Wednesday, March 07, 2007

गीत : च्यातीदेउ मेरा यादहरु ।

च्यातीदेउ मेरा यादहरु म त तिमीलाई भुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।

बाँझो मनको खेतैभरी रहरहरु रोपेको थिएं
त्यै मनको घाउहरु खुशी फूलाई छोपेको थिएं
चुंडाईदेउ मेरा रहरहरु म त खुशी फुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।

छेकिदियौ बाटो मेरो मैले हिंड्ने ठाउँ छैन
मेटाएर त्यो मुटुमा भन्यौ तेरो नाउँ छैन
रोकिदेउ मेरो पाईलाहरु म त्यो मनमा डुल्न सक्दिन
बदलामा तिम्रो मनभरी आँधीहुरी म हुल्न सक्दिन ।

No comments: