Monday, June 09, 2008

कविता : उचाई

सानै देखि हल्लक्कै बढेको
उसको शारिरिक उचाई
उसैको आफ्नालाई बिझायो
आफ्नैले उसलाई होच्याउन
सानो दर्जा दिए
आफन्तले दिएको सानो दर्जा
उसलाई बिझायो
बिझेको मनले गमेर उसले
आफ्नाहरुलाई अवलोकन गर्यो
देख्यो उसलाई होच्याउने आफ्नाहरु
सबै फल लाग्ने रुख भए
सबै निहुरिने , सँधै निहुरिने
उसलाई त्यो पनि बिझायो
सोच्यो म निहुरिनु हुँदैन
सानैदेखि उ बेग्लै भयो
आफ्नाहरुलाई जित्ने अठोट गरेर
उ फल नलाग्ने रुख भयो
निहुरिनु परेन उस्लाई कहिल्यै
आफ्नाको अगाडी निहुरिएन उ
परायाको अगाडी निहुरिएन
केवल अग्लिन जान्यो
उस्ले कहिँ नझुकि
कसैसंग ननिहुरिई
आफ्नो उचाई कायम राख्यो
अग्लिएरै सर्वोच्चता पायो उसले
अग्लिएरै सगरमाथा भयो
आज आफ्नाहरुले भने
अब अग्लिने ठाउँ छैन
आज परायहरुले भने
अब छुनलाई कुनै उचाई छैन
तर उसले
आफ्नाहरुलाई सुनेन
परायाहरुलाई गनेन
र अग्लिंदैछ अझै
आफ्नो उचाईको हद नाघेर ।

3 comments:

Anonymous said...

Hey Gole Dai...nothing serious, but just wanted to say that I like your views presented in mysansar. Exactly man! they match what I want to say...even aggressions!

Keep it up man, you have a distinct identity

From Tehrathum
Now at Texas

Anonymous said...

Sorry Deepak JI, I thought it was Gole Dai's blog. I got this link from his post in mysansar.com....

Thanks

दीपक जडित said...

टेक्सासबाट कमेण्ट लेख्नुहुने तेह्रथुमका अज्ञातजीलाई मैले धन्यवाद भन्नैपर्छ । मैले यहाँ म गोलेदाई हैन भनेर प्रतिवाद गर्दा पत्यारिलो नहुन सक्छ तर सत्य यहि हो कि गोलेदाई यहाँ म संगै हुनुहुन्छ । संगै काम गर्छौं हामी । विचारकै कुरा गर्दा चैं गोलेदाई र मेरो विचार मिल्न जान्छ । मेरो हरेक गीत , गजल र कविताहरुको पहिलो श्रोता भएर मलाई उर्जा प्रदान गर्ने गोलेदाई लाई पनि मेरो ब्लगमा पाठकहरु थपिदिनुभएकोमा धन्यवाद ! ( अज्ञातजीको प्रतिक्रिया गोलेदाईलाई देखाई सकें मैले । )