Monday, October 20, 2008

लघुकथा : एकादेशको थाल

एकादेशको यौटा देशमा थुप्रै थुप्रै गाउँहरु सामाजिक सद्भाव कायम राखेर एक अर्कामा सौहार्द पूर्ण तरिकाले मिलेर बसेका थिए । देशभित्र जे जति उत्पादन हुन्थ्यो सबै एक अर्कामा बाँडीचुँडी खान्थे । सबैको आ आफ्नो खाने थाल थियो तरपनि कसैले कसैको भाग खाँदैनथ्यो ।

समय क्रममा मान्छेहरुको संख्या बढ्दै गयो र मान्छेहरु स्वार्थी बन्दैगए र कसैले धेरै कसैले थोरै खान पाउन थाले । केहि बाठाटाठा मान्छेहरुले उत्पादन बराबरी भाग लगाउनुपर्ने कुरा उठाए र जिम्मेवारी लिएर बराबर भाग लगाउन थाले ।
बिस्तारै ति टाठाबाठा त्यो एकादेशका नेता भए । उनिहरुको सबैले सुन्न थाले । उनिहरुले बोलेको साँचो र सर्वमान्य हुन थालेपछि उनिहरु उत्पादनमा भ्रष्टाचार गर्न थाले र आफु , आफ्नो परिवार र आफन्तको भाग ठुलो लगाउन थाले ।
यो रहस्य खुल्दै गएपछि अर्काथरी मान्छेहरु अगाडी सरे । उनिहरुले उत्पादनको अनुपातमा जनसँख्या निक्कै बढिसकेको ठहर गरेर वैज्ञानिक ढँगले समान अनुपातमा उत्पादन उपभोग गर्न गराउनको लागी सबैले आ आफ्नो थाल बुझाएर बटुको बुझ्नुपर्ने नियम लागु गरे ।

कसैले धेरै उपभोग गरिरहेको , कसैले थोरै मात्र उपभोग गरिरहेको र कोही भोकभोकै परिरहेको अवस्थामा सबैलाई समान अनुपातमा उत्पादन वितरण हुने कुरामा ढुक्क भएर सबैले आ आफ्नो थाल बुझाएर सानो सानो बटुको लिएर आए ।
समान अनुपातमा उत्पादन वितरण गरिसके पश्चात यो प्रणाली वैज्ञानिक छ कि छैन भनेर नियम लागु गर्नेहरुले सर्भे गराए र वैज्ञानिक रहेको तथ्य निक्लिएपछि पहिले सबैले बुझाएका थालहरु मध्येमा ठुला ठुला र राम्रा राम्रा थालहरु नियम बनाउनेहरुका घर परिवार र आफन्त कहाँ खुसुक्क खुसुक्क पुर्याउन थाले ।

6 comments:

Dilip Acharya said...

एकदमै सटिक र यथार्थपरक कथा!
यो नियम बनाउनेहरुको थाल नखोसेसम्म समस्या समाधान हुदैंन, तर यिनिहरु ठूलो थालमा खाँदा खाँदा झन बलीयो भैसकेका छन ।

फेरि जसले यिनिहरुको थाल फीर्ता लिन्छन तिनले नै फेरि त्यो थाल आफ्नै कब्जामा पनि राख्‍न सक्नेछन । अहिले सम्म त पटक पटक यस्तै भएको छ ...हेरौं अब केहि हुन्छ की?

Prabesh said...

थालको राजनीतिलाई निरन्तरता दिने कार्यको अग्रपङ्क्तिमा हाम्रा प्रधानमन्त्री कामरेड परेका छन् अहिले । छोरा, छोरी, भाइका छोरा र भतिजालाई हुलेर सबैलाई ठूलो थाल बाँडेर सके । विज्ञानमन्त्रीको ब्लगमा पनि हाल्दिनु न दिपक दाइ यो कथा ।

Aakar said...

संसार को नियम: Universal Truth

Anonymous said...

So nice story !
keep it up your skill always like
this . I wish for you .
Man ! you have really something which is very helpful for our
" Sahitya sansar "
so happy to be near you by your
'Sahitya ' .
Thanks a lot Deepak jee .

Yumesh Pulami said...

junai jogi aaepani -kanai chirieko bhane jasto -bhaena ra .....
........maanche haru jati educated bhae tytinai ......एकादेशको थाल hun thaldai gaeko pain6.
...dherai ramro ....marmik ta ko short cut key nai rahe6

Unknown said...

सबैजनालाई हार्दिक धन्यवाद कथाको प्रतिक्रियाको लागी । यो यौटा अन्त्य नहुने प्रक्रिया नै रहेछ भन्ने लाग्छ मलाई पनि । तै पनि यसो घोच्ने , चिमोट्ने गरिरहँदा कतै हाम्रो बटुकामा पनि अलि भरेर हालिदेलान् कि ?