सँधै सँधै
आँखामा
मृत्युको त्रासदी बोकेर
निरिह भेडाहरु
मेरो टोलसम्म आईपुगे
मेरो टोलसम्म आईपुगे
चुपचाप चुपचाप
गर्धनमा खुकुरीको छप्को महसुस गर्दै
अज्ञानी भेडा
मेरो आँगनसम्म आईपुगे
बोलेनन
उनिहरु एक शब्द बिद्रोहको
लेखेन
उसले कविता आफ्नै मृत्युको
मैले
आँगनमा भगवान डाकेँ
र
शक्तिको पूजा गर्दैछु भनेर
भेडा
पर्सिएँ भगवानकै मुखेञ्जी
भेडाझैं
भगवान वाल्ल परिरहे
टोलाएर
उत्तर आधुनिक समयमा
भगवानको
बोली ठ्याप्पै हराईसकेर
विचलित विचलित
भगवान डराए म मान्छेदेखि
र
टुल्टुल्ती
हेरिमात्रै रहे
भगवान सामु
जब मैले खुँडा उठाएं
भेडा भगवान भएर बोल्यो ,
'हे ! मनुश्य
तिमी आफ्ना सामर्थ्यले
भगवानलाई
वशमा पार्न सक्छौ
तर म
आज मुक्त हुँदैछु
तिमी मान्छेहरुको कु-कृत्यबाट
आईन्दा म
मान्छेहरुबाट पशु भनिन्न
तर तिमी पशुहरु
सँधै मान्छे नै रहनेछौ
खुँडा चल्यो
भगवानलाई मैले
रगतको लोभ देखाएँ
भगवानले तर
मेरो लोभ देखे
र रगतको एक एक सिर्का
मेरै लागी छाडेर
भगवान लुरुलुरु फर्किए
मेरो टोलसम्म ल्याईएको भेडा झैं
मेरो आँगनसम्म घिच्याईएको भेडा झैं
चुपचाप चुपचाप
र म मान्छे
भगवानको पर्वाह नगरी
दशैंमा ब्यस्त भएं ।
_____ तिन हाईकुहरु ______
अष्टमीको भेडोले
मुसुक्क हाँसेर
दशैं मनाएछ ।
----
पानी उमालेर
भगवान सम्झिएछन भक्तहरुले
भेडा खुईल्याउँदै ।
-----
सिङ्गको हतियार
गर्दन छेकिएन
भेडाको जुनी ।
अघिल्लो पटक शनिबार साहित्य अन्तर्गत माई संसारमा राखिने फोटोमाथी कविता लेख्न नसकेर यौटा हाईकु लेखेको थिएँ तर यो पटक भने यौटा कविता मात्रै हैन तिन वटा हाईकु पनि लेखें र यतापनि तपाईंहरुलाई सुनाउन ल्याएको नि ।
5 comments:
तपाईको कविता र गजलको म फ्यान नै भन्दा पनि हुन्छ ।
यसपालाको टाँसोमा चाँहि यो :
पानी उमालेर
भगवान सम्झिएछन भक्तहरुले
भेडा खुईल्याउँदै ।
एकदमै मन पर्यो ।
हरफ हरफ ले मन छुने कबिता र गजल को लागि हिर्दय देखी नै धन्यवाद ।
धेरै धन्यवाद दिलीपजी र लुनाजी , तपाईंहरुको हौसलाले ठुलै उर्जा दिईरहेको छ मलाई ।
tapai ko kabita + gajal le ta mero maan nai choyo bhaneko. kati sandharvik lekhnu bhayeko. eslai nirantarta dinu hai.
अनोज ?
तिमी अनोज बस्नेत हौ ? राधा दिको छोरा ? कहाँ छौ ? खुशी लाग्यो यहाँ तिम्रो कमेण्ट देखेर , ईमेलमा सम्पर्क गर ल ?
Post a Comment