आलोहा !!
(हामीले नमस्ते भनेजस्तै भेटको सम्बोधन हवाईयनहरु 'आलोहा' भनेर गर्ने गर्छन् ।)
************
मेसो आज पनि जुरेको होईन ब्लग लेख्ने तर म जबर्जस्ती लेख्दैछु । लाग्यो केहि त लेख्नैपर्छ । के लेख्ने भन्ने कुरा चैं त छँदैछ । लेख्यो भने जे लेखेपनि हुन्छ - यत्ति थाहा छ । लेखेन भने न लेख्ने मेसो जुर्छ न लेख्ने कुरा फुर्छ ।
हवाईको गर्मीमा असीन पसीन भएर जिन्दगीको जाँतो फन्फन्ति घुमाउनु त छँदैछ । त्यो नौलो कुरै भएन । तर जिन्दगीको जाँतोको हातो छोडेर कैलेकाँहि मन ओकल्न कम्प्युटरमा बस्ने फुर्सद पनि त निकाल्न सकिन्छ ।
चाह्यो भने अवश्य सकिन्छ र सजिलै सकिन्छ त्यसैले यो पनि ठुलो कुरै भएन ।
हवाई आएको महिना दिन बढि भैसक्यो तर खै त यस्तो सानो कुरा पनि म त गर्दैन रहेछु । हो, म अलि मनमाफिक ढँगले हिँडिदिन्छु । र भन्ने गर्छु - 'आ! ब्लग पनि पछि लेखौंला, अहिले आफ्नो भरपर्दो ईन्टरनेट पनि छैन । सित्तैमा पाएको अर्काको ईन्टरनेट चलाएर पनि के ब्लग लेख्ने?'
यसो भनिरहँदा मैले छिट्टै आफ्नो ईन्टरनेट सेवा लिन्छु भन्ने अवश्य सोच्ने गर्छु होला । तर म न हुँ, गर्नुपर्ने थुप्रै कुरा गर्दिनं खै किन हो ।
आजभने अर्काको सित्तैको ईन्टरनेटमै किन नहोस् । लेख्ने खुराक नभएको अवस्था रहेकै किन नहोस् । ब्लग खोलेर जबर्जस्ती केहि लेखुँ न कस्तो हुँदो रहेछ भन्ने भयो । आजभोलीको अवस्था रचनात्मक कामकुरा गर्न नसकिरहेको भएपनि मलाई मेरो क्यामेराले साथ दिएको छ र तस्वीरहरु खिचेर कविता लेख्ने, गीत रच्ने ईत्यादिको तिर्सना मेटिरहेछु ।
बस् यत्ति नै त हो आजलाई भन्नु ।
माहालो !!
(भेटमा 'आलोहा' भनेझैं छुट्टिनुपर्दा भने हवाईयनहरु 'माहालो' भन्ने गर्छन्।)