर निस्किएको ह्रदय छेड्ने आवाज कोरेका छन् । शिर्षक कथामै पनि 'याङ्की' र कहिल्यै घाम नहेर्ने कसम खाएकि 'वृद्धा आनी' जस्ता पात्रहरुलाई ल्याएर सामान्य जीवनले सहन गर्न नसक्ने प्रकारका दुखका सगर छोएका छन् । तर यि सबै पीडा, ब्याथा, निराशा, हारहरुका बावजुध पनि कथाकारले सबै कथाहरुलाई ठ्याक्क जीवन जस्तो बनाएका छन् । हो, जोशीका कथाहरु ठ्याक्कै जीवन जस्तै लागे मलाई । जसरी जीवनमा अनेक कष्ट र पीडाहरु झेल्दाझेल्दै पनि हामी हर्दम हाँस्ने प्रयत्न गर्दछौं त्यसैगरी कथाकारले यस संग्रहका हरेक पात्रहरुलाई पहाड जत्रो दुखपनि आफ्नो पैंतीस, छत्तिस ईन्चको छातीभित्र लुकाएर हाँस्न र अरुलाई हँसाउँन सक्ने बनाएका छन् । म आफैं पनि कथा लेखिटोपल्ने भएकोले र आफ्ना प्रायस कथाहरुमा थुप्रै निराशाहरु लेखिसकेको हुनाले मलाई सुन्दर जोशीका कथामा भेटिएका जीवन प्रति आशावादि, हँसमुख र ईनर्जेटिक(उर्जाशील) पात्रहरु भेट्दा ईर्ष्या भएर आयो कि किन मेरा कथामा यस्ता रमाईला पात्रहरु आएनन्?

संग्रहभित्रका सबैजसो कथाहरु खसखस डटकमको वेबपेजमा पढिसकेको भएपनि कथाकार जोशीको मनमोहक शैलीले गर्दा संग्रहका हरेक कथाहरु पढ्दा मलाई पहिलोपल्ट पढिरहेछु जत्तिकै ताजापना, रोमान्चकारी र पठनीय लागे । पुस्तकाकारमा कृति पढ्नु र त्यहिकुरा वेबपेज खोलेर कम्प्युटरको स्क्रिनमा पढ्नुमा कत्रो(आकाश पातालको) अन्तर हुनेरहेछ भन्ने पनि महसुस गरें मैले ।

अन्त्यमा, कथाकार सुन्दर जोशीको कथा संग्रह 'क्यासल रककी अप्सरा' नेपाली कथा साहित्यलाई एउटा महत्वपूर्ण उपलब्धी हो । र यो संग्रह कथा साहित्यका अनुरागीहरुलाई निसंदेह पठनीय र संग्रहणीय कृति पनि हो । म एक पाठकको हैसियतले यस कृति र कृतिकारलाई यस कृतिको सफलताको हार्दिक शुभकामना दिन चाहन्छु । र एक भाइको हैसियतले पनि कथाकार दाइ सुन्दर जोशीलाई लेखन यात्रामा निरन्तरता र सफलताको हार्दिक शुभकामना दिन चाहन्छु ।

Keep Rocking Sundar Dai,

Aloha from Hawaii

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-25481116564063887882012-07-03T18:54:00.000-06:002012-07-04T06:16:15.322-06:00लघुकथा : ढङ्ग

घरमा दुईजना पाहुना आएका थिए । एउटा आफ्नै सालोकेटो अर्को उसको साथी । सानो आयस्ताले काठ्माण्डौको उकुशमुकुश परिवेशमा धरहरा भन्दा अग्लिएको महँगी झेलेर बसेको बेला पाहुनापासालाई सत्कार हैन कोठामै नहुलि दुत्कार गर्न पाए हाइसञ्चो हुँदो हो म जस्ता धेरैलाई ।

एकाविहानै श्रीमतीले भनिन्, 'भाइहरु अहिले नै जाने भन्दैछन् । लौ न अलिकति कुखुराको मासु किनेर ल्याउनुस् । खाना खुवाएर पठाउँछु ।'

'कुखुराको मासु नभए चैं खाना बन्दैन?' सालोकेटो र उसको साथी बाहिरपट्टि हातमुख धुन लागेका थिए । उनिहरुले सुन्दैनन् भन्नेमा ढुक्क हुनाले म झडङ्गिएँ, 'चिया खुवाएर पठाए भै'गो नि ।'

'गाउँमै आवारागर्दी गरेर हिंड्ने सालोकेटो निक्कै भएथ्यो नझुल्किएको । पहिले पहिले आउँदा अनेक बहाना बनाएर दिदीसँग पैसा धुतेर जान्थ्यो । मलाई सालोकेटो देख्दै एलर्जी हुन्छ । कहाँबाट उस्तै साथी पनि लिएर आएछ? हेर्दै गुण्डाकेटाहरु जस्ता । साथी चैं पनि उहि ड्याङको होला नि?' घृणाभावले म गम्दैथिएँ ।

'तपाईं त कस्तो मान्छे हो? मेरो भाइहरु हुन् ।' अँध्यारो रुन्चे मुख लाइन् श्रीमतीले ।

म बाहिर निस्किएँ । सालोकेटो र उसको साथी त्यहि घरमा डेरागरि बस्ने युवतीसँग गफगर्दै हाँस्दैथिए । 'बदमाशहरु! केटि त देख्नै नहुने ए!' आँखातर्दै म हिँडे । आधा केजी कुखुराको मासु पोलिथिन ब्यागमा हलाउँदै म कोठामा आइपुग्दा सालोकेटो र उसको साथीसँग त्यहि आँगनकि युवती पनि चिया पिउँदैथिइन् ।

'हैन यो केटिको पनि के चाला हो? हामीसँग त कहिल्यै बोल्दिन पनि थिइ?' मनमा कुरा खेलाउँदै म पनि बसें चिया पिउँन । उनिहरुको चल्दाचल्दैको गफको माझमा श्रीमतीले त्यो युवतीको परिचय दिइन्, 'यि बैनि त हाम्रै गाउँले पो रैछन् । हामीले कहिल्यै बोलेनौं । भाइहरुसँगै पढेकि रे ।'

'ए हो र?' मैले यत्ति नै भनें ।

कुरा चलिरहँदा मैले आफु बसेको पलङ्गको सिह्रानमुनिबाट हजार हजारका नोटहरु चिहाईरहेको देखें । सम्झें, 'हिँजैसाँझ श्रीमतीलाई तलब बुझाएको थिएँ । उनले त्यहि पैसा त्यसरी जथाभावी राखिछन् ।'

पैसा तानेर गनें । सातसजार रहेछ । मलाई पुगिगयो । श्रीमतीको धतुरो झार्नपट्टि लागें, 'यो पैसा किन यसरी जथाभावी राखेको? घरमा को आउँछ को आउँदैन? हरायो भने के गर्छौ? अहिले आफ्नै मान्छेको पनि भर गर्ने जमाना छैन । पैसा जस्तो कुरो पनि यसरी कागजको चिर्कटो राखेजस्तो राख्ने हो? तिम्रो ढङ्ग कैले आउँछ?'

श्रीमती चुप रहिन् । उनको अनुहारमा अनौठो भाव देखा पर्दैथियो । मलाई त्यो उनले पैसा जथाभावी छोडेकोमा पश्चताप हो जस्तो लाग्यो । म अझै कराउनेवाला थिएँ । वातावरण असहज भैसकेको थियो । तिनै युवती उठिन् र 'दिदी अहिले म जान्छु है, कलेज जानुपर्छ' भन्दै बाहिर निस्किन् । भाइहरु पनि 'लौ दिदीभेना, खाना खान पछि फेरि आउँला अहिले लाग्छौं' भन्दै निस्किए ।

एकछिन कोठाको वातावरण ठुलो घण्ट बजेर रननन थर्किरहेझैं भयो र क्रमश शान्त हुँदै चकमन्नमा पुग्यो ।

'किन आ'रछन् त तिम्रा भाईहरु?' मैले सोधें ।

फुल्लिएकि श्रीमतीले एकछिन टकटकी लाएर मेरो अनुहार हेरिन् र भनिन्, 'हाम्रो भाइलाई पनि उसको साथीले इज्राएल लाने रे सँगै । केयर गिभरको काम गर्छ रे उ । राम्रो कमाई हुन्छ रे । आफु गफ गर्नुओर्नु होइन । खाली अरुलाई नराम्रो भन्न बाहेक आउँछ र तपाईंलाई?' उनि विचमा एकछिन केहि बेर रोकिइन् र पुन: ठुलो सास फेर्दै भनिन्, 'केहि कुरा तपाईंले सोचेजस्तो भएन भनेपनि एकछिन चुपलागेर पछि भन्न सक्नुहुन्न थियो? यो पैसा मलाई भाइको साथीले 'दिदीलाई भेट्न आउँदा खालीहात आएँ, यो पैसाले केहि किन्नुहोला' भनेर दिएको । तपाईंले चैं उनिहरुलाई नै चोर जस्तो ठान्नुभयो । ढङ्ग त मेरो हैन तपाईंको पो कहिले नआउने भयो बुझ्नुभो?'
Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com3tag:blogger.com,1999:blog-30560017.post-27005285502337441312012-06-15T07:41:00.003-06:002012-06-15T07:41:53.593-06:00पुस्तक गफ : अब्स्ट्रयाक्ट बैंककको कुरा

अब्स्ट्रयाक्ट ।

अब्स्ट्रयाक्ट बैंकक ।

मैले भर्खरै अर्थात पछिल्लो पटक पढेको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' ।

कृतिहरु पढेर भूस, कनिका, बिँया निफन्दै आमाले सन्ततीको निमित्त भात पकाएर खान योग्य चामल तयार गरेझैं पुस्तक पढ्न ईच्छुक म जस्तै पाठकहरुलाई योग्य निचोड निकाल्न म नसकुँला । सही समालोचकहरुले तर कुनैपनि कृतिमाथि त्यस्तै चामल निचोड निकालिदिउन भन्ने मेरै पनि अपेक्षा हुन्छ उसो त ।

यहाँ म जे भएता पनि 'अब्स्ट्रयाक्ट बैंककको' कुरा गर्न गैरहेछु । र विल्कुल 'अब्स्ट्रयाक्ट बैंकक'को मात्र कुरा नगरेर खगेन्द्र पन्धाक लिम्बूको पनि कुरा गर्न सक्छु । यस सम्बन्धमा मेरो भन्नु तर के रहनेछ भने यो कुनै आलोचना वा समालोचना होइन । न कृतिको न कृतिकारको ।

यदि तपाईं पनि खगेन्द्र पन्धाक लिम्बूको फेसबुक साथी हुनुहुन्छ भने उनको फेसबुक स्टाटसमा तपाईंले बग्रेल्ती अब्स्ट्रयाक्ट कुराहरु पढेको हुनुपर्छ । स्टाटस मात्र हैन उनको वालमा कविताहरु र कलाकृति(पेन्टिङ्ग)हरु पनि अब्स्ट्रयाक्ट भेटिन्छन् । म उनका कविताहरु पनि पढ्न खुब रुचाउँछु तर कतिपय कविताहरु कतिपय ठाउँहरुमा बुझ्न मुश्किल भएर साँच्चै अब्स्ट्रयाक्ट लाग्छन मलाई । उनका पेन्टिङ्गहरुको त प्रसंशक नै हुँ म । पेन्टिङ्गको हकमा चैं अब्स्ट्रयाक्ट भए अझ रमाउँछु क्यार म ।

छोटा कथाका रुपमा मैले पढेका उनका आख्यानहरुले मलाई अत्यन्तै प्रभावित पारेका छन् । 'ज्योतिकथन' मैले पढेको उनको कथाहरु मध्येमा उत्कृष्ट कथा हो । 'ज्योतिकथन' जतिको उत्कृष्ट र मलाई प्रभाव पारेको कथा त मैले फेसबुकमा पाइने साहित्यमा मात्र हैन पुस्तकहरुमै पनि पढेको छैन भन्न सक्छु म । यहाँ 'ज्योतिकथन'को प्रसंग यसकारणले उठाएको हुँ कि मैले उनको फेसबुक नोटमा 'ज्योतिकथन' नपढेको भए नेपालबाट किताबहरु मगाउँदा मेरो लिष्टमा 'अब्स्ट्रयाक्ट बैंकक' नपर्न पनि सक्थ्यो । अर्थात 'ज्योतिकथनले' नै मलाई खगेन्द्र पन्धाक लिम्बूको दर्शनमा आधारित भनिएको उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' मगाएर पढ्न प्रेरित गरेको हो ।

अमूर्तबोधी दर्शनका कुराहरु लिएर फेसबुकको वालमा उनले लेख्ने कुराहरु म रुचिका साथ हेर्नेगर्छु । उनका सबैकुराहरु मलाई चित्त बुझ्ने हुन्छन् भन्ने छैन । सहमती र विमतीका कुराहरु आफ्नै ठाउँमा छँदैछन् तर यौटा छुट्टै किसिमको रोचकता भने पक्का हुन्छ उनका कुराहरुमा । मलाई लोभ्याउने अर्को कुरा उनको कलाकृति(पेन्टिङ्ग्स्) हो । कुनै पुस्तकको आवरण ईत्यादिलाई बनाईएको विषयगत पेन्टिङ्ग होस् या स्वतन्त्र रंग पोतिएका पेन्टिङ्ग्स् म सँधै मनपराउँछु उनका पेन्टिङ्ग्स् । अक्सर उनका पेन्टिङ्गमा यौन प्रतिविम्वित भएको पनि पाइन्छ । उनको कला(पेन्टिङ्ग)कर्मको मात्र कुरा उठाउँदा यो यौटा छुट्टै विषय हुनसक्छ उनका कलाकर्मको को अध्ययनको । म त्यता नगएर 'अब्स्ट्रयाक्ट बैंकक'तिर जाउँ । 'अब्स्ट्रयाक्ट बैंकक'मा पनि उनले यौन कर्मीकै संघर्षपूर्ण जीवन कथा रोजेका छन् ।

'अब्स्ट्रयाक्ट बैंकक'को कभरमा भित्रपट्टि उपन्यासका विशेषतागत कुराहरुको जानकारी स्वरुप विभिन्न कुराहरुसँगै 'पाठक स्वयं पनि पात्र एवं प्रयोगात्मक उपन्यास' लेखिएको छ । म अब्स्ट्रयाक्ट बैंककमाथि आफ्नो कुरा त्यहिंबाट गर्न चाहन्छु । त्यसको लागी उपन्यासको अन्तिम पृष्ठ २२८ हेरौं -

अँ, म एउटा पाठक, ठीक एतिबेलासम्म जीवनीमा आधारित नेपाली लेखकको प्रयोगात्मक उपन्यास 'अब्स्ट्रयाक्ट बैंकक' मा अमूर्तबोधी दर्शनसँगै बेनामे पात्रहरुको साक्षात्कारमा मजाले हेलिएको थिएँ । मलाई पनि अर्को इमेल प्राप्त होस् झैं लागीरह्यो ।

मनैमा कामना गर्यो -

'उनको सपना पूर्ण होस् । उनको जस्तो महान आत्मज्ञान सबैले प्राप्त गर्न सकियोस् ।'

पाठक स्वयं पनि पात्र भनिए अनुशार मैले पुस्तक पढिरहँदा यहि अन्तिम पृष्ठ २२८ मा मात्र आफुलाई अलिकति पात्रको रुपमा लिनसक्ने ठाउँ भेटाएको थिएँ । तर त्यो पनि ठाउँको ठाउँ चित खायो जब 'मनैमा कामना गर्यो -' लेखिएको पढें ।

'....मलाई पनि अर्को इमेल प्राप्त होस् झैं लागिरह्यो.....' लेखिएपछि त्यस मुन्तिर म(पाठक पात्र)लाई आफैं कामना गर्न नदिएर हस्तक्षेप गर्दै लेखकले उल्लेख गरेका छन् मेरो(पाठक पात्रको) कामना । पाठकलाई पात्र बनाइटोपलेको मात्र प्रतीत हुन्छ यहाँ । नत्रभने 'मनैमा कामना गरें -' लेखिदिएर पाठकले स्वयं कामना गरेको जस्तो अनुभुत हुन दिनुपर्थ्यो पाठकलाई ।

यदि यो 'मनैमा कामना गरें -' हुनुपर्नेमा मुद्रण त्रुटीको कारण 'मनैमा कामना गर्यो -' भएको हो भने, कभरमै पाठक स्वयं पनि पात्र भनेर महत्वसाथ लिइएको ठाउँमै गल्ति भएपछि भाषागत कुरामा पाठक निराश होलान् ।

अँ, भाषाकै कुरागर्दा, लेखकले यस उपन्यासलाई भाषा विद्रोहको रुपमा लिएको पनि बुझेको छु मैले । तर मैले भाषा विद्रोह छ भन्नुपर्ने कुरा पनि खास केहि देखिंन उपन्यासमा ।

हो, धेरै ठाउँमा आफन्तहरु भन्नलाई 'अरआफन्त' भनिएको छ । यो मेरो लागी नौलो हो । कहिँ कसैले लेखेको देखेको थिएन मैले तर 'सरसामान', 'नरनाता' जस्ता शब्दहरु पढिरहेको हुँदा 'अरआफन्त' सहज नै लाग्यो ।

त्यस्तै पृष्ठ ९९ मा एउटा उखान प्रयोग गरिएको छ - 'धान काट्ने मुसो कुटाइ खाने विरालो ।' बैंककका सडकहरुमा अबैधानिक तवरले यौनकर्म गर्ने विदेशी मूलका यौनकर्मीहरुलाई प्रहरीले छापा मारेर समातेको र बैधानिक मानिएका स्थानिय यौनकर्मीहरुले समातिएकाहरु प्रति टिप्पणी गरिएको प्रसंगको सम्बादमा आएको छ उखान । यो उखान थाई जनजीवनमा प्रयोग हुने र त्यता 'कुटाइ खाने विरालो' नै भनिने हो भने ठीक छ । होइन, नेपाली जनजीवनमा चले अनुशार यो उखान लिइएको हो भने नेपालीमा 'धान खाने मुसा चोट पाउने भ्यागुता' भनेर प्रचलित छ । उखानको प्रयोग गर्दा प्रचलनमा रहेकोलाई फेरबदल गर्नुको तुक देख्दिंन म । अथवा भ्यागुतालाई विरालो बनाउँदा उखान प्रचलनको भन्दा के कति कारणले अझ सान्दर्भिक भयो वा सटिक बन्यो त्यो पनि बुझिंन मैले । भाषा विद्रोहको रुपमा यस्तै कुरालाई लिइएको हो भने म त यस्लाई भाषा विद्रोह हैन भाषामा नासमझ भन्छु । तर यहि र यस्तै कुरा त भाषा विद्रोह पक्कै होइन होला ।

उपन्यासको दह्रो पक्ष भनेको जुनसुकै वा जेसुकै होस् पेशागत कर्म प्रतिको सम्मान हो । उपन्यासले यौनकर्मलाई पेशा बनाएर हिंड्नेहरुले पनि समाजमा असल काम गर्न सक्छन् भन्ने उदाहरण पेश गरेको छ । नेपाल लगायत एसियामै यौन कर्मलाई जसरी हेरिन्छ त्यो दोषपूर्ण छ र त्यसलाई फरक दृष्टिकोणले हेरिनुपर्छ भन्ने कुराको पैरवी गरेको छ उपन्यासले । यसलाई मैले उपन्यासको राम्रो पक्षको रुपमा लिएँ तर व्यावहारिक हिसाबले हेर्दा यो पैरवी केवल पैरवी मात्र रहने कुरा उपन्यासले नै प्रस्ट्याउँछ । जतिसुकै आत्मज्ञान प्राप्त गरेपनि, जतिसुकै स्वबोध भएपनि यौनकर्मलाई पेशा बनाएर हिँडेपछि विश्वका जुनसुनै समाजका मान्छेहरुले पनि केवल दयाको भिखमात्र दिँदा रहेछन्; जीवनमा अपनाएर बराबरीको हैसियत दिँदैन रहेछन् भन्ने कुरा उपन्यासकि मुख्य बेनामे पात्रले पटक पटक धोखा पाउनुले बताउँछ ।

उपन्यासमा मुख्य मैले पढ्न चाहेको र बुझ्न चाहेको अमूर्तबोधी दर्शनको कुरा थियो । उपन्यासमा अमूर्तबोधी दर्शनसँग सम्बन्धित भनिएर जे जति कुराहरु लेखिएका छन् ती सबै कुराहरु कुराका ठाउँमा ठीक छन् तर उपन्यासकि बेनामे मुख्य पात्र जो अमूर्तबोधमा स्वसत्त्व प्राप्त गरेर दर्शनका बुँदागत कुराहरु मन्तव्य(पृष्ठ २१०)मा राख्छिन् । तिनै पात्र पटक पटक आफ्नै स्वसत्त्व प्राप्त गर्दै, पुन हराउँदै गरेझैं विभिन्न मोडहरुमा धोका, छलछाम र झमेलामा फसिरहन्छिन् । उपन्यासको अन्त्यसम्ममा पनि उनलाई स्वसत्त्वबोधताले ध्येयमा सफल तुल्याउँदैन ।

अमूर्तबोधी दर्शनका कुराहरु जान्न आतुर मलाई यो कुरा नमज्जा लाग्यो ।

यौनकर्म गर्न ईच्छित हुन्नन् उपन्यासकि मुख्य बेनामे पात्र तर उनको सामुन्ने एकातिर विकल्पहरु नै नभए जस्तै त्यहि कर्मलाई पेशाको रुपमा अँगाल्न फर्किनुपर्ने बाध्यताहरु खडा भइरहन्छन् भने अर्कातिर दर्शनका ठुला ठुला कुराहरु उनै पात्रले उपन्यासको शुरुदेखिनै गर्दै जान्छिन् । अमूर्तबोधी दर्शनका कुराहरु गर्नलाई उपन्यासकि मुख्य बेनामे पात्र कि त अयोग्य पात्र हुन् कि त अमूर्तबोधी दर्शन नै उपन्यासमा अव्यावहारिक देखिएको हो । संगतीमा कहिं केहि अपुग जस्तो भैरह्यो मलाई दर्शनको सवालमा यो उपन्यास । उपन्यासमा पात्रगत कथावस्तु र दर्शनका कुराहरुलाई अलग्गै अलग्गै अनुभूत गर्दै पढें मैले भने पनि हुन्छ । दर्शनको हिसाबमा सफल प्रयोगात्मकको शट्टा एकोहोरो उपदेशमुखि जस्तो भएको छ उपन्यास ।

कथानक रसिलो छ उपन्यासको । पठनमा पट्यार लाग्दैन बरु हरेक घट्नाक्रम यस्तरी द्रुतताका साथ अघि बढ्छन् कि पाठकहरुलाई यौटा घट्नाक्रमबाट अर्कोमा पुग्दा अघिल्लो घट्नाक्रमको स्मृति दुरुस्तै राख्न मुश्किल हुन्छ । केहि पटक अघिल्लो घट्नाक्रम ताजा गराउनलाई मैले पनि रिभर्समा गएर पढें केहि ठाउँमा । मुख्य पात्रको तर्फबाट अति धेरै वर्णनात्मक भएको छ कथानक । अझै पनि दोश्रो अध्यायमा भएको कुरा उपन्यासकि मुख्य बेनामे पात्रको जीवनको कुन खण्डमा भएको हो वा अर्कै पात्रको कुरा हो द्विविधा जस्तै नै छ । दोहोर्याएर पढेपछि पनि घट्नाक्रमको तादात्म्य नमिलेपछि लाग्यो कदाचित् म स्वयं पो योग्य पाठक हैन कि?

अन्त्यमा, यदि कसैमा 'अब्स्ट्रयाक्ट बैंकक' पढ्न लायक उपन्यास हो कि होइन त?' भन्ने प्रश्न गुजुल्टिरहेको छ भने मेरो भन्नु यहि हुनेछ कि एकपल्ट पढेर नै हेर्नुहोस् । मैले उपन्यासको बथख्वाँईं गरेजत्तिकै गरेर लेखें होला माथि तर त्यसो होइन । उपन्यासका हरेक पृष्ठमा जीवन उपयोगी कुराहरु भेटिन्छन् 'अब्स्ट्रयाक्ट बैंकक'भित्र । फेरि व्याक्ति व्याक्तिको ग्रहण क्षमता फरक पनि त हुन्छ यसर्थ आफैं नपढि अब्स्ट्रयाक्ट बैंकक कस्तो भनेर तपाईं कसरी थाहा पाउनु होला?

(ब्लगकै सामाग्री स्वरुप लेखेको यो पुस्तक गफलाई मैले फेसबुक नोटमा पनि सेयर गरेको छु ।)

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-57240463414785976422012-06-10T04:19:00.002-06:002012-06-10T04:19:52.183-06:00पुस्तक गफ : 'लू'बारे आफ्नो कुरा

नयनराज पाण्डेको 'लू' पढेर सकें । शुरु गरेपछि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला?...............त्यहि सोच्दैछु अहिले ।

'लू'बारे आफ्नो कुरा लेख्ने ईच्छा 'लू' पढिसक्नासाथ फेसबुकको स्टाटसमा लेखेको माथिकै कुराबाट शुरु गर्न चाहें । र यो स्मरण गराउन चाहन्छु कि 'लू'बारे आफ्नो कुरा म आफ्नो ब्लगको निमित्त लेख्दैछु । अगाडी जे जति लेख्नेछु त्यो कृति समिक्षा हेतु लेखिएको हुनेछैन । कृति समिक्षा लेख्नलाई म सायद आफुलाई योग्य सम्झन्न र त्यो मेरो रुचि पनि होइन ।

हो, साह्रै व्यग्रतासाथ पढेर सिध्याएँ मैले 'लू' । माथि प्रश्न गरेको छु आफैंलाई कि यति व्यग्रतासाथ पढेर सकेको अर्को कुन पुस्तक थियो होला? तर त्यो प्रश्न जवाफ खोज्नलाई नभएर 'लू' पढ्दाको तन्मयतालाई पुष्टी गर्न थियो ।

जे होस्, 'लू' मलाई चाँडै पढ्ने धोको थियो । 'लू' बजारमा आउनासाथ मैले नेपालबाट मगाएर पढ्ने अठोट गरेको थिएँ र नेपालमा किनेर पठाइदिनुहोला है भनेर उर्दी पनि जारी गरेको थिएँ । फेरिपनि नेपालदेखि यौटा मात्र किताब किनेर यहाँ, हवाईसम्म मगाउनु शिपिङ्ग खर्चको हिसाबले उचित थिएन । शिपिङ्ग खर्च किताब खरीद भन्दा निक्कै धेरै महङ्गो पर्नेथियो । त्यसैले 'लू'को साथमा आओस भन्ने हिसाबले अन्य केहि नयाँ पुराना किताबहरुको पनि लिष्ट बनाएँ र आफ्ना अन्य प्रयोजनका सामानहरु, जो केहि हफ्तापछि मगाउँदैथिएँ, का साथमा मगाउने निश्चय गरें ।

जब नेपालमा मेरो निम्ती 'लू' किनिने दिन आयो तबसम्ममा बजारमा 'लू'को दोश्रो संस्करण आइसकेको थियो । फलत: दोश्रो संस्करणमै मुद्रण भएको 'लू' मेरो हातमा आइपुग्यो ।

नेपालमा मेरो निम्ती 'लू' खरीद हुनु र 'लू' मसम्म आइपुग्नुका बिचमा पनि फेरि नेपालमा जातिय राज्यको माग र विरोध ईत्यादिका कारणले भएका हप्तौंका नेपाल बन्द र अमेरिकामा पालन गर्नुपर्ने भन्सारका प्रक्रियागत कुराहरु आदि ईत्यादिका व्यावधानहरु खडा भए । जस्ले 'लू' प्राप्त गर्ने प्रतिक्षा पनि ठुलो व्यग्रता बन्यो मेरो निमित्त । जति व्यग्र प्रतिक्षाका साथमा 'लू' हात पर्यो । पढ्न शुरु गरेपछि पढेर सक्नलाई पनि उत्तिकै व्यग्रता रहिरह्यो । पढ्न बसेपछि नसकुन्जेल नथन्क्याएको किताबको थोरै लिष्टमा 'लू'ले अर्को एक संख्या पनि थप्यो ।

फेसबुक तथा फेसबुक मार्फत ईन्टरनेट सञ्जालमा 'लू'का बारे अनेकौं समिक्षात्मक टिप्पणीहरु पढिसकेको हुनाले तथा 'लू'भित्र मुद्रण लगायत केलाइएका अन्य कमजोरीहरु पनि थाहा पाईसकेको हुनाले लू'को पठनमा केहो खल्लोपना आउला कि? तिनै कारणले मनमा चतुर पाठक हुँ भन्ने आग्रह उपस्थित गराएर पठनमा नमज्जा होला कि? भन्ने पिरोलो थियो म भित्र 'लू' पढ्न शुरु गर्दा ।

तर अचम्म भयो । नयनराज पाण्डेको कलमले त मलाई ठीक त्यसैगरेर मुग्ध पार्यो जसरी जमिलको घरमा बाल्टीमा पानीलिन आएकि नुसरतलाई देखेर छुल्याहा इलैया मुग्ध बनेको थियो । परन्तु अन्तिममा नुसरत र करिम इलैयाले दिएको साइकल चढेर भाग्छन् भन्ने पहिल्यै थाहा पाइसकेको हुँदा त्यो सस्पेन्स मनमा थिएन । तर नुसरतले थाहा पाउँन गरेको प्रयत्नको प्रस्तुतिले उत्तिकै मजा दियो जति त्यो रहस्य पहिल्यै थाहा नपाएको अवस्थामा हुनसक्थ्यो ।

इलैयालाई अन्त्यमा फरिस्ता भनिएको भएपनि पढुञ्जेल मलाई लेखकले कुनैपनि पात्रहरुलाई नियतवश उचाल्न तथा कुनैलाई दवाउन खोजेको प्रतीत भएन । सबै पात्रहरुको उपस्थिती स्वभाविक रह्यो मेरो निम्ती । बरु मलाई 'लू'भित्र पात्रहरुलाई भन्दा पत्थरपुरवा; स्थानलाई महत्व दिइएको झैं लाग्यो । त्यसैकारणले पनि 'लू'ले म भित्र विशेष स्थान बनायो ।

भर्जिनियाबाट खसखस डटकमका सञ्चालक वासु श्रेष्ठ दाइले 'लू' पढेपछि केहि पात्रहरु, जस्को उपस्थिती गौंण छ, लाई अनाहकमा हास्यास्पद नाम दिइएको र त्यसले लेखक मार्फत पात्रहरु हेपिनलाई मात्र ल्याईएको जस्तो देखिएको टिप्पणी लेख्नु भएको थियो । पुरै पत्थरपुरवाभरी प्राय प्रत्येकले हास्य उपनाम पाउने गरेको औपन्यासिक यथार्थका सामु मलाई भने त्यो पनि अस्वभाविक लागेन । (वासुदाइसँगको निकटताका कारण र वहाँको टिप्पणीमै पनि प्रतिटिप्पणी गरेको कारण यहाँ मैले यो कुरा खुलाएर लेख्न उपयुक्त ठानें ।)

उपन्यासको शुरुवातमा १० वर्षे बच्चाको तर्फबाट भएको प्रस्तुती र १० वर्षकै हाराहारी उमेरको इलैयाको चमत्कारी छुल्याँई भने अस्वभाविक लाग्यो मलाई । कतै कतै छोटा वाक्य गठनको सिलसिलामा अचाक्ली भएको जस्तो पनि मससुस हुँदैथियो पढ्दा । तर हाम्रो साहित्य समाजले छोटा वाक्य गठनलाई राम्रो भन्ने गरेको पाइन्छ । म भने व्याक्तिगत तवरमा पठनियतामा सरल हुनलाई सँधैं वाक्य गठन नितान्त छोटा नै हुनुपर्छ भन्ने मान्दिंन ।

उपन्यासको कथानक सकिइसकेपछिको टुटे पण्डितको चिठ्ठी र चिठ्ठीमा पत्थरपुरवा भारतको उत्तर प्रदेश राज्यमा परेको कुरा दुखपूर्ण रह्यो मेरो लागी । 'लू'ले नेपाल राष्ट्रलाई माया गर्ने एक एक व्याक्ति, एक एक गाउँ समाज र हरेक तह र तप्कामा सरकारी तलव, सुविधा, भत्ता, जागिर ईत्यादि खानेहरुको आँखा खोल्न मद्दत गरोस् र नेपालका कुनैपनि गाउँ वस्तीहरु भविश्यमा भारततर्फ सर्नबाट रोक्न सकोस । मेरो धेरै शुभकामना 'लू' र 'लू'का लेखक नयनराज पाण्डेलाई ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com6tag:blogger.com,1999:blog-30560017.post-57342853683379068862012-05-11T05:51:00.003-06:002012-05-11T05:54:05.379-06:00कविता : चप्पलहरुको देशमा

चप्पलहरुको देशमा

चप्पलहरु केवल सडकलाई देश देख्छन्

घिसारिन्छन् सडकमा

लघारिन्छन् सडकमा

चुट्टिन्छन् सडकमा

गाँसिन्छन् सडकमा

फेरि लतारिन्छन् सडकमा

र सडकमै सेलाउँछन् चप्पल अस्तु ।

सुन ए चप्पलहरु!

यौटा चप्पलको यो सानो आग्रह कविताले बुझेनौ भने

जुत्ता लगाएका ठुला नेताहरुले बुझाउने छैनन् तिमीलाई

कि अवज्ञा, आन्दोलन, हड्ताल होस् वा जुलुस

हरेक पटक सडकमा किन चप्पलहरु मात्र छरिन्छन्?

चप्पलहरुकै हो यो देश

तर किन सडकमा

जुत्ताहरुको ईशारामा चप्पल घिसारिन्छन्?

जुत्ताहरु द्वारा चप्पल मारिन्छन्?

लेख्नै पर्दैन जवाफ

चप्पलको यो सानो आग्रह कवितामा

अब चप्पलहरुले आफैं बुझ्नुपर्छ - चप्पल मर्यादा

अब चप्पलहरुले आफै सिक्नुपर्छ - चप्पल संस्कृति

अब चप्पलहरुले आफैं जान्नुपर्छ - चप्पल सभ्यता

तब चप्पलहरुले

घिसारिनलाई सडकमा

लतारिनलाई सडकमा

खिइँनलाई सडकमा

जुत्ताहरुको आदेश तामेली गर्नु पर्दैन ।

अर्थ नबुझेका नाराहरु कुर्लेर

उपयोगीता नहुने मागहरु तेर्स्याएर

बन्द, हड्ताल, धर्ना र जुलुस हिंड्ने

सडक मात्र हैन चप्पलहरुको देश

जुत्ताहरुको प्रलोभनमा नफसि

जुत्ताहरुको ईशारामा ननाचि

जुत्ताहरुको निशानामा नपरि

चप्पलहरुको गौरव टेकिएर हिँड

चप्पलहरुको सम्मान देखिएर हिँड ।

चप्पलहरुको यो देश

वेवारिस घिसारिनु पर्ने सडक भन्दा कयौं गुणा विशाल छ ।

चप्पलहरुको यो देशमा

चप्पलहरुको स्वाभिमान जुताहरुको भन्दा कयौं गुणा माथि छ ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-61307970343369424442012-05-01T05:49:00.000-06:002012-05-01T06:39:41.929-06:00कथा : एकचालीस दिनपछि

'उसले आजपनि केहि लेखेन ।.......' निक्कै दिनदेखि कम्प्युटर खोल्ने बित्तिकै जब उसको फेसबुक प्रोफाइल शून्य देख्छु म मनमा यहि कुरा दोहोर्याउँछु ।

सँधैंजस्तै आजपनि उ कम्प्युटर अगाडि निर्मिमेष टोलाएर बसेको छ सायद ।

दिमागभरि गन्जागोल हुनसक्छ । जिन्दगी नै गञ्जागोल सिवाय के छ र? यो गञ्जागोल जिन्दगीलाई त्यान्द्रा त्यान्द्रा संगालेर केहि गजब लेख्ने कोसिसमा धेरै रात भैसक्यो रे उ कम्प्युटर अगाडि अबेर अबेर सम्म टोलाएको । तर उसले लेख्न खोजेको के हो? अझै स्वयं अस्पस्ट छु भन्ने उसको स्विकारोक्ती सुनेको छु मैले । त्यसो त स्पस्ट भैसकेका धेरै कुराहरु लेखिसकेको हो उसले । धेरै कुराहरु लेखिरहेको पनि होला र धेरै कुराहरु लेख्न थाँति पनि होला । र पनि उसले केहि गजब लेख्न चाहेको कुरा मसँग ओकलेको एक जमाना भैसक्यो ।

मैले जानेसम्म उ साधारण होइन । साधारण कुराहरु बाहेक उ कहिल्यै सोच्दैन र त्यसैमा असाधारण लेख्न सक्छ । यहि खुबी हो मलाई उसको चासो राख्न मनपर्ने । उसको चियो गर्न मनपर्ने ।

निक्कै पहिले एकदिन दिउँसो मैले उसलाई बबरमहलको बाटोमा भेटेको थिएँ । उ बडेमानको शिरिषको नाङ्गो हाँगाहरुको फोटो खिच्दैथियो ।

मैले सोधें, 'यतिबेला त कसैले पनि यो शिरिषको बोटको फोटो खिच्दैन । फुल्ने सिजन पनि गै सक्यो ।'

उ मुस्कुरायो । त्याहाँ पनि उसले आफ्नो खुबी देखायो मलाई । केवल मुस्कुराउँदा पनि यति अलग्ग र आनन्दपूर्ण ढंगले धेरै कम मान्छेहरु मुस्कुराउँछन् ।

'हाँगामा फूल हुँदा त त्यो फूलेको छँदैछ नि, त्यसै सुन्दर हुन्छ होइन र?' कुनै रहस्यमयि कुरा गोपनियता कायम गर्दै भनेझैं उसले सानो आवाजमा भन्यो ।

'हो त । र फोटो खिच्दा त्यहि सुन्दरतालाई खिच्छन् होइन र फोटोग्राफरहरुले ?' मैले भनें ।

आफ्नो सुन्दर मुस्कुराहट कायम राख्दै भन्यो उसले, 'मलाई कैलेदेखि फोटोग्राफर सम्झियौ तिमीले? मैले त त्यसै खिचेको । फोटोग्राफर होइन म त्यसैले फूल नलागेको शिरिषको हाँगामा फूल लागेको जस्तै निकाल्न सकिन्छ कि सकिंदैन हेर्न खोजेको ।'

मसँग उसलाई भन्न केहि रहेन । फिस्स हाँसेर बाटो लाग्न खोज्दै गर्दा उसले ईशाराले आफुले खिचेको फोटो हेर भन्यो । रुचिसाथ म उसको हातको ठुलो डिजिटल एसएलआर क्यामराको एलसिडी स्क्रिनमा भर्खरै उसले खिचेको शिरिषको नाङ्गो हाँगाको फोटो हेर्न पुगें । हात थर्थर कमाउँदै उसले मलाई भखरै खिचेका तीनवटा तस्वीरहरु देखाउँदै भन्यो, 'हेरत, फूलेको जस्तै देखिएन?'

उसको रक्सी मिश्रित श्वास सिधा मेरो नाकमा ठोकिन आयो । मैले तस्वीर भन्दा पहिले एकपटक पुलुक्क उसलाई हेरें । उ अझै सुन्दर मुस्कुराईरहेकै थियो ।

उसले जूम गरेर नजिक पार्दै खिचेका तीनवटै फोटोहरु साँच्चै फूल भएका शिरिषको हाँगाकै फोटो खिचेको जस्तै देखिन्थ्यो । कता कता त्यो क्यामराले खिचेको नभएर पेण्टिङ्ग बनाएको जस्तै पनि देखिन्थ्यो । अलि ध्यान दिएर हेर्दा क्यामरा हल्लिएर खिचिएको जस्तो पनि देखिन्थ्यो ।

'हो, यो त साँच्चै फूल लागेको बेला खिचेको जस्तै देखियो त । कसरि भयो यस्तो?' मैले जिज्ञासा राखें ।

उसले मलाई ठाडो घाँटि गरेर आकाशतिर त्यहि नाङ्गो शिरिषको हाँगा हेर्न भन्यो । मैले त्यसै गरें ।

'बाक्लो हाँगाहरुबाट मध्यान्ह सूर्यको किरणहरु जो छिरिरहेको छ त्यसैलाई मैले क्यामरा थोरै हल्लाएर फूलजस्तो बनाएको हो ।' स्पस्ट पार्यो उसले ।

भर्खरै मैले उसले मातेको हुनाले फोटो खिच्दा क्यामरा हल्लाएछ भन्ने धारणा बनाएको थिएँ । ठाउँको ठाउँ म गलत साबित भएँ ।

'तर मलाई फोटोग्राफर हो भन्ने गलत धारणा नपाल्नु है?' फेरि उस्तै मिठो मुस्कान पोखेर बाटो लाग्यो उ ।

पुरै दिनभरि उसैलाई सम्झिरहें मैले । कस्तो अनौठो मान्छे, सम्मोहनकारी जस्तो ।

साँझ फेसबुक लग इन हुनेबित्तिकै उसैको प्रोफाइलमा गएँ । केहि लेखेको छैन । फेसबुकमा केहिदिनदेखि नै उसको गतिविधी देखिएको छैन । म निराश भएँ । फेसबुकमा म उसको सुन्दर लेखाईको पनि फ्यान हुँ । जे पनि लेख्छ उसले साह्रै सुन्दर लेख्छ । तर लेख्छ आफ्नै लागिमात्र लेखे जस्तो । मिठा मिठा रचनाहरु लेखेर राख्छ । कसैलाई ट्याग गर्दैन । उसका रचनाहरुमा उति धेरै कमेण्टहरु पनि हुँदैनन् । उ पनि अरुका रचनामा कमेण्ट गर्न हम्मेसी पुग्दैन । मलाई यति धेरै मनपर्ने लेख्ने मान्छेको रचनामा किन प्रतिक्रियाहरु हुँदैनन् भन्ने पिरोलो परेर मैले निक्कै अनुसन्धान पनि गरेको थिएँ एकताका । नतिजामा मेरो दृष्टिकोण यस्तो बनेको थियो कि उ कसैलाई आफ्ना रचना ट्याग गर्दैन त्यसैले उसका रचनामा कमेण्ट हुँदैन पहिलो कुरा । दोश्रोकुरा उ पनि कसैको रचनामा कमेण्ट लेख्दैन । हुनपनि फेसबुकमा लेखिने धेरै प्रतिक्रियाहरु कि त नचाहेर पनि पुरा गरिने रीतिरिवाज जस्तै ट्याग गरेकै कारण गरिएको हुन्छ कि त गाउँघरमा लगाईने अर्मपर्म जस्तै, अरुले आफ्नोमा कमेण्ट गरेको कारण हुन्छ । कि त मनोरञ्जन कै निमित्त लेखेझैं केटिहरुको रचनामा या वालमा लेखिएको हुन्छ ।

सँधै कम्प्युटर खोलेर फेसबुकमा पस्दा सबभन्दा पहिले उसैले केहि लेखेको छ कि भनेर खोज्ने एकप्रकारको आदत बनेको छ मेरो । दिन दिन गरेर महिना बित्यो अहँ उसले केहि लेखेको छैन । उसको वालमा नयाँकुरा केहि नभएपनि म त्यसै उसकै पुराना स्टाटसमा तथा नोटमा भएका कुराहरुमा हरेकपल्ट नजर पुर्याउँन छोड्दिंनथिएँ, मानौ कि यो पनि मेरो दैनिकी मध्ये एक हो ।

एकदिन राती अबेर उ अनलाईन देखियो । देख्नेबित्तिकै झम्टिए जस्तै उसलाई बोलाउँ कि नबोलाउँ म दोधार भएँ । यस अघि पनि कति पटक अनलाईन देखेर बोल्दा उ मरिगए बोलेको थिएन तर उसँग बोल्ने तिब्र ईच्छा भैरहेथ्यो । त्यसो त कैलेकाहिँ बोल्छ पनि । तर बोल्ने के भनेर ?

'अस्तिनैको शिरिषको फोटो राख्नुस् न वालफोटोमा ।' मैले सिधै माग राखें ।

'नमस्कार भाइ', केहिबेर पछि उ औपचारिक तवरले बोल्न थाल्यो, 'त्यो फोटोहरु त मैले डिलिट गरिसकें ।'

म छक्क परें । त्यत्रो मेहनत गरेर खिचेको फोटो कसरि डिलिट गर्यो उसले?

सोधें, 'किन र? राम्रो थियो त, तपाईंलाई मनपरेको थिएन र?'

'होइन, मनपरेको हो । आफुले खिच्न खोजेजस्तै भएको प्रमाण तपाईंले उतिखेरै मनपराएर पाईहालें अनि डिलिट गरेको ।' मैले फेरि भन्ने कुरा हराएँ र वाल्ल परिरहें । कस्तो मान्छे होला । उसले खिचेको फोटो मैले राम्रो भनेर डिलिट गरेको रे ।

'मैले राम्रो भएन भनेको भा'?' सोधें ।

'राख्थें होला । अरुलाई पनि देखाउँथें होला । अथवा फेरि खिच्थें होला ।' उसले तीन किसिमका सम्भावित जवाफ दियो ।

केहिबेर बोलेनौं हामी । फेरि मैले नै सोधें, 'खै अचेल त केहि पनि लेख्नुहुन्न? अनि अचेल त देखिनुपनि हुन्न ?'

'मैले काठ्माण्डु छोडीसकें भाइ, काठ्माण्डुमा साह्रै निसासिएँ म । अनि कैले के लेख्थें र मैले?' यस्तो जवाफ लेख्यो उसले । एकछिन् त मलाई घमण्ड देखाए जस्तो अथवा मेरो सोधाईले झिँजिए जस्तो महसुस भयो तर उसको स्वभावगत कुराहरुले गर्दा त्यस्तो होइन भन्नेमा ढुक्क भएँ ।

'कथा, कविता, गीत, गजल जे पनि । मलाई साह्रै मनपर्छ तपाईंले लेख्नुभएको । म सँधै तपाईंको वालमा हेर्ने गर्छु केहि लेख्नुभएको छ कि भनेर ।' मैले भनें र सोधें, 'अनि अचेल कहाँ हुनुहुन्छ त?'

'लेख्छु त्यो अर्कै कुरा हो । मैले लेखेको तपाईंलाई मन पर्छ त्यो पनि अर्कै कुरा हो तर मलाई लेखक कै कोटिमा राख्नु चैं भूल हो है तपाईंको ।' उहि दिनकै जस्तै कुरा गर्यो उसले । मलाई फोटोग्राफर नभन्नु भनेझैं मलाई लेखक पनि नसम्झनु भन्नेछ उसले । त्यसैले म केहिबेर बोलिंन । उ त झन कुरा खोतलेर बोल्दैबोल्दैन मलाई थाहा थियो । केहिबेर पछि मैले नै सोधें, 'भनेपछि म जस्तो तपाईंको पाठकले तपाईंलाई के भनेर चिन्ने त?

'अँ, यो डरलाग्दो प्रश्न हो मेरो लागी । डरलाग्दो किनभने म आफ्नै नजरमा दिन का दिन परिचय हराउँदै गैरहेको मान्छे हुँ । त्यसैले जब म आफैं आफुलाई यो हुँ भन्न सक्दिंन भने के खाएर मैले अरुलाई मलाई यो भनेर चिन्नु है भन्न सक्छु?' निक्कैबेर च्याटको कुनामा उसले टाईप गर्दैछ है भनेर देखाएपछि उसको कुरा आयो ।

म उसको कुरामा घोत्लिरहँदा च्याटको कुनामा उसले अझै लेख्दैछ भन्ने देख्दैथिएँ । त्यसैले म उसको बाँकि कुरा पनि सुन्न पर्खेर बसें ।

उसले टाईप गर्दैछ है भनेर च्याटकुनाले जानकारी दिएको अवधिको आधारमा म उसले निक्कै लामै कुरा बताउला भन्नेमा थिएं तर च्याट बक्समा फुत्त छोटो कुरा आयो, 'मलाई सकेसम्म नचिन्ने । म कोहि पनि होइन, केहि पनि होइन ।'

सन्नाटा माझ निक्कैबेर सम्म एउटा गहीरो छाँया आवाज रनन्न भैरह्यो । उ कहाँ, म कहाँ ? फेसबुकको च्याट बक्समा उसले मलाई दिएको जवाफले सायद पृथ्वीलाई नै तुरुन्त एकफन्का मार्यो ।

'यो त हामी, तपाईंको लेखाई मनपराउने माथि अन्याय भएन र?....' पुन प्रश्न सोध्न मैले टाईप गर्दैगर्दा उ अफलाईन भयो । उ गैसकेपछि सोध्नुको के औचित्य? मैले ब्याकस्पेस बटनमा सबै अक्षर मेटिउन्जेल औँला राखिरहें । र थपक्क यौटा चुरोट झिकेर छतमा निस्किएँ । तीनतले घरको सबै भन्दा माथिल्लो तलामा बस्नुको यहि यौटा फाईदा थियो मलाई कि म चुरोट सेवन गर्न चाहँदा जुनसुकै समयमा छतमा उक्लन सक्थें । अझ यो तलामा म एक्लै बस्ने हुँदा आधा रात, अबेर रात अथवा दिनमै कहिल्यै कसैलाई बाधा पुग्ला भन्नेमा चिन्ता थिएन ।

सहर शान्त निदाएको देखिन्थ्यो मानौं कि यो सहरमा कोलाहल कहिल्यै हुँदैन । म चुरोटको सर्कोसँगै छतको उ कुना र यो कुना गर्दैथिएँ । पश्चिमपट्टि नजिकैको स्वयम्भू डाँडा अन्यत्र भन्दा चहकिलो उज्यालोले जगमगाईरहेको थियो । तीनचार महिना अघिसम्म यो घरको छतबाट स्वयम्भू स्तूपा छर्लङ्गै देखिन्थ्यो । कैलेकाहिँ म सम्झन्थें यो सहरमा स्वयम्भू स्तूपामात्र नहुन्थ्यो भने अथवा भएपनि त्यसै गरेर डाँडाको शिरमा नहुन्थ्यो भने म यो सहरमा बस्न सक्दिंन थिएँहुँला । अचेल स्वयम्भूलाई ड्याम्म छेक्ने गरेर बिचमा यौटा अजँगको घर बनेको छ । म छतको कुनै कुनामा गएर पनि स्वयम्भू देख्न सक्दिंन तर स्वयम्भूको उज्यालो कस्तै अजँगको घरले पनि छेक्न सकेको छैन, जो अहिले पनि मसम्म आइरहेकै छ ।

चुरोटको ठुटोलाई छतकै एककुनामा किचिपिचि पारी फर्केर कम्प्युटरमा आइपुग्दा कसैले मेरो फेसबुकको वालमा दुइवटा फोक्सोको चित्र टाँगीदिएको रहेछ । यौटा चुरोट नपिउने ब्यक्तिको सारसौंदो र अर्को चुरोट पिउने ब्याक्तिको कोईलामा पकाएर प्लेटमा राखिएको सेकुवाझैं जलेको । साथमा आफ्नो स्वास्थ्यको निमित चुरोट नपिउनुहोला र यो फोटोलाई सक्दो सेयर गरिदिनुहोला भन्ने अनुरोध पनि थियो ।

फोटोमा केहिबेर घोरिएँ । आफ्नो फोक्सो पनि पोलेको सेकुवाझैं भैसकेको कल्पनाले एकछिन कहालिएँ र त्यसलाई आफ्नो वालबाट हटाएँ । आफु चुरोट सेवन गर्ने ब्याक्ति भएकोले असल कुरा भएर पनि सेयर गर्न चैं नैतिकताले धिक्कार्ला कि? सायद यहि थियो मनको दलील ।

त्यसो त मेरो ध्यानको प्रमुखतामा उहि थियो जो केहि छिन् अघिसम्म च्याटमा मलाई सकेसम्म नचिन्ने भनेर मेरो आशाको विपरित जवाफ दिँदैथियो ।

यतिबेला म आफ्नो गजलहरुको दोश्रो संग्रह प्रकाशनको तयारीमा थिएं । दोश्रो संग्रहको निमित्त भूमिका लेखाउन मनले देखेको एउटा उपयुक्त पात्र थियो उ मेरो आँखामा । उसका पुराना नोटहरुमा संख्यामा कम भएपनि गूणवत्तामा अब्बल गजलहरु र गजलहरुका सम्बन्धमा उसको समालोचकीय धारणा सहितका प्रभावशाली लेखहरु पढेर मैले उसलाई आफ्नो दोश्रो संग्रहमा भूमिका लेखाउन योग्य पात्र ठहर गरेको थिएं । त्यसैले उसलाई म्यासेजमै भएपनि लेखेर आफ्नो ईच्छा राखें । र एकप्रकारले सन्तोषको स्वास लिएँ ।

त्यसपछि अनेकौं दिनसम्म मैले उसको जवाफको बाटो हेरें । हरेकपल्ट कम्प्युटर खोल्दा फेसबुकमा उसको म्यासेज छ कि भन्ने आशा लिन्थें तर महिना बितिसक्दा पनि उ बेपत्ता रह्यो । मेरो गजल संग्रहमा भूमिका नलेख्ने भए लेख्दिन भने पनि भैहल्थ्यो यसरी बेपत्ता नै हुने कारण के होला? म उसको तर्फबाट जवाफ पाउने कुरामै नीराश भैसकेको थिएँ ।

मैले म्यासेज पठाएको ठीक एकचालीस दिनपछि तर मैले उसको म्यासेज पाएँ । म्यासेज के भन्ने यौटा लामो चिठ्ठीनै लेखेको थियो उसले -

प्रिय भाइ,

आज बल्ल मेसो मिलेको छ तपाईंलाई जवाफ लेख्न र म तपाईंको गजल संग्रहमा भूमिका लेख्ने कुरामै केन्द्रित हुन चाहन्छु । मलाई तपाईंले त्यस योग्य सम्झनु मेरो अहो भाग्यको कुरा पक्का हो तर त्यो एकातिरको कुरा भयो अर्कोतिर सायदै तपाईंलाई नमीठो लाग्न सक्छ तर सत्य यो हो कि मलाई कुनै गजलले छुन सकेको छैन भने म त्यसबारेमा के आधारमा र कसरी बोलुँ?

त्यसो त, फेसबुकले नेपाली गजलको विकाशमा योगदान दिइरहेको समय हो यो । गजल लेखनमा थुप्रै नयाँ पुराना गजलकारहरु फेसबुककै सुविधाका कारण समर्पित छन् तर चिन्तनीय कुरा त यो छ कि तुलनात्मक रुपमा ज्यादै थोरैले मात्र गजललाई गहीराईबाट आत्मसात गरेर लेख्ने गरेका छन् । दैनिक आठ दशवटा गजलहरु म आफ्नो प्रोफाईलमा ट्याग भएको पाउँछु । र म्यासेजमा दैनिक चार पाँचवटा अनुरोध मेरो गजलमा केहि कमि कमजोरी छ भने औंल्याईदिनुहोला भनेको पाउँछु तर त्यसरी कमजोरी औंल्याईदिन अनुरोध गरिएको रचनाहरुमा पनि आफुले देखेको कमि बतायो भने यो रचना मेरो फलानो संग्रहबाट लिएको हुँ । मैले धेरै ठाउँमा यो रचना वाचन गरेर सुनाएको छु र फलाना फलाना वरिष्ठहरुबाट वाह! पाएको छु भनेर उल्टो खबर आइपुग्छ ।

तपाईंको गजलहरु पनि पढेको छु फेसबुकमा । एकाध पटक प्रतिक्रिया पनि लेखेको छु । दोहोर्याएर हेर्नुहोला मैले के लेखेको छु । र दोश्रो संग्रहमा संग्रहीत हुने गजलहरुलाई एकफेर आफैं समीक्षा गर्नुहोला । मेरो सुझाव यहि हुनेछ तपाईंलाई । फेसबुकमा लैबरीको तालमा लेख्दै गजलको संख्या बढाएर संग्रह निकाल्नु पूर्व एकफेर आँखा चिम्लेर आफैंलाई यो सोध्नुस् कि तपाईंले थप्न लाग्नुभएको कृतिले के गजलको साहित्यिक उचाई बढाउला?

मैले भन्नुपर्दा त मैले पढे मध्ये तपाईंको कुनै पनि गजलले मलाई छुन सकेको छैन ।

तब म कसरी अथवा त्यसकारण म तपाईंको संग्रहमा भूमिका लेख्न सक्दिंन । फेरि पनि संग्रह निकाल्ने तपाईंको अठोट हो भने भूमिका लेख्ने हस्तीहरुको लामै लर्को भेट्नुहुन्छ जस्ले ब्याक्तित्वको हिसाबमा मैले भन्दा कयौं गूणा धेरै प्रभाव पार्नेछन् तपाईंको कृतिमा ।

शुभकामना !

हो, यहि एकचालीस दिनपछि म कहिं छाँगाबाट खसे जस्तो भएको छु । कहिँ हिमाली तलाउको एकदम चिसो पानीमा डुबेर निस्के जस्तो भएको छु । कतै बल्ल फुलबाट कोरलिएको चल्लाको आँखा उघ्रिए जस्तो भएको छु । के के भएको छु के के, कि उसलाई ह्रदय पोखेर धन्यवाद भन्न समेत नसक्ने भएको छु ।
Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com0tag:blogger.com,1999:blog-30560017.post-33995395844184478622012-04-23T19:59:00.002-06:002012-04-23T19:59:30.865-06:00गजलका कुरा : तखल्लुसमा दीपक जडित

नेपाली गजल डटकमको बाह्रौं अंकमा सम्पादक नारायण गाउँलेको सम्पादकीय, जो 'मकता' मा केन्द्रित छ, पढिरहँदा मलाई आफुले गजलमा तखल्लुस(चिनो) राख्ने गरेको सम्झना आइरहेथ्यो ।

"....नेपाली गजलमा तखल्लुसको प्रयोगले खासै सघन उपस्थिति कायमा गर्न नसकेको सन्दर्भमा तखल्लुस भएका वा नभएका दुबै समापक शेरलाई 'मकता'का रुपमा लिने गरिएको छ ।...." हो यहि वाक्य पढिरहँदा म सोचिरहेथें, मैले तखल्लुसलाई कतिको जोड दिएको छु आफ्नो गजल लेखनमा? त्यसो त आफ्नो ब्लगहरुमा मैले तखल्लुस प्रयोग गर्ने सम्बन्धमा मिश्रित प्रतिक्रियाहरु पाएको पनि सम्झना छ । कतिले आफ्नो नामलाई तखल्लुसमा गजब प्रयोग गर्ने भनेका छन् त कतिले तखल्लुसको अचाक्ली प्रयोग भयो पनि भनेका छन् । हुनपनि जे जति तखल्लुस मैले प्रयोग गरेको छु मेरा गजलहरुमा त्यो आफ्नो नाम 'दीपक' हुनुकै फाइदा उठाएको हुनसक्छु मैले ।

यि नै कुराहरु सम्झिरहँदा मलाई यहि कुरामा आफ्नो ब्लगमा यौटा पोष्ट लेख्ने विचार उब्जिरहेथ्यो मनमा । र त्यसैलाई विचारमा मात्र सिमित नराखेर ब्लगको लागी यो पोष्ट बनाएको हुँ । यस्लाई फेसबुकको नोटमा पनि सेयर गर्ने हिसाब समेत रहेकोले दुबैतर्फ राखेको छु । मैले आफुले भेटेसम्म कम्प्युटरका कुनाकानीबाट तथा आफ्नो ब्लगबाट तखल्लुस प्रयोग गरिएका शेरहरु मात्र भेला गरेर यस पोष्ट/नोटमा राखेको छु ।

यसलाई शिर्षक दिँदा पहिले 'मकतामा म' लेखेको भएपनि पछि 'तखल्लुसमा दीपक जडित' लेखेको छु त्यो यसकारण कि मैले गजलमा तखल्लुस राख्दा केवल मकता/समापक शेरमा मात्रै राखेको छैन ।

भन्लान दीपक बल्दैछ आज ।
नगद् भै हात्हातै चल्दैछ आज ।
(मतला शेरमा ।)

मनमा दीपक निभाएछन् आज ।
हरेस सबैले नै खाएछन् आज ।

भन्न चाहन्छु म बालेछन् दीपक,
चन्द्रमा पनि त उदाएछन् आज ।
(मतला र मक्ता दुबै शेरमा चिनो राखिएको।)

नबलेपछी गरिबलाई दीपक,
अँध्यारै बरु ठिक छ नि का हुन्छन ।

निभाएथें दियो सूर्य देखेपछि,
दीपक नहुँदा अन्धकार रहेछ ।

नसुना सबैलाई आफ्नो सम्झी कथा,
दीपक तँ विरानो आज पिरतीमा ।

तिमीले नै नजलाउँदा अस्तित्वमै कहाँ हुँला,
निभेपनि आफुलाई आफैं दीपक भनेको छु ।

त्यसो त पुकारिन्छु दीपक,
खप्नु छँदैछ अँध्यारो मैले ।

कोहि उभिन्छन् दीपक बाल्दै अँध्यारो धर्तीमा,
छाडेर धरती आकाश माथि उभिन्छन् कोहि ।

प्रहार लगातार देख्दा यहि लाग्छ तिमी,
दीपक सँधै आँसु पुछोस भन्ने चाहन्छौ ।

चल्यो मनमौजी दीपक सदा,
अहँ त्रास भएन जिन्दगीमा ।

नाममै आगो बोकेको छस् जलाउनु केहि छ भने,
गा' है दीपक तँ सुकेको खर परालको महिमा ।

सुनें फिर्छ रे जडित अब त घर ,
त्यहि नै सबैको ठुलो आश भो ।

सम्हाल्नु थियो धेरै तैंले ए जडित,
तेरै हररात भट्टीको बास भो ।
(अन्त्यका दुई शेरहरुमा चिनो(तखल्लुस्) राखिएको ।)

कि फुक्नेछौ श्वासले कि हातैले छुनेछौ,
आँखीर दीपक हुँ के डर निभ्नु मलाई ।

तिनै मध्ये दीपक एक हो, जो-
आफैंलाई विर्षन्छन् झनै धेरै ।

दीपक अरुनै होला जो बल्न सक्छ,
म मात्र गजलको तखल्लुस रहेछु ।

भाँचियो कसरी करक्क र जोडियो फेरि कसरी,
जडित बबुरो! तँ भै'गो नगर दिलका कुराहरु ।

बिउँझिएर रातबिच एक्लो दीपक देख्दा ,
पहिरोले धाँजा फाटेको जमिनझैं धस्किएँ ।

धर्म हो वा नियति उस्को जल्छ बस् जल्दछ दीपक,
आफ्नो रंग नै नभएपछि श्यामल के धवल के?

हराएथ्यो कतै भीडमा खोजेन कसैले,
हेर आयो दीपक भन्ने मनुवा फेरि आयो ।

बल्दिंन; तर खोजी दीपककै भए,
चक्मक र झुलोमा खोज्नु मलाई ।

मुखै फोर्यो उसले, 'खै त शेर ए जडित?'
देखाएँ, रद्दी हाल्ने स-सानो बोरा पनि छ ।

जा जा जलनमा पछुतो नगर तँ
जल्दै नजलि कोहि दीपक हुँदैन ।

व्यर्थ छ भन्छौ भने उज्यालोमा दीपक जलाउनु,
जो तेज म भित्र छ ऐले माचिसमै रहन देउ ।

मुद्दा मैले उठाएथें विमति मसँग थियो,
दीपक लेखि काटेर यो सिवायमा मिलौं भन्यौ ।

होसियार बसुन् दीपक बाल्नेहरु,
हावाको झोँकामा पर्नु हो जिन्दगानी ।

'खबर्दार! ए दिपक तैंले दोष उन्को मात्रै देख्लास्' ,
केलाई कुलाई आफैंलाई आफैंले नै झाँटी राखेँ ।

तित्रा जुनि भोग्नु पर्छ दीपक तेरो मुखै वैरी,
नबोलेकै जाती बरु बोल्यो कि दुश्मनी पर्छ ।

पग्लिएर तप्प चुहिन्छु आँखाबाट,
दीपक हुँ रे त्यसैले रुन सक्दिँन म ।

दिनभरि नै शिकारमा हुन्छ जडित,
साँझमा एउटा शेर लिएर आउँछ ।

दीपक न हो भनेर आगो लगायौ म मा,
अचम्म तर धुवाँ तिमीले साझा निकाल्यौ ।

दियालो चैं के थियो खै बुझ्नै सकिएन,
बलिर'को दीपक म छु तेल त तिमी छौ ।

यो बिकाउ दुनियाँमा दीपक नि छ लिलामीमा,
खरिददारी गर्नेहरु आएर लाउ मोल यहाँ ।

समयलाई मुठ्ठीभित्र राख्न खोज्ने दीपक आज,
दुनिँयासँग हारेर सँधै तल पर्ने हात भएं ।

समय नै उल्टो भए दीपकको भन्नु केही छैन,
तर तल गिर्नेले नै शिखर छुँदो रै'छ हजुर ।

हिमालझैं ललाट चुम्यो जब तिम्रो,
दीपकको त सपना साकार भयो ।

आँधी हुरी वैरिएर पानीझरी परे पनि,
आशाको दीपक जला'को भएर यस्तो भएं ।

पग्लिएर तप्प तप्प तिम्रै मायामा म चुहिरहें,
किन टाल्थ्यौ दीपकको मुटु चुहाउ कति चुहाउंछौ ?

दीपकले फाट्नुपर्ने कारण बुझ्दा,
उल्टै उस्को मगज नै चाटेर गए ।

कहाँबाट आयो जडित बाठो भन्नुहोला,
नबोलेपछि गुरु हामी चेला के को लागी ?

मनुवा प्राणी दीपक पनि ठान्दछ सब बराबरी,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता नआवोस ।

गोप्य सम्झौता लेखेर आँखिर,
सुवर्ण जडित खाम चढाए ।

एक्लो यस्तरी भईछस् ए! दीपक तँ त सडक जस्तै,
त्यहीं टेकीहिंड्ने यहाँ अनेकौं सुहागका हुल छन ।

तिम्रा मनको दीपक आँखिर बालिदियौं हाम्ले,
भन्दै संधै भेटमा तिन्ले छाडेनन् खोक्न मलाई ।

भन्नलाई ह्रदयमा दीपक बाली,
माहात्माको जस्तै जीवन सादा बाँचें ।

चन्द्रै किन छुनुपर्यो हाँस्न सकुँ भुईँमै तर,
चाहंदैन दीपक फेरि भाग्य उसकै खोटो होस् ।

दुरी भुगोलको टाढा हुँदा नि गजलले आएर छोई,
आँखिर पियारी दीपकलाई घोप्ट्याई 'पएर'मा रुवायौ ।

एक्लिएर दीपक पग्लिँदा तापमा,
शितल तिम्रो प्रेमको सिँयाल आयो ।

भन्दैथिए जलाउंछौं शान्तीको दीपक घरघर सर्बत्र,
सल्काएर राँको निर्धा झोपडी ति आगोमा अँचिटे ठुलाले ।

जोडेर आफैंले दिएथें दीपकलाई जडित,
अर्थ्याईएको देखेर राख न साटको भईयो ।

फूल रुँदा दुखिदिने यै दीपकको नजरले,
हेर्दै लाँदा संसार यो आधासरै भोको देखेँ ।

छाडेथें अन्तिम चिठ्ठी लेखेर दीपक 'जडित' भई,
हल्ला मचाई भनेछन सबैले जात फालेर गयो ।

जिन्दगीले तैंलाई बनायो खसी के ढाल्थिस् ए दीपक?
ढाल्छस् नै भने तँ भित्रको राक्षस लडा, दशैं आयो ।

न त बोलीचाली एकै न त ल्वाईख्वाई एकै,
दीपक समावेशी हुँदै रम्झम् बनाउँ भन्छन् ।

जलाएर मात्रै कहाँ हुँदो रहेछ र दीपक मनमा,
छरेर उज्यालो त्यो दीपक सुखदायक हुन नसक्दा ।

ऐया! कहाँ भन्न सक्छ टोकेर आफैंलाई दीपकले ,
पिईरहेछ आफ्नै रगत बनेर डाँस जिन्दगीमा ।

उठ् दीपक अब त यो जिन्दगीमा अलिमाथी,
भन्छु तर सँधै यहि जिन्दगीकै गुनामा छु ।

दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।
(यहाँ भए मध्येमा सबैभन्दा पुरानो शेर ।)

र अन्त्यमा यो पाँचवटै शेरहरुमा चिनो(तखल्लुस्) राखिएको गजल ।

आफैं जल्दैछ जल्न जाने पुतली भएन दीपक ।
फूल्ने, क्षणमै वैलिने फूल अलि भएन दीपक ।

फेरियो निश्चय पनि बदलेर नयाँ समयले,
मान्यता केहि अटल; पूर्ण कलि भएन दीपक ।

तेलै जीवनको सक्ला बरु जलेर नै यसैगरी,
निचोरेर हातैले मुटु बलि भएन दीपक ।

भएर पार्वती आजकी गुहारेथ्यौ त्रासले तर,
विष्णु जस्तै योगि स्वरुपमा छलि भएन दीपक ।

हो जलेको छ अझै जलिनै रहेको छ निरन्तर,
अफसोस् जलिरहे पनि झल्झली भएन दीपक ।

Anonymoushttp://www.blogger.com/profile/12782536755532902636noreply@blogger.com2