Thursday, February 08, 2007

गीत : झार्दछ आँशु आकाशले ।

झार्दछ आँशु आकाशले शीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले
सायद मलाई नै थाहा थिएन म गीतमा नै रोएको थिएं
मैले गीतैले अरुको पनि दुखेको मुटु छोएको थिएं ।


यो गीत हैन घाउ हो मेरो मुटुमा दुख्छ काँढा गाढेर
रुन चाहन्छु रुन देउ मलाई भक्कानो फुटाई डाँको छाडेर
हार स्विकारी हात उठाएं जीत भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।


प्रितीको बाटोमा आगो सल्कियो सागरमा हिडें नाउ चढेर
तुफान वैरियो सागरमा पनि डुब्न लाग्यो नाउ छाल बढेर
भुमरीमा फस्दा प्रेमको डुँगा प्रित भन्छन सबैले
मेरो यो रुवाईलाई गीत भन्छन सबैले ।

No comments: