Wednesday, June 04, 2008

गजल : जीत जनताको

यस्पाली नि तिन्ले भने जीत जनताको
होला ता' नि भनि लेखें गीत जनताको
फेरीएर आ'का सबै नयाँ मुहारले
भने हामी मात्रै साँचो मित जनताको
जनताकै नाम अझै लिएपनि तर
छाँट देखिएन गर्ने हित जनताको
जुन , तारा , आकाश नि रोजे तिनैले नै
भाग पर्नेभयो चिसो शीत जनताको
नेपाली ओठ् अझैपनि हाँस्न नपाउंदा
अर्को युद्ध थाल्नु पर्ला कि त जनताको ।

2 comments:

Dilip Acharya said...

वाह ! वाह!!

एकदमै सम-सामयिक, सरल र सटिक।

you are successful of depicting current scenario in these beautiful lines.

जुन , तारा , आकाश नि रोजे तिनैले नै
भाग पर्नेभयो चिसो शीत जनताको
वाह ! वाह!!

नया जोगी पनि निक्ले कानै चीरिएका,
तर तपाईले गाईदिनु भो गित जनताको

Unknown said...

धन्यवाद ! दिलिप जी ,

वास्तबमै सर्बसाधारणले अहिले सम्म पनि यस्तै अन्यौल रहोस भनेर नयाँ अनुहारहरु छानेका थिएनन तर तिनीहरु पनि भन्नलाई मात्रै जनताका मित रहेछन । यस्तै बुझाईले यो गजल लेख्न पुगें ।