विचारहरू
अचेल कति भद्दा भएर देखा पर्छन्
जस्तो कि-
यो नितान्त नौलो हो,
यो कोही जान्दैनन्
अथवा
यो कसैले बुझ्नै सक्दैनन् ।
मूलबाटोमा
लावा-लस्कर जन्ती लिएर
धत्तेरी!
पोइला हिंडेका छन् विचारहरू
थेत्तरो भएर
तर हरेक दिन
त्यही बाटोमा मलाई
मलामी जानु परेको छ
कठै! विचराहरूको
कठै! विचारहरूको ।
No comments:
Post a Comment