Tuesday, June 10, 2008

गजल : तामझाम् चढाए

पाउमा राखेर दाम चढाए ।
जुनाफमा फेरी नाम चढाए ।

अधिकार काटेको ध्वाँस दिए ,
भित्रभित्रै जुन घाम चढाए ।

भने दरबार खाली गरायौं ,
नागार्जुनको तामझाम् चढाए ।

रोजगार खोज्ने जनतालाई ,
सेवा - सुरक्षाको काम चढाए ।

चढाउन केहि नपाउनेले ,
परैबाट लालसलाम् चढाए ।

गोप्य सम्झौता लेखेर आँखिर ,
सुवर्ण 'जडित' खाम चढाए ।

2 comments:

Dilip Acharya said...

वाह ! वाह!

यो पनि खुब गयो !

यसमा त सबै शेर एक-से-एक छन, सरल,छोटो तर जोडदार व्यङ्य सहितको ।

१२ लाईनमा पुरै नेपाली राजनैतीक आयाम नै कोरिदिनु भयो तपाईले त।

मजा आयो !

Unknown said...

दिलिप जी ,

अनर्थ नबुझ्नुहोला मलाई मेरो गजल लेख्दा र तपाईंहरु समक्ष प्रस्तुत गर्दा भन्दा तपाईंको प्रतिक्रिया पाउंदा मजा आयो ।