Wednesday, October 01, 2008

गजल : मैलो बनेछु गाँठे !

तिम्रो प्रतिक्षामा खुल्लै म दैलो बनेछु गाँठे !
के के पसेछ म भित्र र मैलो बनेछु गाँठे !

पाप अन्जानमै भयो कि या जानी जानी गरें ,
भरिईवरी फुटेको झैं घैलो बनेछु गाँठे !

नारेर वय मनको छेउकुना जोत्नलाई ,
जोतारो कस्दा भाँचिएको शैलो बनेछु गाँठे !

राधा गोरी देख्नेले भने लौ कृष्ण कालो थियो ,
रंगको कुरा उठ्दा म चैं कैलो बनेछु गाँठे !

नसके पनि अमृत हुन मह बन्न खोज्दा ,
के भन्ने खै विष भरेको थैलो बनेछु गाँठे !

हावै नचले नि पात हल्लिँदोरहेछ र त ,
आँगनै पिच्छे खेलिए झैं भैलो बनेछु गाँठे !

5 comments:

कैलाश said...

लौ गाँठे!
के के भएछ गाँठे
यो थेगोको उपयोगसँगै मजाले गजल लेख्नु भएछ दीपकजी। गज्जब।

Luna said...

दिपक जि !
एक छि न् को लागि मलाई ज्योतिस ( हात को रेखा हेर्ने मान्छे ) सम्झनुस् है :)
(( म तपाईंको मनको कुरा भन्न् गैराखेकी छु । :) मन को तरङ्ग सँग पनि के पछूतो मान्नु र भन्या ! मनलाई कस्ले बाध्न सक्छ र ! अब कुनै बेला त्यस्तो सोच्नु भो त के भो ! त्यो त मनले सो चे को त होनी ! कस्ले कस्को मनलाई काबुमा राख्न सक्छ र !यती साधारण कुरा लाई लिएर स न्ताप नगरनुस् न ! :)
( माथिको कुरा यसो कुरा गर्ने बाटो नि ! नरिसाउनुस् नि फेरी :) )
गज्जब सँग लेख्नु भो गजल , मन पर्‍यो ।

Basanta Gautam said...

रमाइलो गजल पढ्न पाईयो!

यस्तो दा-मी गजल पढ्दा आफू त 'पजल' बनेछु गाँठे!

दीपक जडित said...

धेरै धेरै धन्यवाद है कैलाशजी , लुनाजी र वसन्तजीलाई ।

हो कैलाशजी म बोल्दा कैलेकाँही प्रयोग गर्नेगर्छु यो थेगोलाई त्यसैले यो थेगो राखेर लेख्दा कसो होला गाँठे भनेर लेखेको हुँ भन्दा हुन्छ ।

लुनाजी ? हैन तपाईं हस्तरेखा हेर्ने ज्योतिष त हैन मन हेर्ने साईकोलोजिष्ट पो हो क्यार है , यस्तो मजाले मनको कुरा भनिदिनु हुँदा नि म रिसाएँ भने त मै वैरी भै हालेँ नि हौ ।

बरु गजलको बारेमा चैं अलिकति भनुँ झैं लाग्यो है , खासमा न यो गजल आफ्नो मान्छेसंग कुरा गर्नलाई कुर्दा कुर्दा पनि कुरा गर्न नपाए पछि हैन के भयो ? हाम्रो माया मारेछन कि क्या हो गाँठे! भन्ने खालको , मनको एक कुनाबाट निस्केको खुईय सुस्केराले पैदा गरेको तरंगबाट उब्जिएको गजल हो । त्यति कुरा मतलामै सकिगयो बाँकी अगाडीलाई भने यताउता गरेर ठोकठाक पारेर मिलाएको हुँ र मिलाउंदा सकेसम्म यौटा तरंग उत्पन्न गरावोस भन्ने उध्येश्य चैं राखेको हुँ तर त्यसमा कति सफल छु त्यो चैं तपाईंहरुले नै भन्नुपर्यो । यता वसन्तजी ' पजल ' हुनुभएको देख्दा त खासै तरंग पैदा गर्न सके जस्तो लागेन है फेरी ।