Thursday, January 01, 2009

सल्लाह गजल : यो साल बन्ने हो कि ! ( नयाँ वर्षको अवसरमा )

सबै भन्दा पहिले त सबैलाई नयाँ वर्षको मंगलमय शुभकामना । त्यसो त हरेक दिन नयाँ आउने गर्छ , हरेक पलले नयाँपनको आभाष दिने गर्छ तर पनि पल पल नयाँ केलाएर बस्ने कस्को फुर्सद ? एकमुष्ट वर्षमा एकदिन नयाँ भनेर दँग पर्छौं हामी मान्छे अझ त्यसमा पनि हामी त झन भाग्यमानी तिनचार पटक नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न पाउँछौं । आँखिर यौटा अवसर हो यो जिन्दगीमा खुशी पहिल्याउन खोज्ने । किन छोड्ने यो मौका ? त्यसैले मैले चैं नयाँ वर्षको सल्लाह गर्ने निधो गरेँ त्यो पनि गजल मार्फत । के गर्ने हो कसो गर्ने हो आउनुस है सल्लाह गरुँ -


बितेकै वर्षमा जस्तै जीवन् बेहाल बन्ने हो कि !
के के बन्न बाँकी थियो अब यो साल बन्ने हो कि !

बाँकी दुनियाँ कहाँ पुग्यो छोडियौं कि हामी कतै ,
संसारलाई चिहाउने आँखिझ्याल बन्ने हो कि !

दुखाई हाम्रो साझा तर रोयौं एक्लाएक्लै क्यारे ,
दुखाउनेलाई बाहेक् पार्दै पर्खाल बन्ने हो कि !

जिन्दगीको दाँईबाट रहरको माच उठाई ,
छिरोलेर धुस्नु जति मुठे पराल बन्ने हो कि !

गल्ति कति दोहोरिए जानाजानी हेल्चेक्र्याँईले ,
जवाफ् खोज्न आफैंसँग आजै सवाल बन्ने हो कि !

बोनस शेर : ( काफिया अक्षर पनि दोहोरिएको र भाव पनि उहि रहेको हुँदा यो तेश्रो शेरको भाइ शेर हो । )


लगातार नै हारीरह्यौं च्याँखे दाउ थाप्ने कति ,
आउ मिलेर बाजी जित्ने ठुलै खाल बन्ने हो कि !

9 comments:

बिमल गिरी said...

दीपक जी
नमस्कारम,
जिन्दगीको दाइबाट रहरको माच उठाइ
छिरोलेर धुस्नो जती मुठे पराल बन्ने हो कि,

कती राम्रा शब्दहरु को समयोजन हो यो?
सम्रचनात्मक,गेआत्मक्ता,भाषा शैली र आलङ्कारीक
शब्दहरु उनिएकाछन दीपक जी का गजलहरुमा।
शुभकामना।

DEEPENDRA said...

Wishing you a very HAPPY NEW YEAR 2009!
...May it bring success and prosperity into your life!
...May your life be filled with good health, New hope and new beginnings!
...May this new beginning open up more opportunities for you and lead onto the path of continued success!
...May coming year showers on you, all that you ever wished for!

उजेली said...

जागिर नपाई भौतारिँदै हिँड्ने सारा नेपालीले
अमेरिका ठाडै पुग्ने सुरूङ पो खन्ने हो कि !!

कैलाश said...

दुखाई हाम्रो साझा तर रोयौं एक्लाएक्लै क्यारे ,
दुखाउनेलाई बाहेक् पार्दै पर्खाल बन्ने हो कि !

वास्तविक कुरो गर्नुभो दीपकजीले। तर यी हरफ झनै वास्तविक लाग्यो मलाई। शुभकामना है त दीपकजी।

Jotare Dhaiba said...

प्रथमत: नयाँको बहानामा हार्दिक कामना दीपकजी र तपाईंको यो साहित्य संसारको चौतारीलाई ।
लयमा कहीँ-कतै दाँतमा ढुङ्गा लागे पनि भावको हिसाबले अब्बल गजल भन्छु म यसलाई ।
जिन्दगीको दाइँबाट... मा लगाम छोटिएको हो कि ? त्यसको वाचनमा भेउ पाइन्छ । हुन त मेरो गजल लेखाइ कति दयनीय छ, बढी जनिटोपल्नु जानिटोपल्नु व्यर्थ छ । तर तपाईंले नै याद दिलाउनु भएकोले बिझेको कुरामा प्वाक्क बोलिहालेँ । गजलको भावलाई सलाम गर्छु दीपकजी । जीवनको साह्रै गहिराईको पक्षलाई सतहमा केलाउनु भएको छ ।

दीपक जडित said...

सबैलाई प्रतिक्रिया जनाईदिनुभएकोमा धन्यवाद ! ( यो चैं सँधैको उस्तै क्रिया भए नि छुटाउनु एक हिसाबले पाप होला भन्ठान्छु म । )

यसपाली पहिले बिमलजी आउनुभएको छ , हाम्रो ठाउँ एकै भएर पनि होला बिमलजीले महत्वको साथ सुम्सुम्याउनु भएको शेरमा पूर्वको जीवन लुकेको ठान्छु म । लेख्दा लेख्दै आउँछन यस्ता कुरा जहाँ म आफैं पनि एकखाले सामाजिक जीवन भेट्छु । हार्दिक धन्यवाद तपाईँलाई भावनात्मक हिसाबले मलाई नै पनि साह्रै मनपरेको शेरलाई टपक्क उठाईदिनुभएकोमा ।

दीपेन्द्रजी , तपाईंसँग त माफ पनि कसरी मागुँ भएको छु म । प्रायस तपाईंको ब्लगमा पसेर कनिकुथी तपाईंले सम्प्रेषण गर्नुभएका कुराहरु पढ्छु म तर हम्मेसी प्रतिक्रिया लेख्दिँन । लाज पचाएर भएपनि हार्दिक धन्यवाद भन्न चाहन्छु , आउँदा दिनहरुमा कोसिस गर्नेछु तपाईंको ब्लगमा पस्दैपिच्छे प्रतिक्रिया लेख्नको निम्ती ।

उजेलीको कुरालाई मैले कसरी बुझ्ने अन्यौलमा छु । अमेरिका ठाडै पुग्ने , चाहेर पनि जिन्दगीमा अमेरिका नपुग्ने र झुक्किएर अमेरिका पुग्ने अनेक तह हुन्छन् हाम्रो समाजमा अमेरिकाको सपनामा बाँच्ने तथा अमेरिकाको जीवन भोगेर बाँच्ने जीवनहरु । बाहिरबाट सबथोक देखिएपनि कैलेकाँही यो अमेरिकामा केहि छैन जस्तो लाग्छ मलाई त कैले दुनियाँमा जे छ यहिँ छ जस्तो पनि लाग्छ । खै भ्रम हो या के हो खुट्याउन बाँकी नै छ ।

कैलाशजी , लेख्दा जुन महत्व ( वर्तमानमा ज्यादै खट्किएको महसुस गरेको ) राखेको थिएँ यस गजलमा त्यही कुरा अभिब्यक्त भएको शेरलाई सुम्सुम्याउनु भएकोमा खुशी छु । यसै शेरको पहिलो हरफलाई महत्वको साथ सुम्सुम्याउँदै उता गजल ग्रुपमा टिप्पणी गरिदिनुहुने , नेपाली गजलग्रुपका नायक दीपक खड्का ज्यूले गजल ग्रुपमा गरिदिनुभएको टिप्पणीलाई पनि यहाँ जस्ताको तस्तै राख्न चाहन्छु - " एकदमै गहकिलो सन्देश ! खास गरेर यो पंक्तिले धेरैबेर सोच्न बाध्य बनायो:

"दुखाई हाम्रो साझा तर रोयौं एक्लाएक्लै क्यारे"

एउटा सन्दर्भ दिन चाहन्छु जसको बारेमा मैले धेरै सोचेको र यदाकदा बोलेको पनि छु । माओवादी पिडित संघको संघर्ष र केही त्रासदी समेतको बारेमा हामीले सुनेकै छौ । म भन्ने गर्छु, जबसम्म माओवादी पिडितहरु र राज्य पिडितहरु संयुक्त बनेर न्यायको लागि संयुक्त संघर्ष गर्दैनन्, तबसम्म त्यो संघर्ष जति शक्तिशाली हुनुपर्थ्यो त्यति हुनेछैन ।

एक्लाएक्लै गरिएको संघर्षलाई एक त शुद्ध न्यायको लागि मात्र नभएर राजनैतिक प्रतिशोधको लागि समेत पो गरिएको हो कि भन्ने शंका गर्नेलाई बाटो मिल्छ, दोश्रो यस्तो संघर्ष दबाउने वा कमजोर र अप्रभावकारी बनाउन चाहनेहरुलाई बाटो र बहाना मिल्छ ।

माओवादी पिडितहरु र राज्य पिडितहरु संयुक्त बनेर संघर्ष गर्ने बुद्धि किन नआएको ? त्यो कुरा बुझिनसक्नु भएको छ मलाई । एनि आईडिया ? "

धाईवाजी ,
के भन्ने तपाईंसँग त अहिले नै भेटुँ भरै नै भेटुँ भएको छु म । पहिले पहिले म नेपालमै हुँदा पत्रपत्रिकामा तपाईंका रचनाहरु पढ्दा तपाईंलाई म म भन्दा अघिल्लो पुस्ताको भन्ठान्थें , तपाईंकै लेखाईले मलाई त्यस्तो सोच्न पुर्याएको हो । भर्खर भर्खरै तपाईंको बारेमा केहि जान्दा अचम्भित साथै खुशी छु म । यो गजलमा तपाईँले औंल्याउनुभएको हरेक ठाउँमा मैले सावधानी अपनाएको जस्तो लाग्थ्यो सायद असफल भएछु क्यारे र पनि तपाईंलाई म आफ्नै स्वरमा एकपल्ट यो गजल पढेर सुनाउन चाहन्छु । म ईमेलमा पठाउन सक्छु यसलाई वाचन गरेर अझ छलफल गर्ने हिसाबले ।

Luna said...

मन छोएर मनमा बसोस तपाईंको गीत गजल
भमरा भुल्ने फूल बनोस तपाईंको गीत गजल
--
स्बेत सलाम तपाईंको गजल भाब लाई
नब बर्ष को यही शुभ कामना तपाईंलाई ।
लुना

बेदनाथ पुलामी ( उमेश ) said...

धन्यवाद ! छ दीपक जी लाइ यती रोचक भावना को लागी .... दो-याई रहू जस्तो लाग्यो - पढ्दा खेरी पनी ।

Luna said...

Dear Deepak ji !
i miss to read from you .
hope to read soon something !
see you soon .