Tuesday, January 13, 2009

रेकर्ड तोडिएको कुराकन्थो

बल्ल आजदेखि अलि न्यानो दिनको अनुभुत भयो , कतिदिनलाई हो थाहा छैन तर पिलीली घाम लाग्ने क्रम पनि अलि लामो चल्यो । यस्पाली एँकरेजमा जाडो लगातार लामो समयसम्म भएर २० वर्षको रेकर्ड तोडियो रे । गत दुई तिन साता लगातार चिसो भएको थियो । माईनस ४ , ६ देखि माईनस १८ , २० सम्म दुईतिन साता निरन्तर रहँदा मान्छेहरु आत्तिंदा रहेछन । मलाई भने यो अलास्का समरकै बेलामा पनि समुन्द्र फ्रोजन हुन्छ होला जस्तो लाग्या भएर खासै जाडोको डर लागेन तर अन्यत्र बसेर बाफ रे बाफ ! अलास्का ! त्यो हिममय ठाउँ ! भनेजस्तो त कहाँ रहेछ र ? समरमा त यो ठाउँ पनि अरु सामान्य ठाउँहरु जस्तै नै लागेको थियो । विन्टर लाग्दा चैं भने अन्यत्र भन्दा यहाँ छिटो हिउँ पर्नेरहेछ । जाडो पनि अलि बढि नै हो क्यार । यो साल हाम्रो दशैं लाग्नुभन्दा अगाडी नै यहाँ हिउँ परिसकेको थियो । कोलोराडोतिरको बसाईमा त्यती चाँडै हिउँ परेको हुँदैनथ्यो ।

यसपाली यहाँ लामो समयसम्म तापमान मुन्तिर झरेर ( जाडो रहेर ) २० वर्षको रेकर्ड तोडियो , पोहोर साल हवाईयन आईल्याण्डको माउई टापुमा बस्दा तिनचार दिनसम्म लगातार सामुद्रिक आँधि आएको थियो । बाटोघाटो सबैतिर भेलबाढी उर्लेर दुईदिन सम्म बिजुलीबत्ति नै नभएर भएको थियो त्यतीबेला पनि त्याँहाको स्थानियहरु जन्मेर यत्रो भएं आजसम्म यति ठुलो आँधी र भेलबाढी आएको थाहा थिएन, यो त रेकर्ड नै भयो मेरो जिन्दगीमा यत्रो ठुलो आँधी आएको भन्थे त्यसो भन्नुको मतलब त्याँहा पनि निक्कै लामो समयको रेकर्ड तोडिएकै थियो होला । हैन यो रेकर्ड तोडिने भन्ने चैं म जहाँ जहाँ बस्न गयो त्याँहा त्याँहा हुनुपर्ने भन्या ? हुनत रेकर्डहरु भनेकै तोडिनलाई बन्ने हुन । नेपालबाट आएको साल २००३ मा कोलोराडोमा चार फीट जति ( पाँच थियो कि ? ) हिउँ परेको थियो त्यसबेला पनि मान्छेहरु यो साल कोलोराडोमा ९० वर्षको रेकर्ड तोडियो भन्थे । मलाई भने जीवनमै पहिलो पल्ट हिउँ देख्दा पनि त्यतिबेलाको हिउँ अझै कम्ती भएको थियो अझै धेरै परेर स साना बुटाहरु छोपिने गरी भए झन कति मज्जा हुन्थ्यो होला जस्तो लाग्थ्यो । यतिखेर मलाई भने उदेक लाग्दैछ म जहाँ गएपनि यसरी रेकर्ड तोडियो भन्छन । हो कि हैन पत्ता लगाउन अझै अन्त अन्त नबसेको ठाउँ तिर पो गएर हेर्नु पर्छ कि क्या हो ?

लेख्न मनलागेका थुप्रै विषयहरु असरल्ल छरिएका छन तर मैले तिनलाई आजभोली टिपेर उन्न सकिरहेको छैन । कोसिस भने जारी छ तर केहिमा पनि आफ्नो चित्त बुझाउने गरेर लेख्न सकेको छैन त्यसैले आफ्नै मन बुझाउन भनेपनि , ब्लगमा केहि त लेख्दैछु भनेजस्तो पार्न भनेपनि यो कुरा टिपेँ । त्यसो त लामो समयपछि न्यानो दिन पाएको हर्षमा अनि रेकर्ड तोडियो भनिएको यो संयोगको कुरामा यो कन्थो लेख्न मन त लागेकै थियो ।

12 comments:

Aakar said...

त्यसो त रेकर्ड तोडिने सिलसिला जारी छ नि !
अब त्याँ' हिँउ का कारण रेकर्ड तोडिएछ । बाहिर बाट सोच्ने ले अलस्का त ठाउँ नै त्यस्तै हो भनेर सोचिहाल्छन् नि दिपक जी !

यता तिर पनि रेकर्ड तोडिरहिएकै छ । इतिहासमै लोडसेडिङ १६ घन्टा ! यो भन्दा ठूलो रेकर्ड अरु केही हुन सक्छ र ??? अहिले यसो छ भने, चैत वैशाख मा त लोडसेडिङ भन्ने शब्द नै लोप भएर जाला' जस्तो छ । कहिले बिजुली आउने भए पो !

Unknown said...

हो आकारजी , हाम्रो देशको रेकर्ड तोडिने कुरा त गरिसाध्य के र ? मैले यता पनि देशको रेकर्ड तोडिएको कुरा समेत जोड्न खोज्दैथिएँ तर फेरी किन हो जोडिंन ।

Dilip Acharya said...

म आफू पनि ४० डिग्रि गर्मी र माईनस १५ सम्मको जाडो दुबैमा बसेकोले तपाईलाई जस्तै यो जाडो गर्मिसंग भने डर लाग्दैन ।

तर तपाई जहाँ जानुहुन्छ त्यहिको रेकर्ड तोडिने चाहि गजब हुँदो रहेछ ... ... ।

Yumesh Pulami said...

थोर बहुत जानकारीको लागी साधुबाद !

साची नै दीपक जी रेकड़ तोदिने प्रक्रिया त्यहा भन्दा मुलुकमै बढ़ी द्रुत गति को छ नि ?
आकार जी ले त मज्जाले - भन्नु भए'छ नि !

Anonymous said...

बेल्जियममा पनि माइनस १० भन्दा बढी नै भो केही दिन । कुनै दिन यहाँ पनि माइनस १५-२० नै पुग्या थियो ( केही दिन अगाडि मात्रै ) त्यती खेर मैले तपाईं लाई सम्झेकी थिए । सत्य भन्या मैले !
मैले पनि सुने अनुसार अलास्का बेस्मरी ठिहिरिन्छ रे जाडोमा । यता को मौसम ठिहिरिदा आ अलास्का मा त यो भन्दा ठिहिरिन्छ भन्दै मन बुझाएकी थिए :)
-----------
लेख्न मन लाग्या बिषय हरु थुप्रै छन , तिनलाई आज भोली टिपेर उन्न सकिराख्या छैन भन्नु भो !
ओ इलिएर सुक्न चाँही नदिनुस् है ?
तपाईंको धेरै कफी खाने बानी छ ( अस्ती नै को मनोबादात्मक कथा बाट थाहा पाएको है , )
बरु चिया खाने बानी गर्नुस् ! स्बास्थ्य लाई पनि फाईदा गर्छ चियाले । बनाउन त्यती गार्हो पनि हुँदैन । मैले सुने अनुसार ' ग्रिन टि ' दिन को एक - दुई कप खायो भने बायु मा हुने बिकिरण बाट हुन सक्ने घातक क्यान्सर जस्तो रोग लाग्दइन रे !
अदुबाको चिया खायो भने मान्छे को हार्मोन सधैं तरुणो हुन सहयोग पुग्छ रे !
कागती चिया खायो भने त एका तिर भिटामिन डि पाउछ अर्को तिर शरीर नचाहिने बोशो हताउन मद्घत गर्छ ।
चिया खाँदै लेख्नुस् है ?
( शुभ चिन्तक हुँ , यती भन्ने अधिकार त छ होला नि ! )

Basanta said...

दिलिप दाइले भनेजस्तै जडितजी जता-जता रेकर्ड तोड्न मिल्छ त्यतै मात्र जानुहुन्छ जस्तो छ:)

Unknown said...

धन्यवाद बेदनाथजी , दिलीपजी , लुनाजी र वसन्तजीलाई । संयोग होला तर तिनपटक यस्तो भयो ।
लुनाजी , सुझावको निमित्त आभारी छु , चिया कफी दुबै पो पिउँछु त हौ म त उत्तिकै जस्तो । बिहान ( मेरो बिहान १० / ११ बजे तिर मात्र हुन्छ ) आफैंले बनएको चिया नपिएसम्म दिन बित्ला जस्तै लाग्दैन मलाई त ।

Prabesh said...

परीक्षाको चटारोले गरेर अलि ढिलो आइपुगेँ दाइ ब्लगमा त्यसको लागि माफि माग्छु पहिला । दिपक दाइ त हिउँकै भण्डार हुनुभएछ क्यार । जता गयो त्यतै हिऊँ नै हिऊँ पार्नुहुँदो रै'छ त्यो पनि रेकर्ड नै तोड्ने गरि । हाम्रो देशमा पनि रेकर्ड तोडेको छ नि दाइ लोडसेडिङले अहिले । दिनको १६ घण्टा मात्र !!

Jotare Dhaiba said...

रेकर्ड तोडिने सिलसिला त्यसो त जीवनमा कुनै चलिरहने न कुनै रुपले
प्रकृया हो । आफ्नो परिवेशको हावापानीको चर्चा पनि त लेख्ने प्राथमिकतामा नपर्नुपर्ने त्यस्तो कुरा होइन नि दीपकजी ! बरु अझै त्यतातिरको संस्कार र गतिविधिहरु बेलाबेला ब्लगमार्फत ठेल्दै गरे हामी पनि आभारी हुनेथ्यौँ कि ?
आकारजी, वेदनाथजी र उजेलीजीकै तालमा ताल मिलाएर हाम्रो राष्टृय रेकर्ड ब्रेक अभियानतिर पनि औँला उठाउँछु है !

कैलाश said...

दीपकजी नेपाल आउनुभएको बेलामानि हिउँले सबै सेताम्मे भएको देखिने हो कि त? अरु त साथीहरुले भनिसक्नुभएकै छ सबैकुरा। त्यसैले मैले अल्छी गरेनि केही हुन्न।

कैलाश said...

ए साँची दीपकजी। आहा! तपाईले प्रोफाइलको फूटा नि फेर्नुभएछ। यो पनि रेकडै तोडिएको त हैन कतै? पहिला पहिलाको फूटामा क्लोजअप देख्न पा'थिइन मैले त। कुरा जे भएनि बहुत बेसै हो। यसो भन्देको मात्रै है।

Unknown said...

उजेलीजी , धाईबाजी र कैलाशजीलाई धन्यवाद दिन आ ईपुग्न पनि ढिला भएछु , बराबरी भयो है उजेली जी , नेपालमा रेकर्ड तोडिने कुरा त अब महाकाब्यमै न अटाउने भै सक्यो नि । अनि कैलाशजी यो फुटा चैं २००९ म म कस्तो भएँ त हौ भनेर खिचेर राखेको क्या तर म जति छु त्यो भन्दा मोटो देखिएछु र पो लाज लाग्या छ । सानोमा भुक्के भन्थे फेरी भन्लान् कि भन्ने पिरोलो ।