Saturday, March 10, 2007

गीत : कहाँ राख्यौ मलाई ।

कहाँ राख्यौ मलाई देखिनं तिम्रो आँखाको नानीमा
बगाई दियौ कि मलाई त्यही आँखाको पानीमा ।

म त भन्थें तिम्रो आँखामा सपना बनेर बसेको छु
अजम्बरी माया बनेर तिम्रो मुटुभित्र पसेको छु
थाहा पाएं आज तिम्रो नजरमा म त तल तल खसेको छु ।

दिन्छु भन्थ्यौ तिमी फूलै फूल काँढा बाहेक मैले केहि देखिंन
तिम्रो बाहेक मैले अरु कसैको मुटुभित्र कुनै नाम लेखिंन
सबको आफ्नो आफ्नो खुशी हुन्छ भनेरै त तिम्रो बाटो छेकिंन ।

No comments: