Thursday, February 22, 2007

गीत : तिमी जून हौ ।

तिमी नै मेरो घाम हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

सावनको झरी जस्तै मेरो आँशु झर्दा
पिंजडाको चरी जस्तै मन यो छटपट गर्दा
आँशु पुछ्ने पिंडा बुझ्ने तिमी साथी हौ
तिमी नै मेरो प्राण हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

औंसीको झैं कालो रात्री मेरो जीवनमा छाउंदा
उज्यालोको आसै आसमा अन्धकार पाउंदा
झलमल उज्यालोदिने तिमी ज्योती हौ
तिमी नै मेरो मुटु हौ तिमी जून हौ
मेरो जीवनको संगीतको तिमी धून हौ ।

No comments: