Monday, March 05, 2007

गीत : जीवन संसार देख्नलाई हो ।

जीवन शिखरमा टेक्नलाई हो फेदीमै तिमी नबिसाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।

तिमीले माया गर्ने कोहि नहोला तिमीलाई माया गर्ने कति छन हेर
काँडा संगै फूल फूलेको देख्ने छौ केवल तिमी आफ्नो हेराई फेर
जीवन ईतिहास लेख्नलाई हो ईतिहासमा तिमी नबिलाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।

तिम्रो बाटोमा जंघार होलान पौडिएर पारी तरेर जाउ
समस्याहरु संग जुध्न छाडेर कमजोर भएर हरेस नखाउ
जीवन बाधा छेक्नलाई हो बाधासंग तिमी नबिलाउ
जीवन संसार देख्नलाई हो आँखा छोपेर ननिदाउ ।

No comments: