Thursday, June 19, 2008

गजल : लाखमा

शिर अडाई तिम्रो काखमा
मायाका कुरा गरुँ लाखमा
टल्के बिन्दुली झल्के त्यो फुली
तिम्रो माथमा तिम्रो नाकमा
वृक्षखोपीमा लुकेर चरी
नाचदै हेर शाखशाखमा
गीत गाएर हाम्रो मायाको
संधै सुनाउंछिन चाखमा
झनै देखिने म नै देखिने
हेरीरहुँ झैं तिम्रो आँखमा
हाम्रो मिलन माथी जलन
गर्ने दुनियाँ जलोस् राखमा ।

वसन्त सरलाई धन्यवाद ! मैले केहि फेरबदल गरेको छु ।

4 comments:

Basanta said...

साह्रै राम्रो गजल! साह्रै राम्टिके गजल! (यि 'राम्टिके' भनेको 'रोमान्टिक'नै फेरि। साझाको चौतारीमा जन्मेको शब्द हो।)

गजलमाथि टिका-टिप्पणी गर्न त म आफूलाई योग्य सम्झिन्न, तर यो तलको शेर भने अलि अमिल्दो लाग्यो यो गजलमा;

वृक्षखोपीमा लुकेर चरी
नाचदैहोलिन् शाखशाखमा

अरु सबै शेर एकातिर यो एकातिर भएजस्तो लाग्यो। मैले नबुझेको पनि हुनसक्छु। माफ पाउँ।

अनि 'बिन्दुली' भनेर 'बिन्दु' वा 'टिका' भन्न खोज्नुभएको हो?

Unknown said...

हजुर बिन्दुली भनेर टिकालाई नै लेखेको हुँ , कतै टिकुली भनेझैं हो यो । म आफैंलाई पनि अप्ठ्यारो महसुस भएकै हो उक्त शेरमा जहाँ तपाईंले अरु शेर एकातिर र यो शेर एकातिर भएको कुरा औंल्याउनु भएको छ । मैले त्याँहानेर केहि परिमार्जन गर्ने अठोट गरिसकेको छु । गर्छु - फेरी आएर हेर्दैगर्नुहोला । त्यसको निंती धन्यवाद !

Dilip Acharya said...

नेपाली गजलको बारेमा जानकार नभएकोले र नेपाली गजलको मानक बारे पनि बिस्तृत ज्ञान नभएकोले यो गजलको प्राबिधिक पक्षको बारेमा मैले बोल्नु ठीक हुँदैन। तर पढदा रोचक र रमाईलो छ। 'त्वरित' काफियाको प्रयोग गर्नु भएको हो की?

Unknown said...

त्यसो त म स्वयं पनि ढुक्क छैन बनावटको हिसाबले यो गजल भन्न लायक छ या छैन , मैले भनिदिएं त्यति हो । यो गजल नहुन पनि सक्छ यस्लाई मैले यौटा लयमा लेखेको छु । साह्रै सुन्दर सुनिन्छ यस्लाई गाउंदा । कास म यो ब्लगमा सुनाउन पनि सक्थें ।

दिलीपजीलाई पनि धन्यवाद !