Monday, December 08, 2008

गजल : निभाएछन् आज

पत्तै नपाई म गजलमा ओर्लीसकेछु र पछिल्ला दिनहरुमा पहिले अधुरा रहेका केहि गजललाई पुरा गर्ने , पुनर्लेखन गर्ने साथै नयाँ लेख्ने काम गर्दैछु यतिबेला । यस अघिको गजल घेर्नु अरे पहिले लेखेर ड्राफ्टमा राखेको थिएँ र पुनर्लेखन गरेर ल्याएको थिएँ भने यो चाँही नयाँ लेखेको हुँ ।


मनमा 'दीपक' निभाएछन् आज ।
हरेस सबैले नै खाएछन् आज ।

शुक्लपक्षको रात पनि भो कालो ,
चन्द्रमा किन हो अस्ताएछन् आज ।

हराएर आशा घोर निराशाका ,
मुना , पालुवा पो टुसाएछन् आज ।

त्यो ईतिहासले पनि धिक्कारेर ,
स्वाभिमानी नुर झुकाएछन् आज ।

राखेर आफ्नो चैं खेतबारी बाँझै ,
पसिना अन्यत्रै बगाएछन् आज ।

खेताला न पर्म सबले आ आफ्नै ,
मात्रै घरको छानो छाएछन् आज ।

कस्तो अचम्म ! गाईजात्रै नआई ,
केलाई हो मखुण्डो लाएछन् आज ।

हिँजो त सब्को मुख बन्द नै थ्यो रे ,
सास फेर्न क कस्ले पाएछन् आज ?

आजित भएर हेर हामीदेखि ,
बुद्ध फेरी जन्मेर आएछन् आज ।

भन्न चाहन्छु म बालेछन् दीपक ,
चन्द्रमा पनि त उदाएछन् आज ।

6 comments:

Yumesh Pulami said...

ल ल दीपक जी गर्नुस है प्रगति -गजल लेखनमा पनी -तपाई एउटा राम्रो सर्जक हुनु हुन्छ ।

Basanta said...

राम्रो छ दीपकजी! शेरको बान्की मिलेको छ र सहज गेयात्मकता पनि छ।

Anonymous said...

सुन्दर गजल !
हरेक गोरेटो मार्फत छाम्न सकिने यो गजल ! आयतन आकार को अर्थात बुझ्न् खोज्ने लाई बुझ्ने कै अनुसार बराबर भाब दिने । यो पनि हो जस्तो लाग्ने उु पनि हो जस्तो लाग्ने ।
सुन्दर !

Jotare Dhaiba said...

१० सेरको गजल जिन्दगीमा विरलै पढ्न पाइएको छ, त्यही अलगपनलाई स्विकारेर पढ्न थालेँ यो गजल । र पनि, यति लम्बिएर बगेका सेरहरू भाव र विषयप्रस्तुतिका हिसाबले पातला रहेनछन् । सबै वजनदार लागे । नत्र गजलमा सेरको बाढी बग्दा क्रमश: भाव खिइएर सकिँदै गएजस्तो फिकापन आउने खतरा रहन्छ । मतला र मक्ता दुवैमा तखल्लुसको सुहाउँदो प्रयोगले गजललाई सुरक्षाकवच पहिर्‍याएजस्तै भएको छ । गजलको ओराली यात्रादेखि ब्युँझिएर तिक्खर नयाँ सिर्जना रच्दै उकालोतिर बढेको प्रमाण दिनुभएको छ । शुभ यात्रा है यो जागरणलाई !

प्रत्येक सेरको वहाबमा वाह ! वाह ! अपेक्षित हुन्छ । तपाईँको गजलका सेरहरूले त्यो कुरा धानेका छन् । यिनमा पनि तपाईँका यी सेरलाई विशेष वाह ! वाह !!

कस्तो अचम्म ! गाईजात्रै नआई,
केलाई हो मखुण्डो लाएछन् आज ।

आजित भएर हेर हामीदेखि,
बुद्ध फेरि जन्मेर आएछन् आज ।

बिमल गिरी said...

दीपक जी
नमस्कारम। सबै कमेन्ट लेख्ने मित्रहरुले
भन्नु भए जस्तै दीपक जी बहु प्रतिभासाली
ब्यक्तित्व हुनुहुन्छ। उहा हरेक बिधामा हात
चलाऊनुहुन्छ। कि कसो बन्धुहरु हो,

Unknown said...

धन्यवाद ! सबैलाई ।
बिमलजी ? त्यतिमाथी त नपुर्याईहाल्नुस् न है अहिले नै ।