Friday, February 06, 2009

गीत : मन फाटेको कहानी

लेख्नै सकिँन मसीले मेरो मन फाटेको कहानी
नलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।


बतास पनि त रुँदैछ आज हेर पातहरु झरेको छ
थपिँदा चोट छातीमा मेरो आघात अरु परेको छ
लेख्नै सकिंन देख्नै सकिंन जीवनमा कुनै सपनी
नलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।


जित्न चाहनेको माझमा म त हारिदिन तयार छु
के हुन्छ अर्थ जीवनको कस्तो म त यसै निसार छु
सँधै आँसुसँगै सुरु हुन्छ मेरो जीवनको बिहानी
नलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।

6 comments:

सिकारु said...

बतास पनि त रुँदैछ आज हेर पातहरु झरेको छ
थपिँदा चोट छातीमा मेरो आघात अरु परेको छ
लेख्नै सकिंन देख्नै सकिंन जीवनमा कुनै सपनी
नलेखेकै अक्षर रोईरहेको देखिरहेछु जहाँ नि ।

अति मनपर्यो मलाइ यो पङ्ति । दीपक जी यसरी मन चाहि शब्दमा मात्रै फाटोस ल । मिठो गीतको लागि धन्यबाद ।

Luna said...

" हिर्दयको उधानमा बासूरिको धून "
_________________
के लेखु तिमीलाई
शब्द खोजे घ रि घ रि
सोच्दा सोच्दै हराएछु
तिम्रै मनको ब रि प रि
~~~~
जून तप्किदिन्छे
शित बनी
जून हास्छे
नरोए तिमी
~~~~
साथी तिमी
लेख फेरी गीत
संसार को रित
नटुटाउ प्रित
~~~~
हिर्दय को उधानमा
बासूरिको धून
बा द लु को प छ्यौरी मा
लुकी दिन्छे जून --
~~~~

Sumiran said...

सुन्दर शब्द संयोजन, मिठो भाव।
सुन्न पाएकोमा धन्यवाद

कैलाश said...

क्या कमालको कुरा नि हौ दीपकजी। बासुरीको धुन र नलेखेकै अक्षर रुनेगरी परेको आघात को बदलामा मीठोगरी लुनाजीले जवाफ दिनुभएछ। सृजनात्मक गीति जुवारी जारी रहोस् है।

suphi said...

कती सधैं मनै हरु फात्ने होला साथी ,
यो मन लाई त बलियो गरी सिलाएकै जाती,
नरोउन शब्द हरु भने पनि के र ,
चिम्लिदा नि देखिने त उही बिम्ब फे र ,

झरेका ति पात हरु नहेरन साथी,
हरिया ति मुना हरु जीबन कती माथि,
कती सीतल बतास लाई सुम्सुमाइ हेर,
निसार मा सार हरु सपनी लाई हेर,

नहारन साथी तिमी, आजको यो मोडमा ,
जित्नु हुन्न है उनिहरुले ,भाग बन्डा को त्यो जोडमा ,
लेख्दै जानु साथी एस्तै तिम्रा मनका काहानी,
बाझो जमिन मा आशु हरु ,सित बनेर सिन्चने छन।

दीपक जडित said...

प्रतिक्रिया लेख्नुहुने सबैलाई धन्यवाद ! लुनाजी र सुफिजीको प्रत्युत्तर कविता (गीत) को निमित्त अझ धन्यवाद !