Saturday, October 25, 2008

कविता : टाँगियोस् रंगीन सपना त्याँहा



आकाश खुल्दै गयो हेर
फाट्दै गए बादल घनघोर ति ।
जागे श्रमिकहरु सखारै
जुटे निर्माणमा झनजोर ति ।।

निर्माण होस् आकाश नयाँ
ति हातहरुको परिश्रमले ।
लेखियोस् विहानी नयाँ युगको
फैलियोस् उज्यालो क्रमैक्रमले ।।

विना श्रम छैन सम्भव उन्नति
पसिनालाई पुजा गरोस् लोकले ।
नरोकिउन् कर्मठ हात ठेलासरीका
क्षुधाग्नी सल्काएर पेटमा भोकले ।।

मेटियोस् कल्पना समेत तिनको
ज जस्ले बुनेका छन् झेलजालको ।
टाँगियोस् सपना तिनकै रंगीन त्याँहा
ज जस्को छ कामना नयाँ नेपालको ।।

गत साता माई संसारमा फोटो कविता लेख्ने क्रममा अधुरो लेखेर छोडेको कवितालाई आज हेर्दा पूर्ण जस्तो बनाएर ( कविता लेखाईको हदबन्दि नहुने हुनाले ) यहाँ ल्याएको छु ।

4 comments:

Prabesh said...

टाँगियोस् सपना तिनकै रंगीन त्याँहा
ज जस्को छ कामना नयाँ नेपालको ।।

साह्रै मनपर्यो दाइ यो दुई लाइन ।

Anonymous said...

Indeed nice composition! I agree with उजेली.

Dilip Acharya said...

निक्कै मिठो र जोशिलो कविता !
शुरुवातको उठान देखी कविताको अन्तिम हरफहरु सम्म पनि एकानस उर्जा र सामानजस्य कायम रहेको छ ।

मेटियोस् कल्पना समेत तिनको
ज जस्ले बुनेका छन् झेलजालको ।
टाँगियोस् सपना तिनकै रंगीन त्याँहा
ज जस्को छ कामना नयाँ नेपालको ।।

Anonymous said...

Very nice poem !