Sunday, May 30, 2010

गजल : बन्द हुन्छ

बाटो धेरैजसो जब बन्द हुन्छ ।
विद्धता पनि मान्छेको मन्द हुन्छ ।

सुन्दैन उ कसैको कथा पूराण,
आफ्नै जीवनपूराण स्कन्द हुन्छ ।

वाचिरहन्छ उ कथा आफ्नोमात्र,
र मान्छ कथामा पनि छन्द हुन्छ ।

अनियन्त्रित भएपछि भोगाई,
ठान्छ बहुलठ्ठीमै आनन्द हुन्छ ।

निख्रिंदै जाँदा उ बजारभरी नै,
चर्चाको जरुरी मसलन्द हुन्छ ।

8 comments:

Aakar said...

कहिँ नास्तिक सुनिने, कहिँ निराशा झल्किने गजल ! बन्द हुन्छ !!!

Jotare Dhaiba said...

आध्यात्मिक ओजले भरिएको पाएँ बुँद-बुँद । अझ यसो भनूँ न, शाश्वत पक्षको उजागर ।
'मसलन्द' को प्रसङ्ग आउँदा पुरानो कुरा याद आयो ।

"वाचिरहन्छ ऊ कथा आफ्नो मात्र,
र मान्छ कथामा पनि छन्द हुन्छ ।"

यो पनि त सत्य नै हो मानवीय प्रकृतिको ।

Basanta said...

कठोर ब्यंग्य र आध्यात्मिक चेतनाको सुन्दर सम्मिश्रण भएको छ गजलमा। कलाचेतको हिसाबले पनि माथिल्लो कोटिको छ।

सूर्य/सिकारु said...

खारिएको गजल। मिठो छ

Dilip Acharya said...

अत्यन्तै वजनदार !। माथि साथीहरुले लेखिसक्नु भयो । म भने नि:शब्द नै भए ।

केवल वाह ! वाह!! मात्रै भन्दैछु ।

Chaitanya said...

ए हजुर, यो त मेरो ब्लगको पहिलो कविताको सोझै खिलापमा गयो नि ! बाटो कहिल्यै बन्द हुँदैन | बरु मान्छे अकलमंद मान्छु म | (कविता त असाध्यै मिठो छ, तैपनि .......)

दीपक जडित said...

हार्दिक धन्यवाद आकारजी, धाईबाजी, वसन्तजी, सूर्यजी, दिलीपजी अनि चैतन्यजीलाई ।

धाईबाजी, सहि सम्झना गर्नुभयो त्यै ताका लेखेको थिएँ यो गजल । मसलन्दको कुरा गर्दा लेख्दैथिएँ भने हुन्छ । झण्डै झण्डै फ्याँकेको मैले यो गजललाई फेरी किन हो माया लागेर राखेँ ।

चैतन्यजी, खिलाफमा नहुनुपर्ने हो त, मैले भर्खरै फेरी पढेँ तपाईंको ब्लगको पहिलो कविता । दुबै अलग अवस्थाहरुको कुरा हो । त्यसमापनि मैले 'धेरैजसो' लेखेकोछु 'सबै' लेखेको छैन । जे होस् खिलाफमा होईन बरु यथार्थ हो भन्नेमा म चैं ढुक्क छु है ।

Chaitanya said...

अहो, जडितजी! धन्यबाद है तपाइंलाई | मेरो ब्लगको पहिलो कविता सुनाउने मौका जो थियो! फेरि पनि मेरो कुनै गुनासो छैन |