म रोएं म संगै लौ रातैभरी त्यो जून रोयो ।
देखेर जूनको आँशु खै त अर्को कुन रोयो ? १
माया लाउंदा बैगुनीलाई आँखा चिम्लिएछौ ,
दोष तिमीलाई दिंदै हेर आज गुन रोयो । २
समय शताब्दी फेरियो फेरिएन जिन्दगी ,
आफ्नो जिन्दगी देखेर आज आफ्नै खून रोयो । ३
बिज्ञान प्रबिधीले उता सारा संसार छोप्दा ,
देखेर बच्चाको गलगाँण ढिके नुन रोयो । ४
किन आ'हो चाड पर्ब जात्रामात्रा घरी घरी ,
बुझ्दा बजार भाउ , गोजीमा चानचुन रोयो । ५
तीज अरे गृहलक्ष्मी खुशीमा फूलेकी छिन ,
उन्को बुच्चो कान देखेर बन्धक सुन रोयो । ६
गाईने दाई आउनै छाडे सारङ्गी रेटेर ,
दुखी छ कि सारङ्गी ? गाइनेदाईको धून रोयो । ७
होली खेल्ने बगैंचामा रगत पोखिए पछि ,
नाङ्गेझार रुखहरु संगै फेरी फागुन रोयो । ८
लेखे लेख्नेले किताबमा नीति कानुन सबै ,
तिनैले धज्जी उडाए बबुरो कानुन रोयो । ९
(यो गजललाई ॠचा तिवारीले आफ्नो ब्लग http://sapanakosansar.blogspot.com मा राख्नु भएको छ ।)
2 comments:
YOUR POEM IS VERY NICE
I LIKED IT
U CAN SEE MY BLOG
HTTP:\\SAPANAKOSANSAR.BLOGSPOT.COM
धन्यवाद ऋचा जी । मैले मेरो ब्लगमा तपाईंलाई अर्को एकजना पाठक पाएकोमा खुशी छु ।
Post a Comment