Wednesday, June 11, 2008

लघुकथा : भित्रभित्रै

दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना दिनेहरु पनि कम थिएनन तर धेरैजसोले सुन्दरमानलाई मानब अधिकारकर्मीको टोलीमा सामेल गराएर एकजनालाई अमेरिका सम्म पुर्याउन सकिन्न भनेर सोधेका थिए । सुन्दरमानले मान्छे हेरीहेरी जवाफ दिए । कसैलाई त्यो त सरासर मानब तस्करी भै हाल्यो नि भने । कसैलाई होईन हजुर मानब अधिकारको निम्ती डटेर लागेको छु म यस्तो काम कसरी गरुं भने । धेरैलाई टाल्दै गएपनि यस्तै कलहरु आउने क्रम जारी नै थियो । अन्तत: कल गर्नेमध्येको यौटालाई उनले प्रश्न गरे , ' हामी यो कुरालाई कतिको गोप्य राख्न सक्छौं त ? ' उताबाट जवाफ आयो , ' त्यसको धन्दा नमान्नुस् न । म समाजमा तपाईंको ईज्जतमाथि आँच आउन दिउंला त ? ' सुन्दरमान एकछिन घोरिए र भने , ' हुन्छ नि त त्यसो हो भने । टोलीमा मिलाउंला तर हामीहामीको कुरा हो हजुर अहिले त यसकामको दरभाउ १२ भन्दा माथि पुगेको छ नि , तर म हजुरको लागि १२ मै गरुँला नि । '

दुबैतर्फ सहमती भयो । भोलीपल्ट सुन्दरमानले अधिकारकर्मीको टोलीमा थपघट गरे । भित्रभित्रै दरभाउ बुझ्ने बुझाउने काम भयो । सुन्दरमानको टोली अमेरिका पुगेर यौटा मानब उतै थन्को लगाई उद्धार गरेर फर्कियो । भित्रभित्रै भएको यो खबर पत्रिकाले सुईंको पनि पाएन । त्यसैदिन सुन्दरमानले पत्रकार सम्मेलनमा खाडी मुलुकमा बेचिए सरी ठगिएका नेपालीहरुको हकका लागी एकहप्ताभित्रै फेरी यौटा टोली खाडी मुलुक जाने जानकारी गराए ।


केहि दिन अगाडी लेखेको यो छोटो कथालाई समकालिन साहित्य डटकममा पठाएर प्रकाशित भै सकेपनि आफ्नै रचनाहरुको ट्राफिक धेरै भएकोले बल्ल आफ्नो ब्लगमा राख्दैछु । नयाँ रचनाहरुमा अझैपनि २ वटा गजल र यौटा कविता आफ्नै ब्लगमा देखापर्न पालो कुरेर ड्राफ्ट भएर बसेका छन । म सकेसम्म यौटा मितीमा यौटा भन्दा धेरै पोष्ट नपरोस भन्ने चाहन्छु , यतिखेर लेख्न अलि फुर्सद मिलेर पनि होला रचनाहरुको ट्राफिक जाम भएको ।

5 comments:

दिलीप आचार्य said...

लघुकथा त्यसै पनि मेरो सबैभन्दा मनपर्ने बिधा हो । तपाईको लघुकथा "लघुकथा" मा हुनुपर्ने सबै गुण ले पूर्ण छ। सटिक, सरल र सार्थक ।

लघुकथा पढन कम समय लाग्छ, तर थोरै शब्दमा समाजको जटिलतालाई बयान गर्नु सजिलो काम होईन । तर तपाई १०-१२ लाईनको ताना-बाना द्वारा बास्तविकताको चीत्रण गर्न सफल हुनु भएको छ ।
अरु पनि यस्तै रोचक लघुकथा पढन पाईएला नि !

आकार said...

यस्ता सुन्दरमानहरुले गर्दा नै हो, घटनाहरु झनै बढ्दै जाने ।
म पनि ट्राई गरिरा'छु है, लघुकथा लेख्ने । लेख्नैपर्ने अवस्था आइलागेको छ, कलेज बाट निस्किने बुलेटिन को लागि, अब ब्लग मा लेखिने अरु कुरा लेख्नै नमिल्ने बुलेटिन मा अनि त लघुकथा लेख्नलाई धुँइ-धुँइति खोजिरा'छु प्लटहरु । केही समय भित्रमा केही लघुकथाहरु लेखिहाल्छु कि, जस्तो लागिरा'छ ।
जहोस्, दीपक जी को लघुकथा सटिक छ अनि त्यत्तकै वास्तविक छ ।

आकार said...

यस्ता सुन्दरमानहरुले गर्दा नै हो, घटनाहरु झनै बढ्दै जाने ।
म पनि ट्राई गरिरा'छु है, लघुकथा लेख्ने । लेख्नैपर्ने अवस्था आइलागेको छ, कलेज बाट निस्किने बुलेटिन को लागि, अब ब्लग मा लेखिने अरु कुरा लेख्नै नमिल्ने बुलेटिन मा अनि त लघुकथा लेख्नलाई धुँइ-धुँइति खोजिरा'छु प्लटहरु । केही समय भित्रमा केही लघुकथाहरु लेखिहाल्छु कि, जस्तो लागिरा'छ ।
जहोस्, दीपक जी को लघुकथा सटिक छ अनि त्यत्तकै वास्तविक छ ।

दीपक जडित said...

धन्यवाद दिलीपजी ( मैले यो पल्ट देखिभने तपाईंको नाम गलत लेख्न छाडेको छु है , अब भुलेर पनि 'ली' ह्रस्व लेख्दिन । ) र आकारजीलाई लघुकथा मनपराई दिनुभएकोमा । मैले लघुकथा खासै लेखेकै रहेनछु । स्कुलमा छँदै एकपल्ट नयाँ शैक्षिक सत्र शुरु भैसक्दा पनि किताब नपाएको रन्कोमा 'दोष' भन्ने लघुकथा लेखेर यौटा होनहार बिद्यार्थीलाई किताब चोराएको थिएं कथामा , म आठ कक्षामा हुँदा होला क्यार अनि स्कुलमा आफैंले निकाल्ने भित्ते पत्रिकामा राखेको थिएं । त्यसपछि लघुकथा भनेर लेखेको यो दोश्रो नै हो सायद । यो कथा त पहिले देखि नै थियो तर यस्लाई कता कसरी लेखुँ जस्तो लाग्दैथियो । एकदिन समकालिन साहित्यमा रचना पठाउँ कि भन्ने लाग्यो र पठाउन खोज्दा देखें सबैतिर ( कवितामा , गीतमा , गजलमा , कथामा ) आफ्नै रचना अगाडी छ , अरु बिधा त खासै लेख्दिन पनि त्यसैले आफ्नो रचना नभएको ठाउंमा आफुले लेख्नसक्ने रचना यहि लेखेर पठाएको हुँ त्याँहा पठाउंदा मलाई लघुकथा भयो कि भएन ? ढुक्क थिएन तसर्थ उपयुक्त छ भने प्रकाशित गर्नुहोला पनि भनेको थिएं ।

आकारजी तपाईंले जोडदार लेख्नुहुन्छ भन्ने लाग्छ मलाई । लेख्नुहोला र बुलेटिनमा हालेपछि ब्लगमा राख्न मिल्छ भने राख्नुपनि होला । शुभकामना तपाईंलाई ।

दिलीप आचार्य said...

दिपक जी !
बास्तबमा मेरो नामको "Li" लाई "ली" लेख्‍ने की "लि" लेख्‍ने मलाई पनि थाहा छैन ।यसै पनि ह्रस्व, दीर्घ मलाई टाउको दुख्‍ने बिषय थियो । तर शुरु देखि नै मलाई लेख्न सिकाउनेले यसरि सिकाएकोले म "ली" लेख्छु । भन्छन नी! "नाममा आखिर के छ ?" । अब पुरै नाममा त केहि छैन भने यौटा अक्षर मा के होला ? त्यसैले आफ्नो किबोर्ड चलाउदा कसरि सजिलो हुन्छ त्यसै गरि लेख्‍नु होला । जे होस भला कुसारी भने चल्दै रहोस है!