गजल
दीपक जडित
कति मरुँ मनहरु सँगै आयु थपिमागेको छु ।
साँच्चै बाँच्नु पर्यो अब नयाँ योजनामा लागेको छु ।१
आफ्नै मनको डाँडा काँढा खोंचहरुमा हराको'थेँ ,
कोसिस् गरी आजै मनको पहाड पनि नाघेको छु ।२
सँधै भरी रुवाईरहने कुन्नी कस्तो मोह सँग ,
जम्का भेट पो होला कि भनि परपरै भागेको छु ।३
आशाहरु यती छन कि भोली पाउने खुशी अनि ,
उमंग भर्न मनको झोला खाली पारी राखेको छु ।४
भोली नयाँ घाम सँगै सुनौलो यात्रामा अघि बढ्न ,
आतुर छन पाईलाहरु कहाँ पो म थाकेको छु ।५
No comments:
Post a Comment