अरु वर्षहरु भन्दा भिन्दै हिसाबले सोचें मैले यो वर्षको आजको दिन अर्थात आफ्नो जन्म दिन । दिनभरी आमालाई सम्झिएँ मैले आज र त्यहि मेसोमा कोरेको थिएँ यो दुई टुक्राहरु -
१,
आमा
यौटा ओथारो वात्सल्यको
ओथारिएँ
ममताको न्यानोमा
तङ्ग्रिएँ, हुर्किएँ
र बाटो लागेँ
म ठुलो भएर ।
२,
आमा
यौटा भकारी मायाको
झिकें
चाहिए जति माया
लाडिएँ, प्याउलिएँ
र बाटो लागें
म ठुलो भएर ।
आमा
यौटा ओथारो वात्सल्यको
ओथारिएँ
ममताको न्यानोमा
तङ्ग्रिएँ, हुर्किएँ
र बाटो लागेँ
म ठुलो भएर ।
२,
आमा
यौटा भकारी मायाको
झिकें
चाहिए जति माया
लाडिएँ, प्याउलिएँ
र बाटो लागें
म ठुलो भएर ।
फेसबुकमा लिपिसकेको थिएँ यि दुई टुक्राहरु र यो तस्विरपनि -
5 comments:
जन्मदिन को दिन मा आमालाई सम्झेर बिताउनु भएछ ! तर यो दोस्रो पंक्ति ले अलि गाह्रो गाह्रो नै पार्दोरहे !
आमा
यौटा भकारी मायाको
झिकें
चाहिए जति माया
लाडिएँ, प्याउलिएँ
र बाटो लागें
म ठुलो भएर ।
फेरि पनि जन्मदिन को शुभकामना ! यहाँ का हरेक क्षणहरु सुखमय बनोस् !
जन्मदिनको मंगलमय शुभकामना!
दुई टुक्राहरु साह्रै मन परे मलाई, भावबिभोर बनाए। कविता पूर्ण भएपछि पनि पढ्न पाउने आशा छ।
जन्मदिनको धेरै धेरै शुभकामना । आजकाल तपाईका लेखहरूले भावबिभोर बनाउछ । अस्तिको सानीआमाको कथा अनि आज आफ्नै आमालाई समर्पित गर्नुभएका टुक्रा । सबै उस्तै मनछुने खालका ।
छोटा छोटा भएपनि गज्जबको भावनात्मक'घनत्व' रहेको छ दुबै टुक्रामा । वाह ! वाह ! नै भने मैले त ।
जन्मदिनको शूभकामना !
मार्मिक कबिता - -
जन्म दिनको शुभ कामना दिपक जि ।
Post a Comment