Thursday, June 05, 2008

निम्तो मान्न जाँदा गजल

जुन ३ तारिख यौटा ईमेल पाएं । लेखिएको थियो - ' मैले एउटा नेपाली गजल ग्रुप बनाउन खोजेको निम्तो छ है । ' पठाउने हुनुहुन्थ्यो ई-परिचित मबि सिँ । अचाक्ली खुशी लाग्यो । खुशी लाग्ने नै भयो नि गीत , गजलहरु लेख्न रहर गर्ने म जस्तोलाई । हतार हतार निम्तो स्विकारें । त्याँहा यौटा गजल मण्डल तयार हुँदैथियो ।

म पुग्दा त्याँहा म बाहेक अरु तिनजना भए जस्तो लाग्छ ठ्याक्कै त भन्न सक्दिनं । म बाहेकका अरु दुईजनामा एकजना मबि सिं स्वयं हुनुहुन्थ्यो भने अर्को एकजना दीपक खड्का हुनुहुन्थ्यो । अर्को एकजना याद गरिनछु । मलाई त्यस गजल मण्डलीमा छलफलको लागी कुरा उठ्न शुरु भैहाले हुन्थ्यो जस्तो लाग्दैथियो त्यसैले पस्दै निस्कंदै पस्दै निस्कंदै गर्दैथिएं । मण्डलीमा सदस्यहरु न्युन गतीमा भएपनि थपिंदै हुनुहुन्थ्यो ।

जुन ४ तारिख भै सकेको थियो र मण्डलीमा हामी ७ जना जम्मा भएका थियौं तर त्यसबेला सम्म एक अर्कामा कुरागर्ने हिसाबले कसैले केहि कुरा राख्नु भएको थिएन । मलाई ज्यादै खस्खस लाग्यो र मैले यौटा गजल लेखें त्याँहा राख्नको लागी । त्यसपछि त म निम्तारु पनि रहिंन । बस् यतिकुरा भन्न र त्यो निम्तो मान्न जाँदा लेखेको गजल सुनाउनको लागी यत्रो भुमिका बाँधेको है मैले । गजल यस्तो थियो -

गजल ग्रुप भनियो यो भेला के को लागी ?
वहस कुनै हुन्न भने मेला के को लागी ?
अहिलेसम्म सप्तऋषी जम्मा भएका छौं ,
वहस के ले छेक्यो यो अबेला के को लागी ?
पहिले जस्तै एक्लै एक्लै सबै हिंड्ने भए ,
पाङ्ग्रा हाली हाली बना'को ठेला के को लागी ?
मबि सिं गुरु बोल्नुपर्ने अझै चुप हुँदा ,
प्रश्न गर्दैछु म भन्नुस खेला के को लागी ?
कहाँबाट आयो 'जडित' बाठो भन्नुहोला ,
नबोलेपछि गुरु हामी चेला के को लागी ?

तपाईंलाई कस्तो लाग्यो त गजल ? लागेको लेख्नुहोला । ए साँच्चि उक्त मण्डलीमा हामी अहिलेसम्म जम्मा १० जना भेला भएका छौं । तपाईंपनि आउनुहुन्छ ? आउनुहुने हो भने यसमा ईमेल गर्न सकिन्छ भन्ने मलाई लागेको छ - nepalighazal@googlegroups.com /

4 comments:

Dilip Acharya said...

कहाँबाट आयो 'जडित' बाठो भन्नुहोला ,
नबोलेपछि गुरु हामी चेला के को लागी ?


वाह ! वाह!!
यो मक्ता पनि दामी गयो ।
त्यसो त सबै शेरहरु १०१ छन तर यो माथिका हरफहरु भने सटिक र वजनदार छन ।

Unknown said...

धन्यवाद दिलिप जी । साह्रै खुशी लाग्छ प्रतिक्रिया पाउंदा ।

Basanta said...

रमाइलो गजल राख्नुभयो दीपकजी, धन्यबाद!

त्यो ग्रुपका अरु गजलहरु पनि यस्सो टाँस्दै गर्नुहोला।

Unknown said...

हजुर जरुर राख्छु वसन्त जी तर त्याँहा कसैलाई फुर्सद छ जस्तो देखिंदैन र पो ।