Friday, August 08, 2008

गजल : नयाँ नेपाल

भनियो मात्र नयाँ नेपाल
अझै छ उहि पुरानो चाल
नेता छन मस्त, मखलेल
नसोधे भो जनताको हाल
जब सुरक्षा चाहे नेताले
बनाए ति नै जनता ढाल
न स्याल न ब्वाँसो लिच्चड ति
आए ओढेर बाघको खाल
गर्ने कस्को भरोषा हामीले
फैलिएछ विदेशी सञ्जाल
होसियार अझै हुर्केलान
देश बेच्न तम्सने दलाल
आउ कुल्चन शिर तिनको
आयो हेर राष्ट्रको सवाल ।

यो गजल पनि माई संसारमा कमेण्ट लेख्दै लेखेको थिएँ ।

2 comments:

Dilip Acharya said...

त्वरित गजल लेख्‍नु भएछ !छोटो, सटिक र यथार्थपरक। यो गजलको मक्ता यथार्थमा परिणत नभएसम्म

नेताहरु मालामाल
जनताको सधैं बेहाल

होला जस्तो छ

Unknown said...

धन्यवाद दिलीप जी , कुरा सहि हो । आफ्नो कुर्शी सुरक्षित राख्नको लागी अहिले सम्म क्रान्तिकारी भनिने नेताहरुपनि देश बेच्न तम्सने दलालहरुलाई सुरक्षा दिने तयारीमा जुटेको देखिएको छ ।