Saturday, January 31, 2009

आमा सरस्वतीको जय !!

खै महत्व नै घट्दै गएको हो कि हामीले सरस्वतीको पूजाले हाम्रो ज्ञानमा थपघट हुँदैन भनेर बुझेर हो कुन्नि सरस्वती पूजाको चालचुल देखिन छोडियो । केही वर्ष देखि मैले याद गर्दै आएको छु नेपालका पत्रपत्रिकामा हदै भए यौटा लेख र पूजाका भोलीपल्ट एकाध पूजाका तस्विरहरु बाहेक सरस्वती पूजाको रौनक देख्न पाईन्न । ब्लगरमित्रहरुले पनि सरस्वतीको पूजा मनाएको बारेमा लेखेको देख्दिँन । यौटा उदाहरणिय काम भने अनलाईन साहित्य घरले गरेको रहेछ । सरस्वती पूजाको अवसरमा विश्वब्यापी वेब क्याम कविता प्रतियोगिता गराएर तर मैले चैं भाग लिईँन है , मैले कुनै कुरामा कसैको प्रतिद्वन्दी नबन्ने विचार राखेको छु त्यसैले । बाँकी त हामी यो मौसममा बरु प्रेम दिवस मनाउन आतुरीका साथ प्रतिक्षामा हुन्छौं क्यार । सरस्वती पूजाको टाँसो नदेखिने ब्लगमा पनि प्रेम दिवसको टाँसो देखिएला ।
त्यसो त मैले पनि यसपालीलाई टाँसोमा खास केहि जुगाड गर्न सकिनँ । कसरी लेख्ने , के लेख्ने भन्ने चिन्तन गर्दै हिँजो त समय फुत्कियो नत्र हिँजै यो टाँसो झुण्ड्याउने विचार थियो । बरु २००७ को सरस्वती पूजामा लेखेको टाँसो को लिँक यहाँ जोड्दैछु ।

अन्त्यमा वसन्त पञ्चमीको शुभकामना सम्पुर्ण ब्लगर मित्रहरुलाई । आमा सरस्वतीको जय होस् !!

10 comments:

Dilip Acharya said...

पत्र-पत्रीकामा साँच्चै तपाईले भनेजस्तै चर्चा कम भएको कुर मैले पनि अनूभव गरेको हो।

फेरी आफैंले पनि वसन्त पञ्चमी भनेर थाहा हुँदा हुँदै पनि केहि लेख्न पनि सकिएन यसपाला।

धन्यवाद तपाईलाई यो पावन दिनको बारेमा लेखेर सबैलाई उत्साहित गर्नु भएकोमा ।

कैलाश said...

सरस्वती माताकी जय!
दीपकजीको कुरा सही लाग्छ मलाई पनि। काठमाडौमा पनि पहिलाको जस्तो सरस्वती पूजाको महिमा र रौनक देखिएको झैँ लाग्दैन। सायद अरु नै थुप्रै कारणहरुले गर्दा त्यता ध्यान नपुगेको हो कि? आफूले नि त्यसबारेमा केहि लेखिएन।

तपाईको पुरानो पोष्ट पढ्दाखेरी सानो छँदा स्कूलमा मनाएको सरस्वती पूजाको सम्झना पनि गरायो। साथै यसबारेमा लेख्न सकिने थुप्रै पाटाहरुको पनि सम्झना गराउनुभयो तपाईले दीपकजी। धन्यवाद।

Yumesh Pulami said...

हो साची ! अहिले सरस्वती पूजा को कुरा भन्दा भ्यालेन्टाइन डे प्रसंग कोट्याउन रुचिकर ठान्दछन .... यो त आफ्नोपन बिर्सदै गएको एउटा जलन्त उदाहरण हो - नेपालीहरुको ।

डीआर न्यौपाने'सूर्य' said...

साथि हरुले भने झै यसको अर्थ पक्कै पनि हामिले आफ्नोपनलाई बिर्सिएर अरुको संस्कृतिमा रमाएको जस्तै भएको छ । खै आफुलाई त थाहै भएनछ ब्यस्तताको कारण । दिपकजीले स्मरण गराइदिनुभएकोमा धन्यबाद र सरस्वति माताले सम्पुर्ण ब्लगर मित्रहरुको जिवनमा नयाँ सोच र नयाँ बिचारको अभिबृदि गरुन । जय सरस्वति माता ।।।।

Jotare Dhaiba said...

सारै मनकारी कुरा उठाउनुभएको छ । यो त हाम्रो अहिलेको संस्कृतिक संकट नै हो । तर म साखुल्ले बन्न खोजेको होइन, मैले चाँही खुबै सम्झिएको हुँ सानोमा स्कुले सरस्वती पूजा मनाएको,बुनिया खाएको र सांस्कृतिक कार्यक्रममा रमाइलो गरेको कुरा । त्यसैलाई ब्लगमा लेख्न मन पनि लागेको हो, तर तारतम्य मिलाउन हम्मे पर्‍यो ।
हाम्रो दृष्टिकोणमा आएको पश्चिमाकरणप्रतिको दासी मानसिकताले भोलि के नै पो बाँकी रहला भन्ने त्राही बढेको छ

जडितजी लगायत सबै मित्रहरूमा सरस्वतीको बास होस् ।

sangamkirati said...

टायर बालेर सडक तताउने अनि हडताल नारा जुलुसको सिजन चलेको बेला यस्तो दिवशहरु बिर्सिएर उता प्रेम दिवस अनि के-के दिवसहरु मनाउन ब्यस्त नेपालि मनस्थितिहरु माझ जडित जि ले सारै राम्रो प्रसंग उठाउनु भयो।धन्यबाद,अनि सबै मित्रहरुमा सरस्वतिले बास गरुन!!!

sangamkirati said...

टायर बालेर सडक तताउने अनि हडताल नारा जुलुसको सिजन चलेको बेला यस्तो दिवशहरु बिर्सिएर उता प्रेम दिवस अनि के-के दिवसहरु मनाउन ब्यस्त नेपालि मनस्थितिहरु माझ जडित जि ले सारै राम्रो प्रसंग उठाउनु भयो।धन्यबाद,अनि सबै मित्रहरुमा सरस्वतिले बास गरुन!!!

Anonymous said...

" सरस्बती माता ! मेरो प्रार्थना तिमीसँग "
_______________
पखालियोस मनको मैलो
भरियोस शु भाबनाको थैलो
~~~~
नहोस् कसैको शब्द तिखो अती
तिखो शब्दले नदुखाओस मन रती
~~~~
शब्दले नकापोस कसैको ओठ थर्थरी
नदुखाओस मुटुलाई घाऊ बनाइ चर्चारी
~~~~
नहून कोही शत्रु मित्रु बनून सब
दुई पलको जिबनमा त्यागुन सब बैभब
~~~~
सबले देखून उज्यालो दिपक ज्योति
सजियोस सबमा बुद्दी बिबेकको मोती
~~~~
भेटुन सबले मनको कबी
देखून सबमा रबिको छबी ---
~~~~~

Unknown said...

एकदम सही कुरो हो यो चैं !!

Unknown said...

सबैलाई आमा सरस्वतीको जय गाउँन स्वर थप्नुभएकोमा आभार । आमा सरस्वतीले हामी सबैलाई लेखिरहन पढिरहन सँधैको लागी जाँगरीलो बनाईदिउन् ।