Friday, February 09, 2007

गजल : ईन्द्रेणी फुटेर ।

ईन्द्रेणी फुटेर एक सानो टुक्रा खस्यो कि हाम्रो तराईमा ।
किन देख्छु भाग बण्डाको खेती बन्धु बान्धवको कराईमा । १

लडेरै लिनु पर्छ अधिकार हेपिएको छ हाम्रो तराई ,
तारतम्य तर मिलाउनै पर्छ भनाई अनि गराईमा । २

कस्ले बुझ्छ तराईको मर्म अनि कस्ले घाउ लगाउंदैछ ,
छुट्याउन सक्नु पर्छ हामीले आजै आफन्त र पराईमा । ३

तराई उज्यालो नै पार्ने हो भने आगो हैन विचार छरौं ,
को मर्छ कस्को घर जल्छ बुझौं आफ्नै गाउंमा आगो छराईमा । ४

मधेश आन्दोलनको बेलामा लेख्दालेख्दै छोडिएको यो सानो गजल । भलै हालको लागी मधेश शान्त देखिएको छ तर केहि यस्ता तत्वहरु हाम्रो तराईमा अझै छन जो तराईलाई नेपालबाट अलग पारेर आफु त्यहाँको भाई ( हिन्दी फिल्मी शैलीको ) बनेर अनि सरकार ( अमिताभ बच्चनले अभिनय गरेको सरकार फिल्ममा जस्तो ) बनेर बस्ने सपना देख्दैछन । हाम्रो तराई भित्रका त्यस्ता तत्वहरुलाई तराईबासीले नै चिनेर नेपालको अखण्डतालाई जोगाउंदै र शान्तीको बाटो अवलम्बन गर्दै तिनिहरुको प्रतिरोध गर्नुपर्छ ।

No comments: