फेरी गजलकै पालो पर्यो । यस्लाई रोक्नै सकिनं । म हाँसेको कुरा लेख्दैछु तर अझै धेरै घटनाहरु सम्झना आईहाल्छ कि भनेर अलि पर्खन मनलाग्यो र गजल नै राख्दैछु फेरी । मैले वसन्तजीको ब्लगमा शिर्षक विहिन कवितामा कमेण्ट लेख्दा आफ्नो तर्फबाट उक्त कवितालाई शिर्षक दिएको थिएं - 'आफ्नै खल्तिभित्र आधा म' भन्ने । त्यसले मलाई छाड्दैछाडेन र यो गजल लेखें ।
आफ्नै खल्तीभित्र म पनि आधा बाँचे ।
आफ्नै खल्तीभित्र पनि म आधा बाँचे ।
भएर आफ्नै नियतीको प्यादा , बाँचें
हर-हिसाब नमिल्दा हुण्डीमुण्डीमा ,
जिन्दगी कैले कम कैले ज्यादा बाँचें ।
वाँसुरी बजाउंदै आफैं कृष्ण बनि ,
नाम आफ्नै जपेर म राधा बाँचें ।
हत्यारा भनौं कि या भनौ अपराधी ,
शिकार गरेर ईच्छाको , ब्याधा बाँचें ।
कैले बाँधें बाचा कसम कैले तोडें ,
पटक् पटक् तर यौटै ईरादा बाँचें ।
विचारमा बाँच्न जीवन नसके नि ,
रुँदा , हाँस्दा र खेल्दा अनि खाँदा बाँचें ।
भन्नलाई ह्रदयमा 'दीपक' बाली ,
माहात्माको जस्तै जीवन सादा बाँचें ।
2 comments:
तपाईको शेरहरुमा म प्राय: बहु-आयामी अर्थ भएको भेटछु । यहि गजलमा पनि २-३ यस्ता शेरहरु छन जसलाई विभिन्न अर्थमा व्याख्या गर्न सकिन्छ । त्यो मलाई बेजोड लाग्छ ।
हत्यारा भनौं कि या भनौ अपराधी ,
शिकार गरेर ईच्छाको , ब्याधा बाँचें ।
र यो शेरको मक्तालाई भिन्न भिन्न परतमा बुझ्न सकिन्छ ।
आर्को कुरा तपाईले आफ्नो नामको पनि "तखल्लुस" मा द्वीअर्थी भाव आउने गरी खुब सुन्दर उपयोग गर्नुहुन्छ । वाह! वाह!!
यो करिव करिव हामि सबैको जिन्दगिको यथार्थ नै होला …… रोचक ढंगले प्रस्तुत गर्नु भएको छ।
धन्यवाद दिलीपजी , तपाईंहरुको हौसलाले मलाई संधै उर्जा दिएको छ ।
Post a Comment