Wednesday, June 25, 2008

गजल : सुन्दर यौटा फोटो होस्

यो भन्दा अघिल्लो पोष्टमा राखेको कविता ' बाग्मतीको नियति ; गति नेपालको ' मा कमेण्ट गर्दा मैले ब्लगमा राखेको फोटोमाथी पनि जोडदार कमेण्ट ठोकिदिनुभएको थियो कसैले Anonymous भएर । मलाई फोटोले साँच्चै सोचमा डुबायो र फोटो फेर्न नै बाध्य तुल्यायो । फेरेर अर्को राम्रो फोटो राख्ने ईच्छा भयो तर राम्रो फोटो पाईनं । फोटो राखेजति सबै फाईलहरु खोजें र बल्ल यौटामा चित्त बुझाएर ब्लगमा राखें । त्यसबेलासम्म मलाई फोटो शब्दले झोंक चलाईसकेको थियो । के को राम्रो चाहियो नि फोटो सोटो भन्दैथें फोटो शब्दमै यौटा गजलको काफिया बन्ने सम्भावना देखें तब त के चाहियो लागें कस्सिएर फोटोलाई काफिया बनाएर यौटा गजल लेख्न । र लेखें यस्तो -

रुप यो कुरुप संधैको छ सुन्दर यौटा फोटो होस् ।
गाँसोस् साईनो त्यै फोटोले त्यो लामोहोस् न कि छोटो होस् ।

शुशिल हुन उनि अझ सुन्दर हुन विचारमा ,
के नै नाप्छ र रुपले भलै शरिर थोरै मोटो होस् ।

सिंगारिनु किन ? मेरो ज्यान सधैं धुलोमाटो मै छ ,
उनको मुखेञ्जी पर्दा तर सुकिलो यौटा भोटो होस् ।

ईज्जत र प्रेम दिई उनलाई सुखी राख्न सकुँ ,
बस्ने कुटी , लाउने सुती अनि खाने आटोरोटो होस् ।

जुनै किन छुनुपर्यो र हाँस्न सकुँ भुईँमै तर ,
चाहंदैन 'दीपक' फेरी नि भाग्य उसकै खोटो होस् ।

धन्यवाद अज्ञातजीलाई , यो गजल भेंट तपाईंलाई । फेरी आउनुभयो भने तपाईंले पनि भनिदिनुहोला है त कस्तो भयो ?

7 comments:

Anonymous said...

धन्यबाद! दिपक जी फोटो फेर्नु भएकोमा र गजल पनि साथ साथै राख्‍नु भएकोमा।
तँपाईको गजल पनि फोटो जत्तिकै राम्रो छ ।

Dilip Acharya said...

Sweet, simple and soulful! I enjoyed every word of it.

अनि तपाईको फोटोको बारेमा म पनि केहि लेखौं कि भनेर सोच्दै थिएं बास्तबमा ……कहिं कतै बाटोमै भेटिनु भयो भने पनि चिन्न सकुँ भनेर…… । अहिलेको पनि ठम्याउन त गाह्रै छ अलिकता crop गरेर closeup गर्ने की?

Unknown said...

धन्यवाद , अज्ञातजी र दिलीपजी लाई ।

फोटो चैं यौटा राम्रो खिच्नु पर्ला क्यार अब ।

Anonymous said...

सृजनाहरु धेरै राम्रा छन्, तपाईंका समसमयिक सृजनाहरु धेरै उत्कृष्ट छन ।

Unknown said...

धन्यवाद भोजपुरे जी

कैलाश said...

दीपकजीको रचना प्राय लोभलाग्दो लाग्छ मलाई । लोभ लाग्दा लाग्दै पनि कमेन्ट गर्नको लागि समेत मेरो बूता नभएरै पो मार्यो त। अब कनीकुथी मैले भन्नैपर्योः
हरपल 'दिपक'लाई घच्चीको गजल फुरेको फुर्यै होस्
अनि साहित्य संसारलाई सबैको प्रतिक्रिया जुरेको जुर्यै होस्।

Anonymous said...

comment ko respose ta gajab ko chha!

many people like to remain anonymous...