Monday, February 02, 2009

'बाबुरामजी'का कुरा गर्दा

अनलाईन घुम्दा घुम्दै म नेकपा माओवादी हाल एकिकृत पनि का नेता तथा बर्तमान सरकारका अर्थमन्त्रि डा बाबुराम भट्टराईको ब्याक्तिगत वेब साईट तथा ब्लग, A gateway to interact with baburamपुगेँ । अँग्रेजी र नेपाली दुबै भाषामा बनाईएको यो वेब साईट , ब्याक्तिगत हुनाले दुबै नै ब्लग हुन भन्ने धारणा राख्छु म तथापि त्याँहा ब्लग भनेर अलग छुट्याईएको छ , यो वेब साईट भित्र छिर्दा धेरै कुराहरु आँखामा बिझाउने लाग्यो । जस्तो कि वेबसाईटको हेडरमा रहेको मुठ्ठी उठाईरहेको फोटो । यो वेब साईट सन २००९ लागेपछि बनाईएको भन्ने जानकारी पाएको हुनाले मलाई हेडरमा त्यो फोटोको शट्टामा अन्य भावकै शालीन फोटो भए जाती हुन्थ्यो जस्तो लागेको हो किनभने यो अवस्था सशस्त्र युद्धको हैन काँधमा जिम्मेवारी लिएको अवस्था हो यो । त्यसो त उनको मुहारको सौम्यता लाल सलामको भावमा उठाईएको मुठ्ठीले छोपेको छैन ।

हेडरमै अझ मेरो आँखाले नेपालको राष्ट्रिय झण्डाको खोजी गर्यो जो छैन या त नेपालको नक्सा भए नि हुन्थ्यो जस्तो लाग्यो त्यो पनि छैन । त्यो पनि आ आफ्नै विचार हो , त्यसो त राष्ट्रिय झण्डा या नेपालको नक्सा राख्दै मात्र राष्ट्रवादी नत्र अराष्ट्रिय भन्ने कुरा त हुँदैन तर राष्ट्रियता दूर्बल हुँदै गै रहेको बखतमा पार्टीगत वाद भन्दा बाहिरका जो कोही पनि उनको यो साईटमा पस्दा पहिले नै चन्द्र सुर्य अँकित झण्डा देख्दा एकपटक आफुभित्र राष्ट्रियता छाम्न बाध्य हुन्छन् । कुनैपनि दलका नेताहरुले अहिलेसम्म पार्टीको झण्डा बाहेक चन्द्र सुर्य अँकित झण्डा ओढेको त देखेको पनि छैन त्यसैको निरन्तरता होला मैले बाबुरामको साईटमा नदेख्नु पनि ।

त्याँहा हाम्रो मत बुझ्नलाई मत सर्वेक्षण गरिने ब्यावस्था पनि रहेछ र यसपटकलाई सरकारले हालसालै ल्याएको स्वयँ कर घोषणा कार्यक्रम कस्तो लाग्यो ? भन्ने प्रश्न रहेछ । भन्ने नै हो भने मलाई त्यो मत सर्वेक्षण त्यसरी राखिनु नै अलि ढोँग लाग्यो तरपनि मैले जवाफ दिन पाईने अप्सनहरु पहिलो अत्यन्तै राम्रो दोश्रो ठिकै र तेस्रो कठीन कार्वान्वयन मध्ये दोश्रो ठिकैमा मत दिएर परिणाम हेर्न गएँ । परिणाममा अत्यन्तै राम्रो भन्नेहरु ३०९ जना देखिए , ठिकै भन्नेहरु ३१ जना (म सहित) भएछौं भने कठीन कार्यान्वयन भन्नेहरु ७० जना रहेछन् । अचम्म त तब लाग्यो जब उता अनलाईन खबरमा स्वयं कर घोषणा कार्यक्रम फिर्तालिन अर्थमन्त्रीलाई भेटीवरी उजुरबाजुर गरिसकेछन् । हैन यो अत्यन्तै राम्रो भन्ने चैं को परेछन् ? यिन्ले त्यतिकै हावादारी मत दिए कि ? तिन्ले हावातालमा फिर्ता लिन भने ? मलाई चैं यस सम्बन्धमा के लाग्यो भने यो हरेक कुरामा विषेश कार्यक्रम नै किन चाहिने हामीलाई ? राज्यलाई कर तिर्नुपर्छ हरेकले । हरेक नागरिकको कर्तब्य हो , नागरिक मात्र हैन बाहिरबाट आएर पनि कुनै तवरले पूँजी चलखेल कसैले गराउंछ भने कानुन सम्मत कर तिर्नै पर्छ तब उक्त कानुनको कढाईका साथ पालना गर्ने तर्फ किन पहल नगरिएको हो ? अर्को कुरा कुनैपनि कार्यक्रम ल्याउनु अगाडी नै हामीसँग छलफल गराउने र हाम्रो मत बुझ्ने पद्दतीको बिकाश गरे अझ प्रभावकारी हुन्थ्यो होला । बाबुराम भट्टराईले अर्थ मंत्रालयका कार्यक्रमहरुबारेमा छलफल गराउन ब्लग किन उपयोग गर्दैनन् ? बाबुरामले मात्र हैन हरेक मन्त्रालयले ब्लग मार्फत मंत्रालयको आउने कार्यक्रमहरुबारे छलफल गराउने परिपाटी बसाए धेरैले अखबारमा छापिएको भ्रामक समाचारको पछि लाग्न छाडेर सरकारले के गर्दैछ र कसरी गर्दैछ भन्ने जानकारी पाउने थिए र त्यसमा के कसरी गर्दा अझ बढी उपयोगि हुन्छ भन्ने कुरामा आफ्नो विचार सराकारमा बसेर कार्यक्रम तयार पार्ने सम्म पुर्याउन सक्थे । यहि कुरा मैले निक्कै अगाडी माई सँसारमा कमेण्टमा पनि लेखेको थिएँ कैले हो भन्ने त बिर्षें तर भारतिय राजदुत राकेश शुदले हाम्रो देशको मामलामा ठाडो हस्तक्षेप गरेको बेला हो झैं लाग्छ ।

खैर छाडौं यि कुरा हाम्रा कुनै नेताले जनताको मतको यतिबिघ्न कदर गर्ने भए हाम्रो सँस्कार अर्कै भै सक्ने थियो र यसो भन्दा पनि अपबादमा बाबुराम देखिएका छन् । कम से कम उनि हामीसँग छलफल गर्न चाहन्छन् त्यसैले उनले ब्लग तथा वेबसाईट सञ्चालनमा ल्याएका हुन पक्कै तर के कुनै कुराको निर्णय भै सकेपछि त्यसमाथी हाम्रो मत खोज्नुको केहि औचित्य छ ? मलाई त सबैले अत्यन्तै राम्रो भनुन् भन्ने हिसाबले मात्र त्यसो गरिएको जस्तो लाग्यो हैन भने त्यो कार्यक्रम ल्याउनु भन्दा अगाडी नै हाम्रो यस्तो योजना छ यसलाई कार्यान्वयन गरे के हुन सक्छ परिणाम भनेर सोध्नुपर्ने हो । तन्त्र जुनसुकै होस् चुनाबमा एक छाप स्वास्तिकको मसी भन्दा पर्तिर हाम्रो अरु मतको कदर भए जस्तो मलाई लागेन ।

आजपनि कम्युनिष्ट भन्दा उहिले उहिले कोर उब्जेको मान्छेलाई झैं परपर गर्ने मान्छेहरु धेरै छन् । अझ कम्युनिष्ट भएर अर्को खेमाको कम्युनिष्टलाई नै दुर् दुर् गरेको पनि हामी देख्न सक्छौं । कतिपय छरछिमेकमा पानी बाराबारको स्थिती देखिन्थ्यो अझै देखिन्छ । कतिपय घरभित्रै राजनैतिक आश्थाको कारण एक आपसमा बोलचाल नगर्ने तथा काटाकाट मारामारसम्म गर्ने पनि हुन्छन् । आँखिर किन यस्तो गरे या गर्छन त मान्छेहरु ? भन्ने प्रश्न उठाएर जवाफ खोज्न जाने हो भने हाम्रै नेताहरु निस्कन्छन् कारणमा । प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र आदिको निमित्त लड्ने नेताहरुले जहिल्यै आफ्ना पक्षमा भएका जनताहरुलाई प्रजातन्त्र के हो भनेर सिकाएनन् , लोकतन्त्रमा कस्तो संस्कार देखाउनु पर्छ भनेर सिकाएनन् , गणतन्त्र कस्तो हुनुपर्छ भनेर बुझाएनन् । बुझाए त केवल हामीले जित्यौं भने हामी यसो गर्नेछौं , फलाना पार्टीका मान्छेको कुरा नसुन्नुस् तिनिहरु त डाँकाहरु हुन् , फटाहाहरु हुन् भनेर मात्र सिकाए । सात सालमै प्रजातन्त्र ल्याईएको देश भन्दा पनि अब त लाज मान्नुपर्ने स्थिती आईपरेको छ । सात , सत्र , छत्तिसतिरको कुरा म त्यती धेरै जान्दिंन तर ४६ देखिको कुरा भने थोर बहुत हेक्का रहेको छ । सातका कुरा छाडौं छयालिस देखिकै हिसाब गर्ने हो भने पनि आज करिब २० वर्ष बितिसकेको छ । उतिबेला जन्मेको बच्चा नै बच्चाको बाउ भै सके कति तर हाम्रा नेताहरुमा अझैसम्म असल संस्कारको विकाश हुन सकेको छैन । उनिहरु आफैं चोबलिएका छन् हिलोमा र भन्दैछन् हामी समाजलाई सुकिलो बनाउनेछौं । त्यसैको परिणाम अझै हामी देखिरहेछौं उनिहरु एक आपसमा हिलो छ्याप्न ब्यस्त छन् र हामी ? हाम्रो त कुरै छाडौं न , हाम्रो रगतमा आज आफन्त , दाजुभाई , बन्धुबान्धवको हैन एमाले , माओवादी , काँग्रेस् , तमलोपा , राप्रपा , राबा ईत्यादीको रक्त कोशिकाहरु बगिरहेछ ।

नेताहरुले पहिले आफुभित्र प्रजातन्त्र , लोकतन्त्र , गणतन्त्र त्यो भन्दा पर्तिर अर्को तन्त्र छ भने त्यो तन्त्र पनि को संस्कार विकाश नगरुञ्जेलसम्म हामीले कुनैपनि तन्त्र ल्याउंदैमा केहि हुनेवाला छैन । यो सत्य हो - नेपालमा सबै भन्दा पहिले सम्पुर्ण दलका नेताहरुले आफुभित्र असल संस्कारको निर्माण गर्नुपर्छ अनि आफ्ना पक्षका तथा विपक्षका जनताहरुबाट सकारात्मकताको अपेक्षा गर्नुपर्छ ।

सन्दर्भ बाबुरामको ब्लगबाट उठाएको थिएं त्यसैले टुंग्याउन पनि त्यहीँ जाँदैछु - बर्तमानमा नेपालमा भरोसा गर्न लायक कुनै नेता छ भने त्यो बाबुराम भट्टराई हो भन्दा कमरेडको चाप्लुसी गरेको कसैलाई लाग्छ भने मेरो भन्नु केही छैन तर मैले कमरेडहरुले नमस्ते छाडेर सलाम नै भन्नु छ भने किन लाल भनेर रंग्याउने श्वेत सलाम भन्नुपर्छ जहाँ कुनै रँग मिसिएको नहोस् ; न कसैको रगतको न कसैको स्वार्थको सम्म भनेको हुँ कसैले कहिल्यै सुनेको भए । बाबुरामको ब्लगमा पस्दा खुशी थिएँ म त्यसैले यौटा प्रतिक्रिया लेखेँ सहीद सप्ताह र आमाको निधनको खबर भन्ने लेखमा । विषय भावनात्मक भएकोले मैले न विरोधमा कुर्लेको थिएँ त्याँहा न प्रसँसाको शब्द लेखेको थिएँ तर मैले लेखेको कमेण्ट प्रकाशित भएर पनि हटाईएको पाएँ । कारण के होला बुझ्न सकेको छैन तर मलाई जहाँसम्म लाग्छ मैले गेरेको सम्बोधनको कारणले हटाईएको हो । मैले बाबुरामजी भनेर लेखेको थिएँ तर तपाईं भन्दा तल झरेको थिईँन । कारण जे सुकै होस् तर संस्कार त्यो गलत हो - ब्लग खोलेर ब्लगमा आफ्नो चाहना बिपरित कसैले मर्यादामै रहेर प्रतिक्रिया लेख्दा पनि हटाउनु ब्लगरको धर्म होईन । यदी बाबुरामलाई मैले बाबुरामजी लेखेकैले मर्यादा भँग भएको हो भने प्रश्न उठेको छ उनि के बन्न खोज्दैछन् ? हाम्रो सेवक कि शासक ? त्यसो त उनको वेबसाईटमा गंभीर प्रकारका प्रश्नहरु मात्र सोध्नुहोला भनिएको छ त्यस्तै ब्लगमा पनि गंभिर प्रकारका कमेण्टकै अपेक्षा गरिन्छ होला र मेरो कमेण्ट गंभिर भएन पनि होला भनेर अन्य साथीहरुको कमेण्टहरु पनि हेरीहेरेँ । मध्येमा यौटामा - "आफ्नो क्षमतालाइ अन्य क्षेत्रमा लगानी गर्न छोडेर राजनीतिमा होमिनु भएका क.बाबुराम भट्टराइ नेपालका कम्युनिष्ट नेताहरुले क्रान्ती बिर्सेकाले नेपालमा कम्युनिजम फेल हुने बेला हुन लाग्यो । क्रान्ती नबिसर्न आग्रह गर्दछु ।" लेखिएको थियो । बुझिनसक्नु , के भनेको हो ? अर्थोक नबुझे नि क्रान्ति बिर्षेर कम्युनिजम फेल हुन लाग्यो भनेको चैं बुझेँ । तिन्लाई पनि मेरो प्रश्न छ , ' ए ! मित्र के को फेल र पासको कुरा गर्छौ ? हाम्रो देशको कम्युनिजम नै उत्तारितको अवस्थामा छ भनेर अझै बुझेका छैनौ ? एकदिन बसेर हिसाब गरेर हेर त हाम्रो कम्युनिजमलाई कतिवटा विषयमा दाग लागेको छ ?

8 comments:

Basanta Gautam said...

त्यति धेरै समय दिएको छैन तर मलाई पनि बाबुरामजीको अड्डा (वेब-साइट) अलि बिझाउनेनै लागेको छ। कट्टरपन्थी साम्यवादको निरस सौन्दर्यशास्त्रको कब्जामा परेजस्तो छ अड्डाको डिजाइन। नेपाली झण्डा नराखेको प्रसंगमा तपाईँको बोलीमा लोली मिलाउन चाहन्छु। कम्युनिष्टहरु देश र राष्ट्रियताको अन्त्य गर्न चाहन्छन्, उनीहरुको भनाइ अनुसार मानव समाज साम्यवादमा पुगिसकेपछि देश भन्ने कुराको अस्तित्व हुन्न रे! त्यहि चिन्तनको प्रभाव हुनसक्छ। देशको झण्डा नराखेको चाहिं मलाई पनि चित्त बुझेको छैन।

माओवादीका अरु नेताहरुभन्दा फरक, मितव्ययी र प्रतिबद्ध देखिन्छन् बाबुराम; यो सही हो। उनीजस्ता मान्छे अलि धेरै हुने हो भने माओवादीको रुपान्तरण अलि सहज र छिटो हुन्थ्यो होला। उनी भविष्यमा कसरी पेश होलान्, माओवादीलाई उग्रपन्थी जनगणतन्त्रको भासमा जानबाट रोक्ने पहल गर्लान् वा आफैं पनि त्यतै बहकिएलान्, त्यसैले इतिहासमा उनको स्थान तोक्नेछ।

'कमरेड' को सट्टा 'जी'लेखेकैले तपाईँको प्रतिकृया मेटिएको हो र यस्तो काइते कुरामा बाबुरामको पनि समर्थन हो भने तपाईँ हामीले केहि आशा नगरे हुन्छ। माओवादीभित्र आउटडेटेड सूत्रहरुमात्रै घोकेका र अत्यन्त साँगुरो वैचारिक दायरा भएका लिंडेहरुको वहुमत छ। सबै हिसाबले कट्टरपन्थी लाग्छ यो दल मलाई। तावा (एमाले-कांग्रेसको अकर्मण्यता) बाट उछिट्टिएको माछा (नेपाली जनता) विकल्प खोज्दा-खोज्दै भुङ्रो (माओवादी)मा गएर जाकिएको अवश्था हो अहिलेको। ब्यक्तिगत हिसाबमा मलाई माओवादीको विल्कूलै बिश्वाश लाग्दैन।

Sadhana Sharma said...

"Neta" sabda sangai allergic bhako belama "Baburam bhattarai" chhin ali ramrai maacnhe holan jasto lagchha malai ajhai pani.
tara unle pani desh ko lagi kehi garna sakeko jasto chhin lagdaina ahile samma....

सिकारु said...

दीपक् जी । म पनि भट्टराईजीको साइटमा दुई चोटी पसेको थिए । तपाइले भने झै झटट हेर्दा उहि पुरानो याद नै आउने । जहिलेसुकै क्रान्तिमा नै लागिरहने जस्तो । साच्चै किन बिर्सिएका होलान देशका महान ब्यक्तिले पनि आफ्नो राष्ट्रीय झण्डालाई पनि आफ्नो डायरिमा राख्न...
दीपक् जी धेरै राम्रो कुराहरु लेख्नु भएको रहेछ । हतारको कारण सारांशमा मात्रै पढे फेरि समय मिलाएर बिस्तृतमा पढनेछु ।धन्यबाद

Dilip Acharya said...

यौटा राजा फ्याँकपछि फेरी अर्कोलाई त्यस्तै राजसी सम्मान गर्नु पर्ने हो भने यो गणतन्त्र हुँदै होईन ।

तपाईले ठीकै गर्नु भएछ, हामि जानताका छोराले अर्को जनताको छोरालाई 'जी' भन्दा बढि सम्मान दिएर झुक्न कुनै जरुरी छैन ।

तपाइको टिप्पणी राख्‍ने नराख्‍ने उनको अधीकार हो तर यहि 'जी' को कारणले टिप्पणी मेटिन्छ भने म पनि यस्ता आडम्बरी नेताबाट केहि आश गर्न सक्दिन ।

Luna said...

दिपक जि !
म त चिया पिउदै तपाईंको लेख हे र्दै थिए बाबुराम जि को ब्लग र बहाको बारेमा लेख्नु भएको ,
पढ्दा पढ्दै चिया पिउन पनि भुलेछु ! लेख पनि एकै सास मा सिद्दिए जस्तो भो , चिया पनि चिसै भो ।
तपाईंको लेख सँग पूर्ण स ह म त छ मेरो , एउटै कुरा मात्रै त्यो कमेन्ट हटाउने चाँही उनै बाबु राम हुन कि उन्का पि ए ( पर्सानल सेक्रेटरी ) अब त्यो चाँही थाहा भएन । अत्यन्तै ब्यस्त मान्छे हरुलाई पि ए ले पनि सघौन सक्छ जस्तो लागेर मैले यो सो चे कि हुँ । तर पनि ब्लग भने पछी पिए ले हेर्नु नपर्ने हो स्ब्यम ब्लगर ब्यक्तिले नै हेर्नु पर्ने हो भन्ने मेरो मान्यता छ ।
नेपाली झन्डा को बारेमा जे लेख्नु भो आफ्नो भाबना , हे प्रभु ! सबै नेपालीको ( खास गरी नेताहरुको पनि किनकी उनिहरु ले नै जनता को मन हाकेका हुन्छन ) मनमा तपाईंले सोच्नु भए जस्ताइ सोच भाईदिए हुन्थियो ।
( म फेरी फुर्सद मा दोहोर्याएर पढ्ने छु तपाईंको यो गहन लेख )

दीपक जडित said...

धन्यवाद सबैलाई प्रतिक्रियाको निम्ती त्यसो त मैले मेरो प्रतिक्रिया मेटाई एकै रिसले यो सब लेखे जस्तो पनि देखिन्छ तर मैले यहाँ उठाउन खोजेको मूलकुरा ब्याक्तिगत रुपमा नेताहरुमा हुनुपर्ने संस्कारको हो । लुनाजी उनको ब्लग सञ्चालन गर्ने कोही सहयोगी नै छ भनेपनि उ त निमित्त मात्र हो नि । हामीले गुनासो त बाबुरामजीलाई नै गर्ने हो । उनि ठुला नेता हुन् , देशका मंत्री हुन् तर त्याँहा एक ब्लगर हुन् नि भन्ने हिसाब हो मेरो पनि ।

Luna said...

दिपक जि ! मैले होइन भनेकी छु त !

दीपक जडित said...

लुनाजी , लौ तपाईंले होइन भनिदिनुभयो त मैले नि भनेको होइन है । सहमती हो तपाईंसँग मेरो ।