Sunday, June 01, 2008

मैले के गरें ?

गत २/३ दिनदेखि लागीपरेर एक अञ्जुली माया नामको आफ्नै एक सय एघार वटा गीतहरु समेटिएको अनलाईन गिती संग्रह तयार गरें । ब्लगस्पट डट कमको उपयोग गर्दै ब्लगको एकै पोष्टमा मैले सबै गीतहरु अटाएको छु र त्याँहा अरु थप कुनै पोष्ट राख्नेछैन । मेरो अनलाईन गिती संग्रहमा पस्ने लिंक http://ekanjulimaya.blogspot.com/ हो। मैले यसै ब्लगको अन्य सम्पर्कहरु राखेको ठाउँमा पनि उक्त लिंक राखेको छु । त्यसैगरी नेपाली ब्लगरहरुको मुलघर ( ब्लग डाईरेक्ट्री ) मा पनि एक अञ्जुली मायाको लिंक राखेको छु । आशा गर्छु यस ब्लगमा आईपुगेपछि तपाईं अवश्य एकपटक एक अञ्जुली माया भित्र पस्नुहुने छ र एक अञ्जुली मायाको लागी अमुल्य प्रतिक्रिया पनि छोडिदिनुहुनेछ । अहिलेलाई आउनुहोस मैले २०५१ सालको तिहारको बेला लेखेको यौटा गीत /गजल एक अञ्जुली माया भित्रैबाट यहाँ राख्दैछु ।

---
बर्वाद म भएको तिमी हेर्न आउ
लेखिदिन्छु यौटा गजल
तिमी त्यसलाई गाउ ।

रमिता कतिलाई कतिलाई तमाशा
बनेछु म त एक ब्यंगचित्र
कोरिदिन्छु म यौटा प्रति
त्यसलाई कोठामा सजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।

कतिताल म छोपुँ कतिताल लुकाउँ
भएछु म त एक बाद्ययंत्र
दिईदिन्छु म तिमीलाई
लगेर तिमी बजाउ
बर्वाद म भएको तिमी हेर्न आउ ।

4 comments:

Dilip Acharya said...

कमेण्ट लेख्न अल्छी गरे पनि म तपाईको ब्लगको नियमित आगन्तुक भने पक्कै हुँ ।

मलाई लाग्छ तपाईका धेरै कविताहरु 'गजल' बन्न सक्छन। कुनै भ्रम नहोस कि मैले यसो भनेर कविता भन्दा गजल राम्रो हुन्छ भन्न खोजेको होईन, तर तपाईको कविता पढ्दा काफियामा अलिकता जोड-जाम गरे ति शुन्दर रदिफ सहितका गजल बन्छन जस्तो लाग्छ (म आफै पनि सिकारु भएकोले धेरै नबोल्दा ठीक होला तर लेख्न नसके पनि पढन भने रमाउँछु) ।

तपाईको एक अञ्जुली माया भने बिस्तारसंग पढदै छु । बर्वाद म भएको तिमी हेर्न आउ भने दामि छ ।

Unknown said...

धन्यवाद ! दिलिप जी ,

एक अञ्जुली माया पढिसकेर तपाईंको मन्तब्य लेखिदिनुहुनेछ भन्ने आशा राख्छु ।

Anonymous said...

लौ बधाई छ, दीपक जी ।

Unknown said...

धन्यवाद ! आकार जी