Tuesday, October 14, 2008

कविता : बुद्ध बोल्दैछ



सुन् ए , ईश्वर !
कस्तो भ्रम फैलाईछस् तैंले
आजपनि मान्छेहरु नाघेर मान्छेहरुलाई
दौडिरहेछन् तँलाई भेट्न
म सम्झन्छु त्यो दिन अझै
भनेको थिएँ मैले
'प्राणीहरु माझ रहने
प्रेम नै एक मात्र धर्म हो । '
चाहन्थेँ म
ननाघुन् मान्छेहरु मान्छेलाई
लुकाएर प्रेम छातिभित्र
म सम्झन्छु त्यो दिन अझै
सुनेर मान्छेहरुले मलाई
उडाएका थिए परेवा शान्तीको
यत्र तत्र आकाशमा
सुन् ए , ईश्वर !
कस्तो भ्रम फैलाईछस् तैँले
जो मैले तोड्न सकिनछु
र पत्थर बनेर
तेरै दलिनमा खडा छु आज
म सम्झन्छु त्यो दिन अझै
मान्छेहरुलाई मैले
मान्छेहरुकै अर्चना गर्दै
मान्छे बनेर बाँच्नु भनेथेँ
तर मान्छेहरुले
चोक चोकमा ठड्याएर मेरै मुर्ति
भन्न थाले , 'उ त ईश्वर हो ।'
सुन् ए , ईश्वर !
सकिनँ मैले कसैगरी
मान्छेहरुको यो भ्रम तोड्न
तोडिदे यो भ्रम तैँले नै आज
म चाहन्न
फेरी मान्छेहरु कुनै चोकमा
मुर्ति बनेर ठडिउन् ।

यो फोटो कविता माई संसारकै शनिबार साहित्य अन्तर्गत राखिने फोटो कवितामाथी लेखेको हुँ । अघिल्लो साता देखि माई संसारको फोटो माथी खुल्ला कविता लेखन प्रक्रियाले प्रतियोगिताको रुप धारण गरेको छ र अघिल्लो साता मेरो कविता नै उत्कृष्ट घोषणा भएको थियो । तर यसपटक भने मैले अप्रतियोगि कविता लेखेको हुँ ।

12 comments:

Yumesh Pulami said...

दशैंले छाडेको शुन्यता मेटिएपछि .... lekhera tapaile sunya man bhanu bhaeko thiyo tar katiramro kabita lekhanu bhaeko ...
prasang ..r thalani nai
kati gajab 6 hajur
ouuusss..
सुन् ए , ईश्वर !

.......yasari nai kamal gardai jaanus hai jadit g ek pa6i arko gardai jod dai jaanus hai...yestai gari

Anonymous said...

जती डुब्यो त्यती डुबु जस्तो लाग्ने गरी सार्है गहिरो भाब बोकेको छ तपाईंको कबिताले दिपक जि ।

Anonymous said...

जती डुब्यो त्यती डुबु जस्तो लाग्ने गरी सार्है गहिरो भाब बोकेको छ तपाईंको कबिताले दिपक जि ।

कैलाश said...

दशैँको रन्कोमा छिमेकतिर चियाउन सकेको थिइन । छिमेकतिर त धेरै धेरै कुरा भइसकेछ जस्तो लाग्यो मलाई । अनि दीपकजीको कविताको प्रसंशा गर्नु पनि बूता नपुगेको महशुश गरे मैले आफुलाई । अरु त के भनु र खोई ।

ए अँ त अनि ढिलै भए नि बधाई दिन्छु म दिपकजीलाई माइसंसारमा बिजेता कविताको कवि बन्नु भएकोमा । साँच्चै नै तपाई त्यसको लायक हुनुहुन्छ ।

Unknown said...

धन्यवाद बेदनाथजी , दशैं आएर गएपछि साँच्चै नै एकप्रकारको खल्लोपना छोडेको थियो त्यो समयले मेरो मनमा त्यहाँ त्यसैलाई बिसाएको थिएँ ता कि त्यो शुन्यपनाको अन्त्य होस् ।

लुनाजी , वास्तवमै कवितामा डुबुल्कि मार्नुको मजै बेग्लै हुन्छ । चाहे लेख्दा होस् या अरुले लेखेको पढ्दा । धन्यवाद तपाईंलाई ।

कैलाशजी , तपाईँ फर्किनुभएछ कम्ता खुशी लागेको छैन । कुटीतिर तिहार लाग्दैहोला अब त , देउसी खेल्न आईन्छ है कुटीमा ।

Anonymous said...

yo padera malie maile dheri agadi lekheko kabita ko ek line yaad aayo.

"holaa katai ishwor pani prasaad grahan garna maatra"

kabita ko lagi dhanyabad

S Kafle said...

This is a great blog. Brilliant.

I have created a Nepali social bookmarking site like digg.com. Its goreto.co.cc . You can share your blog posts on this and get more traffic to your site.

I would like to invite you to join this site goreto.co.cc and start sharing news now.

Please let all the nepalis all over the world read it

Prabesh said...

म पनि दसैँ मनाएर आइपुगेँ है दीपक दाइ !! कविता मनपर्यो । कति लेख्न सक्नुहुन्छ हौ तपाईँ !! अचम्मै लाग्छ मलाई त ! फेरि जति लेख्यो उति राम्रा हुन्छन् !!

Unknown said...

Wel come back उजेलीजी ,
अब सबैजना भेला भैसके झैं लागेको छ तर तिहारले फेरी अल्मल्याउने होला । धन्यवाद है मेरो कविताहरुको तारिफको लागी ।

Basanta said...

निकै भावपूर्ण र दार्शनिक भाव बोकेको कविता रहेछ!

Unknown said...

धन्यवाद वसन्तजी , सँधै तपाईंहरुको मनलाई यसरीनै छुन सके हुन्थ्यो कविताले ।

हजुरबाको एकलाईन मलाई पनि मनपर्यो , भगवान प्रसाद ग्रहण गर्नैलाई कतै होला भन्ने पुरै कविता कस्तो होला ? यो एक लाईनले चैं मान्छेले भगवानको भरोषा गरेर हार मानेपछिको अवस्था चित्रण गर्यो भने मैले चैं मान्छेले भगवान होलान् नहोलान् तर छन भनेर नौटँकी गर्दाको चित्र लेखेको हुँ । हजुरबाको कविता पढ्न पाए हुन्थ्यो नि ।

Unknown said...

हजुरबासँग साथै यहाँ आउनुहुने सबैसँग माफी माग्नुपर्ने भयो है मैले । यो प्रतिक्रिया मैले केहि अगाडी माई संसारमै लेखेको दशैंको भेडा , भगवान र म मान्छे भन्ने कवितामा हो भन्ठानेर हजुरबाको कुरामा कुरा थपेको तर यहाँको स्थिती अलि फरक थियो है । यहाँ त मैले भगवान थिए तर हामीले पूजी पूजी मुर्ति भन्दा कठोर बनाएको अवस्थामा थिएनन् , भगवान पनि हामी झैं मान्छे थिए तर असल भन्ने कुराको चित्र लेखेको थिएँ ।