Tuesday, August 26, 2008

गजल : कसम हरायो आज

हामी विचको सबै वाचा र कसम हरायो आज ।
साईनो बिच अर्धाङ्गीनी र खसम हरायो आज ।

दुख सुखले संगै बितेका मिठा ति पलहरुमा ,
कैलेहाँसेको कैले रोएको मौसम हरायो आज ।

अब झरी छ या त आँसु छ जीवनमा सँधैभरी ,
घाम पानी र आँसु हाँसोको विषम हरायो आज ।

सहयात्रा पो टुँगियो यात्रामा एक्लै हिंड्नै छ अझै ,
रात काट्ने तर जिन्दगीको आश्रम हरायो आज ।

7 comments:

Prabesh said...

दुख सुखले संगै बितेका मिठा ति पलहरुमा ,
कैलेहाँसेको कैले रोएको मौसम हरायो आज ।

यो लाइन चैँ पढ्दा अलि गाह्रो, मात्रा नमिलेजस्तो लाग्यो ।
गजल गज्जबको छ !

Unknown said...

धन्यवाद उजेली जी , भन्नै पर्दा मैले यो गजललाई अधुरो नै सम्झेको छु , ब्लगमा राख्न पनि दोधारको स्थितीमै थिएँ । फेरि सोचें केहि त प्रतिक्रिया हेरिहालौं न अगाडी यस्लाई पुर्ण बनाउन मद्दत मिल्ला कि भन्ने सोचेर राखेको हुँ ब्लगमा , तपाईंको प्रतिक्रियाले मलाई पक्कै सहयोग पुग्नेछ यस्लाई सुधार गर्न र मैले भन्नै पर्दा तपाईंले मात्रा अलि नमिले जस्तो देखिएको भन्नु भएको शेरलाई मैले भने यो ठिकै होला भन्ने ठानेको थिएँ । पुनर्विचारमा लागेको छु यस गजलमा सुधार ल्याउन ।

साहित्यसंगम said...

Dherai nai Gahiriera lekhnu bhaye chha khusi lagyo, kunai pani pani rachanaaharu Thakkar nakhai AAdhaar nai bhetinna rahechah ke re tyasaile jaha pani sirjana hunchhan dhoka ani milan bichhod batai, anyway deepak ji malai dherai ramro lagyo bhabisyamaa pani lekhdai garnu hola.... naya naya gajal git haru herna pau padhna pau,, hai ta ...

Dilip Acharya said...

गजलको बारेमा कमेण्ट गर्ने ल्याकत नहुँदा नहुँदै पनि दुस्साहस गरेर लेख्दैछु ।

संरचना र मानकको हिसाबले के कस्तो छ म बुझ्दिन। तर कता कता तपाईको अन्य गजलहरुको तुलनामा यो गजल अलि सलल नबगेको जस्तो लाग्यो ।

तपाईको गजलमा मैले यो भन्दा बढि 'वजन' को आश गर्ने भएर यस्तो लागेको पनि हुनसक्छ ।

Basanta said...

मिठो भावले भरिएको छ दीपकजी। तर साथीहरुले भनेजस्तै; झन मिठो बनाउन नून-मसला थप्नुपर्ने, अझ केहि बेर गिदीमा छड्काउनुपर्ने त छँदैछ।

मनु ठाडा मगर (MANU) said...

कैले हासो त कैले खुसि
येहि नै हो जिन्दगि को रित्
कैले साथ् साथै त कैले
एक्लै छोदि दिने
येस्तै नै हो दिपक् जी मायालुको प्रीत

जडित जी को लेखन् कला ख्याल ख्याल्मा साह्रै मिठो छ। यसमा धेरै अर्थ अनि भावाना लुकेको हुन्छ। लेख्दै गर्नुहोला।

Unknown said...

बि जे जी , दिलीप जी , वसन्त जी , मनु जी , यहाँहरु सबैलाई झुझाव तथा प्रतिक्रियाको निंती धन्यवाद , म यसलाई अझै सुधार्ने प्रयास गर्ने छु ।