Wednesday, August 06, 2008

गजल : कनिका हुन्छन

चौरासी ब्यञ्जन त धनिका हुन्छन ।
गरिबको मुखमा कनिका हुन्छन ।

कताको दौरा खै कहाँ हो सुरुवाल ,
आङ ढाक्ने धरो नि 'जनि'का हुन्छन ।

सुनाउँ न भन्दा नि सुन्नेलाई झर्को ,
गरिबीका कुरा नै ननिका हुन्छन ।

खाद्यान्नको अहिले पो अभाव भो रे ,
हाम्रा त रोजै छाक 'बनि'का हुन्छन ।

सरस्वती लक्ष्मी छन ठुलाकै घर ,
झुप्रा'बास त राहु , शनीका हुन्छन ।

भोकसंग लड्नेलाई देशका कुरा ,
जे सुन्यो त्यही ए ! हो त नि का हुन्छन ।

नबलेपछी गरिबलाई 'दीपक',
अँध्यारै बरु ठिक छ नि का हुन्छन ।

यो गजल लेख्ने मेसो ब्लगर साथी कैलाशको कुटीमा भोकमा भोजन नै प्यारो शिर्षकको ब्लग पढेर र त्याँहा भएका तस्विर हेरेर जुरेको हो ।

2 comments:

कैलाश said...

चौरासी ब्यञ्जन त धनिका हुन्छन ।
गरिबको मुखमा कनिका हुन्छन ।
आफैमा कत्ति गहन र अर्थपूर्ण छन् सिर्फ यी दुई हरफ मात्रै पनि। जुनसुकै र जहीसुकैबाट यो शब्द निर्माणको मेसो क्लिक भएपनि साँच्चिकै गहिराई पाउँछु म यो गजलमा। यो गजल पढ्नासाथ मैले अर्कै ढाँचाको कमेन्ट लेखे अनि ठेल्ने बेलामा स्वाट्टै बिजुली गइदिएपछि थाँती रहेको थियो। आज फेरी यही गजल पढे। घत परेको कुरोमा ढिलैभएपनि पुन कमेन्ट ठेल्दैछु ।

Unknown said...

कैलाश जी , धन्यवाद ! नेपाली गजल ग्रुप भनेर हामीले नेपाली गजलको बारेमा छलफल चलाउंदै आ एको ठाउँमा पनि सबैले यो गजललाई विषिष्ट मानिदिनु भएको छ । लाख धन्यवाद तपाईँलाई ।