बकुल्लो एउटै परें म त यहाँ कागका हुल छन ।
सिध्याउन के बेर मलाई यहाँ बाघका हुल छन ।
जताततै हेर विषालु ति गोमन र करेत जस्तै ,
कर्कट , कुलिर , तक्षकझैं यहाँ नागका हुल छन ।
देखिंन मैले खै के पाएं यहाँ सधैं खाली रित्तो म छु ,
अरुका हेर लौ आफ्ना आफ्ना यहाँ भागका हुल छन ।
झट्ट हेर्दा सबको टाउको मान्छेकै हो झैं देखिन्छ ,
संगत गर्दाकन था'हुन्छ यहाँ छागका हुल छन ।
अंगारको पनि बरु मुल्य होला मेरो तर छैन क्यै ,
बहुमुल्य देखिन्छन सबै यहाँ खागका हुल छन ।
एक्लो यस्तरी भईछस् ए ! 'दीपक' तँ त सडक जस्तै ,
त्यहीं टेकीहिंड्ने अनेकौं यहाँ सुहागका हुल छन ।
Thursday, June 12, 2008
Wednesday, June 11, 2008
लघुकथा : भित्रभित्रै
दक्षिण एसियाली मानब अधिकारकर्मीको अन्तरक्रिया अमेरिकामा , साँझको पत्रिकामा समाचार छापियो । दैनिक पत्रिकाले यो समाचार लेखिसक्नै भ्याएको थिएन । सुन्दरमानको सेलफोन घन्किन थाल्यो । अनेक प्रकारका कलहरु आउन थाले । यात्राको शुभकामना दिने र कार्यक्रमको सफलताको शुभकामना दिनेहरु पनि कम थिएनन तर धेरैजसोले सुन्दरमानलाई मानब अधिकारकर्मीको टोलीमा सामेल गराएर एकजनालाई अमेरिका सम्म पुर्याउन सकिन्न भनेर सोधेका थिए । सुन्दरमानले मान्छे हेरीहेरी जवाफ दिए । कसैलाई त्यो त सरासर मानब तस्करी भै हाल्यो नि भने । कसैलाई होईन हजुर मानब अधिकारको निम्ती डटेर लागेको छु म यस्तो काम कसरी गरुं भने । धेरैलाई टाल्दै गएपनि यस्तै कलहरु आउने क्रम जारी नै थियो । अन्तत: कल गर्नेमध्येको यौटालाई उनले प्रश्न गरे , ' हामी यो कुरालाई कतिको गोप्य राख्न सक्छौं त ? ' उताबाट जवाफ आयो , ' त्यसको धन्दा नमान्नुस् न । म समाजमा तपाईंको ईज्जतमाथि आँच आउन दिउंला त ? ' सुन्दरमान एकछिन घोरिए र भने , ' हुन्छ नि त त्यसो हो भने । टोलीमा मिलाउंला तर हामीहामीको कुरा हो हजुर अहिले त यसकामको दरभाउ १२ भन्दा माथि पुगेको छ नि , तर म हजुरको लागि १२ मै गरुँला नि । '
दुबैतर्फ सहमती भयो । भोलीपल्ट सुन्दरमानले अधिकारकर्मीको टोलीमा थपघट गरे । भित्रभित्रै दरभाउ बुझ्ने बुझाउने काम भयो । सुन्दरमानको टोली अमेरिका पुगेर यौटा मानब उतै थन्को लगाई उद्धार गरेर फर्कियो । भित्रभित्रै भएको यो खबर पत्रिकाले सुईंको पनि पाएन । त्यसैदिन सुन्दरमानले पत्रकार सम्मेलनमा खाडी मुलुकमा बेचिए सरी ठगिएका नेपालीहरुको हकका लागी एकहप्ताभित्रै फेरी यौटा टोली खाडी मुलुक जाने जानकारी गराए ।
केहि दिन अगाडी लेखेको यो छोटो कथालाई समकालिन साहित्य डटकममा पठाएर प्रकाशित भै सकेपनि आफ्नै रचनाहरुको ट्राफिक धेरै भएकोले बल्ल आफ्नो ब्लगमा राख्दैछु । नयाँ रचनाहरुमा अझैपनि २ वटा गजल र यौटा कविता आफ्नै ब्लगमा देखापर्न पालो कुरेर ड्राफ्ट भएर बसेका छन । म सकेसम्म यौटा मितीमा यौटा भन्दा धेरै पोष्ट नपरोस भन्ने चाहन्छु , यतिखेर लेख्न अलि फुर्सद मिलेर पनि होला रचनाहरुको ट्राफिक जाम भएको ।

Tuesday, June 10, 2008
गजल : तामझाम् चढाए
पाउमा राखेर दाम चढाए ।
जुनाफमा फेरी नाम चढाए ।
अधिकार काटेको ध्वाँस दिए ,
भित्रभित्रै जुन घाम चढाए ।
भने दरबार खाली गरायौं ,
नागार्जुनको तामझाम् चढाए ।
रोजगार खोज्ने जनतालाई ,
सेवा - सुरक्षाको काम चढाए ।
चढाउन केहि नपाउनेले ,
परैबाट लालसलाम् चढाए ।
गोप्य सम्झौता लेखेर आँखिर ,
सुवर्ण 'जडित' खाम चढाए ।
जुनाफमा फेरी नाम चढाए ।
अधिकार काटेको ध्वाँस दिए ,
भित्रभित्रै जुन घाम चढाए ।
भने दरबार खाली गरायौं ,
नागार्जुनको तामझाम् चढाए ।
रोजगार खोज्ने जनतालाई ,
सेवा - सुरक्षाको काम चढाए ।
चढाउन केहि नपाउनेले ,
परैबाट लालसलाम् चढाए ।
गोप्य सम्झौता लेखेर आँखिर ,
सुवर्ण 'जडित' खाम चढाए ।
Monday, June 09, 2008
कविता : उचाई
सानै देखि हल्लक्कै बढेको
उसको शारिरिक उचाई
उसैको आफ्नालाई बिझायो
आफ्नैले उसलाई होच्याउन
सानो दर्जा दिए
आफन्तले दिएको सानो दर्जा
उसलाई बिझायो
बिझेको मनले गमेर उसले
आफ्नाहरुलाई अवलोकन गर्यो
देख्यो उसलाई होच्याउने आफ्नाहरु
सबै फल लाग्ने रुख भए
सबै निहुरिने , सँधै निहुरिने
उसलाई त्यो पनि बिझायो
सोच्यो म निहुरिनु हुँदैन
सानैदेखि उ बेग्लै भयो
आफ्नाहरुलाई जित्ने अठोट गरेर
उ फल नलाग्ने रुख भयो
निहुरिनु परेन उस्लाई कहिल्यै
आफ्नाको अगाडी निहुरिएन उ
परायाको अगाडी निहुरिएन
केवल अग्लिन जान्यो
उस्ले कहिँ नझुकि
कसैसंग ननिहुरिई
आफ्नो उचाई कायम राख्यो
अग्लिएरै सर्वोच्चता पायो उसले
अग्लिएरै सगरमाथा भयो
आज आफ्नाहरुले भने
अब अग्लिने ठाउँ छैन
आज परायहरुले भने
अब छुनलाई कुनै उचाई छैन
तर उसले
आफ्नाहरुलाई सुनेन
परायाहरुलाई गनेन
र अग्लिंदैछ अझै
आफ्नो उचाईको हद नाघेर ।
उसको शारिरिक उचाई
उसैको आफ्नालाई बिझायो
आफ्नैले उसलाई होच्याउन
सानो दर्जा दिए
आफन्तले दिएको सानो दर्जा
उसलाई बिझायो
बिझेको मनले गमेर उसले
आफ्नाहरुलाई अवलोकन गर्यो
देख्यो उसलाई होच्याउने आफ्नाहरु
सबै फल लाग्ने रुख भए
सबै निहुरिने , सँधै निहुरिने
उसलाई त्यो पनि बिझायो
सोच्यो म निहुरिनु हुँदैन
सानैदेखि उ बेग्लै भयो
आफ्नाहरुलाई जित्ने अठोट गरेर
उ फल नलाग्ने रुख भयो
निहुरिनु परेन उस्लाई कहिल्यै
आफ्नाको अगाडी निहुरिएन उ
परायाको अगाडी निहुरिएन
केवल अग्लिन जान्यो
उस्ले कहिँ नझुकि
कसैसंग ननिहुरिई
आफ्नो उचाई कायम राख्यो
अग्लिएरै सर्वोच्चता पायो उसले
अग्लिएरै सगरमाथा भयो
आज आफ्नाहरुले भने
अब अग्लिने ठाउँ छैन
आज परायहरुले भने
अब छुनलाई कुनै उचाई छैन
तर उसले
आफ्नाहरुलाई सुनेन
परायाहरुलाई गनेन
र अग्लिंदैछ अझै
आफ्नो उचाईको हद नाघेर ।
Sunday, June 08, 2008
म रोएको कुरा
जन्मना साथै सबै रुन्छन पहिलो पटक । म पनि रोएंहोला । त्यसैले मेरो रुने क्रम पनि सबैको जस्तै जन्मिने बित्तिकै शुरु भएको हो । होस नसम्हालुञ्जेल म कति रोएं होला त्यसको त लेखो छैन म संग तर होस सम्हालेपछि धेरै पटक रोएको र रुनुपरेको कारणहरु सम्झनामा अझै छ । म रोएको र रुनु परेको हिसाब पाई पाई गरेर त बुझाउन ( आफैंलाई ) सक्दिन म - सायदै कसैले सक्लान तर अहिले म भर्खरै फेरी रोएको हुनाले जीवनमा रोएका र रुनुपरेका क्षणहरुलाई सम्झन मन लागेको छ । अहिले यतिखेर रोईसकेर हलुंगो भएको स्थितीमा छु म त्यसैले मैले रोएका क्षणहरु सम्झंदै हाँस्दै पनि छु तर त्यसबेला म साँच्चै रोएको थिएं । आँशु झारेको थिएं । आँशुको नुनिलो स्वाद जिब्रोले थाहा पाएको थिएं । हिक्क हिक्क भएको थिएं । र्याल सिंगान काढेको थिएं । डाँको छोडेको थिएं । भक्कानो फुटाएको थिएं । सायद त्यसैले पनि होला मैले लेखेका धेरै गीतहरुमा आँशु र रुवाईले धेरै स्थान पाएका छन । कैलेकाँहि लाग्छ यि दुई शब्दहरु साथै पिंडा , दुख , घाउ जस्ता धेरै शब्दहरु जस्लाई म मेरा गीतहरुमा प्रमुखताका साथ स्थान दिएर लेखिरहेको हुन्छु , ले मलाई आशिष पनि दिंदा हुन त्यसैले म सधैं रोएको होला ।
हैन यो साँच्चै रुन्चे पो रहेछ ; म त त्यसरी रुन्न । तपाईंलाई यतिखेर यस्तै लाग्योहोला । मलाईपनि लाग्छ । कोही मान्छे रोएको देख्दा किन रोएको होला त्यो ? त्यसरी रोएर पनि हुन्छ र ? भन्ठान्छु म पनि । अझ कुनै लोग्नेमान्छे रोएको देख्दा कस्तो हुतिहारा रहेछ लोग्नेमान्छे भएर रुने भनिन्छ तर रुनु प्राकृतिक नियम हो भनेर त्यसबेला हामी भुल्छौं अथवा समस्याको समाधान रोएर हुंदैन भन्ने अर्ती दिन थाल्छौं । ति अर्कै कुरा हुन मैले यहाँ चर्चा गर्न लागेको कुरा अर्कै हो । मैले आफुलाई रुन्छु , रुन्चे छु भनेपनि यो प्रक्रिया कुनैपनि कुराले भित्र मन छोएर भाबुक बनेर आँखा रसाउंदाको हो । त्यस्तै प्रकारका पनि कतिपय क्षणहरुले बरर आँशु झार्छन ।
म निक्कै सानो छँदाको कुरा हाम्रो घरमा मधुपर्क झैं आकार प्रकारको यौटा हिंदी भाषाको रंगिन पत्रिका थियो । त्यसको नाम के थियो र त्यसभित्र कस्ता कुरा लेखिएका थिए भन्ने मलाई थाहा छैन तर त्याँहाभित्र निक्कै रंगिन तस्विरहरु थिए । ति नै तस्विरहरु मध्ये यौटा तस्विरमा यौटा सानो घर थियो । घरको पछाडीपट्टी आकाशमा ईन्द्रेणी देखिन्थ्यो भने आँगनमा यौटा लोग्नेमान्छे , यौटी आईमाई , यौटी अलि ठुलीकेटी , अर्की अलि सानीकेटी र यौटा ति दुई बिचको जस्तो देखिने केटा उभिएका थिए । त्यो तस्विरले कुनै यौटा परिवार देखाउंथ्यो । एकदिन बेलुका दिदी र दाजुले त्यो तस्विर देखाउंदै यो हाम्रो बुबा यो हाम्री आमा यो म (दिदी) , यो म (दाजु) र यो बैनि हामीले अस्ति फोटो खिचेको । तँ थिईनस भन्नथाले । त्यसबेला सम्म मलाई त्यसरी फोटो खिचाउने अवसरबाट बञ्चित भएछु भनेर दुख लागिसकेको थियो । मैले 'म त्यसबेला कहाँ ग'को थिएं ? ' सोधें । दिदीदाजुले ' तँ त हग्न ग'को थि'स । ' मलाई जवाफदिए । त्यसरात म धेरैबेरसम्म फोटो खिच्न मलाई कसैले पर्खेनन भनेर रोएको थिएं ।
धेरै पटक म दन्त्य कथाहरु सुनेर रोएको छु । मलाई दिदीले सुनकेशरी रानीको कथा सुनाउंथी । ( म दिदीलाई प्रतक्ष्यमा पनि तँ भनेर सम्बोधन गर्छु त्यसैले यहाँ ढर्रा पारिरहनु उचित ठानिनं ) सबैभन्दा धेरै म सुनकेशरी रानीको कथा सुनेर रुन्थें । त्यसबेला मलाई सुनकेशरी रानीको कपालका केशहरु सबै सुनैसुनका थिएहोलान भन्ने लाग्थ्यो । आजभोली लाग्छ त्यो कथा रच्ने कथाकारले युरोप अमेरिकातिरको सुनझैं कपाल हुने सुन्दरीलाई पो सुनकेशरी रानी भन्ने पात्र बनाएको थियो कि ? ति दन्त्य कथाहरुमा सहरको बयान गर्दा अति सुन्दर तर कोही मान्छे नदेखिने सुनसान भनेर गरिएको हुन्छ । जस्तै राजकुमार दिक्पाल भन्ने कथामा पनि त्यस्तै चकमन्न सहरको बयान छ त्यो पनि मलाई युरोप अमेरिकातिरकै स्थान कथामा चित्रण गरेको हो कि जस्तो लाग्छ किनकि यहाँ पनि बसोबास गरिने क्षेत्रहरु चकमन्नै सुनसान हुन्छन । सबै मानिसहरु घरभित्रै बस्छन । दिदीले सुनाउने धेरै दन्त्यकथाहरुले मलाई रुवाउथे । अब त दिदीले कुनकुन कथा सुनाउनुहुन्थ्यो भन्ने पनि धेरैजसो बिर्षिसकें । नहल राजा दमयन्ती रानी ( यस्तै होला जस्तो लाग्छ ) को कथाले पनि मलाई रुवाएको कताकता थाहा छ । त्यसबेला सुन्ने गरेका ति कथाका घट्ना , पात्र र स्थानहरु चलचित्रमा देखे झैं भान हुन्थ्यो त्यसबेला तर अब त भुलिसकें ।
उ बेला म सानो सानो कुराहरुमा पनि रुन्थें । एकपटक हाम्रो घरको शंख छिमेकीकोमा लगेको रहेछ पुजामा चलाउन , पुजा सकिएको केहिदिन सम्म पनि ल्याइनदिएको हुनाले मलाई लिन पठाईयो । म लिन गएं तर त्याँहाबाट फेरी पुजाकै प्रयोजनको लागी अर्कै घरमा शंख पुर्याईएको रहेछ । त्यो थाहा पाउने बित्तिकै म रुनरुन लागेको थिएं तर कसोकसो सम्हालिएर अर्को ठाउंमा पुगें शंख लिनलाई । त्याँहा म पुग्नुभन्दा अगाडीनै दिदीले शंख लिएर घर गैसकेकि रहिछे त्यसपछि त म थामिनै सकिनं । रुन थालीहालें । छिमेकी घरकाले किन रोएको भनेर सोध्दा शंख मैले घर लान पाईनं भन्ने जवाफ दिएं । म रोएको रोएकै घर आईपुगें । मलाई त्यो शंख आफुले बोकेर घर ल्याउंदा बाटोमा बजाउने ठुलो ईच्छा थियो जो पुरा हुन नसक्दा म रोएको थिएँ । पछिपछि गाउँमा पुजाआजामा बजाउन सिकेर म निक्कै राम्रो गरी शंख बजाउने भएको थिएं ।
त्यस्तै एकपटक म एक कक्षामा पढ्दाको कुरा - भोलीपल्ट स्कुलमा हाजिरी जवाफ प्रतियोगिता हुनेथियो र यौटा टोलीमा मेरो नामपनि थियो । त्यसबेला म पढ्ने अमर प्राथमिक बिद्यालय ३ कक्षा सम्म मात्र पढाई हुन्थ्यो । म एकमा हुँदा मेरो दाजु ३ मा थियो । सँधै प्रथम हुने त्यही दाजुको भाई भएकोले नै मलाई देवेन्द्र बराल सरले हाजिरी जवाफ टोलीमा सामेल गराउनुभएको थियो । त्यो थाहा पाएर हजुरबाले मलाई बेलुका खाना खाँदा खाँदै प्रतियोगितामा भोली आउन सक्ने केहि कुराहरु सिकाउन थाल्नुभयो । बाघको बच्चालाई डमरु , हात्तिको बच्चालाई छावा , घोडाको बच्चालाई बछेडु , ईत्यादी कुराहरु सिकाउनुभयो । भोलीपल्ट स्कुलमा प्रतियोगिता शुरुभयो । हरेक टोलीमा पाँच पाँच जना थियौं । सबै टोलीका पाँचजना मिलेर संगै बसेका थिए भने मेरो टोलीमा चैं चारजना मात्र मिलेका थिए , मलाई अलग्गै एक्लै पारेका थिए । उनिहरु मलाई छेउमा टाँसिएर बस्नै दिईरहेका थिएनन । मेरो टोलीको टोलीनेता ३ कक्षाको एकजना एकहातमात्र भएको केटा थियो । उसैले मलाई पर पर पारेको थियो । प्रतियोगिता चालुथियो । मैले सिकेका जानेका पश्नहरु कमै आईरहेका थिए अकस्मात हाम्रै टोलीले प्रश्न रोजेको बेला घोडाको बच्चालाई के भनिन्छ भन्ने प्रश्न आयो । मैले तत्काल उठेर ठुलो स्वरले "बच्छेडु" भन्दै जवाफ दिएं । जवाफ सहि थियो तर टोलिनेताले जवाफदिनुपर्ने ठाउँमा मैले जवाफ दिएकोमा झण्डै बदर गरेका थिए त्यसबेला पनि देवेन्द्र सरले उसलाई हेपेर एक्लै राखेका छन त्यसैले उसले भन्यो अथवा यस्तै केहि भनेर वकालत गर्दै त्यो सहि जवाफलाई खेर जान दिएनन । अन्त्यमा मेरो दाजुको टोली प्रथम भयो , अर्को टोली दोश्रो , अर्कै तेस्रो । हाम्रो टोली त हरुवा भयो । हाम्रो टोलीले हारेको घोषणा हुनासाथ म रुन थालें । मैले जस्तै सबैले एक एक प्रश्नको सहि जवाफ दिएको भए हामी दोश्रो हुन्थ्यौं भन्ने लागेर म रोएको थिएं ।
स्कुलका किताबका कथाहरुले पनि मलाई रुवाएको सम्झना छ । म भन्दा मेरो दाजु स्कुलमा दुई वर्ष अगाडी थियो उमेरमा पनि दुई वर्ष नै अगाडी छ । म उसको किताब मौका पाउनासाथ खुसुक्क चोरेर पढ्थें । तिन कक्षामै थियो जस्तो लाग्छ न्याउरी मारी पछुतो भन्ने कथा त्यो कथाले पनि रुवाएको थियो मलाई । त्यस्तै पाँच कक्षाको यौटा कविता शिर्षक बिर्षें अहिले , ले पनि रुवाएको थियो , कवितामा केहि यस्ता हरफहरु थिए ".... ......वर्षायाम एक दिन ठुलो पानी पर्यो......... बतासले हाँगो लाछ्यो गुँड पुग्यो तल......... '' त्यस्तै सात कक्षामा भएको कविता चरीको विलाप होला जस्तो लाग्छ , ले पनि रुवाएको सम्झना छ
न सक्छौ यो आँशु टपटप टिपी चप्प पिउन
न सक्छौ यो भुत्ला लिईकन कुनै वस्त्र सिउन ।
यस्ता प्रकारका मार्मिक पाठहरुले म संधैं रुन्थें । नौ कक्षाको दुई मितको कथाले पनि रुवाएको छ मलाई । सबै अहिले सम्झना आउदैन । स्कुलका पाठ्यपुस्तक बाहेक अन्य पुस्तकहरु पढेर पनि म रोएको छु । प्रकाश कोविदको उपन्यास पढेर रोएको छु । युधिर थापाको उपन्यास पढेर रोएको छु । बेदप्रकाश शर्माको हिंदी उपन्यास पढेर पनि रोएको छु । अलिपछि साहित्यिक पुस्तकहरु पढ्न थालेपछि पनि रोएको छु । मैले पहिलो चोटी पढेको साहित्यिक उपन्यास जस्को बाहिरी आवरण ( म संग भएकोमा ) थिएन । नाम ईन्साफ हो जस्तो लाग्छ र लेखक भिमनीधि तिवारी हुन जस्तो लाग्छ , ले मलाई धेरै रुवायो पनि धेरै सिकायो पनि , म सानै थिएं त्यो ईन्साफ उपन्यास पढ्दा । त्यस उपन्यासका पात्रहरु वीरबहादुर , उसको छोरो आईते , उसकी श्रीमती सेती , आईतेको साथी बुधे , शैलराज , महन्तकाजी , उनकि पत्नि नर्मदा , हाकिम सानुमान , हाफिज अलि सबै सबै सजिव छन मेरो मानसमा । त्यही उपन्यासले मैले काठमाण्डौको तस्विर मनमा बनाएको थिएं पछि काठ्माण्डौ जाँदा मलाई त्यो बेलाको काठ्माण्डौ देख्न पाए नि हुन्थ्यो जस्तो लागेको थियो । उक्त उपन्यासमा वीरबहादुरको भैंसी मर्दा साह्रै दुखित भएको थिएं म । त्यस्तै शैलराजले जुवामा लागेर सम्पती सक्दा रिस उठेपनि पछि नासपतीको छिल्का खाँदा आँशु आएको थियो । त्यस्तै पारीजातको अनिदो पहाडसंगै , शिरिषको फूलहरुले पनि रुवाएको छ । अर्को मैले सानैमा पढेको साहित्यिक उपन्यास धच गोतामेको घामका पाईलाहरु हो त्यसले पनि रुवाएको छ मलाई । त्यसो त मैले नेपाली साहित्य धोको फुकाएर पढ्न कहाँ पाएको छु र ?
चलचित्र हेर्दा पनि म पहिले निक्कै भक्कानिएर रुन्थें आजभोली पनि आँशु झर्छ चलचित्र हेर्दा । पहिलो पटक मैले बागडोग्रामा बरसात कि एकरात भन्ने हिंदी सिनेमा हेरेर रोएको थाहा छ । तुलसी घिमिरेका नेपाली चलचित्रले पनि मलाई रुवाएको छ धेरैले ।
त्यसबाहेक चोट परेर आघात परेर रुने त छँदैछ , २०७५ सालको मंशिर १ गते मेरी प्रिय पत्निको अवशान हुँदा म सबैभन्दा लामो रोएको छु । त्यसबेला मैले बादलपारीकी मायालुलाई मेरो चिठ्ठी भनेर यौटा निक्कै लामो शोक पत्र लेखेको थिएं । झण्डै सानो किताब जस्तै लाग्ने त्यो चिठ्ठी अब नेपाल जाँदा भेटाएं भने ब्लगमा राख्छु ।
अन्त्यमा म रोएको कुरा ( भर्खरै रोएको ) खोलुँ - यसपटक भने म ब्लगर साथी वसन्त गौतमको ब्लगमा ' आमा ' शिर्षकको टाँसो पढेर रोएको हुँ । यहि कुरा पढ्दा कसैलाई रुन नआउला तर म रोएं । वसन्तजीको लेखाईले गहिरो गरेर मन छोयो । लेखाई होस त त्यस्तो - क्या लेखाई छ । मैले आरती लोहारुङ्ग राईको ब्लगमा उक्त टाँसोको जिकिर पढेको थिएं र त्यहाँ पसेको थिएँ । धन्यवाद आरतीजीलाई पनि । यो भयो म रोएको कुरा , कुनैदिन म हाँसेको कुरा पनि लेख्नेछु म ।

Saturday, June 07, 2008
गजल : क्लिष्टता नआवोस / (कहिल्यै)
जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता नआवोस ।
छोपेर सत्य औ माथीबाट पोतेर झुटको रंगले ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता नआवोस ।
स्वस्थ प्रतिस्पर्धा बनोस पाओस सुयोग्य अघि बढ्न ,
धोकाधडी , चाकरी , छल्छामको उत्कृष्टता नआवोस ।
मान्छेको त के कुरा म भित्र छ भने ईश्वरकै पनि ,
भक्तिमा स्वार्थ मिसाउनुपर्ने त्यो निष्ठता नआवोस ।
मनुवा प्राणी 'दीपक' पनि ठान्दछ सब बराबरी ,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता नआवोस ।
अहो ! अहिले आफैंलाई सुन्दर लाग्यो । दिलिप जीलाई धन्यवाद पुन एकपटक । मैले पहिलेको र अहिलेको दुबै स्वरुप यहाँ राखेको छु ता कि संधै मलाई प्रस्तुती कसरी सुन्दर बनाउने भन्ने हेक्का रहोस ।
________________________________
जति लेखुँ सँधै सरल लेखुँ म क्लिष्टता कहिल्यै नआवोस ।
देखेको लेख्दा मर्यादा हुन्नभने शिष्टता कहिल्यै नआवोस ।
सत्यतथ्य छोपछाप पारी रंगरोगन झुटको लगाएर ,
भ्रम फैलाउन कुनै कलममा धृष्टता कहिल्यै नआवोस ।
'दीपक' पनि त एक मनुवा प्राणी ठान्दछ सबै बराबरी ,
नउ'म्रोस जिलोबुटो अहँको विशिष्ठता कहिल्यै नआवोस ।
स्वस्थ प्रतिस्पर्धा बनोस पाओस योग्यमात्रै सँधै अघि बढ्न ,
धोकाधडी चाकरी छल्छामको उत्कृष्टता कहिल्यै नआवोस ।
मान्छेहरुको त के कुरा भो म भित्र छ भने ईश्वरकै पनि ,
भक्तिमा स्वार्थ मिसाउनुपर्ने त्यो निष्ठता कहिल्यै नआवोस ।
यस अघिको गजलमा दिलिपजी ले गर्नुभएको प्रतिक्रियाले यो गजलको मेसो निस्किएको हो । दिलिपजीलाई धन्यवाद ! दिलिपजीले नै यहाँ मलाई 'धृष्टता ' शब्द लेख्न सिकाएर गुनपनि लगाउनु भएको छ ।

Friday, June 06, 2008
कविता : टाउको
ईतिहासमा कुनैबेला
टाउको थिए तिनिहरु
भित्र खोपडीमा गिदी भरिएको
बाहिर घना केशले ढाकिएको
आँखाले हेर्न सक्ने
कानले सुन्न सक्ने
मुखले आवाज निकाल्न सक्ने
जिउंदो जाग्दो टाउको थिए
लाग्थ्यो कुनैदिन त
शरिर बन्नेछन तिनीहरु
हिंडाउनेछन समग्र युगलाई
एकै चालमा छरितोसंग
उचालेर सगरमाथा
देखाउनेछन संसारलाई
सुन्दर समुन्नत नेपाल ।
ईतिहासमा कुनैदिन
हेर्न सक्ने आँखाले
निदाएको बहाना गर्यो
सुन्न सक्ने कानले
बहिरो छु भन्यो
बोल्न सक्ने मुखले
आफ्नै गिदी चपाईदियो
छेक्न सकेनन घना केशहरुले
टाउको कुहिंदै गयो
टाउको सड्दै गयो
टाउको बचाउन तिनीहरुले
ऐँजेरुको सहारा लिए
टाउको सुक्दै गयो
ऐँजेरु झाँगिदै गयो
केशहरु झर्दै गए
टाउकोको अस्तित्व झनै
खतरामा पर्दै गयो
केश बचाउन तिनीहरुले
साबुन फेरी फेरी
टाउको धुन थाले
दुर्गन्ध हटाउन तिनीहरुले
सैम्फो दली दली
टाउको पखाल्न थाले
कालान्तरमा टाउको
खल्वाट प्राय भयो
आँखा छोप्यो ऐँजेरुले
कानहरुमा पिप भरिए ।
ईतिहासमा भर्खरै
आफैंले गिदी चपाएको
टाउकोको अस्तित्व रक्षा गर्न
पर्दा पछाडीबाट मुख बोल्यो
यो हतियार उठाउने बेला हो
बिस्थापित गरेर टाउकोलाई
झाँगिएको ऐँजेरु
हो हो गरेर हल्लियो
र गिदी चपाईएको टाउकोले
ठम्याएको समयमा
हतियार उठाउने हात
खोज्न थाले तिनीहरु
कहिल्यै पुर्ण बन्न नसकेको
आफ्नै शरिरमा ।
टाउको थिए तिनिहरु
भित्र खोपडीमा गिदी भरिएको
बाहिर घना केशले ढाकिएको
आँखाले हेर्न सक्ने
कानले सुन्न सक्ने
मुखले आवाज निकाल्न सक्ने
जिउंदो जाग्दो टाउको थिए
लाग्थ्यो कुनैदिन त
शरिर बन्नेछन तिनीहरु
हिंडाउनेछन समग्र युगलाई
एकै चालमा छरितोसंग
उचालेर सगरमाथा
देखाउनेछन संसारलाई
सुन्दर समुन्नत नेपाल ।
ईतिहासमा कुनैदिन
हेर्न सक्ने आँखाले
निदाएको बहाना गर्यो
सुन्न सक्ने कानले
बहिरो छु भन्यो
बोल्न सक्ने मुखले
आफ्नै गिदी चपाईदियो
छेक्न सकेनन घना केशहरुले
टाउको कुहिंदै गयो
टाउको सड्दै गयो
टाउको बचाउन तिनीहरुले
ऐँजेरुको सहारा लिए
टाउको सुक्दै गयो
ऐँजेरु झाँगिदै गयो
केशहरु झर्दै गए
टाउकोको अस्तित्व झनै
खतरामा पर्दै गयो
केश बचाउन तिनीहरुले
साबुन फेरी फेरी
टाउको धुन थाले
दुर्गन्ध हटाउन तिनीहरुले
सैम्फो दली दली
टाउको पखाल्न थाले
कालान्तरमा टाउको
खल्वाट प्राय भयो
आँखा छोप्यो ऐँजेरुले
कानहरुमा पिप भरिए ।
ईतिहासमा भर्खरै
आफैंले गिदी चपाएको
टाउकोको अस्तित्व रक्षा गर्न
पर्दा पछाडीबाट मुख बोल्यो
यो हतियार उठाउने बेला हो
बिस्थापित गरेर टाउकोलाई
झाँगिएको ऐँजेरु
हो हो गरेर हल्लियो
र गिदी चपाईएको टाउकोले
ठम्याएको समयमा
हतियार उठाउने हात
खोज्न थाले तिनीहरु
कहिल्यै पुर्ण बन्न नसकेको
आफ्नै शरिरमा ।
Thursday, June 05, 2008
निम्तो मान्न जाँदा गजल
जुन ३ तारिख यौटा ईमेल पाएं । लेखिएको थियो - ' मैले एउटा नेपाली गजल ग्रुप बनाउन खोजेको निम्तो छ है । ' पठाउने हुनुहुन्थ्यो ई-परिचित मबि सिँ । अचाक्ली खुशी लाग्यो । खुशी लाग्ने नै भयो नि गीत , गजलहरु लेख्न रहर गर्ने म जस्तोलाई । हतार हतार निम्तो स्विकारें । त्याँहा यौटा गजल मण्डल तयार हुँदैथियो ।
म पुग्दा त्याँहा म बाहेक अरु तिनजना भए जस्तो लाग्छ ठ्याक्कै त भन्न सक्दिनं । म बाहेकका अरु दुईजनामा एकजना मबि सिं स्वयं हुनुहुन्थ्यो भने अर्को एकजना दीपक खड्का हुनुहुन्थ्यो । अर्को एकजना याद गरिनछु । मलाई त्यस गजल मण्डलीमा छलफलको लागी कुरा उठ्न शुरु भैहाले हुन्थ्यो जस्तो लाग्दैथियो त्यसैले पस्दै निस्कंदै पस्दै निस्कंदै गर्दैथिएं । मण्डलीमा सदस्यहरु न्युन गतीमा भएपनि थपिंदै हुनुहुन्थ्यो ।
जुन ४ तारिख भै सकेको थियो र मण्डलीमा हामी ७ जना जम्मा भएका थियौं तर त्यसबेला सम्म एक अर्कामा कुरागर्ने हिसाबले कसैले केहि कुरा राख्नु भएको थिएन । मलाई ज्यादै खस्खस लाग्यो र मैले यौटा गजल लेखें त्याँहा राख्नको लागी । त्यसपछि त म निम्तारु पनि रहिंन । बस् यतिकुरा भन्न र त्यो निम्तो मान्न जाँदा लेखेको गजल सुनाउनको लागी यत्रो भुमिका बाँधेको है मैले । गजल यस्तो थियो -
गजल ग्रुप भनियो यो भेला के को लागी ?
वहस कुनै हुन्न भने मेला के को लागी ?
अहिलेसम्म सप्तऋषी जम्मा भएका छौं ,
वहस के ले छेक्यो यो अबेला के को लागी ?
पहिले जस्तै एक्लै एक्लै सबै हिंड्ने भए ,
पाङ्ग्रा हाली हाली बना'को ठेला के को लागी ?
मबि सिं गुरु बोल्नुपर्ने अझै चुप हुँदा ,
प्रश्न गर्दैछु म भन्नुस खेला के को लागी ?
कहाँबाट आयो 'जडित' बाठो भन्नुहोला ,
नबोलेपछि गुरु हामी चेला के को लागी ?
तपाईंलाई कस्तो लाग्यो त गजल ? लागेको लेख्नुहोला । ए साँच्चि उक्त मण्डलीमा हामी अहिलेसम्म जम्मा १० जना भेला भएका छौं । तपाईंपनि आउनुहुन्छ ? आउनुहुने हो भने यसमा ईमेल गर्न सकिन्छ भन्ने मलाई लागेको छ - nepalighazal@googlegroups.com /

Wednesday, June 04, 2008
गजल : जीत जनताको
यस्पाली नि तिन्ले भने जीत जनताको
होला ता' नि भनि लेखें गीत जनताको
फेरीएर आ'का सबै नयाँ मुहारले
भने हामी मात्रै साँचो मित जनताको
जनताकै नाम अझै लिएपनि तर
छाँट देखिएन गर्ने हित जनताको
जुन , तारा , आकाश नि रोजे तिनैले नै
भाग पर्नेभयो चिसो शीत जनताको
नेपाली ओठ् अझैपनि हाँस्न नपाउंदा
अर्को युद्ध थाल्नु पर्ला कि त जनताको ।
होला ता' नि भनि लेखें गीत जनताको
फेरीएर आ'का सबै नयाँ मुहारले
भने हामी मात्रै साँचो मित जनताको
जनताकै नाम अझै लिएपनि तर
छाँट देखिएन गर्ने हित जनताको
जुन , तारा , आकाश नि रोजे तिनैले नै
भाग पर्नेभयो चिसो शीत जनताको
नेपाली ओठ् अझैपनि हाँस्न नपाउंदा
अर्को युद्ध थाल्नु पर्ला कि त जनताको ।
Subscribe to:
Posts (Atom)