
आजभोलि हरेक साँझ
जब अनन्त ईच्छाले तानिएर
तीनजोडा समान उल्टा औँलाहरु
बाँसुरीको छ अलग डोबहरुमा बिसाएर
मधुर राग अलाप्न उत्सुक ओठलाई
सातौं डोबमा छुवाउने गर्छु
प्रफुल्लित मन त्यसै त्यसै
अनन्त फाँटहरुमा बयेली खेल्दै
बाँसुरीको धून खोज्दै
मिथ्या तरंगमा तरंगित हुन्छ
अफसोस! श्वास प्रश्वासले धोका दिन्छ
मन रुन्छ अनि म रुन्छु
बाँसुरी कुनै सुर फुटाउन सक्दैन
त्यसैले आफैंलाई धिक्कारेर
बाँसुरी रोईरहेछ ।
जब अनन्त ईच्छाले तानिएर
तीनजोडा समान उल्टा औँलाहरु
बाँसुरीको छ अलग डोबहरुमा बिसाएर
मधुर राग अलाप्न उत्सुक ओठलाई
सातौं डोबमा छुवाउने गर्छु
प्रफुल्लित मन त्यसै त्यसै
अनन्त फाँटहरुमा बयेली खेल्दै
बाँसुरीको धून खोज्दै
मिथ्या तरंगमा तरंगित हुन्छ
अफसोस! श्वास प्रश्वासले धोका दिन्छ
मन रुन्छ अनि म रुन्छु
बाँसुरी कुनै सुर फुटाउन सक्दैन
त्यसैले आफैंलाई धिक्कारेर
बाँसुरी रोईरहेछ ।
रचनाकाल:-
असार, २०५४ साल
झापा, गौरादह
असार, २०५४ साल
झापा, गौरादह
5 comments:
धेरै पहिलेका दीपकजीका यी रचनाहरु हेर्दा पक्कै भन्ने गर्थे होलान = हुने बिरुवाको चिल्लो पात ..., छोटा तर भावनाको फराकिला आकाश खुलेका कविता ।
गहन भावमय कविता!
अवस्य कृष्ण जी , यो (चिल्लो पातको ) हल्ला समाजमा नै फैलिएको हुनु पर्छ शैशवास्था देखि नै ।
बाँसुरीको कुरोमा जुरो परेको कविता ।
यहा प्रातिकात्मक शब्दको प्रयोग गर्नु भएको रहेछ - बासुरी रोहिरहेछ मैले यसलाई यसरि बुझे ... जनता रोहिरहेछन ....... जुन वेतालमा बजिरहेछ !!
यथार्थ !
बडो तिक्खर लाग्यो यो कविता | अझै रुन नपरोस है बाँसुरीले |
Post a Comment