Friday, February 27, 2009

गजल : पुतली भएन दीपक


आफैं जल्दैछ जल्न जाने पुतली भएन दीपक ।
फूल्ने , क्षणमै वैलिने फूल अलि भएन दीपक ।

फेरियो निश्चय पनि बदलेर नयाँ समयले ,
मान्यता केहि अटल ; पूर्ण कलि भएन दीपक ।

तेलै जीवनको सक्ला बरु जलेर नै यसै गरी ,
निचोरेर हातले नै मुटु बलि भएन दीपक ।

भएर पार्वती आजकी गुहारेथ्यौ त्रासले तर ,
विष्णु जस्तै योगि स्वरुपमा छलि भएन दीपक ।

हो जलेको छ अझै जलिनै रहेको छ निरन्तर ,
अफसोस् जलिरहे पनि झल्झली भएन दीपक ।

6 comments:

Jotare Dhaiba said...

"तेलै जीवनको सक्ला बरू जलेर नै यसै गरी,
निचोरेर हातले नै मुटु बलि भएन दीपक ।"

यो गर्वशाली गाथा कति धेरै हक्की छ । जीवनको स्वाभाविक वहाबको आराधना कति मजाले दुई हरफमार्फत गर्नुभएको छ । फेरि अन्तिम सेरमा भने किन होउ त्यस्तो थकथकी ? मतला 'मिसरा ए सानी'को काफीया संयोजन सारै लोभलाग्दो लाग्यो ।
तपाईँको आत्मकथा बटुलेर गाँसेजस्ते भएको छ यो गजल, जहाँ महान्‌ताको शिखर पनि छ, कमजोरीको किनारा पनि छ । यो इमानदारीको लागि सलाम !

Luna said...

दिपक जि !
सार्है मन नै चुडिने गरी गजल लेख्नु भो !
यो एक तमास को दु खाइ एक किसिमले प्यारो नै लाग्छ मलाई जहाँ दिपक भित्र को दिपक लाई भेटिरहेकी हुन्छु मैले -----।

सिकारु said...

मिठो गजल पस्किनु भयो दीपक् जी धरै पछि धन्यबाद ।

Anonymous said...

'bishnu jasati yogi sworupama ,chhali bhaena deepak'
' ------kali bhaena deepak'
'---------bali bhaena deepak'
What a nice gajal ,and how beautiful and simple words but so heart touching and deep meaning,i repeated your words in this gajal ,so many times,yet they are so beautifully woven,really i appreciate it.

दीपक जडित said...

धन्यवाद ! धाईबाजी , लुनाजी र सिकारुजीलाई ।
धाईबाजी अन्तिम शेरको थकथकी पनि सायद मैले देखेको सत्य नै हो । आफ्नो कथा झैं देखिएपनि मेरो मात्र कथा हैन यो । लुनाजीले देख्नुभएको दीपकझैं धेरै नामहरु भित्र जलीरहेको दीपकको कथा बनाउन खोजेको हुँ जस्लाई अन्य धेरैले देखेको नदेख्यै गरेर जलिरहेपनि झल्झली हुन नसकेको चित्रमा ।

दीपक जडित said...

अज्ञातजीलाई पनि धेरै धन्यवाद !