हिँउ झरेर केशमा बसेछ
अहो ! केश त फुलेझैं लाग्यो मलाई
अझै पनि ऐनामा नियाँल्छु आफुलाई
खै त , बैंश झरेको थाहै पाईनं मैले
रहरहरु मात्र किन झर्छ यहाँ
पहेंलिएर रुखको पात झरे झैं
कतै जिन्दगीको रुप ऋतु त हैन ?
ऋतुहरु भोग्छ जीवनले
थाहा छ , तर जीवन
ऋतु बनेर दोहोरिन्न कहिले
आज साँझ पार्कमा
दुईचार युवतीहरु मस्किंदा
लागेथ्यो मेरो बैँश अझै जिउँदै छ
रात जब घरभित्र मलाई
आफ्नै कान्छि छोरीले
उसको प्रेमीसंग परिचय गराई
तब लाग्यो
मेरो केशमा हिउँ सांच्चै बसेछ
मात्र यो हिउँदको हैन
पत्र पत्र बनेर कयौं हिउँदको
जस्लाई केशबाट झार्न सकिन्न
ब्यर्थै अब जवानी किन कल्पिउं म
जस्लाई पोटिलो पार्न सकिन्न ।
No comments:
Post a Comment