Saturday, February 03, 2007

गजल : हातमा तिम्रो तरवार देखें ।

युद्ध विचारले लड्छु भन्थ्यौ हातमा तिम्रो तरवार देखें ।
झुप्रोको बास छ मेरो भन्थ्यौ तर मैले त दरबार देखें । १

सादा जिवन उच्व विचार पैदल जमिनमा हिंड्छु भन्ने ,
गान्धीवादी हुँ भन्नेहरुको आज पजेरोमा सवार देखें । २

खल्तीमा हनुमान चालिसा बोकी आवाल ब्रम्हाचारी हुँ भन्ने ,
महापुरुषको पनि आज गैह्र कानुनी घरबार देखें । ३

प्रेम नै एकमात्र धर्म हो भन्दै दुनियाँभरी माया बाँड्ने ,
कलीयुगमा त बुद्धको पनि मैले रुखो ब्यावहार देखें । ४

सेतो पर्दाले छोपेर मजाले कालो ब्यापार गरिरहेथे ,
पोल खुल्दा सुईंकुच्चा ठोक्ने तिन्को मैले पछिल्लो द्वार देखें । ५

आँखा छोप्न पनि नसकिने खोल्दा छ बाध्यता लौ हेर्नै पर्ने ,
आज सम्म नदेखेको मैले साँच्चै बिचित्रको संसार देखें । ६

नेपाली पोष्ट डट कममा प्रकाशित ।

No comments: