Wednesday, October 08, 2008

कविता : झरी थामिएकै छैन

कस्ले गन्यो यो समयलाई गणितमा ?
घडी घडी, पला पला
दिन , हफ्ता , महिना , वर्ष
र गाह्रो भयो आज काट्न यो समय
फगत अँध्यारो सिङ्गै युग झैं ।
झ्याल बाहिर दृश्यमा पर
द्रुतगतिमा रेल आएर गएझैं
खुशी किन मनपरी खेल्छ जिन्दगीमा ?
मन खोलेर एक खित्का हाँस्न नभ्याई
त्यही मन किन तरक्क आँसु चुहाउँछ ?
घाम कहिल्यै नलागेको भए
बादल र झरीको चिन्ता
के हुन्थ्यो होला र जिन्दगीमा ?
झरी कहिल्यै नपरेको भए नि
घामको पिर आँखामा
बोक्नेथियो र जिन्दगीले ?
पटक पटक सोधें मैले
कस्ले गन्यो यो समयलाई गणितमा ?
र म अलपत्र हराएं सडकमा
मात्रै मन गुडीरहयो
सलल मोटरगाडीहरु झैं ।
उखेलेर मयुर पङ्खहरु
बाट्बाटै छर्दै हिंड्न मन लागेको छ आज
जसो मन लाग्यो नाचेर
आफ्नै ताण्डव हेर्न मन लागेको छ आज
आँखिर नियम केहि नै त छैन रहेछ जिन्दगीको
खालीखाली हुनलाई चउरमा
डङ्ग्रङ्ग उत्तानो लडेर
खुल्ला आकाश हेर्दा पनि
किन झिलिमिली ताराहरुसंग
उज्यालो चन्द्रमा आउने गर्छ मनमश्तिष्क भरी ?
यो विधी प्रश्नहरुको घुँएत्रो हानि
आफैंलाई पर कतै खसाल्न मन लागेको छ आज
फेरी आफुले कहिल्यै नभेट्ने गरेर
बेतालकै ढुँगाहरुको तिन चम्को बनाई
आगो बालेर आफैंलाई बसाल्न मन लागेको छ आज
फेरी आफु कहिल्यै नकचल्टिने गरेर
कोसौंकोस राजमार्ग भत्किएर
यौटै मन वारीपारी खण्ड खण्ड छुट्टिंदा
आँखिर पानीकै असर भनेको छु मैले
चाहे त्यो आकाशबाट मुशलधारे बर्षिएको होस्
या बर्षिएको होस् अविरल आँखाबाट
राजमार्ग त ठप्पै छ
म अवरुद्ध छु पारी नै
र झरी थामिएकै छैन ।

7 comments:

Anonymous said...

त्यो बर्षा छिट्टै रोकियोस , नत्र भेल बढ्दै गएर बा ढि आउन सक्छ र सबै तहस नहस हुन सक्छ ।
( कबिता को धार असाध्यै लाग्ने छ )

Yumesh Pulami said...

देश नै बिगार्ने खाल्का झरिहरू भने हराएर जाउन तर तपाईको शब्दहरुको झरीहरु सधै परिरहोस तपाईको ब्लॉग हुदै हाम्रो मनसम्म, है ! सब्दहरुको भेल्हरू त राम्रै छ - आउदै गरोस ।

Anonymous said...

पुलामी जि !
तपाईंको कमेन्ट गज्जब मन पर्‍यो !

अम्बिका गिरी said...

यसरी पो हो त भावना पोख्ने । क्या बात छ ! दिपक दाई बधाई छ ।

Anonymous said...

अम्बिका जि !
तपाईंको ब्लग मा गएकी थिए । गजल हेर्दाइ थिए । " आधी सँग मित लगाए "गजलका लेखक 'दिपक जडित ' लेखिएको देखे । कमेन्ट मा क्लिक गरे । स्बयम दिपक जि ले नै यो गजल मेरो होइन , मेरो नाम तुरुन्त हटाइदिनु होला भनेर अनुरोध गरी लेख्नु भएको देखे । म छ क्क पर्दै छु यहाँ दिपक जि को ब्लग मा आउने फुर्सद छ तपाईं लाई अनी त्यो गजल बाट लेखक 'दिपक जडित ' हटाउने फुर्सद छैन तपाईं लाई ? हामीले कुरा बुझ्न् सकेनौ । हामी दिपक जि को कबिता -गजल - गीत का फ्यआन हौ । दिपक जि को शुभ चिन्तक का नाताले भन्दैछौ , अम्बिका जि ! कुरा प्रस्ट पारीदिन सक्नु हुन्छ ?

Unknown said...

सबैजनालाई हार्दिक धन्यवाद ! कविता मनपराईदिनु भएकोमा ।