Monday, June 16, 2008

गजल : सकेन रोक्न मलाई ।

लर्बराए खुट्टा आफ्नै मानेनन बोक्न मलाई ।
भट्टी पुगें तर मनले सकेन रोक्न मलाई ।
भन्दछन लौ साह्रै बिग्रिस् तँ त बद्री भन्दापनि ,
आफुले चैं कहिले पनि सकिनं जोख्न मलाई ।
धेरै नै भनें कसैसंग कुनै अधिकार छैन ,
पियो भनेर जँड्याहामा हलुकै तोक्न मलाई ।
कैले अबेर घर आईंनं धम्कि पनि दिईनं ,
छाडिनन् कसै गरेपनि प्रियाले टोक्न मलाई ।
होस आफ्नो कहिल्यै गुमाईंन जति पिएपनि ,
जित्न त कसैले सक्दैन कहिल्यै धोक्न मलाई ।
भाटे कार्बाही गर्ने हो भन्दै केटाकेटीले घेरे ,
सम्झाउंदा नि राखेनन् बाँकी तिन्ले ठोक्न मलाई ।
तिम्रा मनको 'दीपक' आँखिर बालिदियौं हाम्ले ,
भन्दै संधै भेटमा तिन्ले छाडेनन् खोक्न मलाई ।

2 comments:

दिलीप आचार्य said...

सुरा र सुन्दरी गजल बिधाका मुख्य पाटोहरु हुन। हुन त आजकल गजलको दायरा, सामाजिक प्रसंग, राजनीति र व्यङ्यमा पनि बढि चलेका छन तर गजलको खास सौन्दर्य सुरा र सुन्दरीको प्रसंगमै बढि मोहक देखीन्छ ।

धेरै नै भनें कसैसंग कुनै अधिकार छैन ,
पियो भनेर जँड्याहामा हलुकै तोक्न मलाई ।

यो शेर बेजोड छ। अनी,

कैले अबेर घर आईंनं धम्कि पनि दिईनं ,
छाडिनन् कसै गरेपनि प्रियाले टोक्न मलाई ।

पनि निक्कै रोचक छ ।

होस आफ्नो कहिल्यै गुमाईंन जति पिएपनि ,
जित्न त कसैले सक्दैन कहिल्यै धोक्न मलाई ।

यहाँ यो 'धोक्न' भन्ने शब्द गजब प्रयोग भएको छ । वाह! वाह!
मजा आयो !!

दीपक जडित said...

धन्यवाद दिलीपजी , तपाईंहरुको प्रतिक्रियाले मलाई साह्रै उर्जा मिल्छ लेख्नको लागी । धन्यवाद ।