Thursday, February 15, 2007

गीत : मेरी माया ।

मेरी माया मेरो रातमा जुन भई फुल्छिन
बतास भै सधैं मेरै वरिपरी डुल्छिन ।


शिरबन्दी ईन्द्रेणीको टिका चन्द्रमाको
लगाएकी मेरी उनलाई के साह्रै सुहाको
लाग्छ संधैभरी उनलाई आँखाभित्रै राखुँ जस्तो
सयौं जन्म आफ्नो पार्न देवी देउता भाकुँ जस्तो ।


झिमझिम गर्ने ति परेली बिजुलीकै बेग हो कि ?
लामो केशराशी उनको पानी झार्ने मेघ हो कि ?
कैले उनको सामु नौनी भई पग्लिदिउँ लाग्छ
प्यास मेट्न उनकै रुप घट्घटी पिउँ लाग्छ ।

No comments: