Monday, October 13, 2008

दशैंले छाडेको शुन्यता मेटिएपछि

दशैं आयो र गयो । आँखिर समय न हो , कहाँ स्थिर रहन्छ र समय ?

आउँदै गरेको दशैंले मनमा निक्कै हर्ष , उल्लास ल्याउँदैथियो तर दशैं उस्तरी हर्षमा बितेन यो साल । मैले दशैंकै अवधीमा लेखेका केहि कविताहरु यसको प्रमाण बनेर बसेका छन तर दशैंकै बेला माई संसारमा लेखेको दशैंको भेडा , भगवान र म मान्छे भन्ने कविताले पहिलो पटक माई संसारमा प्रतियोगिता जितेको कुराले भने मेरो दशैंको सम्पुर्ण निस्तोपनामा चटक्क मरमसला हालेर दशैं गजबको स्वादिलो बनाईदियो अपितु त्याँहा मा गोले दाई छु । यो यौटा अप्ठ्यारो - मलाई गोले दाई नहुन मन पट्टक्कै लाग्दैन ; हुनै मजा लाग्छ । किन म गोले दाई भएँ ? गोले दाई नहुँदा के फरक पर्छ भनेर त म सोच्नै सक्दिन । गोले दाई मलाई नै प्यारो लाग्छ । आदरणिय लाग्छ । भनेपछि कुरै सकियो - म त्याँहा गोले दाई नै रहनेछु । माई संसारमा र मेरो ब्लगमा पनि बराबर पस्नुहुने सबैलाई यहाँ जानकारी रहोस भन्नाका खातिर यति कुरा उक्कियो यहाँ ।

दशैं बितेपछिका दिन न्यास्रो भएर बितिरहेको छ । अनौठो शुन्यताले ढपक्कै ढाकेको छ मनलाई । लेख्दै गरेका कुराहरु अधुरै छन नयाँ केहि लेख्ने मेसो आएकै छैन । अचम्मसँग मेरो मन भर्खरै कन्यादान गरेर छोरी बिदाई गरेको घर आँगन जस्तै शुन्य शुन्य बनेको छ । मैले एकजना साथीलाई पनि यो कुरा बाँडेको थिएँ तर साथी जिन्दगीमा झुक्किएर पनि निराश नहुने खालको भएपछि कुरा उठ्यो मात्रै विमर्श भएन ।
' त्यसो त यसमा विमर्श हुनु पर्ने नै के थियो र ? ' , प्रश्न पनि छ ।
' जीवनका यस्तै न्युन न्युन लाग्ने झिना मसिना कुरामा विमर्श गरे त जीवनको गहिराईमा लुकेका रहस्यहरु फेला पर्छन ।' , यौटा मान्यता पनि छ । खैर छाडौं एक्लै खोज्दा जीवन सागरमा मोती भेटिएछ भने देखाउँला साथीलाई लौ यो मोती त यसरी पो लुक्दोरहेछ सिपी किरा भित्र भनेर । अहिले सिपीकै खोल देख्दै अचम्म मानुँ क्यार हैन गाँठे कस्तो बटुको जस्तो रहेछ भन्दै ।

दशैंको बेला गाउँको मेलापातको झझल्को कस्लाई नआउला र ? मलाई त रँगपूर मेला , सिँगीमारी मेला , ढ्याङ्ग्री मेला , सोलमारी मेला सबै सबै याद आयो । गौरादहको मेला त झन कसरी भुल्नु गाँठे ? धानखेतको आली आलीको बाटो दशैंको असरले आधा नयाँ र नियतिको असरले आधा पुरानै गोजीमा चानचुन पैसा उम्लिँदै मेला पुगेर झालमुरी र तात्तातो जिलेबी खाँदाको मज्जाले एकसुरे बनाईरहयो यो दशैंको अवधीभरी मलाई । मेलापातकै कुरामा पनि गफ अधुरै भएको थियो मेरो साथीसँग । हैन साँच्चै यो मेलापात कसरी भनियो होला ? मलाई पहिले देखि नै खुल्दुली हुन्थ्यो । को सँग यो खुल्दुली मेट्ने झैं लागीरहेको पनि थियो । कुरै कुरामा एकजना साथीले मेलापात गर्नु छ भन्दा मैले झ्वाट्ट त्यहि कुरा सम्झिएर भनेको थिएँ मेलापात होला र त्याँहा ? मेला कागज होला नि कि त मेला प्लाष्टिक होला । मैले जोड गरेर कुरा अगाडी बढाउन सकिनं र कुरा चम्मचले उठाउन खोजेको थुक्पाझैं डबकोमै झर्यो र बाँकी रहयो । मेरो जिज्ञासापनि उस्तो धेरै त कहाँ थियो र ? उहिले उहिले ( यदाकदा अहिले पनि ) मेलामा गाउँलेहरुले तुलफूल बेच्न लाँदा पातमा राखेर बेच्ने हुनाले अनि मेला भर्नेले पनि पातमा राखेर बेचेको कुरा किन्ने हुनाले मेलापात भनिएको हो क्यार जस्तो लाग्थ्यो मलाई । धेरैकुराहरु यसरी नै हो जस्तो लाग्छ मलाई र हैन कि के हो जस्तो पनि लाग्छ । मेलापात किन भनियो त ? भन्ने कुरामा चैं यहि हुन सक्ने मेरो अनुमान छ । जे होस साथीसँग गर्न चाहेर पनि गर्न नपाएको कुरा एक्लै गरें अहिले तर तपाईँ साथीहरुसँगै गरेको हुँ भन्नेमा ढुक्क छु ।

आज पाँचदिन भएछ ब्लगमा नलेखेको । किन यो शुन्यताले यतिलामो असर गर्यो म छक्क छु । मेरो मात्र हैन अरु साथीहरुको पनि ब्लग उस्तै हालतमा रहेको पाएँ । हामी दशैं तिहारको बिदा एकमुष्ट मनाउन बानी परेको असर त हैन ? हुनपनि सक्छ । त्यसैपनि लामो लामो र धेरै बिदा मनाउन हामीलाई कस्ले भेट्छ र ? मुग्लानमा दैनिक काम गर्नुपर्ने कुराको त के हिसाब राखेर साध्य तर यसरी लेखेर विचारहरु , भावनाहरु साटासाट गर्न थालेपछि भने मलाई अलि अन्तराल बन्यो भने औडाहा हुन्छ , म किन लेखिरहेको छैन आजभोली भनेर ।

मलाई त आएर गएको दशैंले रित्तो रित्तो बनाएझैं महसुस भएको हो र मनै रित्तो भएपछि के लाग्छ र भन्ने जवाफ आफैंलाई आफ्नै ओठमा राखेर आज आएँ ब्लगमा झुल्किँन तर अरुसाथीहरु पनि नफर्किनु भएको देख्दा लाग्दैछ के दशैंले नै उपहार छाडेको हो त यो शुन्यता ?

हुनत रमाईलो तिहार उ त्यहीँ नजिकै भएकोले बारीको डिलभरी फूलेका सयपत्री र मखमलीतिर आँखा फ्याँक्दै समय बितेको पनि पत्तो कहाँ हुन्छ र ?

4 comments:

Luna said...

दिपक जि !
मलाई पनि गोले दाई नाम रमाइलो लाग्छ । कुरा गोले दाई को होइन क्या ! कुरा तपाईंको कबिताको हो । हे प्रभु ! मेरो इछ्या ( मैले इछ्या ब्यक्त्त गर्न त पाउछु नि ? यो मेरो अधिकार को कुरा हो ) पनि तपाईंको सबै गजल - गीत - कबिता माइसन्सार का साथीहरुले पढ्न पाउन भन्ने थियो । तर गोले दाई नाम किल्क गर्दा तपाईंको ब्लग खुल्दैन । ( यो कम्प्युटर को मुसा जस्तो डल्लो मा क्लिक गर्दा भन्न् खोजेकी ) यदी दिपक जडित नाम भए तपाईंको ब्लग हेर्न पाउनु हुन्थियो साथीहरुले । यती मात्रै पिर हो मलाई । पिर त होइन गुनासो मात्रै । खैर ! केही छैन गुनासो पनि गर्दिन । आफूले त हेर्न पाएकै छु तपाईंको ब्लग । ज्या! यसो भन्दा त झन गुनासो नगरि बस्नै सक्तिन । लौ गरे गुनासो ! रिसाए रिसाउनुस् - खुसाए खुसाउनुस् ! दिपक जडित नलेखे नलेख्नुस् ! ह्या! यहाँ पनि झगडा गर्न थाले म ! भो गर्दिन । बरु एउटा कुरा गोले दाई नाममा किलिक गर्दा तपाईंको ब्लग मा घुम्न पाउने ब्यबस्था मिलाउन मिल्दैन ? मिल्छ भने मिलाउनुस् न । फेरी धेरै मख्ख नपर्नुस् ! मैले तपाईंलाई माया गरेर यस्तो भनेकी होइन । तपाईंको प्रतिभा कबिता - गीत - गजल - लेख राम्रो लागेर यस्तो भनेकी हुँ । यती भन्न् त पाउछु होला नि !

दीपक जडित said...

लुना जी ,
यति धेरै माया दिएर माया गरेकी हैन भन्ने ? तपाईँको मायालाई म गलत बुझ्दिंन नि । डराउनु पर्दैन माया गर्छु भन्नलाई है । हरेक यौटा मान्छेले हरेक अर्को मान्छेलाई माया गरोस् न यो सँसार त्यसै सुन्दर बन्छ । धन्यवाद तपाईँलाई सुझावको लागी ।

Lara said...

deepakji
you should use fork not spoon for your noodle. infact, you have choosen a wrong utensil. kantale sajilo hunchha ni noodle khanu ta!!!

दीपक जडित said...

I know Lara jee , but I had no fork kya , tehibhayera chamchale ...hahahaa .