आफ्नै मनको आज्ञाले हुन सक्छ अथवा हुनसक्छ आफ्नै मनको अवज्ञाले म बितेका २ महिना देखि ब्लगमा देखा परिंन ।
यसको कारण यतिखेर ब्लगमा लेख्न खोज्ने हो भने सत्य भन्दा अलिपर पुगिएला त्यसैले सम्भावित कारणबाटै थालनी गरें दुई महिने विश्राम पछिको यो ब्लग ।
आजदेखि पुन ब्लगमा फर्किन्छु, यौटा नियमिततामा ब्लग लेख्छु भन्ने अठोट बाहेक अर्थोक त केहि रहेनछ फेरी यहि ब्लगलाई पनि जो ब्लगमा पस्नुहुने पाठकहरुलाई केहि महत्वको देखियोस् । त्यसो त केहि न केहि बनाएको भए नहुने कुरापनि थिएन तर यो पुनरागमन यस्तै नै होस्, यत्ति नै होस् ...............
सबै ब्लगर साथीहरुलाई नमस्कार !!
Monday, August 30, 2010
Friday, June 04, 2010
कथा : मन बाढी हो बाढी मन हैन
मनेकि आमा चिच्याउँदैथिई, 'ए मनेका बा, उठन भन्या । बाख्राको कटेरो त बगाईसक्न ला'गो । हन कति सुत्न सकेका हौ तिमी त?', र छाप्राको यौटा प्वालबाट बाख्राको कटेरोतिर पनि चियाउँदैथिई जो उनिहरुको झुप्रो देखि अलि मुन्तिर दक्षिणतिर थियो । त्यसदेखि दक्षिणतिर पूर्वबाट पश्चिमतिर बगेको जोगीखोला थियो । त्यसो त अरु जस्तै यो खोलापनि उत्तरबाट आएर दक्षिणतिर नै गएको थियो, केवल मनेको घर मुनिमात्र झण्डै तीनसय मीटर जति पूर्व पश्चिम बगेको थियो ।
यहि जोगीखोलाको किनारैमा उत्तरपट्टि मनेको बाउले आफ्नो बारीको सबैभन्दा अग्लो थुम्को परेको साँघुरो भागमा बाँसका खाँवाखुट्टी गाढेर सानो चिटिक्क परेको प्राचिन ऋषिमुनिहरुको कुटी जस्तो छाप्रो उभ्याएको थियो ।
उसको घरदेखि मुन्तिरको अर्को पाखामा मनेकि आमाले साह्रै कचकच गरेकिले उसले बाख्रा पाल्न मिल्ने सानो कटेरो उभ्याएर त्यसभित्र यौटा टाट्नो पनि गाडेको थियो । त्यहि कटेरो भएको पाखामा मनेकि आमाले स-साना ड्याङहरु बनाएर कसैमा सुठुनी, पीँडालु, कसैमा भिण्डी, घिरौंला, कसैमा तरुल ईत्यादि रोपेकि थिई । त्यसदेखि तल क्रमश होचो हुँदै खोलाकै बगरसम्म तीनचार तह अरु जमिन थियो जहाँ यसपाली आकाशबाट प्रसस्त पानी परेकोले बेलैमा धान रोपेर रहर लाग्दो पारेका थिए उनिहरुले । सालको मुश्किलले पाँच सात मन धान भित्र्याउने उनिहरुले यो साल कम्तिमा पनि बाह्र पन्ध्र मन धान भित्रिने आशा राखेका थिए ।
झण्डै दुईहप्ता जति अगाडी करेसोमा सुठुनी रोप्दा मनेकि आमाले उँधो धानबारीतिर आशापूर्ण नजर लगाउँदै भनेकि थिई, 'अब एस्पाली चैं धान काट्ने बेलाँ हाजिराले चारानी सम्मको झुमुक बनाउनु पर्ला ।'
सुठुनीका बेला टुक्र्याईदिँदै गरेको मनेको बाउले स्वास्नी तर्फ हेर्दै नहेरी भनेथ्यो, 'त्यसोभए यो ट्याक्रो चैं किन बनाउन ला'कि नि? कि तैं बस्छेस याँ छुट्टेर?' मनेको बाउले बाख्राको कटेरोलाई सम्बोधन गरेकोथियो ट्याक्रो भनेर । त्यहाँ जसरी भएपनि यसपाली हिउँदमा एकमाउ बाख्रा किनेर पाल्छु भनेकि थिई मनेकि आमाले कुनैदिन ।
लोग्नेलाई जवाफ दिँदै उसले भनिथि, 'तेसो त तिम्ले पनि गर्देलाउ नि अलि अलि थै'थाप त ।'
मनेको बाउ केहि नबोली सुठुनीको बेला टुक्र्याईसकेर रोप्दैगरेको ड्याङ्गमाथी राखिदिएर हिंडेथ्यो । मनेकि आमाले मनमनै सोचिथि, 'नथप्देर त काँ मान्छु र म? कत्ति भो कानमा लाउने रहर गरेको । ब्ये गर्दा नि ईसङ भाग्ने भ'र लाउँन पाईंन । एस्पाली चैं जसरी भए नि लाउँछु ।'
तर तीनचार दिनदेखि अविरल भैरहेको वर्षाले उनिहरुको सपना क्रमश जोगीखोलाको भेलसँगै बगाउँदैथियो । उनिहरुको धानबारी आधाउधो त बाढि शुरु हुँदै धाद्रो लागिसकेकोथियो यतिखेर खोला बढेर घरैसम्म आउला जस्तो भैरहेथ्यो ।
'ईन्लाई त केई को चिन्ता छैन गाँठे!, ऐले त्यो कटेरो सटेरो बगाउँछ अनि था'पाउँछन् ।' लोग्नेलाई उठाउने प्रयत्नमा लागीरहि मनेकि आमा ।
'कति कराउँदिर'छे यो आइमाई । तेत्रो खेत जम्मै धाद्रोले लग्यो, भएन पानीले डुबेको छ त्यो जाबो कटेरो जोगार के गर्नु? त्यो कटेरोले भात ख्वाउने हैन चुपलाग ।' ओच्छ्यानबाटै फतफतायो मनेको बाउ ।
'खेत धाद्रोले लग्यो, पानीले डुब्यो भनेर चुपलागीर'नु त? खेत त फेरी आघुँ बिराउँला न, त्यै खोलाको बगर त हो नि त्यो खेत । तर यो कटेरो त जोगाउन सकिन्थ्यो । बिर्ष्यौ यो कटेरो बनाउन बाँस माग्न जाँदा नेउपान्नीले बचन ला'कि ?' मनेकि आमा कराउन पनि छोडिन छाप्राको दुलोबाट बाहिर हेर्न पनि छोडिन । लोग्ने उठ्ला र केहि गर्ला भन्दै निक्कै बेर मुख ताक्दा पनि हल न चल भएर सुतिरहेपछि उसले आफैं निस्केर कटेरोतिर जाने विचार गरी र छाप्रोको ढोका खोली ।
लुँडिएर पानीको बाछिटा सहितको एक झट्का स्याँठ घरभित्र पस्यो र मने र मनेको बाउलाई उठायो । पहिलेनै ब्युँझेपनि डरले थरहरी भएर गुँडुल्किरहेको मने उठेर कुनातिर घुस्रियो ।
'हैन तँलाई कालले धजो हालेर काँ'लान खोजेको हो राती र हुँदो?' मनेको बाउ उठिसक्दा मनेकि आमा फरिया सुर्केर अलि दह्रोसँग बाँधिवरी बाहिर निस्किसकेकि थिई । बाहिरबाटै बोली उ, 'तिमीलाई भनेको लागेन त । म कटेरामा भ'को एउटा गुन्द्री भा'नि झिक्छु नि अब ।'
'तँ धेरै बा'दुरनी हुन नखोज है । ऐले बालुवा खाँद्छ खोलाले अनि था'पाउँछेस् ।' मनेको बाउ स्वास्नीलाई हपार्दै छाप्रोको दैलोमा पुगेर अलिकति खोलेर बाहिर चिहाउन थाल्यो ।
घनघोर वर्षाले निष्पट्ट अँध्यारो पारेको थियो बाहिर । उसले अनुमान लगायो रातको त्यस्तै नौ, साँढे नौ बजेको होला । घरिघरि मेघको गड्याङगुडुङ गर्जनसँगै विजुली चम्कँदाको उज्यालोले एकैपल सबै कुराहरु देखिने र फेरी अन्धकारमा सबै लुप्त हुने क्रम चल्दैथियो ।
त्यसैगरी झिलिक्क विजुली चम्केको उज्यालोमा मनेको बाउले देख्यो उसकि स्वास्नी कटेरोमा पुगेर घुँडामाथीसम्म पानीमा डुबेर गुन्द्री तान्दैथिई । उसले फेरी हपार्यो, 'हैन तँ किन मुण्टेकि होस् त्याँ? भोलीबिहानसम्म यो घरै नछोडी सुख छैन । फर्की छिट्टो ।'
त्यो अन्धकार रातमा मनेकि आमालाई वास्तवमै कालले कुत्कुत्याएर त्याँहा लगेको थियो । आकाश गर्जिदैं दर्किरहेथ्यो । त्यसमाथी जोगीखोलाको गर्जनाले त्यो कालो रातलाई अझ डरलाग्दो बनाएको थियो । काखीमा गुन्द्री च्यापेकि मनेकि आमा कटेरोबाट निस्किँदै गर्दा 'आमा!' भन्दै चिच्याएर पानीमा उत्तानो पल्टिएको पनि मनेको बाउले अर्कोपटक मिलिक्क विजुली चम्कँदा देख्यो ।
अँध्यारोमै फेरी उ करायो, 'तँलाई भनेको थेँ नि मैले । उठ् उठ्, उठेर एता आईज ।' तर तेज रफ्तारमा बगिरहेको जोगीखोलाले मनेकि आमालाई उठ्ने मौका नदिई डुबाउँदै उतार्दै अलि तल पुर्याईसकेको हुँदो हो । यता मनेको बाउले भने स्वास्नी बोल्ली, उठेर आउली भनेर निक्कैबेर बाटो हेर्यो । यसबिचमा पनि निक्कैचोटी विजुली चम्कियो । प्रत्येक पटक विजुली चम्किँदाको उज्यालोमा उसले स्वस्नीलाई देख्ने प्रयत्नमा आँखा तिखार्यो । दुईचार पटक उसले स्वास्नीलाई बोलायो पनि तर खोलामा बगिसकेकि मनेकि आमा किन बोल्थि र?
विजुली चम्केकै उज्यालोमा कटेरोको छानो बग्दै गरेको देखेपछि भने उसलाई उसकी स्वास्नीलाई खोलाले लगिसक्यो भन्नेमा द्विविधा रहेन । उसको आङ्ग जिरिङ्ग भएर आयो । कुनताको अन्धकार त्यसमाथीपनि झन अन्धकार थपिएझैं भयो उसलाई । उसको आँखामा अँध्यारो जगत फन्फन्ति घुम्न लाग्यो ।
अँध्यारो कुनामा चुपचाप परिस्थिती नियाँलीरहेको मने लुसुक्क बाउको छेउमा पुगेर सोध्यो, 'ए बाउ, आमा खै नि?' लगभग उसले पनि अन्दाज लगाईसकेको थियो आमालाई खोलाले बगायो होला भनेर । छोराको प्रश्नले निन्द्राबाट ब्युँझेझैं झसँग भएर मनेको बाउले भन्यो, 'नजा भन्दा मानिन, लग्यो तेरी आमालाई खोलाले । हामीलाई पनि लान्छ आजै राती भागेन भने ।' मने डाँको छोडेर रुँदै आमालाई बोलाउन थाल्यो । मनेको बाउले पनि आफुलाई सम्हाल्न सकेन । दुबै अँध्यारोमा रुँदै चिच्याउँदै गाउँलेलाई गुहार्न थाले ।
त्यो निष्पट्ट अन्धकारमा खोला र आकाशको गर्जना चिर्दै उनिहरुको आर्तनाद गाउँसम्म पुगेपछि केहि गाउँलेहरु हातहातमा टर्चलाईट बोकेर आइपुगे मनेको घरसम्म । मनेको बाउले रुँदै आफ्नी स्वास्नी खोलाले बगाएको बिलौना सुनायो । केहि गाउँलेहरु हातमा टर्च लाईट बोकेर जोगीखोलाको किनारै किनार अलि तलसम्म कुदेर गए पनि । छेउछाउका रुखविरुवा, खेत, बाली केहि नभनि सबै सोहोर्दै काल नै बनेर बगेको त्यो भयंकर बाढिमा मनेकि आमा फेलापर्ने त रत्तिभर गुञ्जायस थिएन ।
गाउँलेले मने र मनेको बाउलाई बेलैमा घर छोडेको भए स्वास्नी बाँच्ने थिई भन्दै कराउँदै राति नै घर छोडाए । उसका बचेखुचेका झिटिगुन्टा पनि गाउँलेले नै ओसारीदिए । घर छोडेर गाउँमा शरण लिन पुग्नु मनेको बाउको लागी ठुलो कुरा थिएन । उसले जानेदेखि नै यस्तै जिन्दगी भोग्दै आएको हो तर यसपटक मनेकि आमा साथमा नहुनु ठुलो कुरा भएको थियो उसलाई ।
भोलीपल्ट बिहान पनि गाउँलेहरु मनेकि आमालाई कतै खोलाले किनारतिर मिल्काएको छ कि भनेर खोज्न निस्के । निक्कै तलसम्म खोज्दापनि मनेकि आमा फेला परिन । मने र मनेको बाउ मणी हराएको सर्पझैं बनेका थिए । यौटा पत्निवियोगमा अर्को मातृ वियोगमा परेर बेसुरा बनेका उनिहरुलाई कसैले कर गरेर केहि खुवाउन समेत सकेनन् । त्यसैदिन गाबिस अध्यक्ष आएर उनलाई सान्तवना दिँदै घरबासको जसरी भएपनि बन्दोवस्त मिलाईदिने वचन दिएर गए । गाबिस अध्यक्षले गाँसबासको चाँजो मिलाईदिने कुरा गरेको बेला मनेको बाउ ग्लानीले फतक्क गलेको थियो । चुनावताका उसले तिनै अध्यक्षलाई विपक्षि उमेद्वारले दिएको दुईचारसयको प्रलोभनमा परेर तथानाम गाली गरेको थियो । भोट माग्न आउँदा उसले तिनलाई आफ्नो आँगनमा टेक्नधरी दिएको थिएन ।
त्यसैबेला उसले चुनावमा आफुले सघाएको उमेद्वारलाई भेट्ने अठोट गरेको थियो । गाउँको अध्यक्षमा उनले हारेका भएपनि उसले भोट दिएको उनकै पार्टीका अर्का झन ठुला नेता यसबेला मंत्री बनेका थिए । चुनावताका तिन्ले उसलाई अर्थोक केहि गर्न नसके पनि जितेँ भने सरकारको तर्फबाट बैदेशिक रोजगारीमा पठाईदिन्छु भनेर वचन दिएका थिए ।
एकातिर गाउँमा धमाधम जोगीखोलाले बगाएकि मनेकि आमाको खोजी भैरहेथ्यो र कतै फेला परिरहेकि थिइन अर्कातिर मनेको बाउ भित्रभित्रै छट्पटीईरहेको थियो कि सारा गाउँको अघिल्तिर गाली बेईजत गर्दै हुर्मत काढेको अध्यक्षको दयापात्र भएर उसैले जुटाईदिएको गाँसबासमा कसरी बस्नु ? गाउँलेले भोली के भन्लान भन्ने तापले भित्रभित्रै जलेको मनेको बाउ लुरुलुरु तिनै उमेद्वारको घरमा पुग्यो जस्ले सिकाएर उसले हालका अध्यक्षलाई तथानाम भनेको थियो ।
बाटोभरी उसले भोलीको सपना देख्दै गयो । यदि उसले चुनावमा सघाएका नेताले उसलाई विदेश पठाउन मद्दत गरेभने उसले पनि गाउँको अरबे बस्नेतले जस्तै खोलाले नलग्ने ठाउँमा खेतबारी किन्नेछ । अझ कतारे साईंलोले जस्तै एकतले पक्काको घर बनाउनेछ । उसको मनेपनि स्कूल पढ्ने हुन्छ । 'जे भएपनि मैले भोट हालेको मान्छे पो हुन् त केहि त पक्कै पनि गर्छन्', दह्रो विश्वास बोकेर पुग्यो उ नेताको घरमा र आफ्नो दुखेसो पोख्यो ।
मनेको बाउको कुरा सुनिसकेपछि अध्यक्षमा पराजित नेताले भने, 'अहिले दुख परेका बेला सम्झियौ मलाई ? भोट हाल्ने बेलामा सम्झेनौ, मलाई भोट दिएका भए हार्थें र म? भोट चैं अरुलाई नै हालेर जितायौ । खुब मन्त्रीलाई भन्दिनु पर्ने तिम्रा कुरा । मन्त्री त देशको समस्या पो हेर्छन् तिम्रो घरको समस्या पनि कहिँ मन्त्रीले हेर्छन्? जाउ न तिमीले भोट हालेर जिता'को अध्यक्षकोमा । भोट त उसैलाई हालेका थियौ होला त हैन?' आफ्नो ठानेको नेताको कुरा सुनेर मनेको बाउको मन त्यसैगरी करक्कै भाँचियो जसरी खाडीमा पाकेको तितेपाटा धुँदा किसानले फेद भाँच्छ ।
एकछिन अघिसम्म उसले देखेको सपना पनि हुरीबतासले रुखको हाँगो भाँचेझैं भाँचियो । उसको मन उडेर धेरै टाढाको रमाईलो संसारमा पुगेको थियो तर नेताको घरबाट खिस्रिक्क परेर फर्किंदाको यथार्थ साह्रै तितो भयो उसलाई ।
उसलाई लाग्यो 'एकैछिनमा कहाँ कहाँ पुग्ने मान्छेको मन त बाढी पो रहेछ !' बाढी सम्झंदा फेरी उ भित्रको बेदना सग्लो भएर आयो । 'मन जसरी बाढी हो बाढी पनि त्यसैगरी मन भैदिए ?' उ सोच्दै गयो, 'बाढी पनि पनि यदि मन हुँदो हो त मन टाढा टाढा पुगेर फर्किएजस्तै अस्ति रातीको बाढी पनि फर्केर आउँथ्यो होला अनि मनेकि आमापनि फर्किन्थि होली । त्यसो भैदिए उसले आफ्नो ठानेको नेताको वचन पनि सुन्नु पर्ने थिएन । आफुले तथानाम भनेको अध्यक्षको दयापात्र पनि बन्नुपर्ने थिएन तर बाढी त मन होइन रहेछ । अब उसकि मनेकि आमा फर्केर आउँदिन आईछे नै भनेपनि लाश बनेर आउनेछे ।' अझ सोच्दै गयो उ, 'मन चैं भने पक्कै बाढी नै रहेछ उर्लिएर जहाँ पुगेपनि क्षणमै फर्केर आफ्नै हालतमा आईपुग्ने । जसरी उसको मन बाढीझैं उर्लेर कहाँ कहाँ पुगेर फेरी तुरुन्तै फर्किंदैथियो उसकै हालतमा । आफुले तथानाम गाली बेईजती गरेको अध्यक्षको दयापात्र बन्न ।'
उसलाई त्यतैबाट नौ डाँडा काटेर कसैले नदेख्ने गरी मुग्लान भासिने विचार पनि उठ्यो मनमा तर बाढी घटेपछि कतै बगरमा पुरिएकि उसकि स्वास्नी फेलापरि भने । त्यसको काजक्रिया पनि त उसैले गर्नुपर्छ । उसलाई स्वास्नीको नभेटिएको लाशको मायाले गाउँतिरै डोहोर्याउँदै लग्यो । मनमा भने उसको लागी यो गाउँको मानो सकिएको पक्कपक्की थियो ।
***
भदौ २०५५
झापा, गौरादहबाट

Sunday, May 30, 2010
गजल : बन्द हुन्छ
बाटो धेरैजसो जब बन्द हुन्छ ।
विद्धता पनि मान्छेको मन्द हुन्छ ।
सुन्दैन उ कसैको कथा पूराण,
आफ्नै जीवनपूराण स्कन्द हुन्छ ।
वाचिरहन्छ उ कथा आफ्नोमात्र,
र मान्छ कथामा पनि छन्द हुन्छ ।
अनियन्त्रित भएपछि भोगाई,
ठान्छ बहुलठ्ठीमै आनन्द हुन्छ ।
निख्रिंदै जाँदा उ बजारभरी नै,
चर्चाको जरुरी मसलन्द हुन्छ ।
विद्धता पनि मान्छेको मन्द हुन्छ ।
सुन्दैन उ कसैको कथा पूराण,
आफ्नै जीवनपूराण स्कन्द हुन्छ ।
वाचिरहन्छ उ कथा आफ्नोमात्र,
र मान्छ कथामा पनि छन्द हुन्छ ।
अनियन्त्रित भएपछि भोगाई,
ठान्छ बहुलठ्ठीमै आनन्द हुन्छ ।
निख्रिंदै जाँदा उ बजारभरी नै,
चर्चाको जरुरी मसलन्द हुन्छ ।
Monday, May 24, 2010
गफ : केहि नभएको कुरा
आज जन्मदिन परेको हुँदा केहिदिन अघिदेखि नै सोचेको थिएँ जन्मदिनकै मौकामा यौटा ताजा पोष्ट राख्नेछु ब्लगमा । तर आज अचम्मको चकमन्नमा दिन बिताएँ मैले । अनेक कुराहरु आए र गए मगजभरी तर आएका केहि कुराहरुले पनि यौटा सग्लो स्वरुप लिन सकेनन् जस्लाई ब्लगमा प्रस्तुत गर्न सकुँ । साँझतिर त एक हिसाबले आजको मिती चुपचाप पन्साईदिउँ पनि लागेको थियो तर फेरी सोचें, केहि नभएको कुरा नै पनि त ब्लगमा एकपल्टलाई मिती अँकित गर्ने कुरा हुन्छ त्यसैले सोचें केहि त पक्कै लेख्छु र दिउँसो आमालाई सम्झेर कोरेको दुई टुक्रा तर अझै अधुरो कविता पनि राख्छु र ल्याएँ यो केहि नभएको कुरा ।
अरु वर्षहरु भन्दा भिन्दै हिसाबले सोचें मैले यो वर्षको आजको दिन अर्थात आफ्नो जन्म दिन । दिनभरी आमालाई सम्झिएँ मैले आज र त्यहि मेसोमा कोरेको थिएँ यो दुई टुक्राहरु -
फेसबुकमा लिपिसकेको थिएँ यि दुई टुक्राहरु र यो तस्विरपनि -
नभन्दै ब्लग सुरु गर्दा भएको स्थानको र हाल बसिरहेको स्थानको समयान्तरले गर्दा मितीले पनि एकदिनको फड्को हानिसकेछ ।
अरु वर्षहरु भन्दा भिन्दै हिसाबले सोचें मैले यो वर्षको आजको दिन अर्थात आफ्नो जन्म दिन । दिनभरी आमालाई सम्झिएँ मैले आज र त्यहि मेसोमा कोरेको थिएँ यो दुई टुक्राहरु -
१,
आमा
यौटा ओथारो वात्सल्यको
ओथारिएँ
ममताको न्यानोमा
तङ्ग्रिएँ, हुर्किएँ
र बाटो लागेँ
म ठुलो भएर ।
२,
आमा
यौटा भकारी मायाको
झिकें
चाहिए जति माया
लाडिएँ, प्याउलिएँ
र बाटो लागें
म ठुलो भएर ।
आमा
यौटा ओथारो वात्सल्यको
ओथारिएँ
ममताको न्यानोमा
तङ्ग्रिएँ, हुर्किएँ
र बाटो लागेँ
म ठुलो भएर ।
२,
आमा
यौटा भकारी मायाको
झिकें
चाहिए जति माया
लाडिएँ, प्याउलिएँ
र बाटो लागें
म ठुलो भएर ।
फेसबुकमा लिपिसकेको थिएँ यि दुई टुक्राहरु र यो तस्विरपनि -
Wednesday, May 19, 2010
कविता : बाँसुरी रोईरहेछ

आजभोलि हरेक साँझ
जब अनन्त ईच्छाले तानिएर
तीनजोडा समान उल्टा औँलाहरु
बाँसुरीको छ अलग डोबहरुमा बिसाएर
मधुर राग अलाप्न उत्सुक ओठलाई
सातौं डोबमा छुवाउने गर्छु
प्रफुल्लित मन त्यसै त्यसै
अनन्त फाँटहरुमा बयेली खेल्दै
बाँसुरीको धून खोज्दै
मिथ्या तरंगमा तरंगित हुन्छ
अफसोस! श्वास प्रश्वासले धोका दिन्छ
मन रुन्छ अनि म रुन्छु
बाँसुरी कुनै सुर फुटाउन सक्दैन
त्यसैले आफैंलाई धिक्कारेर
बाँसुरी रोईरहेछ ।
जब अनन्त ईच्छाले तानिएर
तीनजोडा समान उल्टा औँलाहरु
बाँसुरीको छ अलग डोबहरुमा बिसाएर
मधुर राग अलाप्न उत्सुक ओठलाई
सातौं डोबमा छुवाउने गर्छु
प्रफुल्लित मन त्यसै त्यसै
अनन्त फाँटहरुमा बयेली खेल्दै
बाँसुरीको धून खोज्दै
मिथ्या तरंगमा तरंगित हुन्छ
अफसोस! श्वास प्रश्वासले धोका दिन्छ
मन रुन्छ अनि म रुन्छु
बाँसुरी कुनै सुर फुटाउन सक्दैन
त्यसैले आफैंलाई धिक्कारेर
बाँसुरी रोईरहेछ ।
रचनाकाल:-
असार, २०५४ साल
झापा, गौरादह
असार, २०५४ साल
झापा, गौरादह
Monday, May 17, 2010
कथा : रोगी घाम
कत्रो मुर्खता! कत्ति न बिधी माया गर्छे मलाई भनेर मख्ख परेको रहेछु म । आज सम्झन्छु, कता कता सपनामा पो भेट भएको थियो कि अथवा कथामा पो पढेको थिएँ कि जस्तो लाग्छ । साँच्चै मान्छे त मैले माया पाएको छु भन्ने भ्रम पालेर पो बाँच्दो रहेछ । अझ मैले माया गरेको छु भन्ने भ्रम फैलाउन त झन खप्पिस हुँदो रहेछ ।
आज बुझ्दा मान्छेले माया पाएको अनि माया दिएको त मैले कहिँ पनि देखिंन, आफ्नै जिन्दगीमा पनि ।
एकदिन, एकझर दर्के पानी परेर आकाश सफा भएको थियो । साँझको बेला पहेँलो घाम टिलिली लागेर रमाईलो पारेको वातावरणमा असारे फूलको फूलैसँग लत्रेको हाँगो सम्हालेर तह लाउँदैथिई उ । उसको खुट्टाभरी माथी पिँडौलादेखि नै पहिले पानीले निथ्रुक्क भिजेका असारे फूलहरु पोखिएका थिए अनि त्यसमाथी पहेँलो घाम पोतिएको थियो । मैले उसको खुट्टाहरुमा मन लठ्ठै पार्ने तर मेसो नबुझिने कुनै अमुर्त चित्रकारी देखें र ट्याप्पै समातेर चुमिदिएं उसको खुट्टा । उ छक्क परेर मलाई हेर्न थाली । वाक्यमा उसले चुँ! सम्म उच्चारण गर्न सकिन तर आँखाले मसँग यतिविघ्न बातमारे जस्तो गरी कि, केके भनी केके; मैले परि लाउंनै सकिंन । अनि मैले नै भनिदिएँ, 'तेरो यो घिनलाग्दो खुट्टाभरी यसरी नै फूलहरु सजिईरहुन् अनि म सँधैं चुम्न पाईरहुँ ।'
उ अझै अवाक् उभिएर मलाई हेरिरहेकि थिई । उसको मुहारभरी पनि पहेँलो घाम छताछुल्लपोतिएको थियो र उसलाई सुवर्णको प्रतिमाझैं टलक्क पारेको थियो । न उसका आँखाका पुतलीहरु नै चले, न उ नै चल्मलाई । यहाँसम्म कि ठिक त्यतिबेला उसको कपालको यौटा केशसम्म पनि हल्लाईदिन त्यहाँ बतास धरी आईदिएन ।
त्यसबेलासम्म उसले मलाई कम से कम मुस्कानले स्वागत गर्नुपर्थ्यो । तर अहँ, उ त प्रस्तर मुर्तिझैं ठिङ्ग उभिई मात्र । मान्छेहरुलाई कसरी जङ्ग चल्छ कुन्नि मलाई भने त्यसबेलासम्म जङ्ग चलिसकेको थियो । यो आदत मलाई सँधैभरी बिझाईरहन्छ । यस्तोबेलामा म केहि न केहि बिगार गरिहाल्छु । मैले नजिकै भएको गमलालाई कस्सेर लात्तले हानिदिएँ । उ नराम्रो गरी झस्की । उसको मुहारमा यौटा गमला फुटेर जानुको पीडा भरिएर आयो र पोखिएर गयो पनि । रुन्चे आँखाले मलाई हेरेर उसले बल्ल भनि, ' नाईँ के, तपाईं त जहिले पनि यस्तै गर्नुहुन्छ ।'
उ गमलानेर आई । फुटेर छरिएको गमलालाई छोई र उठेर भनि,' धन्न! यस्मा भएको फूल अर्को गमलामा पनि छ ।'
यसो भनेर उ मैले गरेको गल्तिलाई गल्ति नै हैन भने झैं पार्न खोजिरहेकि थिई । मलाई थाहा थियो जति चित्त दुखेपनि उ मेरो गल्ति प्रति चित्त नदुखेजस्तो ब्यावहार गर्थी । उ मेरो छेवैमा आई र काननेर मधुरो बोली, 'चिसो पानी ल्याईदिउँ?'
म राम्रै सेलाईसकेको थिएँ । मलाई लाज लागीसकेको थियो । भर्खरै गरेको उपध्रो पचाउने बहानामा मैले थेतरिँदै भनें, 'अहँ मलाई त मोई चाहिन्छ ।'
'मोई?' झट्ट म तिर नजर फर्काएर सोधी उसले ।
मैले चोर औंलाले उसको दुबै ओठहरुलाई छोएर त्यहि औंला चुम्दै भनें, 'अँ मोई ।'
उसले मेरो अघिल्लो चाल बुझि सायद स-साना फूलिरहेका तिउरी फूलहरु फट्किएर नाघ्दै फूलबारीको पल्लो छेउमा पुगेर भनि, 'मोई त भा'पो । आज पारेकै थे'न ।'
यसरी बित्थे हाम्रा रमाईला दिनहरु । कैले नदि जस्तै सलल बग्थ्यो त कैले बगर जस्तै स्थिर पनि रहन्थ्यो । म आफ्नै मनको क्यानभासमा कल्पनाको कुचि चलाएर बिभिन्न रंगहरुले आफ्नै भविश्यको चित्र कोरिबस्थें । साँच्चै पनि चित्रहरु कोर्दा म आफ्नै भविश्यको दिनहरुको कथा कोर्न खोज्थें । चित्रमा म आफुलाई मनपर्ने पँहेलो रंगलाई सकेसम्म सामेल गराउन खोज्थें र त्यसले जहिले पनि मेरो भविश्यको चित्रलाई रोगी बनाईदिएझैं लाग्थ्यो ।
अर्कोदिन म आफुले बनाएको यौटा चित्र लिएर उसलाई देखाउन गएँ । चित्रमा सानो यौटा पराले झुपडी, आँगनको कुनामा यौटी नारी भाँडा माझीरहेकि, उसका वरिपरी तीनवटा भाल्टाङ भुल्टुङ कोहि खेल्दै गरेका, कोहि रुँदै गरेका र आँगनको अर्को छेउमा यौटा पुरुष भैंसीको पाडो तान्दै गरेको देखिन्थ्यो । पक्का नेपाली गाउँको कुनै घर परिवारको सजीव चित्रण गर्ने सक्दो मेहनत गरेको त्यो चित्र उसलाई देखाउँदै मैले भनेको थिएँ, 'ल हेर हाम्रो भविश्यको चित्र ।'
मेरो चित्र हेरेर उसले हाँस्दै प्रश्न गरेकि थिई, 'बस् यस्तै? के हामी यो भन्दा माथी जाँदैनौ?'
प्रत्युत्तरमा मैले भनेको थिएँ। 'यो वातावरणको सुख हेर न, यहाँ भन्दा माथी गएपछि यो सुख कहाँ रहन्छ?'
'लु भयो यस्तो संसार तपाईंको कल्पनामा मात्र हुन्छ मेरो कल्पनामा यो भन्दा अर्कै हुन्छ ।' त्यसदिन उसको फुर्सद नभएर वहस अगाडी बढेन । तर उसको कल्पनामा सँधै भौतिक सुबिधाले सम्पन्न भविश्यको चित्र हुन्थ्यो भने मेरो कल्पनाले सँधै सुबिधालाई भन्दा सुखलाई जोड दिन्थ्यो । भौतिक सुबिधा प्राप्त गर्नु नै सुख हो भन्ने उसको गलत धारणालाई मैले सच्याउन बाँकी थियो । त्यो बाँकि नै रहयो ।
मलाई दिनहुँ उसँग नभेटि हुदैनथियो । प्रायजसो म साँझतिर नै उसलाई भेट्न जान्थें । खाडीको पिपलको रुख, गाउँ नजिकैको चउर र खोला किनारको समिको फेद ईत्यादि हाम्रा खास खास ठाउँहरु थिए साँझमा टहल्ने । उमेरले म भन्दा केहि सानी उ शारिरिक बनावटले अझै सानी थिई । उसको कोमल मन र छरितो सानो शरिरमा प्रसस्तै संयम र साहस थियो ।
एकोहोरो सान्निध्यताले हाम्रो माया साँच्चै हो को भ्रम सम्म आईपुगेछ । अहिले हेर्दा त्यो भ्रम रहेछ भन्ने ज्ञान छ म भित्र तर उ बेला मेरो लागी पनि यथार्थ थियो । त्यहि भ्रमले हामीलाई एकाकार बनायो । भ्रमले नै हामी माझ समझदारी र सामाञ्जस्यता स्थापना गरायो । तब हामीले केहि कुरामा टाउको दुखाईरहनु पर्ने भएन र केहि कुरामा नदुखेको टाउको पनि दुखाउनु पर्ने भयो । हामीले आ-आफ्नो मनबाट आपसमा नमिलेका केहि रहरहरु च्यातेर मिल्कायौं अनि आपसमा मिलेका थप केहि रहरहरु सजायौं ।
हामी क्रमश दुबैलाई मनपर्ने रंगहरु घोलेर भविश्यको साझा चित्र तन्मयताका साथ कोर्न थाल्यौं ।
अर्को एकदिन, साँझकै बेला उ आँगनमा बसेर सब्जीको लागी फर्सीको मुन्टा केलाउँदैथिई । मैले देखेँ उसको सारा शरिरलाई पँहेलो घामले अँगालो हालेको थियो । पँहेलो म्याक्सी भित्रबाट निस्किएको उसको खिरिलो पाखुरा, दुब्लाएको जस्तै देखिने उसको अनुहार, अलिकति देखिएको उसको छातिको माथिल्लो भागको हाड सबैमा पँहेलो घाम पोतिएर उसलाई रोगी जस्तै देखेँ मैले ।
दृष्टि फेर्नलाई मैले आँगन वरिपरी नजर दौडाएँ । रबरको विरुवा, अशोकको सुरिलो बोट, घण्टी फूलको बुट्टा, आँगनवरिपरी फुलिरहेका अरु साना फूलहरु सबैकुराहरु एकनाससँग पँहेलो घामले लिपिएका थिए र सबै सबै नै रोगी देखिएका थिए । मैले फेरी उसलाई हेरेँ । उ झनै रोगी देखिई ।
एकाएक मलाई त्यो बातावरणको पँहेलोपना बिझाउन थाल्यो । बिझाउनु मात्र हैन सबै सबै पँहेलो देखेर मलाई बान्ता हुन लागेझैं भाउन्न छुट्यो । मेरो मुखबाट अचानक निस्किएछ, 'छि! आज कस्तो रोगी घाम लागेको ।'
'किन नि, तपाईंलाई त यस्तै पँहेलो घाम मनपर्थ्यो त?' आश्चर्यमा परेर उसले भनी ।
'हो हुनत, तर खै किन आज सबै कुरा यो पँहेलो घामले रोगी देख्दैछु । तँलाई पनि ।' मैले मनमनै भनेँ, 'बरु तँ भित्रै बसेर तरकारी केला न ।'
प्रकटमा म केहिपनि बोलिँन । उ त्यहि रोगी घाममा बसेर फर्सीको मुन्टा केलाउन तल्लिन थिई । म भने पुरै वातावरणलाई र उसलाई झनझन रोगी देख्दैथिएँ ।
निक्कै लामो तिथीमिती पचाईसक्यो समयले । आज समय लगायत धेरै कुराहरुले मलाई पछि छोडेको छ । मेरी उसले पनि मलाई छोडेर गैसकी तर यो रोगी घामले भने मलाई अझै छोडेको छैन । अझैसम्म लखेटिरहेको छ यो रोगी घामले मलाई ।
म भागीरहेँ यो रोगीघाम देखि । अझै भागीरहेकै रहेछु । आज सोच्दैछु म किन ब्यर्थै तर्सेर भागीरहेछु यो पँहेलो रोगी घामदेखि ? म नभागे के हुन्छ? पहिले पहिले मलाई साँझको पँहेलो घाम साह्रै प्रिय लाग्थ्यो । एक्कासी किन म पँहेलो घामलाई रोगी देख्न थालेँ ? के भ्रम हो यि दुईवटामा ? पहिले पहिले पँहेलो घाम प्रिय लाग्नु भ्रम हो कि? पँहेलो घामलाई रोगी देख्नु भ्रम हो ? म सोचाईहरुको भूमरीमा पस्न थालेँ । यस्तो पनि लाग्यो कि म यो रोगी घामदेखि भागेरै त आजसम्म आएको छु नत्र उहिल्यै मलाई यो रोगी घामले उम्कनै नसक्ने गरेर अँठ्याउंने थियो ।
हैन त्यस्तो नहुन पनि त सक्छ । मैले साँझको घामसँग आमनेसामने भएर भलाकुशारी गर्न थालेँ भने त्यो घामलाई म रोगी नदेख्न पनि त सक्छु । त्यहि पँहेलो घाम मलाई फेरी प्रिय लाग्न पनि त सक्छ । ओच्छ्यानमा पल्टिएको थिएँ म । पल्टि पल्टि मैले आफ्नो गाला मुसारें । हात पाखुरा छामें । लाग्यो म रोगी घामदेखि भागेको भाग्यै पो बरु रोगी भएँ कि? अवश्यै म उबेला फर्सीको मुन्टा केलाउँदै गरेकि उ जस्तै रोगी देखिएको छु होला । आजभोली सबैले मलाई दुब्लाएर झिट्टी भैसकिस भनेर दया पोख्छन् । मलाई आफ्नो अनुहार ऐनामा हेर्न मन भयो । आज यो कोठामा ऐना छैन । ऐनाको आवश्यकता नरहेपछि यो कोठाको ऐना हटाईसकिएको छ । मलाई उठेर ऐनासम्म पुग्ने जाँगर आएन तर सम्झिएँ कि यौटा सानो ऐना टेबल मुन्तिरको सन्दुकमा उसको सामानहरुसँग छ । सुतिसुति अलि लम्किएर मैले सन्दुकबाट ऐना निकालेँ । ऐनासँग यौटा सानो फोटो अल्बम पनि बाहिर निस्कियो । त्यसमा सबै उसका तस्विरहरु छन भन्ने थाहा थियो । सबै तस्विरहरु मैले पहिले सयौं पल्ट हेरेको पनि छु फेरिपनि मलाई ऐना हैन फोटो अल्बम नै हेर्न मन लाग्यो । पल्टाएँ उसको पहिलो तस्विरमा उसले मलाई छोडीसकेपछिको कुनैदिन मैले आफैंले लेखेको रहेछु ।
तँ छैनस् अब एक स्थलमा सर्वत्र ब्याप्त छेस्
देख्न दिमागमा र छुन दिलमा प्रयाप्त छेस् ।
अझै पनि दुख्छु म उ छैन भन्ने कुराले । यो दुई लाईन कविता लेख्दा कति दुख्दै लेखेँ होला ? त्यत्रो दुख्दा पनि उसलाई मैले यहि दिलमा छामेर सञ्चो भएँ कि ? फेरी दिलमा छामेर हेरेँ र सोचें कसरी आयो खै त्यत्रो ठुलो वियोगमा यत्रो आत्मज्ञान ? मलाई अल्बमको थप पाना पल्टाउन मन भएन । ऐना र अल्बम छोडेर म बाहिर निस्किएँ । उसैगरी आज पनि साँझ नै थियो । उसैगरी आजपनि पँहेलो घाम नै सर्वत्र पोखिएको थियो । मलाई यो घामलाई रोगी भन्न मन लागेन र यो पँहेलो घाम त्यति प्रिय पनि लागेन । यो पँहेलो घाम पहिले प्रिय लाग्नु त्यसपछि रोगी देख्नु सबै भ्रम रहेछन्, सबै सत्य रहेछन् । पहिले उ हुनु र अहिले उ नहुनु पनि भ्रम र सत्य दुबैकुरा रहेछन् । केहि पनि सत्य होईन रहेछ । केहि पनि भ्रम होइन रहेछ । मलाई आफु बराबरी सत्य र बराबरी भ्रमको माझमा उभिएको महसुस भयो र त्यहि माझैमाझ बरु सजिलो हिँड्ने बाटो भेटेको महसुस भयो ।
सबै प्रकारका कुलतहरुबाट टाढा बसेको थिएँ म तर आज मेरो खल्तिबाट मेरै हातहरुले चुरोट झिकेर ओठलाई च्याप्न अह्राए र सलाई कोरेर सल्काईदिए । म रोगी घामसँग अब देखि भाग्दिंन भन्ने अठोट गर्दै पँहेलो घाम अनुहारमा पारेर चुरोट फुक्न थालेँ बेफिक्री ।
(खसखस डटकम तथा आफ्नै फेसबुक नोटमा प्रकाशित।)
रचना काल -
१२ असार २०५८
गौरादह, झापा

Friday, May 14, 2010
गजल : दिलको दीपक बालीहेर
यसपाली घर पुगेर आउँदा साथमा आएका पहिले लेखेका केहि कुराहरु मध्ये यो गजल पनि यौटा हो । यो लेखिएको मिती ठ्याक्कै सम्झना छैन तर २०५३ सालतिर सुन्दरपुर मोरङबाट निस्कने फूलबारी पत्रिकामा यो छापिएको रहेछ, त्यसैले यो गजल २०५२,५३ सालतिर लेखिएको हुन सक्छ । मैले त्यहि पत्रिकाको टुक्रा भेटेर ल्याएको हुँ यसलाई र जस्ताको तस्तै राखेको छु । अहिले हेर्दा यसमा मात्रामा निक्कै कमबेसी देखेपनि यो ब्लगमा राख्नैको लागी भने सच्याईरहनु उपयुक्त ठानिंन ।
यो गजल देखेपछि मलाई सम्झना आयो कि त्यो बेला म मधुपर्क खुब पढ्थें र मधुपर्ककै कुनै अँकमा लेखिएको यौटा गजल -

ह्रदयको अँगेनोमा फेरी आगो बालीहेर ।
हुन्छ साथी अझ धेरै मट्टितेल हालीहेर ।
..............
हेरेर त्यसैको संरचनाको नक्कल गर्दै लेखेको थिएँ । मधुपर्कको त्यो गजल बुँद रानाको थियो कि जस्तो लागेको छ मलाई तर हो नै भन्न सक्दिंन ।हुन्छ साथी अझ धेरै मट्टितेल हालीहेर ।
..............
आफ्नो सम्झे तिम्रै हुँ म मित्रता सम्हाली हेर ।
जे सम्झन्छौ त्यहि हुँ म नत्र यो मन चालीहेर ।
मेरा उपर तिमीभित्र अविश्वासका तुष भए,
खेद छैन मलाई लगि रछ्यानमै फालीहेर ।
ईच्छा भए हामीबिचको मित्रतालाई प्रगाढ पार्ने,
भएजति सन्देहका प्वालहरु टालीहेर ।
अनायासै कुनै क्षण मलाई छाम्ने रहर जागे,
कति कोमल हुनेछु म मुटुभित्र हालीहेर ।
दिनमा मात्र हुन्छ सूर्य अँध्यारो छ रात सारा,
मेरो साथ चाहिएमा दिलको दीपक बालीहेर ।

Wednesday, May 12, 2010
गफ : फर्केपछिको कुरा
फर्किनु छँदैथियो आँखिर, फर्किएँ म ।
प्यारी छोरी, परिवारजन, ईष्टमित्र, नातागोता, घर, समाज, देश सबै छोड्छु नै भन्ने थियो ।
छोडें ।
बिस्मात कत्ति लागेन । तर समयसँग निक्कै दुखमन रहयो । माथी उल्लेखितहरु बाहेकका, भाषा र देशको सिमानाले नाता जोडेका केहिहरुसँग भने बिस्मात पनि लाग्यो । तिनीहरु थिए म पछिल्लो पटक काठ्माण्डौ छिरेको दिनदेखि काठ्माण्डौ बसुञ्जेल बन्द हड्ताल ईत्यादि गरेर मेरो समयलाई अस्तब्यस्त बनाउने राजनीतिक प्राणीहरु र तिन्को लहै लहैमा लैबरी गाउँने सोझासिधाहरु ।
त्यसो त आक्रोस पनि उस्तो बचेको छैन । बचाईराखेर आक्रोसले मलाई केहि दिंदैन त्यति त म बुझ्छु । जे हुनु थियो त्यति त भएको हो । अरु के हो र ? काठ्माण्डौ छोड्नेबेला केहि असल मनहरुलाई भेट्ने हार्दिक ईच्छा पुरा भएन । यो अलिकति खल्लो लागेको हो तर समय फेरी अवश्य आउला ती असल मनहरुसँग भेट्ने ।
आशावादी छु ।
काठ्माण्डौ छोड्ने अघिल्लो दिन फेसबुकमा लेखेको थिएँ, 'धेरै शब्दहरु चपाएर भोली लुसुक्क नेपाल/काठ्माण्डौ छोड्दैछु । भेट्न नसकेका थुप्रै असल मनहरुले मलाई माफ दिउन ।'
कस्तो दह्रो विश्वास छ भने मैले माफी पाईसके जस्तै लागेको छ ।
साथमा यसपाली पहिले पहिलेका निक्कै कुराहरु बोकेर ल्याएको छु । अझै धेरै कुराहरु त मगजमा कोचेर पनि ल्याएको छु । ब्लगमा बाँड्नलाई अब धेरै कुराहरु एकैसाथ छन् मसँग - बाँड्दै जानेछु । तीन महिना भयो आफ्नो ब्लगमा झुक्किएर लेखे बाहेक अरुको ब्लगमा पसेर स-रुचि सामाग्रीहरु नपढेको । नपढेपछि प्रतिक्रिया लेख्ने कुरा पनि भएन । अब पढ्छु अनि प्रतिक्रियाहरु लेख्छु पनि । समय फालाफाल छ । मित्रब्लगहरुमा प्रतिक्रिया लेखिनँ भनेर माफी माग्नुपर्छ कि पर्दैन थाहा छैन । मित्र ब्लगहरुमा प्रतिक्रिया नलेख्नु अपराध हो भन्ने घोषणा नहुञ्जेल माफी माग्नु नपर्ला भन्ने सम्झन्छु । भैगो माग्दिन तर मैले मित्र ब्लगको ढोका नखोल्दा पनि मित्र ब्लगरहरुले मेरो ब्लगमा प्रतिक्रिया लेख्नुभएको प्रति मैले हार्दिक आभार प्रकट गर्नैपर्छ ।
गरें ।
ब्लगरहरुको सुचीबाट म हराईहाल्दिंन अहिले नै त्यसैले यो कविता ल्याएको छु । २०५७ सालको भदौ २५ गते कुपण्डोलबाट लेखेको यो कविताको मैले शिर्षक राखेको रहेनछु । शिर्षक आफैं राख्नुहोला र कविताको अन्त्यको 'छ' यतिखेर थियो भैसकेको छ त्यसैले त्यसपछिको कविता आफैं लेखेर पढ्नुहोला ।
पेश गरें -

खुट्टा तन्काएर तनक्क
डङ्ग्रङ्ग पल्टिएको घोडालाई
मरेको ठानेर तिनीहरुले
अत्यन्तै परिश्रम पूर्वक
गहिरो खाडल खनेर
जब तम्तयार भए पुर्नलाई
यसैबीच त्यो आयो
हप्काएर तिनीहरुलाई
त्यहि घोडा चढेर
खाडल नाघेर गयो
विचरा तिनीहरु
हिस्स परे
जिल्ल परे
त्यो त गयो
खाडल नाघेर गै गयो
तर तिनीहरुले अझसम्म
न खाडल पुर्न सके
न खाडल तर्न सके
यस्तैमा दृश्य सकियो
पर्दा खस्यो
यो त नाटक रहेछ
धारावाहिक हो क्यारे
त्यसैले
बाँकी दृश्य हेर्न
पर्खनै पर्ने भएको छ ।
डङ्ग्रङ्ग पल्टिएको घोडालाई
मरेको ठानेर तिनीहरुले
अत्यन्तै परिश्रम पूर्वक
गहिरो खाडल खनेर
जब तम्तयार भए पुर्नलाई
यसैबीच त्यो आयो
हप्काएर तिनीहरुलाई
त्यहि घोडा चढेर
खाडल नाघेर गयो
विचरा तिनीहरु
हिस्स परे
जिल्ल परे
त्यो त गयो
खाडल नाघेर गै गयो
तर तिनीहरुले अझसम्म
न खाडल पुर्न सके
न खाडल तर्न सके
यस्तैमा दृश्य सकियो
पर्दा खस्यो
यो त नाटक रहेछ
धारावाहिक हो क्यारे
त्यसैले
बाँकी दृश्य हेर्न
पर्खनै पर्ने भएको छ ।
Friday, April 16, 2010
गफ निबन्ध : मेरी छोरीको कुरा
निक्कै भयो, आजभोली मायालु छोरीसँग भएर होला मलाई कलम समाउन मनै लाग्दैन । फाट्टफुट्ट केहि लेखिरहने, नलेखे पनि केहि लेख्ने विषय बोकेर हिँडीरहने मलाई यतिबेला त्यो पनि गर्न मन छैन । छोरीसँगको पुनर्मिलनलाई एकएक पल, एकएक क्षण जीवन्त बनाएर बिताउँन रहर छ । र बिताउँदैछु पनि ।
आज कलम समाएँ । छोरी निदाएकि छिन् । हुनसक्छ उनि सपनामा परीहरुको देशमा डुल्दैछिन् । म लेख्न बसेको छु । मलाई छोरीकै कुरा लेख्न मन छ ।
दिउँसो एघार वर्षकि छोरीलाई उनकै अनुरोधमा हिन्दी सिनेमा हेराउंन दार्जिलिङ मोड, सिलिगुडीको सविन किङडम भनिने प्लाजा भित्रको सिनेम्याक्स लिएर गएको थिएँ । सिनेमा घरहरु यतापनि पश्चिमा स्तरकै सुविधायुक्त बनेका रहेछन् । उस्तै महङ्गा पनि ।
सिनेमा छोरीकै रोजाईमा हेरेको हुँदा मैले यहाँ सिनेमाको कमेण्ट लेखिरहनु पर्दैन । यत्ति भने भयो कि मैले छोरीलाई कम्पनी मात्र दिएको थिएँ । सिनेमा हलबाट बाहिरिँदा छोरीकै प्रतिक्रिया पनि सिनेमा राम्रो लागेन भन्ने थियो ।
सिनेमा पछि त्यहिँ रहेको एम्युजमण्ट पार्कभित्र छिरेका मात्र के थियौं धूमधामले हावाहुरी चलेर मुसलधारे पानी पर्न थाल्यो । यो भेगमा यसपाली पानी परेकै रहेनछ । म ठुलै कष्टले सिलिगुडीको उखुम गर्मी खपिरहेको यसरी हात्तीसुँढे वर्षात् हुँदा साह्रै प्रफुल्ल थिएँ ।
अहा! अब बाहिरफेर हिँड्दा धुलो नउड्ने भयो!
अहा! अब यो भत्भती पोल्ने गर्मीमा केहि शितल हुनेभयो!
देखेँ, उता छोरी उत्तिकै दुखी भैरहेकि थिइन् । मौसमले उनको पार्कभित्र खेल्ने सपनामा हात्तीसुँढे पानी खन्याईरहेको थियो ।
स्काई ट्रेन, ब्रेक डान्स, बम्पिङ कार, रक क्लाइम्ब....... अनेकओली खेलहरु थिए जो उनि मसँग खेल्न चाहन्थिन् । तर मौसमले ठुलै शत्रु बनेर भाँजो हालेको थियो ।
म उनको निन्याँउरो अनुहार नियाँलिरहेको थिएँ । त्याहाँ केहि उज्यालो भर्ने हेतुले उनलाई अँगालोमा हालेर भनें -
जो बेला जो ब्यावस्था प्रकृती नियमले प्राप्त भो त्यो छ राम्रो
जो मान्दैन त्यो राम्रो समझ अबुझ हो त्यो त्यसैको नराम्रो
केहिदिन अघिमात्र मैले छोरीलाई लेखनाथ पौड्यालको यो काव्यश्लोक स-व्याख्या सुनएको थिएँ । छोरी मुसुक्क हाँसिन् । म उनको मुस्कानसँगै मुहारमा कोरिएको ज्ञानको रेखा देखेर, त्यो रेखा देखाई मेरो कल्पना मात्र थियो भने कल्पनै सहि, सन्तुष्ट बनें ।
पानी थामिएन । थामिने लक्षण पनि देखिएन । पार्क जलमग्न हुँदै गयो ।
म जलमग्न पार्कमा वर्षातका थोप्लाले उठाउंदै फुटाउंदै गरेका पानीफोका हेरेर आनन्दित भैरहेको थिएँ ।
सानोमा यसरी नै बलेँसी झरेर उठेका पानीफोकालाई हामी यो मेरो, त्यो तेरो भन्थ्यौं र कस्को ठुलो बन्ने अनि कस्को धेरैबेर नफुटी टिक्ने खेल खेल्थ्यौ । म पार्कमा छोरीसँग बसेर बाल्यकालको घरको बलेंसीमा हराउँदो थिएँ ।
'बाबा हेर्नुहोस् त कत्ति धेरै पानी जमेको? अब हामी कसरी घर जाने?' फेरी अर्को चिन्ताको लहर देखेँ छोरीको मुहारमा । केटाकेटीहरु चिन्ता रहित हुन्छन् भनेको पनि साँचो होइन रहेछ बरु केटाकेटिहरु पो पाइला पाइलामा चिन्तित बन्दा रहेछन् भलै उनिहरुको चिन्ताको विषय सानो किन नहोस् ।
'खै छोरी पानी कहाँ जम्यो ? मैले त पानी जमेको देखिँन ।' मैले यत्तिकै भनेँ । भनुन्जेल मैले पानी जमेको नभएर बगिरहेको छ भन्ने हिसाबले मात्र सोचेको थिएँ तर भनाईमा त हिसाब अरुपनि देखिन आयो ।
थप ज्ञानको सानो दैलो घरक्क उघ्रिएझैं भयो आफैंलाई । हामी त पानी जम्मा भएकोलाई पो जम्यो भन्दारहेछौं । विज्ञानले तरल जम्यो भने ठोस हुन्छ भने अनुशार पानी जम्यो भने त आइस पो हुनुपर्छ । यसअर्थले हेर्दा आकाशबाट परेको पानी खाल्डाखुल्डीमा जम्यो भन्नु त गलत रहेछ । हामी पोखरीको पानी जमेको भन्छौं जवकि त्यो तरल अवस्थामै हुन्छ । पोखरीको पानी त जम्मा भएको अवस्थामा मात्र हुने रहेछ । यस्ता धेरै गलत कुरालाई हामीले भन्दा भन्दा एकोहोरै लागेर सत्यको नजिक पुर्याएका हुँदारहेछौं र सत्य नै भन्ठान्दा रहेछौं ।
निक्कैबेर यसै विषयमा छोरीसँग कुरा गरेँ । उनको अनुहारमा नयाँ कुरा जानेको जस्तै चमक देखियो । मलाई लाग्यो उनि पक्का यो कुरा आफ्ना साथीलाई सुनाउनेछिन् ।
पानी थामिएपछि बासस्थानतिर फर्कियौं हामी । बाटोमा ठुलै मानिने बालासन नदि अटोरिक्सामा पश्चिम फर्किएर तर्दा ईन्द्र बहादुर राईको सम्झना आयो । धेरैपल्ट बालासन नदि तर्दा ईन्द्र बहादुर राईलाई सम्झेको छु मैले । कतै पढेको छु ईन्द्र बहादुर राईको बाल्यस्मृति बालासन नदिसँग जोडिएको कथा । तर उनको कथा स्पस्ट सम्झन वा भन्न सक्दिंन यतिबेला ।
पुलमाथीबाट उत्तरतिर बालासन नदिको बगर हेरेँ । एक प्रकारको जात्रा छ त्याँहा । ट्रकहरु, ट्र्याक्टरहरु बगरमा ठाउंठावै खडा छन् । भर्खरैको मुसलधारे पानीले निथ्रुक्क भिजेका ज्यानहरु भर्दैछन् तिन्मा बालुवा गिटी । बालुवा गिटी झिकिएर बगर खाल्डो खाल्डो देखिन्छ अनेक ठाउँमा । अनेक ठाउँमा बालुवा गिटी थुपारिएको ढिम्का ढिम्की देखिन्छन् ।
नदि दिँदैछ ।
मान्छेहरु लिँदैछन् ।
नदिबाट लगेर मान्छेहरु ठड्याउने छन् कतैतिर साना, ठुला, धेरै ठुला घरहरु, महलहरु । र त्यो सहर बन्ने छ । यसरी ट्रकका ट्रक नदि दिनदिनै सहर पस्ने गर्छ । साँच्ची सहर भन्नु नदि नै त हो । नदिले नै त सालन्ने बढाउँछ, अग्ल्याउँछ सहरहरु । सहरको भीडभाड, कोलाहल, गाडीको घुईंचो आदिको बहाव पनि त नदिकै जस्तै त हुन्छ । सहर नदि हो भन्न सकिने रहेछ । तर नदिलाई ? अहँ नदिलाई चैं सहर भन्न नसकिने । कत्रो अन्याय!
त्यसैले त बेलाबखत सहरले नदि बढारेर अन्यायको बदला लिएको समाचार पढ्नु पर्छ । जो एकोहोरो दिएको दियै र लिएको लियैको परिणति हुन्छ । नदिले यत्रो दिन्छ यस्लाई पनि केहि दिउँ, यसो छेउछाउ रुखविरुवा रोपुँ, अलि गतिलो तटबन्ध हालिदिउँ भन्ने त हाम्रोतिरका मान्छेले सोचे पो ?
एकैछिनमा सम्झिइएका ईन्द्र बहादुर ओझेल परे मगजबाट । नपरुन् पनि किन जबकि न मैले उनलाई कहिल्यै भेटेको, न उनले लेखे / भनेका सबै कुरा पढेको । किन बस्थे र ईन्द्र बहादुर मेरो मगजमा ? तर ईन्द्र बहादुर राई कहिल्यै हराउने पनि त छैनन् मेरो मगजबाट । उनको बारेमा जति पढे / सुनेको छु त्यति काफि छ उनि मेरो मगजमा बास बस्न, यत्ति हो कि उनि कैले सम्झनामा उदाउँछन् कैले अस्ताउँछन् ।
बालासन नदि तरेर निक्कै अगाडी आईपुगेछौं । बुढि बालासन खोला काटेर ओर्लियौं अटोरिक्साबाट । यहि बुढि बालासन खोला नजिकै दक्षिणपट्टि बस्छिन् मेरी छोरी । उनकि फुपु(मेरी दिदी)को घरमा बसेर बागडोग्रा बजारको हेब्रोन अँग्रेजी स्कुलमा हाल कक्षा ६ मा पढ्दै गरेकी छोरीले घरमा आइपुगेर यौटा पेण्टिङ देखाइन् र भनिन्, 'बाबा यो कस्तो लाग्यो भन्नुहोस् त? मैले तपाईंले पढ्दैगर्नुभएको किताबमा हेरेर बनाएको ।'
म युवराज नयाँघरेको २०६५ सालको मदन पुरस्कार प्राप्त निवन्ध कृति 'एकहातको ताली' पढ्दै थिएँ । त्यसैको आवरण चित्रको नक्कल गरेकी थिइन् छोरीले तर नक्कलमा यौटा ईनार थपेर आफ्नो काल्पनिकीको परिचय पनि राखेकि थिइन् ।
'हौसला र अवसर पाइन् भने मेरी छोरीले रङ्गहरुसँग पनि राम्रै खेल्ने रहिछन्....... 'मनमनै सोचेँ र भनेँ, 'वाह! क्या गजब! स्याबास छोरी!'
मैले उक्त किताबभित्रका कुराहरुमात्र पढेछु र छोरीले त्यसको आवरण कला मात्र पढिछन् ।
छोरीले पेण्टिङ्ग देखाएपछि सकसक जाग्यो म मा कस्ले बनाएको रहेछ एकहातको तालीमा भएको आवरण कला ? हेरेँ, श्यामलाल श्रेष्ठको कुचि रहेछ । छोरीलाई भनें यो कुरा र भनें 'तिमीले आफैं एउटा विषय छानेर त्यसैमाथी विल्कुल आफ्नो भन्न सक्ने पेण्टिङ्ग बनाउनु है छोरी अबदेखि । यो त जति राम्रो भएपनि यसको तारिफ म मात्र गर्न सक्छु । अरुले त यो चोरी गरेको भन्छन् । चोरीको आरोप लाग्नु त राम्रो होइन ।'
'हवस्!' उनले टाउको हल्लाइन् । मेरी बुझकि छोरीमाथी मैले विश्वास राखेको छु कि अबदेखि उनले अरुको कला नक्कल नगरेर मौलिक कलामा कुचि चलाउनेछिन् ।
उनको आँखामा यो पेण्टिङ्ग बनाएर मैले कुनै ठुलो काम गरेनछु भन्ने पछुतो जस्तै केहि झल्किएको देखें मैले र हौसलाको निमित्त केहि नेपाली साहित्यकारहरुको टेकविर मुखियाको कुचिले बनाएको पेण्टिङ्गको पोष्टरहरु निकालेर दिँदै भनें, ' यि योहरु बनाउ । यो जस्को पेण्टिङ्ग भएपनि, तिमीले नक्कल गरेर नै बनाएपनि, तिमीले बनाएकोमा तिम्रै नाम हुन्छ ।'
उनले बडो रुचिले भएका आठदशवटा पोष्टरहरु क्रमश हेरिन् र पारिजातको पोष्टर छुट्याएर राख्दै भनिन्, 'बाबा, सबभन्दा पहिले म यो बनाउँछु ।'
ति पोष्टरहरु मैले २०५६ (मेरी छोरी जन्मेकै) सालमा भ्रिकुटी मण्डपको पुस्तक प्रदर्शनी डुल्दा किनेको थिएँ ।
छोरी पारिजातको पोष्टरलाई गहिरिएर हेर्दैथिइन् । म भने उनले बनाएको एकहातको तालीको आवरणको नक्कल पेण्टिङ्गलाई आफ्नो क्यामरामा खिच्न थालेँ ।
मलाई यो ब्लगको निम्ती यौटा खुराक बन्छ भन्ने थियो मनमा ।

Subscribe to:
Posts (Atom)